मेलिना राईको म भन्दा नि गीतले करोड क्लवमा आफ्नो स्थान बनाउन सफल भएको छ र यो करोड क्लव हो युट्युव भ्युजको । पछिल्लो केहि समययता गीत चर्चित हुनुको मापदण्ड युट्युव भ्युज हुँदै आएको छ । त्यसैले पनि धेरै सर्जक, संगीत उत्पादक, गायक ज्युहरुले भ्यु बढाउनको लागि राम्रो चलेको कलाकारहरुलाई लिएर महँगो भिडियो बनाउने, लाखाँै खर्च गरेर बुस्ट गर्ने प्रचलन बढेको छ ।
यी सब कुराहरुलाई पछि पार्दै मेलिना राईको म भन्दा नि गीतले भने अफिसियल भिडियो नभईकनै , १ रुपैँयाको पनि बुस्ट नगरिनै स्टुडियो भिडियोको भरमा युटुयवमा करोड भ्यु पाउन सफल भएको छ । कतिपय गीतहरु करोड भ्यु पुगेर पनि जनमानसमा नसुनिने गरेको पनि पाइएको छ तर यो गीत भने सबैले मन पराएको , गुनगुनाएको , थुप्रै कभर गरिएको तथा रियालिटी शोहरुमा गाएको पनि हामी पाउन सक्छाँै ।
मेलिना राईको आवाजले ज्यान भरेको म भन्दा निमा शव्द सुरेन्द्र महर्जन अमरको , संगीत राज कुमारको , एरेञ्ज पुस्कर सुनुवारको , मिक्सिङ चन्द्र चौधरीको रहेको छ भने अकष्टिक नेपाल स्टुडियोमा गीतलाई रेकर्ड गरिएको हो ।
यहि गीतको सफलतालाई मध्यनजर गरेर भ भन्दा नि २ धेरै माया गर्ने मान्छे पनि बजारमा ल्याएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेको छ भने स्वर मेलिना राईकोनै ।
म भन्दा नि २ लाई पनि दर्शक श्रोताहरुले मन पराउने क्रम जारी छ र युटुय्वमा भ्यु पनि २० लाखको हाराहारीमा गईसकेको छ । टिकटकमा यो गीतको एक भाग तिमी बिना बाँच्दिन म भन्ने तिमी अत्यन्तै चर्चामा छ । जसको टिकटक भिडियो ३२ हजार भन्दा बढि बनेको छ ।
न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिवार दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड २०७६ सम्पन्न भएको छ । विभिन्न ११ विधामा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रमका बीच मकवानपुर जिल्लामा हाल सम्म नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्व गर्ने शाखाका पूर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो । सम्मान हुनेमा पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ रहेका थिए । कार्यक्रममा महेन्द्र श्रेष्ठ विशेष कारणले उपस्थित भएका थिएनन् । उनीहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रममा विभिन्न विधाहरु अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाल लाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्डमा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डमा अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर, उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका सुवास विडारीलाई प्रदान गरिएको थियो ।
त्यसैगरी नव उदयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्डमा प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्डमा रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्डमा कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्डमा टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाकालाई नगद पाँच हजार र उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगद सहित अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
साङगेतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा अहिलेको चर्चित गायक प्रकाश सपुतले गलबन्दी गीत प्रस्तुत गरि सबैलाई झुमाएका थिए । उनलाई गायिका काजल गुरुङले साथ दिएकी थिइन । कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
अवार्ड कार्यक्रममा प्रदेश ३ का सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल हस्पिटलका प्रमुख डा. सुन्दर श्रेष्ठ, नेपाली कांग्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जनप्रतिनिधि, चलचित्र पत्रकारहरु, चलचित्र कोपिलाका टिम, युवा व्यवसायीहरु, पत्रकारहरु, विशिष्ठ व्यक्तित्वहरुको उपस्थितीमा उहाँहरुकै हात बाट अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमले बताए । मकवानपुरका पत्रकारहरुमा हौसला प्रदान होस भन्ने अभिप्रायले अवार्ड कार्यक्रम गरिएको बताए । यस अघि यूएईको बरदुवईमा पहिलो अवार्ड कार्यक्रम गरिएको उनले बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विभिन्न गाउँपालिकाको कार्यालय, हेटौंडा उपमहानगरपालिका, विभिन्न प्रायोजकहरु र व्यक्तीत्वहरु प्रति उनले हार्दिक आभार प्रकट गरे । अवार्ड कार्यक्रममामा जुरी समितिमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हमागाई, उपाध्यक्ष कुमार अधिकारी र पत्रकार रोशन पराजुली रहेका थिए । यस न्यू मिडिया एकेडेमी प्रालिले सिधाखबर डटकम र हिट हेटौंडा अजलाइन टिभि सञ्चालन गर्दै आइरहेको छ ।