Categories
समाचार

सुनको मुल्यमा भारी वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ। आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एमसीसी अनुमोदनमा देखिएको फरक दृश्य : अरूले हात उठाए, देउवाले मुठ्ठी
काठमाडौं । आईतबार राति एमसिसी अनुमोदन गर्ने क्रममा अनौठो दृश्य देखियो । पारितको पक्षमा अरु सांसदले हात उठाइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने मुठ्ठी उठाए ।

प्रायः कम्युनिस्टहरूले मुठी उठाउने गर्छन् । तर, कांग्रेस सभापति रहेका देउवाले मुठी उठाउनु अनौठो र फरक दृश्य हो । सत्ता गठबन्धनकै नेता एमसिसीको विपक्षमा लागेपछि केही दिन यता देउवा दबावमा थिए । उनले लामो कसरत गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाए ।

अन्ततः विवादित एमसिसी बहुमतले पारित गराउन सफल भए । यसै सफलतास्वरुप भावुक भएर देउवाले मुठी उठाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

Categories
अन्तरास्ट्रिय समाचार

पुटिनले दिए आफ्ना सेनालाई यस्तो गर्न निर्देशन

एजेन्सी :रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पा’रमा’ण’वि’क बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका छन्। यो अवस्था रुसको रणनीतिक क्षे’प्यास्त्र ब’लको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो।

युक्रेनमाथि गएको बिहीबारदेखि रुसले आ’क्र’मण गर्दै आएको छ । युक्रेनमाथिको आ’क्र’म’णलाई थप ग’म्भीर दिशा तर्फ लैजाने शंकेत गर्दै पुटिनले प’रमा’णु ह’तिया’र प्रयोग गर्न सक्ने जनाएका हुन् ।

विश्वव्यापी रुपमा युक्रेनमाथि भइरहेको आ’क्रम’णलाई लिएर रुसको निन्दा हुनु तथा पश्चिमा राष्ट्रहरुको आ’क्रमक वक्तव्य र प्रतिबन्धका कारण पर’मा’णु ह’ति’या’र तयारी अवस्थामा राख्नु परेको पुटिनले आफ्ना सुरक्षा प्रमुखलाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तयारी अवस्थामा राख्न भने पनि प’रमा’णु ह’ति’या’र रुसले प्रयोग गरिहाल्छ भन्ने छैन । अमेरिकाले रुसी निर्णयको तत्काल आलोचना गरेको छ । रुसले स्वीकार गर्न नसकिने गरी यु’द्धको मार्ग रोजेको अमेरिकी भनाइ छ ।

गएको हप्ता पुटिनले युक्रेनमा आफूहरुलाई हा’नी गर्न आ’उने जो कोहीले ग’म्भीर मूल्य चु’काउनु पर्ने र त्यो उनीहरुले इतिहासमा भो’गेको भन्दा भ’या’नक हुने चेतावनी दिएका थिए ।

त्यसलाई प’रमा’णु ह’तिया’र प्रयोग गर्ने चेतावनीका रुपमा लिइएको थियो र अहिले पुटिनले आफ्नो सैनिकलाई पर’मा’णु ‘ह’तिया’र तयारी अवस्थामा राख्न आदेश दिएका हुन् ।

पुटिनले प’रमा’णु ह’ति’या’र तयारी अवस्थामा राख्न आदेश दिए लगत्तै युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध तथा जवाफी रणनीति घोषणा गरेको छ ।

रुसद्वारा प’रमा’णु ह’तिया’रको चेतावनी, अमेरिका भन्छ: ‘अस्वीकार्य’

रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग “मित्रवत् व्यवहार नगरेको” र “अवैधानिक प्रतिबन्धहरू लगाएको” बताए। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले सीबीएस न्यूजलाई रुसको कदम “अस्वीकार्य रहेको” बताएकी छन्।

Categories
समाचार

पल शाहबारे बोल्यो चलचित्र संघ, पल बारे बोल्दै यसो भन्यो?

