Categories
समाचार

रक्सी खाँदै नखानुहोस्, खानै परे कति खाने ? कसरी खाने ?

डा. प्रकाशराज रेग्मी –

रक्सीले मुटुलाई बलियो बनाउँछ र मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भन्ने सोच अधिकांशमा पाइन्छ। हृदयाघातबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनामा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ। रक्सी पिउनु हुन्छ वा हुँदैन ? यसले फाईदा बेफाइदा के गर्छ ? यदि पिउनु हुन्छ भने, कति? जस्ता जिज्ञासा धेरैमा छ।

रक्सी नशालु पदार्थ हो। विश्वभर यसको अत्यधिक सेवन भइरहेको छ। रक्सी पिउने चलन परापूर्वकाल देखिको हो। हुँदाहुँदा पछिल्ला दिनहरूमा त सभासमारोहमा रक्सी नपिउने मानिस एक्लो जस्तो हुन्छ। रक्सी नराखिएको भोज खल्लोजस्तो हुन्छ।

रक्सीमा ठूलो शक्ति छ। यसले मान्छेलाई पशु बनाउन सक्छ। पारिवारिक सम्बन्धलाई तोड्न सक्छ। समाजलाई नष्ट पार्न सक्छ। मान्छेको शरीरको अंगप्रत्यङ्गलाई क्षतविक्षत पार्न सक्छ। रक्सी थोरै खाए औषधि हुन्छ। धेरै खाए विष हुन्छ।

भिटामिनलगायत कतिपय औषधिमा थोरै मात्रामा रक्सी मिसाईएको पनि हुन्छ। रक्सी पिउने जति सबैले अनुभव गरेकै हुनुपर्छ कि थोरै पिउँदासम्म मन खुसी र आनन्दको अनुभूति हुन्छ भने धेरै भएपछि चक्कर लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने हुन्छ। मात्रा बढ्दै जाँदा रक्सीले शरीरमा प्रत्यक्ष असर देखाउन थाल्छ।

रक्सी (अल्कोहल) वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी, व्ह्स्किीजस्ता पेय पदार्थहरुमा पाइन्छ। यी पेयपदार्थमध्ये बियर, वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी र व्ह्स्किी आदिमा अल्कोहलको मात्रा बढी हुन्छ।

पेय पदार्थ रक्सीको मात्रा

बियर ३–८% वाइन ८–१२% रम ४०–४५% जिन ४०–४५% ब्राण्डी ४०–४५% भोड्का ४०–४५% ह्विस्की ४०–४५%

रक्सी पिएपछि सोझै पेटमा पुग्छ। पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ। रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ। रक्सीले सबैभन्दा पहिलो असर पार्ने अङ्ग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन्।

रक्सीलाई पचाउने कार्य कलेजोले गर्छ। कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिदै जल्दै जान्छ। यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ जुन खर्च नभएको खण्डमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ। रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने हुन्छ। लगातार काम गरिरहनु पर्दा कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ। रक्सी मुख्यतया कार्बोहाइड्रेट हो। यसकारण शरीरलाई प्रशस्त क्यालोरी प्राप्त हुन्छ। यो शक्तिको सजिलो श्रोत हाे, जसले शरीरको तौल बढाउछ।

कुन रक्सीले कति क्यालोरी (शक्ति) दिन्छ ?

रक्सीको किसिम मात्रा क्यालोरी बियर २५० मि.ली. (१ गिलास) १२२ ब्रान्डी ३० मि.लि. (१ पेग) ९८ जिन ३० मि.लि. (१ पेग) ८४
रम ३० मि.लि. (१ पेग) ९८ ह्वीस्की ३० मि.लि. (१ पेग) ९१ रेड वाइन १०० मि.लि. (१.५ गिलास) ८२ सेतो वाइन १०० मि.लि. (१.५ गिलास) ७५

