Categories
समाचार

सोमवार काठमाडौ विमानस्थलमा भएको त्यो घटना…

काठमाडौ । काठमाडौ स्थित विमानस्थलमा निकै ठूलो घटना भएको छ । विमानस्थल भन्सार कर्मचारीले निकै ठूलो परिमाणमा सुन बरामद गरेका छन् । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद भएको हो । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बाला बनाएर लगाएर ल्याएको २१ किलो सुन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला बनाएर लगाएर आएका ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिएका छन् । भन्सार कर्मचारीले उनीहरुलाई भन्सार तिराएर सुन भने फिर्ता दिएका छन् । काँचो सुन भएकाले भन्सार तिराएर सुन फिर्ता दिएको कर्मचारीले बताए । बरामद भएको मध्य १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लगेको भट्टराईले जानकारी दिए ।

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिइएको थियो । तर ब्यापारी र सुन त स्क र हरुले यसैवाट फाइदा लिन थाले पछि विमानस्थलले कडाई सुरु गरेको छ । अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन त स्क रहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुन पठाउन थालेको देखिएको छ । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

Categories
रोचक समाचार

विश्व चकित पर्ने खबर बाहिरियो, वैज्ञानिकले बनाए सन्तान जन्माउन सक्ने रोबोट

काठमाडौ । यो खबर बाहिर आएसँगै विश्व चकित बनेको छ । अब मानिसलाई प्रविधिले विस्थापित गरेको छ । यो ड’र पहिलेदेखि नै थियो । भर्खरै अमेरिकी वैज्ञानिकहरूले बनाएको जीवित रोबोटले सन्तान जन्माउन सक्ने भएको छ ।

अमेरिकी वैज्ञानिकले बनाएको जिनोबोट नामक जैविक रोबोटले वनस्पति र प्राणीको भन्दा फरक तरिकाले सन्तान उत्पादन गर्न सक्ने सीएनएनले प्रमुख खबरमा लेखेको छ । आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पहिलो पटक डिजाइन गरिएको सिनोबोटले आफ्नो मर्मत आफैं गर्न र आफू जस्तै सन्तान जन्माउन सक्छ । जैविक रोबोटसम्बन्धी नयाँ अध्ययनलाई पीएनएएस नामक जर्नलमा सोमबार प्रकाशित गरिएको छ ।

कच्चा पदार्थबाट आफू जस्तै सन्तान जन्माउन सक्ने स्वचालित रोबोटको अवधारणा पहिलो पटक सन् १९४८ मा हंगेरीका गणितज्ञ जोन भोन न्युम्यानले अघि सारेका थिए । हाल आएर न्युम्यानकको अवधारणाले सार्थकता पाएको छ। आफैं सन्तान जन्माउन सक्ने रोबोट जैविक रुपमा बनाइएको हो। अर्थात् यो एल्युमिनियम, प्लास्टिक वा स्प्रोकेटबाट बनेको रोबोट होइन। प्रजनन क्षमता भएको मूल रोबोट र यसबाट जन्मिने सन्तानमा पूरै जैविक गुणहरू हुन्छन् ।

अफ्रिकामा पाइने जिनोपस लेभिस नामक भ्यागुताको ‘स्टेम सेल’ (मूल कोषिका) बाट निर्माण गरिएको हुनाले सन्तान जन्माउने पहिलो रोबोटको नाम जिनोबोट राखिएको समाचारमा उल्लेख छ । एक मिलिमिटरभन्दा कम चौडाइ रहेको जिनोबोट हिड्न, समूहमा काम गर्न र आफ्नो उपचार आफैं गर्न सक्छ । जिनोबोटलाई भर्मोन्ट, टुफ्ट्स र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका हुन् । प्राणी वा वनस्पतिको भन्दा निकै भिन्न प्रकारको जैविक प्रजनन क्षमता पत्ता लागेपछि वैज्ञानिक आफै चकित बनेका छन् ।

‘यसबाट म चकित भएको छु’, नयाँ अनसन्धानमा संलग्न टुफ्ट्स विश्वविद्यालयका जीवशास्त्री माइकल लेभिनले भने । वैज्ञानिहरूले जिनोबोट बनाउने क्रममा भ्यागुताको भ्रूणबाट जीवित ‘स्टेम’ कोशिषा लिकालेर कोरल्नका लागि इन्कुबेटरमा राखेका थिए । अनुसन्धानको नेतृत्व गरेका भर्मोन्ट विश्वविद्यालयका रोबोट विज्ञ एवं कम्प्युटर वैज्ञानिक जोश बोनगार्डले भ्यागुताको कोशिषामा कुनै आनुवंशिक परिवर्तन नगरिकनै जैविक रोबोट बनाएको बताए ।

