Categories
मनोरंजन

दुखीको सेवा गरेर बास्तविक हिरो बनेका सोनुलाई लाग्यो यति ठूलो आरोप

लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गरेर निकै चर्चा कमाएका बलिउड अभिनेता सोनू सुदलाई निकै ठूलो आरोप लागेको छ । उनले अवैध तरिकाले पैसा कमाउन लागेको आरोप सकित अदालतमा निवेदन पेश गरिएको छ । कलडाउनमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने देखि विपदमा परेकाहरुलाइ पनि उनले उद्दार गर्दै आएका थिए ।

अहिले भारतमा समस्या परेकाहरुले सबैभन्दा पहिला सम्झने सोनु सुदलाई नै हो । बिएमसीले अवैध तरिकाले पैसा कमाउन खोजेको आरोप लगाएको हो । उनले ५ तलामाथिको मंजिला रिहायशी इमारतलाई होटेलमा परिणत गर्न खोजेको भन्दै बिएमसीले उनलाई आ’रो’प लगाएको छ । यही विषयमा बिएमसीले जुहू पुलिस स्टेशनमा उनको वि’रु’द्धमा मु’द्या दर्ता पनि गराईएको छ ।

अपठेरोमा परेकालाई सहयोग गरेर चर्चामा आएको दिन देखि नै उनलाई बिएमसीले समस्या खडा गर्दै आएको थियो । बम्बई हाईकोर्टमा बिएमसीले भनेको छ कि सोनू सूदको बानी नै हो गैर काम गर्ने । उनको आ’प’रा’धि’क कृयाकलाप गर्ने बानी नै हो । तर यो बानी उनलाई जनतामाझ र उनका फ्यानहरु माझ देखाउन चाहादैनन् । बिएमसीको भनाई अनुसार सोनू पहिला पनि दुई पटक कारवाहीमा परि सकेका हुन् ।

यो विवादको बीचमा मंगलबार सोनूले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रमुख शरद पवारसंग भेट गरेका छन् । उनले शरद पवारसंग करिब आधा घण्टा जति गोप्य भेटवार्ता पनि गरेका छन् । सूत्रका अनुसार सोनूले शरद पवारसंग भेनेका छन् कि उनले कुनै अ’वै’ध निमार्ण गरेका छैनन् । केही मानिसहरु उनलाई बदनाम गर्न चाही रहेका मात्र छन् ।

Leave a Reply

Your email address will not be published.