रक्सीको अत्याधिक सेवनले स्वास्थ्यलाई हानी पुर्‍याउँछ। यसको अत्याधिक सेवनबाट कलेजो, मष्तिस्क, मुटु तथा क्यान्सर रोग निम्त्याउँछ भने दुर्घटना आत्महत्या र पागलपनसम्म पुर्‍याउछ। रक्सीले मुटुमा पर्ने असरका बारेमा कुरा गर्दा रक्सीको मात्रामा ख्याल गर्नुपर्छ। थोरैदेखि ठीक मात्रामा पिउँदा फाइदा हुन्छ। धेरै पिएमा बेफाइदा हुन्छ भन्ने गर्छौं। कति मात्रालाई थोरै र कतिलाई धेरै भन्ने ? (हेर्नुस् बक्स)

दैनिक १ बोतल बियर अथवा १ गिलास (२५० मि.ली.) वाइन, अथवा ६० मि.लि. हार्ड ड्रिङ्स (भोड्का, ह्विस्की) पिउनुलाई ठिक मात्रा भन्ने गरिन्छ। दैनिक यो भन्दा कम लिनेलाई थोरै र धेरै लिनेलाई बढी मात्रा भनिन्छ। यो मापदण्ड ४० वर्ष काटेका पुरुषहरुका लागि हो।

महिलाहरुका हकमा कुरा गर्दा यसको ठीक आधा मात्रा हिसाब गर्नुपर्छ। पुरुषको तुलनामा महिला शरीर सानो र कमजोर हुने हुनाले रक्सीको असर महिलामा पुरुषहरुमा भन्दा बढी हुन्छ।

यो मापदण्ड अमेरिकन र यूरोपियनहरुले बनाएका हुन् जुन हामी नेपालीहरुलाई लागू नहुन पनि सक्छ। तर, वैज्ञानीकहरुले रिसर्च गरेर पत्ता लगाएको तथ्य यो हो कि थोरैदेखि ठिक मात्रामा पिएको खण्डमा रक्सीले मुटुलाई फाइदा पु¥याउछ। तर धेरै भएको खण्डमा यसले मुटुलाई निकै क्षति पुर्‍याउछ।

रक्सीबाट मुटुलाई पुग्ने फाइदा

ठीक मात्रामा पिएको खण्डमा रक्सीबाट मुटुमा सकारात्मक प्रभाव पार्छ। यसको सेवनले बढेको रक्तचापलाई घटाउँछ। रगतमा राम्रो कोलेस्ट्रोल लाई बढाउछ जसबाट हृदयघात हुने संभावना कम हुन्छ। रगतको जम्ने प्रवृत्तिलाई कम गर्छ। जसका कारण हृदयाघात, एन्जाइनालाई घटाउँछ। साथै मुटुबाट हुन सक्ने आकस्मिक मृत्युलाई कम गर्छ।

रक्सीबाट मुटुलाई पुग्ने बेफाइदा

धेरै मात्रामा पिएको खण्डमा अथवा पिउन नहुनेहरुले थोरैमात्रामा मात्र पनि पिएको खण्डमा रक्सीबाट मुटुलाई बेफाइदा पुग्न सक्छ। यसको रक्तचाप बढाउँछ, मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस) गराउँछ, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ।

यसैगरी मुटुको धड्कनमा गडबडी उत्पन्न भई हार्टफेल हुनसक्छ। गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ। साथै रगतमा यूरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ।

यसका अलावा रक्सीले आन्द्राको क्यान्सर र महिलाहरुमा स्तनको क्यान्सर हुने संभावना बढाउँछ। रक्सीको सेवनबाट मुटुलाई केही फाईदा हुने कुरा वैज्ञानिकहरुले प्रमाणित गरिदिएको हुनाले के मुटु रोगबाट बच्न सबैलाई रक्सी सेवन गर्ने सल्लाह दिनु उचित होला त ? अवश्य पनि उचित होईन।

रक्सीको सेवन सम्बन्धमा म यस प्रकारको सल्लाह दिन चाहन्छु : रक्सी नपिउने गरेकाहरुले रक्सी पिउन शुरु नगरेकै राम्रो

२० वर्ष उमेर नपुगेकाहरूले रक्सीको सेवन नगर्नु उचित गर्भवती महिलाले रक्सी सेवन गर्नु हानीकारक

कलेजोे रोग, मधुमेह, उच्चरक्तचाप, ट्राईग्लाइसेराइड, यूरिक एसिड, मिर्गौलाको रोग, क्यान्सर, अल्सर आदि भएकाहरुले रक्सी पिउनु अत्यन्त हानिकारक

मुटुका रोगीहरुको सम्बन्धमा बाथ मुटुको रोग, मुटु सुन्निने, जन्मजात मुटुको रोग, मुटुको धड्कनको गडबडी भएकाहरु, रगत पातलो पार्ने

औषधि खाईराखेकाहरुले रक्सीको सेवन गर्नु हुँदैन

उच्च रक्तचाप, कोरोनरी मुटुको रोग, हृदयाघात, उच्च रक्त कोलेस्टेरोल आदि भएकाहरुले थोरैदेखि ठीक मात्रासम्म रक्सी पिउँदा फाइदा हुन्छ। शरीरको तौल घटाउन चाहनेले रक्सी पिउनुहुँदैन।

हुन त रक्सीमध्ये रेडवाइनको मुटुलाई सबैभन्दा बढी फाइदा गर्छ भनिन्छ तर रिसर्चबाट यो पत्ता लागेको छ कि मुटुमा पर्ने असर सबै प्रकारका रक्सीबाट एकै हो। रेड वाइनमा अरु रक्सीहरुमा भन्दा एण्टीअक्सिडेण्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीहरुमा कोलेस्टेरोल जम्मा भई साँघुरिने गतिमा कमी आउन सक्छ। रक्सीबाट मुटुलाई केही फाइदा छ भन्ने निहुँमा रक्सी पिउने बानीको विकास नगरौं। रक्सी पिउन कसैलाई पनि प्रोत्साहित नगरौं।

(रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)

Categories
समाचार

यिनै हुन् २० बर्षिया कञ्चन पराजुली जस्ले आफ्नै घरबेटीसंग खेलिन डरलाग्दो गेम, साथमा थिए ३ युवक !

सिन्धुपाल्चाेक : दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना पक्राउ परेका छन्।

नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाेरी भएकाे थियाे।

घरमा काेही नभएकाे माैका छाेपी दिउँसै घरमा चाेरी भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले पीडित श्रेष्ठको घरमा डेरागरी बस्ने सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे थियाे।

चाेरीमा संलग्न कञ्चनसहित इन्द्रावती गाउँपालिका- १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती-९ भिमटारका २५ वर्षीय बुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तामाङ रहेकाे प्रहरीले जनाएकाे छ।

पीडित श्रेष्ठकाे घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य तीन जना युवाकाे सहयाेगमा चाेरी गरेकी हुन्। चाेरीकाे याेजनाकार पराजुली पीडित श्रेष्ठकाे छाेरीकाे सहपाठी पनि हुन्।

आफूसँग रहेकाे घरकाे मुल ढाेकाकाे चाबी ती युवकहरूलाई दिएर कञ्चनले चाेर्नकाे लागि परिचालन गरेकाे अनुसन्धानकाे क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ।

चाेरीमा प्रयोग भएकाे एउटा माेटरसाइकल, ६ ताेला सुन, केही नक्कली सुनसहित चाेरीमा संलग्नलाई प्रहरीले साेमबार सार्वजनिक गरेकाे हाे। बरामद गरिएकाे सुन स्वरुप बदलिएकाे पाइएकाे र पीडितले हराएकाे भनेजति सबै सुन नभेटिएकाले अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिए।

चाेरीमा अन्य व्यक्तिकाे पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान नसकिएकाे अधिकारीले बताए। आफ्नाे घनमाल चाेरीमा संलग्न पक्राउ गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै पीडित श्रेष्ठकी श्रीमती गुणकेसरी श्रेष्ठले अनुसन्धान कार्यमा संलग्न अधिकारी सहित जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलाई खादा लगाएर सम्मान गरेकी थिइन्। थाहा खबर