‘अधिकांश मानिसले धातु वा सेरामिक्सबाट रोबोट बन्ने ठान्छन् तर मानिसका लागि आफैं काम गर्न सक्ने रोबोट यसरी मात्रै बन्दैन’, बोनगार्डले भने, ‘यसरी हेर्दा यो रोबोट पनि हो र आनुवंशिक परिवर्तनबिनै भ्यागुताको कोषिकाबाट बनेको जीवित वस्तु पनि हो ।’ सीएनएनबाट

Categories
मनोरंजन

नेपाली अभिनेत्री सुष्माले नोरा फतेही र दिशा पाटनीलाई टक्कर दिइन् [५ तस्विर]

काठमाडौं । अहिले नेपाली चेली भारतीय सञ्चारमाध्यमहरुमा छाएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी चलचित्र क्षेत्रकी चर्चित अनुहार हुन् । ‘रोग हो की दोष हो’ गीतमा देखा परेपछि उनी चर्चामा आएकी थिइन् । म्युजिक भिडियोबाट उनले नेपाली चलचित्र क्षेत्रमा आफूलाई एक चलेको अभिनेत्रीको रुपमा स्थापित गरिन् ।

सुष्माले भोजपुरी फिल्ममा पनि काम गरिसकेकी छिन् । अधिकारीले कञ्चन शाहीको फिल्म ‘अनौठो प्रेमकथा’ बाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी हुन् । उनले ‘दीवाना २’ र ‘जय मधेश’ जस्ता धेरै चर्चित फिल्महरूमा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन् ।

उनले नेपालमा भएका धेरै कार्यक्रममा पनि अभिनय गरिसकेकी छिन् । सुष्मा आफ्नो फिल्मभन्दा हट लुक्स र स्टाइलका कारण बढी चिनिन्छिन् । अभिनेत्री अधिकारी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्नो बोल्ड र सेक्सी तस्बिर शेयर गर्छिन् । इन्स्टाग्राममा उनका ६७ हजारभन्दा बढी फलोअर्स छन् ।

सुष्मा अधिकारीको हरेक तस्बिर भाइरल हुन्छ । नायिकाले बोल्डनेसको आधारमा बलिउडमा चर्चित नोरा फतेही र दिशा पटानीलाई टक्कर दिन सक्ने धेरैको बुझाई रहेको छ । सुष्मा गायक उदित नारायणको गीत ‘जीना मारना तोरे संग’मा पनि देखिएकी थिइन् । यो भोजपुरी गीत हो ।

जसमा उनले एसपी खरेलसँग अभिनय गरेकी थिइन् । सुष्मा अधिकारीले स्टार इन्टरनेशनल अवार्ड दोहा कतारमा उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड हात पारेकी छन् । अभिनेत्रीले आफ्नो अभिनयले प्रभाव पार्न नसके पनि सौन्दर्यको हिसाबले भने बलिउडका राम्रा नायिकासँग पनि प्रतिस्पर्धा गर्छिन् ।

तपाईंलाई जानकारी गराउ कि धनगढीकी सुष्मा अधिकारीले आधा दर्जन चलचित्र, दर्जनौं विज्ञापन र सय भन्दा बढी म्यूजिक भिडियो खेलिसकेकी छिन् । धनगढीबाट अध्ययनका लागि काठमाडौं आएकी सुष्माले छोटो समयमै उल्लेखनीय प्रगति गरेकी हुन ।

Categories
समाचार

हेर्नुस् श्रीमान विदेशमा हुँदा जेठाजुसंग सुतेर बच्चा जन्माइन्,अहिले यस्तो सहमति गरेपछि गाउँ नै छक्क पर्यो (भिडियो हेर्नुस्)

संखुवासभा जिलाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता बच्चा जन्माईन । श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन ।

अहिले भने बच्चा जन्मी सकिएको छ । आफ्नै जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।
तर जेठाजी बिरेन्द्र भने उक्त कुरा अस्विकार गरिरहेका छन । आफुले शारीरिक सम्बन्ध नै नराखेको उनले अडान लिदै आएका छन ।

