Categories
ताजा समाचार

माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने

काठमाडौँ । माघको अ’न्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कु’र्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अ’न्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कु’र्थादेखि भारतको जयनगरसम्म रेल्वे लि’क, रेल्वे स्टेसन, सि’ग्नल लगायतका सं’रचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिनुभयो ।सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उहाँको भनाइ छ ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘को’र’ प्राविधिक जनशक्ति आ’पूर्तिका लागि भारत सरकारको स्वा’मित्वमा रहेको को’ङ्कर्ण रेल्वे क’र्पाेरेसनसँग सम्झौता हुने र ज’नशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो ।ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘को’र’ ज’नशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उहाँले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताउनुभयो ।

अब छिट्टै नै सम्झौताको काम स’म्पन्न हुने र माघ १५ गतेभित्र भा’रतीय ज’नशक्ति नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.