Categories
प्रवासी

साउदी अरेबियामा ६० जना नेपाली अलपत्र

काठमाडौं । साउदी अरेबियामा ६० जना नेपाली अलपत्र परेका छन् । नाकुरी नेपाल रिक्युरमेन्ट सर्भिसबाट साउदी पुगेका उनीहरु भनेको जस्तो काम नपाएर भोक–भोकै बस्न बाध्य बनेका छन् । आफूहरुको उद्धार गरिदिन भन्दै उनीहरुलाई हामीलाई भिडियो पठाएका छन् ।

कम्पनीले एउटा सानो कोठामा खाँदेर राखेको उनीहरुको भनाइ छ । अझ ३ दिनसम्म खानका लागि केही नदिएपछि उनीहरु आफैले भान्छाको ताल्चा फुटाएर त्यहाँ भएका खानेकुरा खाएका छन्।

तर, त्यो खाना पनि सकिएपछि अहिले उनीहरु मागेर खान बाध्य भएका छन् । रोटी नुनसँग चोपेर खान बाध्य बनेका छन् उनीहरु । ग्रुपमा रहेका कोही विरामी भइहालेमा उपचार गर्ने पैसासमेत छैन उनीहरुसँग ।

पटक–पटक साउदीमा रहेका नेपाली दुतावासलाई आफूहरुको नाजुक अवस्थाबारे जानकारी गराए पनि दुतावासले केही नगरेको उनीहरुको गुनासो छ ।

यो पनि हेर्नुहोस्ः ज्ञानेन्द्र शाही आए ऋषि धमलाको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा, भ्रस्टाचारको स-प्रमाण लिएर (पुरा भिडियो) – साइबर क्राइमको अभियोगमा प्रहरी नियन्त्रणमा परेका भ्रष्टाचार विराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।

शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।

शाही पक्राउ परेपछि सर्बत्र बिरोध भएको थियो । रिहा भएसंगै जनताहरुले यो जीत कस्काे जनताकाे, ज्ञानेन्द्र शाही जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन् ।

ह्विल चियरमा बसेका शाहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका थिए । स्वयम् प्रधानमन्त्रीकै प्रतिबद्दतालाई आफ्नो पनि नारा बनाएर भ्रस्टाचार बिरोधी आवाज बुलन्द बनाउदा ज्ञानेन्द्र शाही लगायतका अभियान्ता पक्राउ परेको भन्दै सरकार प्रति समर्थकहरुले आक्रोश पोखेका छन।

ज्ञानेन्द्र शाहीले जनता जान्न चाहन्छन कार्यक्रममा ऋषि धमलासंग कुरा गर्दै देशमा ब्याप्त भ्रस्टाचारको केहि प्रमाण पेश गरेका छन । कुराकनीको क्रममा पत्रकार कुनै पार्टीको नभएर स्वतन्त्र हुनु पर्ने बताए । पुरा कुराकानी हेर्नुहोस : 

Leave a Reply

Your email address will not be published.