Categories
अन्तरास्ट्रिय

अहिले मेरो नागरिकताको विषयमा धेरै नकरात्मक कुराहरु आइरहेका छन् ,हो, मसँग क्यानडाको नागरिकता छ

नायक अक्षय कुमारको नागरिकताको बिषयलाई लिएर अहिले भारतमा ठूलै चर्चा भैरहेको छ । ट्विटरमा अक्षयको नागरिकतालाई लिएर चर्चा ठूलो छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् ।

अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधेका थिए । जसमा अक्षयले कुनै जवाफ दिएनन् । तर, यसपछि भने अक्षयको राष्ट्रियताको प्रश्न उठेको थियो । तर, हालै अक्षयले यस विषयमा बोलेका छन् । उनले आफू क्यानेडियन नागरिक भएको बोलेका छन् । उनले भनेका छन्–‘अहिले मेरो नागरिकताको विषयमा धेरै नकरात्मक कुराहरु आइरहेका छन् । यो कुरा मैले आश गरेको पनि थिइनँ ।

हो, मसँग क्यानडाको नागरिकता छ । तर, पछिल्लो ७ वर्षदेखि म क्यानडा पुगेको छैन ।’अक्षयले आफूलाई भारतको निकै माया लाग्ने पनि बोलेका छन् । उनले भनेका छन्–‘मलाई मेरो कर्मभूमि भारतको कति माया लाग्छ त्यो कसैलाई प्रमाणित गर्न जरुरी छ जस्तो पनि लाग्दैन ।’

हालै अक्षय कुमार अभिनित ’केशरी’ रिलिज भएको थियो । हाल ’गुड न्युज’को छायांकनमा व्यस्त रहेका अक्षयले केही दिनमा नै ’गुड न्युज’को छायांकन सकेर ’सुर्यवंशी’को सुटिङ सुरु गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्र्तवार्ता गरेपछि अक्षय चर्चामा थिए । तर, अक्षयले भारतमा बसेर क्यानडाको नागरिकता नत्यागेको भन्दै अहिले चर्को आलोचना भैरहेको छ ।

यो पनि पढ्नुहोस्ः सन् २०२० को डिभी चिठ्ठाको रिजल्ट मंगलबार साँझ सार्वजानिक हुँदै – सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा

(डीभी)को नतिजा बैशाख २४ गते मंगलबार सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि

कात्तिक २० गतेसम्म खुलाइएको फारमको नतिजा मंगलबार सार्बजनिक हुने भएको हो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । त्यतिन्जेलसम्म भिसा प्राप्त गर्न नसक्नेहरुको लट्री स्वत खारेज हुनेछ ।

अमेरिकी सरकारले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published.