Categories
मनोरंजन

नेहा कक्कड पछि फेरी ,अर्का बलिउड गायक आदित्यनारायण झा पनि प्रस्तुति दिनका लागि नेपाल आउने

काठमाडौ, १० असार । केही दिन अगाडि बलिउड गायिका नेहा कक्कडले काठमाडौंको ठमेलमा आफ्नो प्रस्तुति दिएकी थिइन् । विवादकाबीच पनि उनको कार्यक्रम सफल बनेको थियो ।

यसैबीच फेरी अर्का बलिउड गायक आदित्यनारायण झा पनि प्रस्तुति दिनका लागि नेपाल आउने भएका छन् ।

जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिन आउने भएका हुन् ।

उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

बरिष्ठ गायक उदितनारायण झाका सुपुत्र आदित्यले भिडियो सन्देश मार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् ।

उनले भनेका छन्–‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु ।’ उनले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन् ।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.