Categories
समाचार

करोडपति अंश बर्मा राप्रपामा प्रवेश

काठमाडौँ । टिकटकस्टार अंश बर्मा राप्रपा प्रवेश गरेका छन् ।

उनले भिमदत्त नगरपालिका बाट मेयरका उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठलाई सहयोग गर्न अघि सरेका कारण उनी राप्रपाको लाइनमा देखिएको पुष्टि भएको हो ।

पछिल्लो समय उनी “हामी त्यहाँ पुग्नेछौ, जहाँ जरुरत छ” नारा लिएर विभिन्न अप्ठ्यारामा परेका मानिसहरुलाई सहयोगसमेत गर्दै हिंडेका छन् ।

टिकटकमा विभिन्न भिडियोहरु बनाएर आयआर्जन गरेर उनले काठमाडौँमा घरसमेत किनिसकेका छन् ।
भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चुनाव चिन्ह वितरण गरेको हो।

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए। तर उनीहरूले पौडेललाई फकाउन सकेनन्।

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि उनलाई पार्टीबाट निष्कासन गरिएको थियो।

त्यसैले अबको निर्वाचनमा पौडेलले भुइँकटहर चुनाव चिन्हबाट चुनाव लड्नेछन्।

भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो ।

पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन् ।
अब महानगरका २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई लगिने उनले बताए ।

प्रचार अभियान सुरु गर्दै नेता भीमबहादुर श्रेष्ठले कांग्रेस चितवनको भविष्य जोगाउन आफूहरुले पौडेलको अभियान थालेको बताए ।

Categories
समाचार

कठैबर – बृद्धाश्रममा सन्तान आउने दिन कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन

घोराही। साउने झरीको एक साँझ। बृद्धाश्रमको परिसर। अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन्। र, सधैका लागि अस्ताइन्।बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्। आफ्ना चार सन्तान, आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। र, जीवनको अन्तिम सहारा खोज्दै उनी बृद्धाश्रमको बाटो तताएकी थिइन्।

‘जाँगर छुउञ्जेल हात खुट्टा चलाएँ। बुढेसकाल लागेपछि रोगले च्यायो। काम गर्न नसक्ने भएँ’– छ महिना अघि बृद्धाश्रममा भेटिदा उनले भनेकी थिइन्– ‘आफ्नो भन्नु सबै भएर पनि कोही नभए जस्तो भयो। बुढेसकाल सबैका लागि बोझ भयो। कतै अटाउन सकिनँ। अनि मैले बृद्धाश्रम नआएर सुखै पाइनँ।’

उनी दाङमा जन्मिन्। बिहेवारी पनि यतै गरिन्। चार सन्तान भए। अहिले दुई सन्तान नारायणगढ र एक सन्तान दाङमै छन्। सानैमा भारत पसेका एक छोरा भने वेपत्ता छन्। श्रीमान्ले अर्की ल्याएपछि उनी नारायणगढ पुगेर १२ वर्ष होटल गरिन्। सन्तानलाई उतै पढाइन्, हुर्काइन्। शिक्षादीक्षा दिइन्। विवाहवारी गरिदिइन्। जीवनको बाटो देखाइदिइन्। होटलबाट उनले केही सम्पत्ति पनि जोडिन्। सम्पत्ति जति सन्तानलाई भाग लगाइदिइन्। अहिले उनका सन्तानले राम्रै घरगृहस्थी गरेका छन्। व्यवस्थित जीवन बाँच्दैछन्।

शरीरमा बल छउञ्जेल उनले होटल नै चलाइ रहिन्। त्यसपछि उनी जेठो छोरासँग बसिन्। ‘उमेर छउञ्जेल सन्तानबाटै राम्रै व्यवहार पाएँ’– उनले सुनाएकी थिइन्– ‘उमेर बढ्दै गएपछि रोगले सताउन थाल्यो। तब सबैबाट टाढिदै गएँ।’ उमेर ढल्कदै गएपछि उनी आफ्नै सन्तानबाट पराइ जस्तै भइन्। उनीहरुसँग बस्न सकिनन्। सन्तानप्रतिको जिम्मेवारी निर्वाह गरिसकेपछि उनले जीवनभर जोडेको सम्पत्ति छाडेर दाङ फर्किइन्। तर केही गर्नका लागि शरीरमा पहिले जस्तो जाँगर थिएन। सहारा भन्नु पनि कोही थिएन।

