Categories
ताजा समाचार

क्यानडा लैजाने भन्दै दिल्लीमा पुरयाएर उनीहरूको पैसा लुटी मिर्गौलासमेत निकाल्ने प्रयास

काठमाडौं । क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु(याएर उनीहरूको पैसा लुटी मिर्गौलासमेत निकाल्ने प्रयास गरेको छ ।

चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेबु्रअरीमा भारतको नयाँदिल्ली लगिएको थियो ।

दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो ।

भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो । भर्खर प्लस टू पास गरेका ती युवक क्यानडाको सपनामा मोहित भइसकेका थिए । त्यसकारण जसरी पनि पैसा खोज्न बुबासँग आग्रह गरे ।

छोरा क्यानडामा सेटल हुन्छ भन्ने सपनामा बुबाले आफन्तसँग ऋण गरेर २२ हजार डलरबराबरको पैसा जम्मा गरेका थिए । युवकका बाबु र मामा करिब २४ लाख पैसा बोकेर १२ फेब्रुअरीमा नयाँदिल्लीस्थित एयरपोर्टमा ओर्लिए ।

सोही दिन बेलुका युवकको क्यानडाको फ्लाइट भनिएको थियो । गिरोहका व्यक्ति नै उनका बाबु र मामालाई लिन एयरपोर्ट गएका थिए । ट्याक्सीमा लिएर फर्किंदा उनीहरूले पैसा देखाउन भने । तर, शंका लागेर बाटोमा पैसा देखाएनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.