बेइजिङ, १८ जेठ – चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखापरेको छ ।
अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई लक्षित गर्दै विवादलाई बढाएको र अमेरिकाले चीन निर्यात हुने थप सामानमा करवृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने यस पहिले नै गरेको छ । उक्त करवृद्धि आजदेखि लागु हनेछ।
तर यसको एक दिन पहिले चीनले ‘अविश्वसनीय’ विदेशी कम्पनी र व्यक्तिलाई कालो सूचीमा राख्ने निर्णय पनि गरेको छ।
अमेरिकी बाणिज्य विभागले चिनियाँ कम्पनी हुवावेलाई अविश्वसनीय कम्पनीका रूपमा राखिसकेको छ ।बदलामा चीनको बाणिज्य मन्त्रालयले शुक्रबार घोषणा गरेको छ, “चीनले पनि ‘अविश्वसनीय कम्पनी तथा व्यक्ति’को सूची छिट्टै सार्वजनिक गर्नेछ ।”
विदेश मन्त्रालयका प्रवक्ता केओ फेङले भन्नुभयो, “चीनको उक्त सूचीमा विदेशी उद्योग, संगठन तथा व्यक्ति, जसले चिनियाँ बजारको नियमलाई पालना गरेका छैनन्, लाई चीनमा गतिविधि सञ्चालन गर्नबाट रोक लगाउनसक्ने गरी निर्णय गर्नेछ ।”
“चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ।