Categories
अन्तरास्ट्रिय

कुवेतमा ‘लिभिङ टुगेदर’मा बसेकी नेपाली महीलाद्वारा नेपालीकै हत्या

काठमाडौं । कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले तनहुँका खेम बिकलाई छुरी प्रहार गरी हत्या गरेकी छिन् । एउटै कोठामा ‘लिभिङ टुगेदार’ को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेकी हुन् ।

प्रहरीले गुरुङलाई पक्राउ गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ। विकको शव पोष्टमार्टमको लागि फरेन्सिक विभागमा लगिएको छ ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।

Leave a Reply

Your email address will not be published.