Categories
समाचार

पेट दुखेर नजिकैको क्लीनिकमा लगियो १३ वर्षकी किशोरीलाई, छोरी जन्मिएपछि खुल्यो मनिरामको पोल

काठमाडौ । आफुले गरेको गल्ती छोप्न बर्दियाका मनिराम थारुले १३ वर्षकी किशोरीलाई अचानक नजिकैको क्लीनिक लिएर गए । किशोरीको पेट दुखेको थियो । तर किशोरीले छोरी जन्माएपछि उनै मनिरामको गल्ती सबैका सामु सार्वजनिक भएको छ । वैशाखमा मनिरामले १३ वर्षकी किशोरीलाई उनको इच्छा विपरित क र णी गरेका थिए ।

घरमा कोही नभएको मौका पारी उनले गरेको गल्ती कसैले थाहा पाएका थिएनन् । तर गर्भ बस्न पुग्दा १३ वर्षकी किशोरीले छोरी जन्माएकी छन्। गत वैशाख २७ गते बर्दियाको ठाकुरबाबा नगरपालिका(६ बस्ने ४१ वर्षीय मनिराम थारुले यस्तो काम गरेका थिए ।

किशोरी आफ्नो घरमा एक्लै भएको अवस्थामा ड र देखाएर थारुले उनी माथि त्यस्तो कुक र्म गरेको खुलेको छ । बालिकामाथि क र णी भएर उनी गर्भवती बनेकी थिइन्। त्यसपछि बालिकाको गर्भमा बच्चा रहेको अरुलाई थाहा नदिइ थारुले यही आइतवार नजिकको क्लिनका लगेका थिए।

किशोरीको एक्कासी पेट दुखेपछि क्लिनिकमा उपचार गराउने क्रममा भिडिओ एक्सरे गराउँदा गर्भ रहेको खुलेको थियो। उनले आइतवारै छोरीलाई जन्म दिएकी छन्। यो घटना खुलेपछि आइतवारै जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले मनिरामलाई पक्राउ गरेको छ। बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Categories
राशिफल

पाथिभरा माताले हामी सबैको कल्याण गरुन्, हेर्नुहोस् माघ १८ गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि।स।२०७८ साल माघ १८ गते मंगलबार इश्वी सन २०२२ फेब्रुवरी १ तारीख माघ कृष्ण पक्ष औंसी तिथी श्रवण नक्षत्र सिद्धि योग नाग करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु स्नानदानका लागी औंशी हलो बार्ने आर्गघाटमा माधवनारायणमेला नवल परासि त्रिवेणि मेला ९ज्यो।प।सरोज घिमिरे०

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि ९गु, गे, गो, सा, सि, सु, से, सो, द० शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

Categories
राजनीतिक

देउवाले यस्तो कदमले प्रचण्ड र माधव नेपाल झस्किए

काठमाडौं :प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।

स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन् ,’ स्रोतले भन्यो ।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । ‘प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उनले २६ माघलाई संसद बैठक तोकिएका छ । यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।

Categories
मनोरंजन

सर्वाधिक चर्चित अभिनेत्री रश्मिका मन्डन्ना उप्स मोमेन्टको शिकार, कसरी भयो यो दुर्घटना !(भिडियो सहित)

मनोरञ्जन ब्यूरो । हामी सबैलाई थाहा छ मनोरञ्जन र कलाको ​​संसारमा फेसन र शैली कत्तिको महत्त्वपूर्ण छ।

यही कारणले गर्दा, अभिनेत्रीहरू हरेक विशेष अवसरमा अद्वितीय र विलासी पोशाकमा देखिन्छन्। तर कहिलेकाहीँ आफ्नो फेसनलाई देखाउनको लागि सेलिब्रेटीहरूले यसलाई यतिसम्मको हद पार गर्छन् कि जो कोहीले ओप्स भन्नै पर्छ ।

पोसाकले गोप्यता समेत भंग गरिदिँदा उनीहरु लज्जितको शिकार हुनु परेको छ । साउथकी चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि हालै यस्तै एउटा उफ्स पलको शिकार भइन् ।
च्याट शोका क्रममा रश्मिकासँग दुर्घटना

