Categories
रोचक

यो हो नेपालको प्राकृतिक ताज महल, हेर्नुस् देखेपछि जाउ-जाउ लाग्छ (भिडियो सहित)

ईटहरी / नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो, यो सबैमा जानकारी नै छ । बिश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा लगायत अन्य हिमालहरु साथै विभिन्न प्राकृतिक सौन्दर्यताले भरिएको छ ।

याँहाको यस्ता सुन्दर दृश्य हेर्न अथवा अबलोकन गर्न स्थानीय तथा अन्य ठाउँ लगायत विदेशबाट पनि पर्यटकहरु आउने जाने गर्दछन । कामको थकाई मेटिने, टेन्सनमुक्त हुने भएकाले र पारिवारिक मनोरंजन हुने भएकाले यस्ता रमणीय ठाउहरुमा मानिसहरुको चाप निक्कै बढेको पाइन्छ ।

यस्तै चर्चामा आउदै छ नेपालको उदयपुर जिल्लाको गाईघाटमा अबस्थित प्राकृतिक ताजमहल । जुन ठाउमा प्रचारको कमीले मानिसहरुको भिडभाड त्यति धेरै त हुदैन, तर जुन ठाउले तपाईलाई मोहित पार्ने छ । हेर्नुस् सो ठाउको भिडियो

यो प्राकृतिक ताजमहल हेर्दा अतिनै सुन्दर छ । जस्लाई हेर्दा मान्छेले आफ्नै हातले बनाएको कृतिम ताजमहल जस्तो देखिएता पनि वास्तवमा यो प्राकृतिक स्वरुप नै हो ।

आकाशबाट परेको पानीले भिरको माटो बगाउदा ताजमहलको रुप लिएको स्थानीय बासिन्दाहरुको भनाइ छ । हेर्दा ताजमहल जस्तो देखिने भएकाले यसको नाम ताजमहल भनेर स्थानीय नगरपालिका र गाउले मिलेर यसको नाम ताजमहल भनेर नामकरण गरिएको कुरा त्यहाका स्थानिय बताउछन ।

यसको यस्तो स्वरुप २०४२ सालमा भएको हो भने पछिल्लो समय यो ताजमहलमा केहि म्युजिक भिडियोहरु पनि छायांकन भैसकेको छ ।

फोटो खिच्दै घुम्नको लागि उपयुक्त ठाउ भएता पनि यसको संरक्षणको लागि भने स्थानीय सरकारबाट केहि पहल नभएको स्थानियहरु बताउछन । त्यतिमात्र नभई यहाँसम्म आइपुग्न सवारी साधनका लागि पनि उपयुक्त बाटो, खानबस्नको लागि उपयुक्त होटल पनि छैन । यदि सो ठाउलाई पर्यटकिय स्थलको रुपमा रुपान्तरित गर्ने हो भने एउटा गतिलो पर्यटकिय गन्तब्य यो प्राकृतिक ताजमहल बन्न सक्छ

Leave a Reply

Your email address will not be published.