दाङ फर्किएपछि केही समय उनले होटल चलाइन्। त्यसपछि बिरामी परिन्। पेटमा पानी भरिएको रहेछ। अप्रेसन गरिन्। साथमा केही थिएन। ‘न पैसा थियो, न आफन्ती’– उनले भनेकी थिइन्– ‘होटल बेचेर औषधि गरें।’ अस्पतालमा उनी १२, १५ दिन बिरामी भएर थलिइन्। तर भेट्न कोही आएनन्।

उनका सन्तान थिए, आफन्त र माइती पनि थिए। र, पनि कसैले उनलाई सम्झिएनन्। भेट्नसम्म आएनन्। अन्ततः उनी बुढ्यौली उमेर र रोगले थलिएपछि कमजोर शरीर बोकेर गत वर्ष बृद्धाश्रम पुगेकी थिइन्।

बृृद्धाश्रममा उनी करिब नौ महिना बसिन्। तर कुनै सन्तान पनि उनलाई भेट्न आएनन्। फोनसम्म गरेनन्। आफन्त र माइती पनि नभएका होइनन्। कसैले उनलाई वास्ता गरेनन्। आफ्ना भन्नु भाइ बुहारी रहेछन्। उनीहरु भने बेलामौका भेट्न आइरहे।

आफैले जन्माएर हुर्काइ बढाई गरेको सन्तानले नसम्झे पनि उनलाई भने सन्तानको सम्झनाले सुब सताउँथ्यो। जीवनको अन्तिम क्षणमा उनलाई अरु केही चाहना थिएन। मात्र सन्तानको साथ चाहन्थिन्। उनलाई लागेको थियो– आफैले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान्।

छ महिनाअघि उनीसँग गरेको संवादमा उनले भनेकी थिइन्– ‘दुःखसुख जे छ, सन्तानको साथमा बिताउने मन छ। उनीहरुको साथ पाए सबै पुग्ने थियो। मलाई लिन आए त अहिले नै यहाँ (बृद्धाआश्रम) बाट जाने थिएँ।’ जीवनको अन्तिमसम्म पनि उनले बृद्धाश्रममा सन्तानको प्रतीक्षा गरिरहिन्। सन्तानको बाटो कुरिरहिन्। र, अन्ततः उनी सन्तानको पर्खाइमै बितिन्।

असार १३ गते भौतिक शरीरलाई बिदाइ गरियो, आश्रममकै पहलमा। उनका सन्तान, माइती र आफन्तलाई दाहसंस्कार लागि सम्पर्क गरियो, बोलाइयो। उनका एक छोरा भने दाङमै रहेछन्। आश्रममले छोरालाई बेलायो तर उनी सजिल्लै आउन मानेनन्। ‘आफ्नै आमाको दाहसंस्कारमा पनि छोरा नआएपछि हामी निराश भयौं’– ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले भन्नुभयो– ‘बल्ल तल्ल फकाएपछि मात्र छोरा आए। र, केही आफन्त पनि आएर दाहसंस्कार गरियो।’यो समाचार आभास बुढाथोकीले नयाँयुगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो।

Categories
रोचक

श्रीमतीले सोधिन् र’क्सी चु’रोट छोड्ने कि घर ? श्रीमानले लिए सबैलाई अचम्मित पार्ने निर्णय

एक चिनियाँ नागरिक बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्ट टर्मिनलमा एक दशकभन्दा बढी समयदेखि बस्दै आएका छन् र आफ्नो परिवारमा फर्कने कुनै मनसाय छैन।

मेरो परिवारले मलाई घर बस्ने भए धु’म्रपा’न र म’द्यपा’न छोड्नुपर्छ भन्यो। यदि मैले त्यसो गर्न सकिन भने, मैले उनीहरूलाई मेरो सबै मासिक सरकारी तलब उनीहरुलाई दिनुपर्‍यो तर मेरो चु’रोट र र’क्सी कसरी किन्ने? त्यसैले घर नै छोडिदिए ।

एक ६० वर्षीय व्यक्ति पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् । उनले आफ्नो घर छोडिदिएका छन् । ती व्यक्तिका अनुसार उनलाई घरका सदस्यले रक्सी र चुरोट छोड्नका लागि भनेका थिए, त्यसैले उनले घर छोडेर विमानस्थलमा बस्न सुरु गरे ।

यी व्यक्ति चीनका हुन् । उनको नाम वेई जियानगुओ हो । जियानगुओले आफू घर फिर्ता नजाने बताएका छन् किनभने उनका अनुसार त्यहाँ उनका लागि स्वतन्त्रता नै छैन ।

यस्तै, जियानगुओ पछिल्लो १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् । सुरुमा उनी केही दिन रेलवे स्टेशनमा पनि सुतेका थिए । जियानगुओका अनुसार विमानस्थलमा उनी आफ्नो मर्जीले खान पिउन सक्छन् । उनले चाइना डेलीसँगको कुराकानीमा घरमा आफूले मन लागेको कुरा गर्न नपाउने भएकोले उनी घर नफर्कने बताएका छन् ।

ती व्यक्तिका अनुसार उनकी श्रीमती र परिवारका सदस्यले उनलाई घरमा बस्नु छ भने र’क्सी र चु’रोट छोड्नुपर्ने शर्त राखेका थिए । यस्तोमा उनले घर नै छोड्ने निर्णय दिए । जियानगुओको घर विमानस्थलबाट करिब १९ किलोमिटर टाढा छ । उनले सन् २००८ मा घर छोडेका थिए ।

Categories
समाचार

निर्वाचन आयोगद्धारा बालेन साहलाई लौरो चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले बालेन साहलाई लौरो चुनाव चिन्ह दिएको छ । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका साहले लौरो चुनाव चिन्ह पाउनु भएको हो ।

शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको छ । यो सँगै अब साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ ।

यसअघि सामाजिक सञ्जालमा उहाँको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएको थियो । अहिले आएर सो जानकारी मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किनु भएको छ ।

अर्कोतिर पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई लौरो चुनाव चिह्न दिइएको छ ।

आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।

Categories
जिबनसैली

कसरी बुझ्ने युवतीको ‘से क्स’ अपिल ?

साँच्चैभन्दा युवतीहरूको से- क्स अपिल बुझ्न निकै गाह्रो छ।

तर युवतीको से -क्स अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घ-मण्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे।

खुट्टामा हेरेर प्याच्च थु-किदिनुभयो भने केही पर पुगेर आफ्नो जि-उडाल फर्की–फर्की हेर्न थाल्छे। र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे। यो पुरुषहरूको स-म्मोहन शक्तिको गुण हो।

यहीलाई फ्लो गरियो भने केटीहरू आकर्षिक हुनेमा द्विविधा छैन। किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन् ।

ऐना नहुनेले मुख पुछपाछ गरी क-म्मर मर्काइ-मर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मो-हित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन। यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ। युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौ न प्रस्ताव राख्नुहुँदैन ।

एक अध्ययनका अनुसार राख्नुभयो भने तपाईंको गा-लामा थ-प्पड वा च-प्पल पर्ने बताइएको छ। तर खुट्टा फा-रेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ। एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस् –

पूर्व श्रीमतीको पत्र पढेर किन रोए.. आमिर खान ?

जून २००१ मा सार्वजनिक हिन्दी फिल्म ‘लगान’ निर्माण एवं प्रदर्शनमा आएको दुई दशक पूरा भएको छ ।

आशुतोष गोवारिकरको निर्देशनमा बनेको, आमिर खानले निर्माण गरेको यो फिल्मले भारतीय फिल्म इतिहासमा खास स्थान राख्छ । फिल्मको कथा, चरित्र, सेट, संवाददेखि गीतसम्म उत्कृष्ट मानिएको छ । उक्त फिल्म कसरी बनेको थियो ? ओस्कारसम्मको यात्रा कसरी तय भयो ? यस सन्दर्भमा आमिर खानले केही घतलाग्दा कुरा सुनाएका थिए ।

पूर्व पत्नीको प्रशंसा

लगानसँग जोडिएको सबैभन्दा सम्झनलायक क्षण सम्झँदै आमिर खानले आफ्नी पूर्व पत्नी रीना दत्तलाई क्रेडिट दिए । उनले भने, ‘साँचो भनौं भने मेरो लागि सबैभन्दा खास सम्झनामा छिन्, रीना । मेरी पूर्व पत्नी । रीनालाई मैले भने कि यो फिल्म म निर्माण गर्दैछु तिमीले मेरो साथ दिनुपर्छ ।

उनले भनिन्, फिल्म मेकिङबारे मलाई केही थाहा छैन । वास्तवमा उनी सत्य भनिरहेकी थिइन् । उनले कम्प्युटर साइन्स पढेकी हुन् । यद्यपि उनी सुभाष घईसँग गएर भेटिन्, अशोक ठाकरियासँग भेटिन्, मनमोहन शेट्टीसँग भेटिन् । उनले हरेक कुरा बुझ्ने यत्न गरिन्, फिल्ममेकिङ के हो ? प्राविधिक हिसाबले ।

कति छिटै उनले यो कुरा बुझिन र यति ठूलो फिल्मको व्यवस्थापन गरिन् ।

मलाई थाहा छ कि, उनी एकदमै अनुशासनप्रिय निर्माता थिइन् । सबैलाई थर्काएर राख्थिन्, मलाई, आशुतोष, नुकल कामटे, अनिल मेहता सबैलाई । जब फिल्म पूरा भयो, तब रीनाले एक चिठी लेखिन्, पूरै टिमका लागि । त्यो चिठी पढेर म यति रोएँ कि, त्यो एकदमै इ-मोशनल चिठी थियो ।