आफूले गल्ती नगरेको कुरा आफू नस्विकार्ने पनि बिरेन्द्र बताउँछन । गल्ती गरेको भए सजाय भोग्न तयार भएको उनी बताउँछन । तर ति बुहारिका आफन्तले भने बिरेन्द्रले फोनमा आफुहरुलाई त्यो बच्चा आफ्नै भएको भनी स्विकार गरेको बताउँछन । साथै उनी काठमाडौ आउने पनि फोनमा बताएको तर पैसा छैन भन्दै ढिला गरे पछि आफुहरु पैसा पठाइदिन तयार भएको उनिहरु बताउँछन ।

तर केही दिन पछि पैसा पठाइदिने भन्दा पनि आउन नमानेको र त्यो बच्चा आफ्नो नभएको भन्दै आफुहरुलाई अपशब्द बोलेको उनिहरु बताउँछन । आफुहरुले डि एन ए चेक आफै गराउने भनेर बोलाउँदा पनि न आएको उनिहरुको भनाई छ । तर बिरेन्द्र भने त्यो बच्चा आफ्नो नभएको र आफू डि एन ए चेक गर्न तयार रहेको बताउने गरेका छन । नवराजले भने श्रीमतिले अर्कैको बच्चा जन्माएकोले अब आफू स्विकार नगर्ने बताए । उनले न स्विकारे पछि आफ्नो बिचल्नी भएको र बिरेन्द्रले स्विकार्नु पर्ने नवराजको श्रीमतिको भनाई छ ।

संखुवासभा मै हुदा शारीरिक सम्बन्ध भएको ती बुहारिले बताईन । तर कुन महिना भएको भन्ने कुरा भने उनले खुलाउन सकिनन म धेरै पटक भएकोले कुन बेला गर्भ बसेको हो आफुलाई त्यो थाहा नभएको ती बुहारीको भनाई छ ।

तर उता जेठाजु बिरेन्द्रले भने आफुहरुको शारीरिक सम्बन्ध कहिल्यै पनि नभएको भन्दै आफुलाई झुटो आरोप लगाएर फसाउँन खोजिएको बताउदै आएका छन । आफुहरुको फोनमा भने बुहारिले फोन गर्ने गरेकोले कुरा भएको बताए । बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन ।
अन्त्यमा भने उनिहरुबिच सहमती भएको छ । दुबै जनाका आफ्ना आफन्तहरुकी उपस्थितिमा उनिहरु सगै बस्ने सहमती गराइएको छ ।

बिरेन्द्रले अब बुहारी स्विकार गर्ने सहमती भएको छ । उनिहरुका आफन्तले आफुहरु प्रहरिमा गएर कुनै लफडा गर्न नचाहेकोले बिरेन्द्रले दुबैलाई मिलाएर राख्नु पर्ने उनिहरुले बताए । प्रहरीमा गए बिरेन्द्र पने जेल जाने र दुबै श्रीमती र छोराछोरीको बिचल्नी हुने भन्दै आफुहरुले बाहिर नै मिलाएर उनिहरुलाई पठाउने सहमती गरेको आफन्तहरुले बताए ।
भिडियो हेर्नुस :-

Categories
समाचार

गगन थापाले भने रे पुन्य गौतम बाहेक म सँग कसैले वा,दविवाद गर्न सक्दैन, पुन्यले खुलाए आफु चुनाव ल,ड्ने जित्ने अनि मन्त्री हुने सुत्र (भिडियो सहित)

सामाजिक सन्जालमा व्यस्थ अनि चर्चित पुन्य गौतमले एक वि,वादित आफ्नो तर्क राखेका छन । उनले भनेका छन यो चुनावमा यस्तै हो भने नेपाली काँग्रेसले चुनाव नजित्ने भावना व्यक्त गरेका छन । अझ पुन्यले गगन थापालाई भने ” मैले सुनेको छु गगन थापाले भन्नु भएको रे म सँग वा,दविवाद गर्न सक्ने भनेको पुन्य गौतम मात्र हो”।

गगन थापा ति नै नेता हुन जसको जन्म २०३३ सालमा काठमाडौँमा भएको हो । गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो । उनि २०४६ सालको जनआ,न्दोलनमा गगन स,क्रिय भए,त्यतिबेला उनी कक्षा ९ मा पढ्थे तर राजनीतिमा लाग्ने सोचाइ थिएन । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । भिडियो हेरौ

