काठमाडौँ। नेपालीलाई सस्तो चौकीदार भन्ने एक भारतीय नेतालाई भारतीय सेनामा कार्यरत नेपाली युवकले कडा चेतावनी दिएका छन ।
हार्दिक पटेल नाम गरेका एक नेताले मिडियासंग बोल्ने क्रममा नेपालको अपमान हुने गरी अभिव्यक्ति दिएपछि भारतीय सेनामा कार्यरत अमित कुमार राईले एक भिडियो बनाएर चेतावनी दिएका हुन ।
राईले उनलाई भनेका छन् – राम्रो भयो मेरो छेउमा त्यसो भनेनौ, यदि मेरो छेउ त्यसो भनेको भए म राम्रो जवाफ दिने थिए ।
गोर्खालीहरुले आफ्नो ज्यानको बाजी लगाएर सैयौ वर्ष अघि देखि भारतको सिमा सुरक्षा गरिरहेका छन् । उनीहरुलाई कम्जोर र सस्तो सम्झिनु गलत हो ।
ति नेताले त्यस्तो अभिव्यक्ति दिएपछि अर्काको देशको लागी ज्यान बलिदान दिने गोर्खालीलाई अपमान हैन सम्मान गर्नु पर्ने भन्दै भारतीय मिडियाले स्मरण गराएको थियो।अमित कुमार राईको आक्रोश यस्तो छ :
यो पनि पढ्नुहोस्ः
‘द भ्वाइस अफ नेपाल’ को सिजन २ मा आए नया कोच, टेलिभिजन पनि फेरियो – निक्कै पपुलर सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपालको सिजन एक निक्कै सफलत पुर्वक सकियो । अब यस वर्ष फेरी सिजन-२’ पनि आउदैछ । तर यस वर्ष भने कोचमा केहि परिवर्तन आउने भएको छ । यस सिजनमा दुईजना कोचहरु परिवर्तन भएका छन्।
अभया सुब्बाको ठाउँमा आस्था राउत र सनुप पौडेलको ठाउँमा राजु लामा राखिएका छन्। तर सिजन एकमा रहेका कोचहरु दीप श्रेष्ठ र प्रमोद खरेल भने सिजन दुईमा पनि यथावत रहने छन्।
‘द भ्वाइस अफ नेपाल सिजन-२’को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्टले गर्ने भएको छ भने एनआइसी एशिया बैंक र आईएनजी ग्रुप भ्वाइस अफ नेपाल सहप्रायोजक रहेका छन्। पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो सो दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने भएको छ।