बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।
उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो ।
राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन् ।
तर केही दिन अगाडी सुन्दरीजलका केही स्थानीय बासिन्दाहरु बाबाको चरित्रको विषयलाई लिएर दुई खेमामा विभाजित भएका छन् ।
त्यहाँका केही स्थानीयहरुले बाबालाई ढोंगी, ठग, बलात्कारी, चोर र प्रतिबन्धित गाँजा बेचविखन गर्ने भनी आरोप लगाएका छन् भने केहीले बाबा त्यस्तो चरित्रको नभएको भनी त्यस्तो आरोपको खण्डन गरेका छन् । यसै सिलसिलामा बाबालाई आरोपको सम्बन्धमा प्रश्न गर्दा उनको आक्रोशित रुप हेर्नुहोस् भिडियोमाः
https://youtu.be/KF6PK2seccM