Categories
राजनीतिक

ओलीसंग हारेका भिम रावल पनि भए बिजयी

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेका । उनले विजेता केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतभन्दा निकै कम मत प्राप्त गरेका छन् । एमाले निर्वाचन कमिटीका संयोजक विजय सुब्बाले रावल निर्वाचित भएको जानकारी दिएका थिए । तर, उनको निकै कम मतका बाबजुद निर्वाचित भएको सुनाउँदा त्रुटी देखिएको छ । जबकि ९०५ मत ल्याउने टंक कार्की पराजित भएको उनले पछि बताए ।

सुरुमा टंक कार्की विजयी भनेका उनले उक्त स्थानमा सूर्य ढुंगेल निर्वाचित भएको सुनाए । रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी केपी शर्मा ओलीले १८४० मत प्राप्त गरेका थिए ।

तर विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए ।

Categories
समाचार

धर्म परिवर्तन गराएको अभियोगमा पास्टर केशवराज आचार्यलाइ २ बर्ष जेल

काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई ज’ब’र्ज’स्ती ध’र्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौ’जदारी सं’हि’ताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हो।

केहि समय अघि पनि यशुका अनुयायी बने भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ थिए। जुम्ला घर भइ पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिंदै गर्दै हिड्ने गर्थे। अहिले संक्रमणको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

Categories
राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, मंसिर १५ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १५ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर १ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वादशी तिथी चित्रा नक्षत्र सौभाग्य योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा काल योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु विश्व एड्स दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

Categories
रोचक

यहि हो नेपाली कांग्रेसको चुनाब चिन्हमा भएको सक्कली रुख, जुन रुखको फेदमा बसेर ‘बीपीले…

काठमाडौ। अर्थशास्त्रका प्राध्यापक तथा राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभले मंगलबार राति फेसबुकमा एउटा तस्बिर साझा गरे। तस्बिरमा फेद नजिकैबाटै हाँगा फैलिएर छहारी दिने बडेमानको रुख देखिन्छ।

उनका अनुसार झण्डै दुई सय वर्ष पुरानो यो रुख सिरहा जिल्लाको औरही गाउँपालिका–५ डा. राजेशचन्द्र दासको प्रांगणमा छ। लाभले त्यो भालसरीको रुख भएको उल्लेख गरेका छन्। भालसरी सदाबहार रुख हो, जुन दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र उत्तरी अस्ट्रेलियामा पाइन्छ।

यसको काठ मूल्यवान् मानिन्छ। भालसरीको फल खान सकिन्छ भने पारम्परिक औषधिका रुपमा पनि यसको प्रयोग हुने गर्छ। यसको फूल सेतो र फल पँहेलो हुन्छ। तर, यो रुखको परिचय यतिमै सीमित छैन। स्थानीय बासिन्दा नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसको चुनाव चिह्न यही रुखबाट प्रेरित भएको ठान्छन्।

जुन चुनाव चिह्न कांग्रेसले वि.सं. २०१५ देखि हालसम्मका निर्वाचनमा प्रयोग गर्दै आएको छ। नेपालको राजनीतिमा कांग्रेस भनेको रुख र रुख भनेको कांग्रेस भन्ने मान्यता नै स्थापित छ। प्राध्यापक लाभले कांग्रेसको चुनाव चिह्न डा. दासको औरहीस्थित घरको प्रांगणमा अवस्थित भालसरीको रुखबाट प्रेरित रहेको दाबी गरेका छन्।

‘यो सिरहा जिल्लाको औरही पालिका अन्तर्गत डा. राजेशचन्द्र दासजीको प्रांगणमा रहेको भालसरीको लगभग दुई सय वर्ष पुरानो रुख हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘पारिवारिक सूत्रअनुसार नेपाली कांग्रेसको रुख चिह्न यसै रुखबाट प्रेरित छ।’

जनकपुरको जानकी मेडिकल कलेजमा कार्यरत डा. दास आफ्नो घरको प्रांगणमा रहेको यही रुख हेरेर नै कांग्रेसले २०१५ सालमा पार्टीको चुनाव चिह्न बनाइएको दाबी गर्छन्। ‘हाम्रै आँगनछेउमा रहेको त्यही रुख हेरेर कांग्रेसका संस्थापक नेताहरुले पार्टीको चुनाव चिह्न बनाएको सुनेको हुँ, ’उनले भने, ‘रुखको फोटो र चुनाव चिह्न हेर्नोस् न, समान छ।’

