१४ असार, काठमाडौं । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर गरेका छन् ।
सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार काठमाडौंमा कोटेश्वर-कलंकी सडकखण्डको किनारमा फलफूलका बिरुवा रोपिने छ ।
यो पनि हेर्नुहोस
कतारमा भारतीयलाई मारेको झुटो आरोपमा ३० महिनादेखि जेलमा रहेका बिनोदलाई ८२ लाख नेपाली रुपैंया तिरेर नेपाल फर्काउने अभियान (भिडियो हेर्नुस)
काठमाडौं- रेडियो कार्यक्रमको प्रस्तोताबाट मिडिया यात्रा सुरु गरेका शिशिर भण्डारीले त्यसपछि टेलिभिजन कार्यक्रम प्रस्तोता, कलाकार, स्टेज कार्यक्रम सँचालक, स्ट्याण्ड अप कमेडियन, गायक, कलाकार हुँदै युटुबरसम्मको चिनारी बनाए ।
हाल यतिबेला उनी युटुब मार्फत् नै समाज सेवा गर्ने सामाजिक अभियन्ताका रुपमा चिरपरिचित भएका छन् ।
दुख तथा सँकटमा रहेका व्यक्तिहरुलाई सहयोग गर्न सधैं तत्पर रहने शिशिरले थुप्रै सामाजिक कामहरुलाई पुर्णता दिएका छन् । उनलाई सबैले गरिब, दुखीको हिरो भनेर पनि चिन्दछन् ।
बाटोमा सारँगी बजाउने बालक जनक गन्धर्वलाई स्कुल पढाउने, करेन्टले हात खुट्टा गुमाएका कृष्ण वलिलाई करोडौं सहयोग उठाएर कृत्रिम हात खुट्टा हाल्न योग्य बनाउने देखि लिएर अन्य धेरै सामाजिक कामहरु शिशिर भण्डारीले गरेका छन् ।
देश तथा विदेशना छरिएर रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीको साथ पाएका शिशिरले यतिबेला चितवनका २२ बर्षे बिनोद रानाभाटको दर्दनाक पिडालाई दर्शक माँझ ल्याएका छन् ।
कतारमा भारतीयलाई मारेको झुटो आरोपमा ३० महिनादेखि जेलमा रहेका बिनोदलाई ८२ लाख नेपाली रुपैंया तिरेर नेपाल फर्काउने अभियानमा शिशिर लागि परेका छन् । त्यसका लागि उनले सरकार र सबै नेपालीलाई अनुरोध गरेका छन् । भिडियो हेर्नुसः
https://youtu.be/zoHtpCSylvY