Categories
ताजा समाचार

विद्यालयमा अध्ययनरत छात्रा माथी अभद्र ब्यवहार गरेको आरोपमा बिद्यालय अध्यक्ष प्रहरी नियन्त्रणमा

काठमाडौँ, १६ असार– गोरखाको पालुङटारमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा माथी अभद्र ब्यवहार गरेको आरोपमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कक्षा १२ मा अध्ययनरत छात्रालाई अभद्र ब्यवहार गरेको उजुरीको आधारमा प्रहरीले सोही बिद्यालयका बिद्यालय व्यबस्थापन  समितिका अध्यक्ष प्रकाश न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर कमला राईले जानकारी दिनुभयो ।

सोमबार राती कक्षा १२ मा अध्ययतरत छात्रा मुना (नाम परिवर्तन) लाई रातको २ बजे छात्राबासको झ्यालबाट सिरक तान्ने र छात्रा डराएर खाट मुनी सुतेपछि तन्ना समेत तानेर च्यातेको आरोपमा अध्यक्ष न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना लगत्तै काठमाडौ आएका न्यौपानेलाई प्रहरी र पिडितका आफन्तले मिल्ने बहानामा  जिल्ला प्रहरी कार्यालयमा बोलाइ उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पिडित मुनाले बिहीबार नै अध्यक्षले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिइएकी थिइन् । पिडित छात्राले पत्रकार सम्मेलन गरी आफुलाई पटक- पटक अभद्र ब्यवहार गर्ने गरेको बताइन् ।

घटनाक्रम
कक्षा १२ मा अध्ययरत छात्रा मुना (नाम परिर्वतन) सधै झै खाना खाई साँझ अध्ययन गरी छात्राबासमा सुतिरहेको अवस्थामा सोमबार राति २:००  बजे  एक्कासी झ्यालबाट आफुले ओडीरहेको सिरक तानेपछि झस्किईन र उठिन् । छात्राबासको अर्को भवनमा बालेको बत्तिमा प्रष्ट देखीने अध्यक्ष न्यौपाने सिरक तान्न नछाडेपछि खाट मुनी गएर सुतिन् । अध्यक्षले पुनः खाटमा बिछ्याएको तन्नासमेत तानेर च्यातियो।  छात्राले कराएपछि अध्यक्ष न्यौपाने घटना स्थलबाट फरार भएका थिए ।

घटना लगत्तै संगै रहेकी दृष्टिविहिन सानीआमालाई उनले सबै कुरा भनिन् । सानीआमा सोही बिद्यालयकी दृष्टिविहीनहरुलाई पढाउने शिक्षक हुन । सानीआमाले भोलीपल्ट नै प्रधानाध्याकलाई घटना विवरण सुनाएकी  थिइन् । पिडित छात्रा समेतले स्कुलमा अध्यक्षले आफुमाथि अभद्र ब्यवहार गरेको उजुरी दिएपछि सोही उजुरीको आधारमा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले कानूनी कारवाहीमा जानुपर्ने निश्कर्ष र छात्राको चाहना बमोजिम जिल्ला प्रहरी कार्यालय गोरखामा बुधबार बिहानै उजुरी दिइएको हो ।

अध्यक्षले पटक पटक अभद्र ब्यवहार गरेको खुलासा
पत्रकार सम्मेलनमा पिडित छात्राले अध्यक्ष न्यौपाने विगतमा पनि विभिन्न बहानामा छात्राबासभित्र आउने, पानी पिउन माग्ने, अनि शरीरको सम्वेदनशिल स्थानमा हातले छुने, छातीमा हात हाल्ने गरेको उनको आरोप छ । आफुलाई किन त्यस्तो गरेको भनेर प्रतिबाद गर्दा केही हुन्न रिफ्रेस भइन्छ भन्ने गरेको उनले सुनाइन । दृष्टिविहिन सानीआमाको स्याहार सुसार र अध्ययन गर्न उक्त बिद्यालयमा बसेकी पिडित छात्रा ढोकामा चुकुल लगाएर कोठा भित्र बस्दा पनि झ्यालबाट चियाउने र पटक- पटक गफ गर्न छ चुकुल खोल म भित्र आउछु भन्ने गरेको पिडित छात्राले पत्रकार सम्मेलनमा बताएकी छन् ।

Leave a Reply

Your email address will not be published.