सिरहाबाट कांग्रेसका समानुपातिक सांसद पद्मनारायण चौधरी पनि यो भनाइमा सहमत छन्। त्यही भालसरीको रुखको फेदमा बसेर कांग्रेसका संस्थापक नेताहरुले चुनाव चिह्नको परिकल्पना गरेको उनको भनाइ छ। ‘दास परिवारको घरअगाडि पोखरीको डिलमा भालसरीको रुख छ।

त्यही रुखको फेदमा बसेर पार्टीको चुनाव चिह्न परिकल्पना गरेर अगाडि बढाइएको सुनेको हुँ,’ सांसद चौधरीले भने। कांग्रेसका तर्फबाट २०७२ सालमा उपराष्ट्रपतिका उम्मेदवार संविधानसभा सदस्य अमियकुमार यादवले पनि दास परिवारको घरको प्रांगणमा रहेको भालसरीको रुखबाट नै चुनाव चिह्न बनाइएको दाबी गरे।

‘नेपाली कांग्रेसका लागि औरही ऐतिहासिक ठाउँ हो। कांग्रेसका संस्थापक सदस्यहरु देवनाथजी र सूर्यनाथजीको घर अगाडि विशाल रुख छ,’ ७६ वर्षीय यादवले नेपालखबरसँग भने, ‘त्यही तल बसेर बीपी बाबुहरुले चुनाव चिह्न कल्पना गर्नुभएको थियो।’

उनले त्यसबेला दास परिवारको घरमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आउजाउ बाक्लै रुपमा आफूले देखेको समेत जानकारी दिए। ‘उहाँहरु (दासबन्धु) पनि नेपाली कांग्रेसका संस्थापक नेतामै पर्नुहुन्छ। उहाँहरुको घरमा बीपी बाबु जानुहुन्थ्यो, ’उनले भने, ‘हामी सानै थियौँ।

विद्यार्थी जीवनमा मैले पनि बीपी बाबुसँग संगत गरेको थिएँ।’ यादव नेपालमा प्रजातन्त्र बहालीपछि सिरहाका पहिलो निर्वाचित सभापति हुन्। उनी राष्ट्रिय सभा सदस्य, संविधान सभा सदस्य हुँदै उपराष्ट्रपति पदमा नन्दबहादुर पुनसँग कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए।

‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक पुरुषोत्तम बस्नेतचाहिँ कांग्रेसको चुनाव चिह्न सो भालसरीको रुखबाट प्रेरित नभएको दाबी गर्छन्। कांग्रेसको चुनाव चिह्न र अर्थशास्त्रका प्राध्यापक लाभले सामाजिक सञ्जालमा राखेको रुखको तस्बिरबारे नेपालखबरले राखेको जिज्ञासामा उनले भने, ‘होइन, त्यो होइन।

२०१५ सालमा पहिलो निर्वाचन हुने भयो। चुनाव चिह्न छान्न बोलाइयो। पार्टी आफैँले केही चुनाव चिह्नमध्ये रुख छानेको हो।’ तर, गत फागुन १० गते पार्टी कामको सिलसिलामा सिरहा पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेसको चुनाव चिह्न परिकल्पना गरिएको रुख औरहीमा रहेको भन्दै उक्त ठाउँमा पुगे।

त्यो ठाउँमा पुगेर उनले भालसरीको रुख पछाडि पर्ने गरी तस्बिरसमेत खिचाए। पौडेलको तस्बिर मोबाइलको क्यामेरामा कैद गरेका नेपाल प्रेस युनियनका सचिव खिला कार्की भन्छन्, ‘केपी ओलीले पहिलो पटक विघटन गरेको संसद पुनःस्थापना भएको अघिल्लो दिन हामी सिरहामा थियौं।

वरिष्ठ नेताले औरहीमा चुनाव चिह्न कल्पना गरिएको रुख छ भन्ने सुनेको स्थानीय नेतालाई सुनाउनुभयो। पछि हामीहरु त्यहाँ पुग्यौं।’उनका अनुसार नेता पौडेल आफैँले स्थानीय नेताहरुले संस्थापक नेताहरु बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरु औरहीको एक रुखको फेदमा बसेर चुनाव चिह्न परिकल्पना गरेको प्रसंग निकालेका थिए।

Categories
राजनीतिक

एमाले अध्यक्षमा पुन ओली : ओलीलाई १९०० मत रावलको पक्षमा १९६ मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।