यो घटना एक च्याट शोको क्रममा भएको थियो जसका कारण रश्मिकाको तस्विर भाइरल भइरहेको छ । रश्मिकाले च्याट शोमा पहेँलो कलरको सर्ट ड्रेस लगाएकी थिइन् ।

उनले कार्यक्रमको होस्टसँग कुरा गरिरहेकी थिइन् जब उनले आफ्नो सिट परिवर्तन गर्ने प्रयास गरिन्। उनी क्रस लेग पोजिसनमा बसिरहेकी थिइन्, जब रश्मिका छोटो पोशाकका कारण उप्स मोमेन्टको शिकार हुनुपरेको थियो ।

पछि रश्मिका आफैले पनि बारम्बार आफ्नो ड्रेस फिक्स गरेको देखियो ।
अभिनेत्रीको यो पल क्यामेरामा कैद भयो जसको तस्विर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । यो घटनापछि केही प्रयोगकर्ताले रश्मिकालाई छोटो पोशाक लगाएको भन्दै ट्रोल पनि गरेका छन् ।

रश्मिकाले सिद्धार्थ मल्होत्रासँग बलिउडमा डेब्यू गरेकी हुन्

करोडौंको मुटुको धड्कन बढाएकी साउथकी सुन्दरी अभिनेत्री रश्मिका मन्डन्ना पनि चलचित्र पुष्पालाई लिएर यतिबेला निकै चर्चामा छिन् । फिल्ममा रश्मिकाको देसी शैलीले दर्शकको मनमा गहिरो छाप छोडेको छ ।

उनका आगामी चलचित्रहरूमा आडावल्लु मीकु जोहारलु, मिशन मजनु, गुडबाई, पुष्पा २ समावेश छन्। रश्मिका सिद्धार्थ मल्होत्रासँग मिशन मजनुमा देखिनेछिन् । यो उनको बलिउड डेब्यु चलचित्र हो जसको सुटिङ चलिरहेको छ ।

Categories
समाचार

बौद्धबाट ७४ जना पक्राउ परेका यी ब्याक्ति को हुन् ?

काठमाडौं। प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई नियन्त्रणमा लिएको हो।

आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित प्लटिङ नजिकै दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मा’रेको थियो। त्यसक्रममा नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको छ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनलाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्ट वाइजज अनलाइन मार्फत् जुवा खेलाउन कर्मचारी समेत राखेको देखिएको थियो।

त्यस्तै माघ ११ गते ठमेलबाट भारतीय नागरिकसहित दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। प्रहरीले जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई नियन्त्रणमा लिएको हो।

Categories
अन्तरास्ट्रिय रोचक

प्रेमी हुन त यस्ता ! गर्लफ्रेण्डसँग १ करोड ६४ लाख रुपैयाँ लिए त्यसपछि फिर्ता नदिइ ‘मरे’ !

एक बेलायती युवतीले डेटिङ साइटमा भेटिएका एक युवकले आफूलाई धोका दिएको कहानी अनलाइनमा शेयर गरेकी छिन् । उनका अनुसार पहिलो पटक डेटिङ साइटमा भेटेपछि उनीहरुले एक अर्काको नम्बर लिए । विस्तारै उनीहरुको प्रेम बढ्दै गयो । युवती ती युवकसँग बिहे गर्ने सपना सजाउन थालिन् । तर, एक दिन यस्तो भयो जसले सबै कुरा बदलिदियो ।

युवतीलाई १ करोड ६४ लाख रुपैयाँ ठगेर ती युवक ‘मरे’ । युवतीले स्वयं ती धोकेबाज युवकको कहानी बताएकी छिन् जसले डेटिङ साइटमा उनीसँग प्रेमपूर्ण कुरा गरेर उनलाई धोका दिए । युवतीले आफ्नो कहानी बेलायती अखबार मेट्रोमा लेखेकी छिन् । उनको नाम गोपनीय राखिएको छ । उनका अनुसार उनले ती धोकेबाज युवकलाई २०२० को अप्रिलमा एक डेटिङ साइटमा भेटेकी थिइन् ।

