सबैको शरीरमा कहीँ न कहीँ कोठी हुन्छन् । हस्तरेखा विज्ञानमा कुनै कोठी लाई कष्दप्रद र अशुभ मानिन्छ भने कुनै कोठी शुभ र लाभदायक मानिन्छ ।
यदि खास अंगमा कोठी आएमा त्यो शुभ मानिने र धनप्राप्तीको अवसर मिल्ने गर्छ । यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको सम्भावना रहन्छ ।
समुन्द्र शास्त्रका अनुसार तपाइँको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहन्छ ।
पैतालाको औंलामा कोठी आएमा सम्पन्नताको योग रहन्छ र मानसम्मानको अवसर मिल्छ ।
कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ । यिनीहरु आफ्नो ज्ञान र बुद्धिका कारण धेरै धनआर्जन क्षमता राख्छन् ।
ढाड पछाडि कोठी भएको ब्यक्ति महत्वकांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगाउनु भन्दा कमाउनतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् ।
महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ :
शास्त्रमा भनेको छ कि हाम्रो शरीरमा रहेका विभिन्न चिन्हको अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ ।
कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ
हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा उल्लेख छ ।
हत्केलामा भएका कोठी कुन शुभ कुन अशुभ
महिलाको शरीरमा हुने कोठीको अर्थबारे यहाँ चर्चा गरिएको छ ।
गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।
निधारमा कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।
आँखी भौंमा कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।
ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।
नाकमा कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।
चिउँडोमा कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।
तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।
नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।
पिठ्यूमा कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।
छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।