Categories
समाचार

७ लाख पैसा र छोरीसहित अर्कै परपुरुषसँग भागेकी श्रीमतीलाई ३ बर्षपछि यस्तो अवस्थामा फेला पारे पुर्व प्रहरी हवल्दार सुवासले (भिडियो)

विराटनगर । पुर्व प्रहरी हवल्दार सुवास देवान आफ्नै श्रीमतीबाट विगत तीन वर्षदेखि ठगी रहे । आफ्नै श्रीमतीसंग पनि कोही ठगीन्छन् भन्ने प्रश्न आउन सक्छ । तर उनी ठगीए । जबकी उनी आफै पनि प्रहरी हुन् । एउटा नेपाल प्रहरीको हवल्दार जस्तो मान्छे आफ्नै श्रीमतीबाट ठगीएको भन्ने कुरा सुनेर अचम्मित मान्नु स्वभाविक नै हो । २०७५ सालको अषाढदेखि घर छाडेर निस्किएकी श्रीमतीसंग अक्कल झुक्कल सुवाससंग सम्पर्क भईरहेको हुन्थ्यो ।

‘कुनैपनि आईमाई मान्छेले आफ्नो घरपरिवार र बच्चा छोडेर त्यसै अर्कैको साथ लागेर हिंड्दैन । मैले मेरो श्रीमान र पहिलाको घर छाड्नुको पनि केही त कारण होला नी ? एकतर्फि मात्रै कुरा सुनेर मलाई दोषी बनाउन पाईन्छ र ?’ यो भनाई अनि समाज र मिडियाकर्मीलाई प्रश्न हो उमा देवानको । उमा त्यही महिला हुन् जस्ले आफ्नो श्रीमान र छोरी हुँदाहुँदै अर्कैसंग लागेर श्रीमान सुवास देवानलाई आजभन्दा ३ वर्ष पहिले छाडेकी थिईन् ।

सुवास नेपाल प्रहरीका पुर्व हवल्दार हुन् । उनले आफ्नो श्रीमती र छोरीलाई विगत ३ वर्षदेखि खोज्दै आईरहेका थिए । पर्खाईको फल मिठो हुन्छ भने झैं अन्ततः सुवासले आफुलाई छाडेर गएकी श्रीमती उमालाई भेटाएरै छाडे । जब उमालाई सुवासले भेटाए तब उनी आफै चकित भए उमाको कुरा सुनेर । जब उमाले आफुले शुरुदेखि बिबाह गरेको छैन भनेर भनिरहेकी थिईन् तबदेखि अहिलेसम्म उमाले विबाह गरेकी रहिनछिन् ।

श्रीमान हुँदाहुँदै अर्कैसंग बिहे गरेकी उनकी श्रीमती उषाले आफुले बिहे नगरेको तर कुनै आफन्तकोमा बसिरहेको र घरमा फर्कने कुरा गरेको हुनाले सुवासले पनि उनको कुरामा विश्वास गरेका रहेछन् । उनले श्रीमतीको भनाईमा विश्वास गर्दै गईरहे तर उनकी श्रीमतीले भने सुवासले आफुलाई धेरै माया गर्ने र विश्वास गर्ने भएकोले जे भनेपनि हुन्छ भन्ने सोंचेर उनलाई मुर्ख बनाई रहिन् । र सुवास पनि श्रीमतीको कुरामा अन्जान हुँदै मुर्ख नै बनी रहे ।

जे भएपनि सत्यको एकदिन जीत हुन्छ भने झैं सुवासले पनि यो झुटको खेतीबाट छुटकारा पाएका छन् । आफन्त कसैको घरमा बसिरहेकी छु भनेकी श्रीमतीले अहिले अर्को बिहे गरेको श्रीमानबाट पाएको छोरीको फोटो फेसबुकमा पोष्ट गरेपछि उनको आँखा खोलिएको छ । पुर्व हवल्दार सुवासको साथ त उनले छाडिन् छाडिन् ।

विबाह नै नगरी दोश्रो मान्छेबाट उमाले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी रहिछन् । यो कुरा जब सुवासले थाहा पाए तब उनी निशब्द नै रहे । उनी मात्र नभएर उमाका कुरा सबै जना नै छक्कै परे । जे भएपनि उमाले पुर्व श्रीमान सुवासलाई धेरै पटक ढाँटेर अनि घर छाड्नेबेलामा सुवासको ७ लाख रकम लिएर गईन् त्यही रकम फिर्ता र सुवासलाई छल गरेको आरोपमा उनलाई गिरफ्तार गर्ने कुरा गरियो तब उमाले पनि सुवासले आफुलाई दिएको दुःखका कुरा यसरी सुनाउन शुरु गरिन् । भिडियोसहित

https://youtu.be/CSMu7l_qHM0

Leave a Reply

Your email address will not be published.