काठमाडौं :अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेका समाचार र सन्दर्भप्रति नेपाल चलचित्र कलाकार संघले ध्यानाकर्षण भएको जनाएको छ।

संघले शनिबार विज्ञप्ति जारी गरी अभिनेता शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दो’षीलाई सजाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको ठहर गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन। व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ।

एउटा चलचित्रमा कलाकार मात्र हैन , अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ।’

एक नाबालिका गायिकाले नायक शाहविरुद्ध ब’ला’त्का’रको मुद्दा दायर गरेपछि शाहलाई प्रहरीले खाेजी गरिरहेको छ।

Categories
समाचार

अमेरिकाबाट जहाज चढेर नेपाल आइपुगे सात वटा साँढे, पहिलोपटक जंगबहादुर पछि शेरबहादुरको सरकारले भित्र्याएको दावी

काठमाडौं :अमेरिकाको सिकोगोबाट प्लेन चढाएर ल्याइएको सात वटा साँढे तीन दिनको हवाई यात्रा पछि काठमाडौं आइपुगेका छन् । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

२३ फेब्रेअरी अर्थात ११ फागुनमा अमेरिकाको सिकागोबाट हिंडाइएको उक्त साँढेहरु कतारको राजधानी दोहा, भारतको राजधानी नयाँ दिल्ली विमानस्थल हुँदै तीन दिनको जहाज यात्रामा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको मन्त्रालय अन्र्तगतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले जनाएको छ । भारतको नयाँ दिल्लीसम्म कतार एयरवेजमा ल्याइएका साँढेहरु त्यहाँबाट भने नेपाल आएरलाइन्सको जाहज चढेका थिए ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा केशव भट्टले जानकारी दिए । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

No description available.

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ ।

विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झण्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए । उनले भने, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनले बताए ।

सुरुमा एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड पुगेको उनको भनाइ छ । प्रति साँढे १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै २६ लाख पर्न गएको छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भने, “यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।”

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायतबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।

Categories
समाचार

२ कराेड खर्चिएर नेपाली किसानको जीवनस्तर अभिवृद्धि गर्न अमेरिकाबाट सात साँढे आए

काठमाडौं ।व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा केशव भट्टले जानकारी दिनुभयो । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहाँँको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिनुभयो । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उहाँको विश्वास छ ।

विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झण्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उहाँ बताउनुहुन्छ ।

सुरुमा रु एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर रु दुई करोड पुगेको उहाँको भनाइ छ । प्रति साँढे रु १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै रु २६ लाख पर्न गएको छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भन्नुभयो, “यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।”

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।

Categories
समाचार

एमसीसी अनुमोदन भएपछि अमेरिकाले नेपाललाई दियो यस्तो संदेश

काठमाडौं :अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ ।

प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो ।

‘दुई करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘अब यस पाँच–वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ ।’

एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ,’ अमेरिकाले भनेको छ ।

आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग मात्र अमेरिकाले एमसीसी सम्झौत गर्ने विज्ञप्तिमा स्मरण गरिएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको छ। यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको अमेरिकाले जनाएको छ । परिवर्तनमा अमेरिका नेपालको साथमा उभिई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा मद्दत गरेको जनाइएको छ ।

‘अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Categories
समाचार

नाबालिग गायीकाको पुर्ब प्रेमी भनिएका युबा मिडियामा, लिभिङ्ग टुगेदर देखि सम्बन्धको बारेमा खुलाए सबै कुरा, हेर्नुहोस्

काठमाडौं :चार दिनअघि उनीविरुद्ध तनहुँमा कर णी आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आ’त्म’स’म’र्प’ण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । मुलुकी अ’प’रा’ध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौ’ ‘न स’म्ब’न्ध राखे पनि त्यसलाई कर’ ‘णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ’ ‘न स’म्ब’न्ध रा’खेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अ’प’रा’ध संहितामा उल्लेख छ ।

मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको स’म्ब’न्धलाई स्वी’कार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनुपर्ने हुन्छ । सो समय पल र समीक्षाबीच अ’न्तरङ्ग स’म्ब’न्ध रहेको गसिफको आ’गो मिडियामा बोलेको थियो । उक्त आगो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।’

तर केही समयपछि समीक्षाले फेरि अर्काे स्टाटसमार्फत पलसँगको गसिफको आ’गो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्तविक यथार्थ बाहिर ल्याउँछु । पल अभिभावक भएको स्टाटस कसैको अनुरोधमा लेखेकी थिएँ ।’

उनको यस्तो भनाइपछि पल विरुद्ध समीक्षा अब अगाडि आउने चर्चा चल्यो । यसैबीच उनी पोखर पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झाएको गसिफ मिडियामा छाए । शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्तर्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वार्ताको उदेश्य दुबै टेलिभिजनको पल र समीक्षा बीचको गसिफको रहस्य बाहिर ल्याउनु थियो । तर त्यो रहस्य भने बाहिर आएन ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पलसँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बध रहेको बताए । उनले भने, ‘समीक्षासँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’ हुन त हालै केही मिडियामा पलको धेरै केटीसँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समाचार प्रमाण सहित बाहिर आएका छन् । समीक्षासँगको सम्बन्ध गिरोहका खेल भएको बताउने पलले धेरै केटीसँगको सम्बन्धको बिषयमा भने बोल्न बाँकी छ ।

https://youtu.be/MyX0RMFv104

Categories
राजनीतिक समाचार

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौं, १५ फागुननेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् ।

‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,’ उनले भने ।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन् । उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी पास गरेपछिको १२ वर्ष एक महिनाको समयमा मन्त्री भएकाहरुले एमसीसीलाई राष्ट्रघात भन्नु भन्दा पहिला हेक्का गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारेको व्याख्यात्मक घोषणामा छलफल गर्दै १२ वर्ष एक महिनाको समयमा मन्त्रिपरिषद्मा बसेका मन्त्रीहरुले यसलाई राष्ट्रघाती भन्नु भन्दा पहिला ख्याल गर्नुपर्ने बताए ।

‘यो सम्झौता राष्ट्रघाती भन्नु भन्दा पहिला एक पटक ख्याल गरौं होइन भने केही समय अघि मन्त्रीजीले म क्याबिनेटमा थिए तर त्यो दिन मेरो पेट दुखेको थियो भनेको जस्तै अरुले पनि मैले त्यो दिन भांग खाएको थिए म सुरमा थिइन भन्ने अवस्था आउँछ ।’

‘हामी सबैले गर्‍यौं भनेर जिम्मेवारी लिऔं गलत केही गरेका छैनौं सही गरेका छौं’ उनले भने, ‘आज हामीले यसको थप व्याख्या गर्‍यौं, यो भन्दा बहेक एउटा दायित्व पनि नेपालमाथि सृजना हुँदैन भयो भने नेपालले सन्धी खारेज गर्छौं ।’

Categories
राजनीतिक समाचार

एमसीसी सम्झौता संसदबाट पारित

काठमान्डौ– अमेरिकी सहयता परियोजना एमसीसी संसदबाट पारित भएको छ ।प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए ।पछिल्लो समय नेपाली राजनीतिको ‘हटकेक’ बनेको एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे । राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने वेल घेराउमै रहेको थियो ।एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा निरन्तर नाराबाजी गर्दै आएको छ ।एमसीसी सम्झौताप्रति असन्तुष्ट सत्तारुढ गठबन्धनकै केही सांसदले बैठक बहिस्कार गरेका थिए ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा देखिएको विवाद चिर्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।आजै प्रतिनिधिसभाको पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको थियो ।

सांसदहरुको धारणा र गठबन्धनको सहमति अनुसार संसद भवनमै बसेको मन्त्रिपरिषद बैठकले सम्झौताबारे उठेका प्रश्नहरुको निवाराणार्थ व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय गरेका थिए ।व्याख्यात्मक घोषणामार्फत सरकारले सम्झौतालाई आर्थिक सहायतको रुपमा स्वीकार गर्ने तर कुनैपनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नबाँधिएको घोषणा गरेको छ ।

त्यस्तै एमसीसी सम्झौताका बुँदाहरु परियोजना कार्यान्वयनका हकमा मात्रै लागु हुने, एमसिए नेपाल नेपाली कानूनद्वारा सञ्चालित हुने, बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व रहने, लेखापरिक्षण महालेखा परीक्षकले गर्ने लगायतका घोषणा गरिएको छ ।व्याख्यात्मक घोषणामार्फत सम्झौता र सम्झौता अन्तर्गतका परियोजनाहरुको कार्यान्वयन नेपालको कानून बमोजिक गरिने पनि घोषणा भएको छ ।

Categories
समाचार

समाजसेवी पल शाहको हातमा वा बल-त्कारीको हातमा हतकडी ? अब ७ दिन हिरासत भित्रै बस्नुपर्ने , हेर्नुहोस

काठमाडौं :नायक पल शाहविरुद्ध ब’ला’त्का’रसम्बन्धी अर्को उजुरी परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध आज आइतवार ब’ला’त्का’रसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।

गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट ब’ला’त्कृत भ’ए’को भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताउनुभयो । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

अहिले उनी प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै कर णी गरे पनि त्यसलाई गैर कानुनी मानिन्छ । गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेको आरोप लगाइएको छ ।