Categories
समाचार

बिरामी पत्नि सितालाई मुम्बई अस्पतालमै छोडेर किन गरे प्रचण्डले अकस्मात नेपाल फर्कने निर्णय ?

काठमाडौ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका मियोका रुपमा पुष्पकमल दाहाल प्रचण्ड पनि रहेका छन् । उनी अहिले एक समुह लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको बिरोधमा सडकमा आएका छन् । उनलाई माधवकुमार नेपाल र झलनाथ खनाल समुहले साथ दिएको छ ।

पछिल्लो समय भने उनी भारत गएका थिए । पत्नि सिता दाहालको अकस्मात स्वास्थ्य खराब भएपछि उपचारका लागि उनी त्यता गएका थिए । पाँच दिन उनी भारत बसेका थिए । तर अकस्मात उनले नेपाल फर्कने निर्यण गरेका छन् ।

बिरामी पत्निलाई भारतमै छोडेर उनी नेपाल फर्कन लागेका हुन् । उनको उपचारमा भारतमा प्रचण्ड सिताका छोरी गंगा लगायत छन् । उनको स्वास्थ्य अवस्थाबारे पछिल्लो जानकारी नभएपनि प्रचण्ड फर्किन लागेकाले सिताको स्वास्थ्य सुधारोन्मुख भएको अनुमान गर्न सकिन्छ ।

पत्नी सीता दाहालको उपचारका लागि पुस २० गत मुम्बइ गएका प्रचण्ड सनिबार साँझ काठमाडौं फर्कर्ने क्रार्यक्रम भएको जानकारी प्राप्त भएको छ । लामो समयदेखि बिरामी रहेकी दाहाल पत्नी सीता दाहाल थप उपचारका लागि मुम्बइ लगिएको थियो ।

यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । पत्नी सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड स्वदेश फर्कन लागेका हुन् । सीतासँग उनका छोरीहरु छन् ।

Leave a Reply

Your email address will not be published.