केही दिनमै युवतीलाई ती युवक सच्चा र केयरिङ लाग्न थाले । केही दिनमा उनीहरुले मोवाइल नम्बर आदान प्रदान गरे र ह्वाट्सएपमा कुरा गर्न थाले । युवतीका अनुसार उनीहरुले एक अर्काका भोगाइहरु साझा गर्न सुरु गरेका थिए । उनका अनुसार उनलाई युवकले आफूलाई सुनिरहेको, बुझिरहेको र आफुहरु नजिक भइरहेको जस्तो लाग्थ्यो ।

उनलाई आफूहरु लामो समयको लागि सम्बन्धमा रहन चाहेको महसुस हुन थाल्यो । यदि सबै कुरा ठिक भएको भए उनीहरु बिहे पनि गर्थे । लकडाउनका कारण उनीहरु भेट्न सक्दैनथे तर म्यासेज, कल आदि माध्यमबाट सम्पर्कमा थिए । युवतीका अनुसार कुरा सुरु भएको करिब १ महिनापछि निकले उनीसँग पैसा मागे ।

फेशन डिजाइनरको रुपमा निकले निकै ठूलो कन्ट्रयाक्ट पाएको बताए । तर, उनका सामान टर्कीको कस्टममा रोकिएको थियो र यो पाउन उनलाई २५ हजार पाउण्ड चाहिएको थियो । युवतीले उनलाई साथीहरु वा बैंकबाट पैसा माग्न भन्दा उनले टारे । पछि उनले केही पैसा जम्मा गरेको तर अझै १५ हजार पाउण्ड कम भएको बताए । त्यतिबेला युवतीलाई केही शंका भएको थियो तैपनि उनले १५ हजार पाउण्ड दिइन् ।

निकले उनीसँग १० दिनमा पैसा फिर्ता दिने भनेका थिए तर १० दिन बितेपछि उनले पैसा फिर्ता दिनुको सट्टा अरु बहाना बनाउन थाले । यतिमात्र होइन नयाँ नयाँ समस्या बताएर युवतीसँग अरु पैसा लिन थाले । निकले कहिले गरिबीको बहाना बनाएर कहिले बिरामी भएको बहाना बनाएर पैसा माग्थे । कहिलेकाहीँ उनी ऋण तिर्नको लागि पनि पैसा माग्थे ।

यो लेनदेन २ महिना चल्यो । यस क्रममा उनले ८ पटक निकले भनेका ३ बैंक खातामा पैसा पठाएकी थिइन् । सबै गरेर उनले १ लाख २ हजार पाउण्ड (१ करोड ६४ लाख रुपैयाँ) पठाएकी थिइन् । जुन २०२० मा युवतीले निकलाई फोन गर्दा उनकी कथित छोरीले निकको मृ त्यु भइसकेको बताइन् । युवतीले उनलाई निकले आफूसँग पैसा लिएको बताएपछि कथित छोरीले पैसा फिर्ता दिने विषयमा विचार गर्ने बताइन् ।

आफू ठगिएको शंका भएपछि युवतीले पुलिस र बैंकमा सम्पर्क गरिन् । त्यसपछि जाँच अगाडि बढ्यो । अहिलेसम्म एउटा बैंकबाट ट्रान्सफर गरिएको रकम फिर्ता आएको छ । अन्य बैंकहरु प्रक्रियामै छन् । पुलिसले डेटिङ एपबाट जानकारी जुटइरहेको छ । अहिले ती युवतीले अरु मानिसहरुलाई यसप्रकारको ठगीबारे सचेत गराएकी छिन् ।

Categories
मनोरंजन

१६ दिनपछि घर पुगे सुपरस्टार अल्लू अर्जुन : पर्खाइमा रहेकी प्यारी छोरीको यो स्वागतले स्तब्ध

