Categories
ताजा समाचार

नेपाल घुम्न आएकी जापानी पर्यटकलाई खुकु*रीले आक्र*मण गरि २ लाख लुटि*यो

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

फरार प्रतिवादी पक्राउ : अदालत परिसरबाट फरार कागेश्वरी मनहरा नगरपालिका–७ मूलपानी बस्ने ३० वर्षीय रामबोल खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दाका प्रतिवादी खड्कालाई गत मङ्गलबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपका लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौँमार्फत उच्चअदालत पाटन वाणिज्य इजलास ललितपुर लगेकामा सोही अदालत परिसरबाट फरार भएका थिए । उनलाई खोजी गर्ने क्रममा बिहीबार साँझ पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस 

क्यान्सरसम्म रोक्ने फर्सीको मुन्टा

गाउँघरमा आजभोलि बारीभरि तरकारी मौलाएको हुन्छ । अहिले फर्सि, कर्कलो, घिरौला, चिचिण्डा, कलेला, लौका, स्कुस जस्ता तरकारीको सिजन हो । यो मौसममा यी तरकारी उत्पादन भइरहेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी अहिले फर्सिको मुन्टा मौलाउने बेला हो । अरु तरकारी जस्तो बेमौसमममा उत्पादन गर्न नसकिने भएका कारण पनि यो तरकारी अप्राकिृतिक तवरबाट उत्पादन भएको हुँदैन ।

त्यसैले पनि यसले हाम्रो शरीरलाई फाइदा नै पु¥याउँछ । तपाईं हामी कसैलाई मन पर्न सक्छ भने कसैलाई मन नपर्न पनि सक्छ ।

तर त्यसको गुण जसले थाहा पाउँछ उसलाई फर्सीको मुन्टा अवश्य मन पर्नेछ । फर्सी र फर्सीको मुन्टा खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी मानिन्छ । यसले हामीलाई विभिन्न रोगबाट बचाइरहेको हुन्छ । हामीले यहाँ फर्सिको फाइदाबारे बर्णन गर्ने प्रयास गरेका छौं ।

फर्सीको मुन्टामा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जुन हाम्रो शरीरलाई अपरिहार्य हो । विभिन्न अध्ययनहरुले देखाएअनुसार फर्सीको मुन्टा दिनहुँ खान सके उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सरजस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिने देखाएको छ ।

यस्ता छन् फाइदा
फर्सीको मुन्टामा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाका लागि अनि आवश्यक छ । बदलिँदो जीवनशैली र खानपानका कारण अहिले के युवा के वृद्ध सबैलाई उच्च कोलेस्ट्रोलको समस्याले सताएको पाइन्छ । कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टा निकै उपयोगी मानिन्छ । फर्सीको मुन्टामा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ । मधुमेह (चिनी) रोग अहिले समाजमा सामान्य जस्तै भएको छ ।

तर यो खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको मुन्टा फाइदाजनक मानिन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्न मद्दत गर्दछ । फर्सीको मुन्टामा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा मद्दत गर्दछ ।

प्रजननका लागि पनि फर्सीको मुन्टा खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको मुन्टाले हाम्रो शरीरबाट नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पु¥याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि अति आवश्यक भिटामिन हो । भिटामीन सी ले छालामा भएको मृत कोषलाई निकालेर छालालाई स्वस्थ र सुन्दर बनाउँछ ।

फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक रोगबाट बचाइरहेको हुन्छ । फर्सीको मुन्टामा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुयाउँछ । फर्सीको मुन्टामा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

फर्सी र बियाँ पनि उत्तिकै लाभकारी
पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक मानिन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ, यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाउन सकिन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ । फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ ।

फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पु¥याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्दछ । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न पनि फर्सीले सहयोग गर्छ । कब्जियत, पायल्स जस्ता रोगलाई पनि फर्सी निकै लाभदायी मानिन्छ ।

निन्द्रा नलाग्ने समस्यामा पनि फर्सीको दाना निकै लाभकारी मानिन्छ । फर्सीको ८÷१० वटा बियालाई भुटेर एक गिलास दुधसँग खानाले मस्त निन्द्रा लाग्दछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको समस्या पनि ठीक हुन्छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published.