Categories
समाचार

आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।

Categories
राजनीतिक समाचार

प्रचण्डको एक फोनले बागीको उम्मेदवारी भयो फिर्ता

सत्ता गठबन्धनलाई यतिबेला बागी उम्मेदवारहरुले भयङ्कर ठूलो तनाव दिएको छ । बागीहरुलाई ब्याक गराउन शीर्ष नेताहरु नै हरसम्भव प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्ता गठबन्धन भित्र बागी उम्मेदवारी दर्ता गराएका नेताहरुलाई शिर्ष नेताले फिर्ता लिन निर्देशन दिएका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनगरेपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए।

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ। यस्तै गठबन्धनको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।

‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

गठबन्धनमा कुरा नमिलेपछि सिन्धुपाल्चोक, भोजपुर, धनकुटा र रामेछाप लगायतका केही स्थानीय तहका तालमेल खारेज हुने भएका हुन्।सिन्धुपाल्चोकमा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रले, रामेछापमा पनि एमाले र माओवादी, भोजपुरमा कांग्रेस र एमाले, धनकुटा एमाले र माओवादीबीच तालमेल गरेर जाने सहमति भएको थियो।

Categories
समाचार स्वास्थ्य

के महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ? जान्नुहोस यस्तो छ यथार्थ….

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ? यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ ।

नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । चिकित्सकहरु शरीरमा यस्तो निलो दाग ८ ओटा कारणले देखिन सक्ने बताउँछन् । ति ७ कारण निम्नानुसार छन्,

छालामा चोट
आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ । यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।
खानामा पोषण तत्वको कमि
रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

क्यान्सर र किमोथेरापीका कारण
तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

वंशाणुगत रोग हिमोफिलियाका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ ।यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ

बढ्दो उमरका कारण
बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

थ्रम्बोफिलियाको समस्याका कारण
थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारण
वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।

Categories
समाचार

हेटौंडामा अबदेखि ट्राफिकले ‘लापसे’ चेक गर्ने, बाटोमै चालकको पिसाब जांच

मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरुको पहिचान गर्न ड्रग-युरिन टेस्ट सडक मैं सुरु गरेको छ ।

लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको हो ।

सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले सो चेकजाँच गरेको हो ।

लागुपदार्थ सेवन गरे नगरेको पिसाबको माध्यमबाट परीक्षण हुन्छ, ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको छ, ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

उनले ठूला, साना सबै सवारी साधनका चालकहरुलाई परीक्षण गर्ने बताएका छन् ।

अब हेटौंडामा सवारी चलाउदा लागुपदार्थ सेवन गरेको छ छैन ट्राफिकले ‘ड्रग युनिट टेस्ट कीट’ले चालकहरुको पिसाब चेक गरि थाहा पाउनेछ ।

Categories
स्वास्थ्य

कसरी हुन्छ विर्यदान र कति समयसम्म भण्डारण गर्न सकिन्छ, शुल्क कति लाग्छ ? (भिडियो)

पुरुषको शुक्रकिट र महिलाको अण्डलाई निश्चित समयसम्म भण्डार गरेर आफूलाई सहज भएको बेलामा बच्चा जन्माउन कत्तिको सम्भव छ ?

सामान्यतया महिलाहरूले ३५ वर्षभन्दाअघि नै बच्चा जन्माउनु आमा र बच्चाको लागि फाइदाजनक मानिन्छ । तर विभिन्न कारणले ३० वर्षको उमेरमा बच्चा जन्माउन अनुकुल भएन भने के गर्न सकिन्छ ?

चिकित्सकहरू कुनै पनि जोखिमविना नै आफूलाई मन लागेको बेलामा गर्भधारण गर्न सकिने बताउँछन् । अल्का अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ रोग विशेषज्ञ डा. श्वेता सिंह वीर्य र अण्ड भण्डारण गरेर आफू अनुकुल गर्भधारण गर्न सकिने बताउँछिन् ।

सामान्यतया वीर्य र अण्डको दान लिंदा कुनै पनि स्वास्थ्य समस्या नभएको युवायुवतीको खोजी गरिन्छ । विशेषगरी ३० वर्ष उमेर नपुगेका र सकेसम्म बच्चा भइसकेका युवायुवतीबाट वीर्य वा अण्ड दान लिनु उचित हुने डा. सिंह बताउँछिन् ।