काठमाडौं । दक्षिण भारतका सुपरस्टार अभिनेता अल्लु अर्जुन अहिले निकै चर्चामा छन् ।१६ दिनको सुटिङपछि घर फर्किएपछि उनका छोराछोरीले उनलाई विशेष ढंगले स्वागत गरेका हुन् ।अल्लु अर्जुनले आफ्नो इन्स्टा पोस्टमा बालबालिकाले बनाएको यो सुन्दर रंगोली सेयर गरेका छन् ।

पुष्पा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुनले सेयर गरेको तस्विरमा फूलले ‘वेलकम नाना’ लेखिएको देख्न सकिन्छ भने अगाडि उनकी कान्छी छोरी उभिएको देखिन्छ ।यो पोस्ट सेयर गर्दै अल्लु अर्जुनले लेखेका छन्, ‘१६ दिन बाहिर बसेर फर्किएपछि मलाई यसरी विशेष स्वागत गरियो ।’

उनको पोस्टलाई छोटो समयमा १७ लाखभन्दा बढी लाइक प्राप्त भएका छन् ।कमेन्टमा मानिसहरू अल्लु अर्जुनका छोराछोरीको तारिफ गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंका बच्चाहरूले तपाईंलाई धेरै माया गर्छन् ।’

यस पोस्ट बाहेक अल्लु अर्जुनले आफ्नो इन्स्टा स्टोरीमा एउटा भिडियो पनि सेयर गरेका छन्, जसमा उनकी छोरीले उनलाई तमिलमा केही भन्दै छिन् ।अल्लु अर्जुनकी छोरीको नाम अरहा र छोराको नाम अयान हो । अल्लु अर्जुनको फिल्म पुष्पा ब्लकबस्टर हिट भएको छ । भारतमा मात्रै नभई विदेशमा पनि फिल्मको तारिफ भइरहेको छ ।

अल्लु अर्जुनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । दुबैका २ सन्तान छन् । छोराको नाम आयन र छोरीको नाम अरहा हो ।अल्लु र अरहा चाँडै फिल्म ‘शकुन्तलम’ मा काम गर्दैछन् । अल्लु र उनकी छोरी फिल्ममा सँगै देखिने बताइएको छ ।

Categories
रोचक

केटाकेटी उपयुक्त तरिकाले हुर्काउँने भए गाउँ लिएर जानुस् : तस्विर र यी शब्द किन भए भाइरल ?

काठमाडौं । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो ।

गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजिएको थियो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा केहि न केहि भाइरल हुने गर्छ ।

सामाजिक सञ्जाल ट्विटरमा एक तस्विर खुबै चर्चामा रहेको छ । कुल्लु र मनाली, भारतकी तिशा डोगराले एक युवतीको तस्विर साझा गरिन् । तस्विरसँगै क्याप्सन लेखिएको छ, ‘सहरी बालबालिकालाई गाउँमा लैजानुहोस् नत्र यस्तो भइरहनेछ ।’

एक युवती गोबरको तस्विर लिइरहेकी छिन् । हजारौंले मन पराएको सो तस्विरमा सयौंको संख्यामा प्रतिकृयाहरु आइरहेका छन् । मञ्जु लेख्छिन्, ‘तपाईंका अनुसार सहरमा गाईको गोबरबारे जानकार हुँदैनन् ।

सहरका बालबालिका गाईको गोबरप्रति पूर्णतया अनभिज्ञ छन् किनभने शहरमा गाई गोबर गर्दैन् ।’ एक आमा लेख्छिन्, ‘साँचो, केटाकेटी हुर्काउनको लागि एउटा गाउँ चाहिन्छ ।

रमाइलो एक ठाउँमा, जब मैले मेरा बच्चाहरूलाई मेरो पुर्खाको गाउँमा लिएर गएँ, तिनीहरू मन्त्रमुग्ध थिए । तिनीहरूलाई आफ्नो जग थाहा दिनुहोस् ।’ यसमा थरी थरीका रमाइला प्रतिकृयाहरु आइरहेका छन् ।

https://twitter.com/TishaDogra/status/1487727390298046468?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1487727390298046468%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.janaboli.com%2Fpost%2F371690