तत्कालीन संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङदे पाँच बर्ष अघि बोलेको एक भिडियोले अहिले पार्टीलाई समस्या भएको छ । नेम्वाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्थै नभएको उक्त भिडियोमा बताएका छन् ।
२०७६ साउन ३ गते धुलिखेलमा भएको एक कार्यक्रममा नेम्वाङले अहिलेको संविधानबारे व्याख्या गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताएका थिए । अहिले त्यो भिडियो अदालतमा प्रमाणका रुपमा पेश हुनसक्ने संविधानविद्हरुले बताएका छन् ।
उनले प्रधानमन्त्रीलाई रिस उठ्यो भन्दैमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्ने अभिब्यक्ति दिएका थिए । त्यस्तो विशेष अधिकार संविधानबाट हटाएको बताएका थिए । तर तिनै नेम्बाङ अहिले ओली समुहमा रहेर प्रधानमन्त्रीको कदमको समर्थन गरिरहेका छन् ।
भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’