दार्चुला । भनिन् छ प्रेम अन्धो हुन्छ हो रहेछ ! नाताले दाजु बहिनि पर्ने यो जोडीको भित्र भित्रै ठुलो प्रेम कहानी लुकेको रहेछ भन्ने भन्ने महादेव सिहँ डागाको फेसबुक वालबाटै सजिलै बुज्न सकिन्छ। केहि महिना मात्र बिहे गरेकी युवतीले मनिशा डागा र नाताले दाई पर्ने महादेव सिहँ डागा बीच गहिरो प्रेमकै कारण संसार छोडेको छर्लंगै भैसकेको छ ,.
‘अमर बनाउँ पिरती हाम्रो , दुनियाले सोचे नि नराम्रो मस्य्राङदीमा फुल बगाम भो , संगै बाच्न पाइएन निरमाया एउटै डोरी पासो लगाम भो’ कुनै समय नेपाली गीत संगितको बजारमा राजकुमार बगरको शब्द , खुमन अधिकारी र विष्णु माझीको स्वरमा गित बजारमा आएको थियो ।
दार्चुलामा पनि एउटा त्यस्तै गित संग मेल खाने घटना घटेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं वडा नं ५ आगर घर भएका महादेव सिहँ डागा र उनकी नाताले बहिनी पर्ने आफ्नै काकाकी छोरीे विवाहित महिला मालिकार्जुन गाउँपालिका वडा नं ४ औतालेक घर भइकि मनिशा डागा एउटै डोरीमा झुण्डीए । दार्चुलाको सदरमुकाम खलंगामा रहेको विष्ट होटेल एण्ड वियरबारमा साझको बेला खाना र बास बस्न भनि होटेलमा आए ।
होटेलका सञ्चालक रामसिहँ विष्ट काम विषेशले काठमाण्डौ गएका छन् , विष्टकि श्रीमती जानकी विष्टले उनिहरुलाई बस्न आउदा घर को ठेगाना र नाता सोधिन । महेश सिहँ डागाले भने हामीले भर्खर २–३ महिना अघि विवाह गरेका हौ नागरीकता बनाउन सदरमुकाम आएका छौ , हामी पहिले पनि यसै होटेलमा आउथ्यौ चिन्नुभएन र त्यसपनि साहुनीले पनि विश्वास गरे र बास बस्न दिए ।
खानामा उनिहरुले रोटी र मासु लगे यता होटेको टेबुलमा बसेर खाएन्न कोठामै लगेका हुन साहुनीले भनिन । ‘होटेलमा त्यी दुइ जना मात्रै ग्राहक भएकाले त्यीनिहरुले खाना लगिसकेपछि हामी पनि राति ९ बजे तिर सुति सकेका थियौ । उनिहरुले विहान ढिला भए विउझाइ दिनु भनेका थिए विहान विउझाँउन लाग्दा ढोका खोलेन्न् भेण्डीलेसन बाट हेर्दा झुण्डीएको देखेर प्रहरीलाई खबर गरेको हु’ उनले भनिन् ।
मृतक महादेव डागा र उनकि आफ्नै काकाकी छोरी नाताले बहिनी विच अनैतिक सम्बन्ध रहेको गाउँलेहरुले बताएका छन् । मृतक डागाले उक्त संगै झुण्डीएकी महिला र आफ्नो फोटो करिव राति ११ बजे तिर ‘रिप’ लेखी पोष्ट गरेका छन् । उनको फेसबुक आइडि हेर्दा पनि उनिहरु विच प्रेम सम्बन्ध रहेको स्पष्ट हुन्छ ।महादेव डागा नामको फेसबुक आइडिमा मृतक महेशले उनि महिला संग अंगाले हालेका र उक्त महिलको विहेको समयमा ‘अधूरा अपूरा रैईग्या मनका रहर तैई खाऐ बासमती भात मुई दिझा जहर’ लेखि पोष्ट गरेका छन् ।
आफन्तहरुका अनुसार मृतक डागाका घरमा २ श्रीमती छन् काकाकी छोरी संगको सम्बन्ध तेस्रो हो । दार्चुला सदरमुकाम खलंगामा मृतक दुबैका गाउँलेहरु धेरै छन् तर पनि आफ्नो गाउँको बेज्जत गरेको भन्दै कोहि आइरहो छैन्न घटना स्थलमा खटिएका एक प्रहरी अधिकारीले भने ।
विहान गाउँमा खबर गरेपनि पुरुषको घरबाट आफन्त आएको भएपनि महिलाको घरबाट दिउसो सम्म शब बुझ्न कोहि नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एबं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले भने । घट्नाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ । घटना स्थल प्रहरीले सिल गरेको छ र आफन्त आएपछि मात्र शब उठाइने प्रहरीले जनाएको छ ।