Categories
ताजा समाचार

सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश 

सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश 

१९ असार २०७६ काठमाडौं : मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार उठेर चुनाव जितेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

उनीहरुलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् । मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

यो पनी हेर्नुहोस 

तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन भारतबाट दबाब

१९ असार २०७६ काठमाडौं : नेपाल सरकारले भारतबाट नेपाल भित्रिने विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमा नाकामा कडाइ गरेपछि भारतले उक्त कार्यमा आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ ।

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै नेपाल सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो। दूतावासको पत्रमा भारतबाट निर्वाध रूपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको छ।

पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच गर्ने व्यवस्था हटाउन माग गरेका छन्। जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य मन्त्रालयले भारतलगायत मुलुकबाट आयात हुने ‘क्याफिन’युक्त शक्तिवद्र्धक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ।

सोही निर्णयअनुसार आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य परीक्षण गर्नुपर्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published.