Categories
रोचक

मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने

अकलादेवी खुशी भएको बेला आफै घण्ट बज्ने : तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने स्थानीयवासी बताउँछन् ।

तस्वीर ः कृष्ण न्यौपाने

साँझ आकाशमा धनुषाकारमा निलो, हरियो, पहेँलो, राता,े बैजनी र सुन्तला रङमा देखिएको इन्द्रेनी : धनगढी उपमहानगरपालिकाको हसनपुर चोकबाट बिहीबार साँझ आकाशमा धनुषाकारमा निलो, हरियो, पहेँलो, राता,े बैजनी र सुन्तला रङमा देखिएको इन्द्रेनी । तस्वीर ः सिद्धराज भट्ट

महामारीजन्य परजीविबाट बाख्रालाई बचाउन भ्याक्सीन लगाउन ल्याउँदै महिला पुरुष : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा बाख्रामा महामारीजन्य अति तृक्ष्ण भ्यागुते (पिएचएस) होमोगस नामक आन्तरिक परजिवि फेला परेपछि बाख्रालाई बिहीबार भ्याक्सीन लगाउनका लागि ल्याइएका बाख्रा । २३१ परिवारले पालेका ६१४ बाख्रालाई भ्यागुते विरुद्धको खोप र आन्तरिक परिजीवि नियन्त्रण गर्नका लागि औषधी खुवाउने कार्य गरिएको छ ।

स्वास्थ्य चौकी निर्माण ः तनहुँको व्यासनगरपालिका–८ स्थित शहिदग्राम पुलिम¥याङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन । रु दुई करोड बढिको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

निर्माणधिन गौशालामा काम गर्दै स्थानीय मजदुर : छाडा पशुचौपायाको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिका–३ बडहरा गाउँमा निर्माण भइरहेको आधुनिक गौशालामा बिहीबार काम गर्दै स्थानीय मजदुर । छाडा चौपायाका कारण लामो समयदेखि हैरानी ब्येहोर्दै आएका यस स्थानका कृषक गौसाला निर्माण हुने भएपछि खुसी भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published.