Categories
राजनीतिक

प्रदीप ज्ञवाली दिल्लीमा, भारतले भन्यो ‘हामी सीमाबारे छलफल गर्दैनौ’

काठमाडौ । सिमा विवादका विषयमा छलफल गर्न अनिच्छा देखाएको भारतले अहिले पनि त्यस्तै ब्यवहार देखाएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतसँग संयुक्त आयोगको बैठकमा भाग लिन भारत पुगेकै दिन भारतले सिमा विवाद बारे छलफल नहुने बताएको छ । नेपालले बैठकमा सिमा विवादका विषय उठाउने तयारी गरेकोछ । तर भारतले भने ठिक विपरित प्रतिकृया दिएको छ ।

भारतवाट लगातार तीन पटक उच्च पदस्थ ब्यक्तिहरुको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीचको टेलिफोन वार्ता पछि सिमा विवादका विषयमा छलफल हुने आशा गरिएको थियो । नेपालले सोही अनुसारको तयारी पनि गरेको छ । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।

तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । ‘सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,’ श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् ।

विहिवार दिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भेटघाट तिब्र पारेका छन् । शुक्रवार पनि भेटघाटको कार्यक्रम छ । ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग शुक्रबार भेटवार्ता गर्नेछन् । नेपाल सरकारले गत वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि दुई देशबीच सम्बन्धमा तिक्तता आएको थियो । तर पछिल्लो समय सम्बन्धमा सुधार आएको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published.