Categories
समाचार

नेपाली भूमी लिपुलेकमा भारतीय सेनाको परेड, लाप्चामा पनि चीनले गाड्यो झण्डा-भिडियो सार्वजनिक

भारतले नेपालको भूमी मिचेको विषय सुल्झन नपाउदै चीनले नेपालको भूमीमा झण्डा गाडेको विषय फेरि चर्चामा आएको छ । बेलाबेलामा सिमा विवाद बल्झिरहदा सरकारले भने ठोस निर्णय लिन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा नेपालको भूमी लिम्पियाधुरा लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपनि जमीन भने अहिले सम्म फिर्ता भएको छैन । सरकारले कुटनितिक तबरबाट समस्या समाधान गर्ने भने पनि अहिलेसम्म लिपुलेक क्षेत्रमा भारतीय सेनाले परेड खेलिरहेका छन् । भारतसँगको समस्या ज्यू कहाँ त्यू रहेका बेला चीनले भूमी मिचेर झण्डा गाडेको घटना बाहिर आएको हो ।

यो भिडियोमा उचाईको भू-भागमा चीनको झण्डा फहरिइरहेको देखिन्छ । झण्डा देखाउँदै एकजना युवक बोल्न थाल्छन् । उनी कैलाश पर्वतलगायतका क्षेत्र देखाउन थाल्छन् । लिमी लाप्चा सीमाको यो क्षेत्र देखाउँदै युवक भन्छन्,‘सरकार बोल्दैन, हामी केही गर्न सक्दैनौं ।’ युवकले स्वास्थ्य शिविर गर्न जाँदा पुगेको भनेका छन् । यो क्षेत्र हुम्लाको नेपाल चीन सीमामा पर्छ ।

Categories
समाचार

के हो ई–पासपोर्ट ?अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता

काठमाण्डौ ,राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ ।अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो ।

अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो ।

‘अत्यावश्यक काम जस्तै भिसा आइसकेको छ तर पासपोर्टको म्याद सकिएको अवस्थामा, पासपोर्ट हराएमा, वा तत्काल विदेश उपचार गर्न जानु पर्ने छ तर पासपोर्ट छैन भने त्यस्तो अवस्थामा मात्र द्रुत रूपमा एमआरपी पासपोर्ट बनाउनुहोस् तर अत्यावश्यक नभएमा केही समय कुरेर र्ई–पासपोर्ट नै लिनुहोस्,’ निर्देशक शरद राजले भन्नुभयो,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’

ई – पासपोर्टको परीक्षण नोभेम्बर १५ मा राहदानी विभागमा हुनेछ । त्यो परीक्षण सफल भएमा राहदानी विभागले ई–पासपोर्ट जारी गर्न थाल्ने छ ।

विभागले ई–पासपोर्ट जारी गर्न थालेपछि पहिलो चरणमा धेरै पासपोर्ट जारी हुने र सुगमका केही जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी गर्ने तयारी रहेको विभाग निर्देशक शरद राजले बताउनुभयो ।

उहाँका अनुसार अबको एक महिना भित्र राहदानी विभागबाट ई–पासपोर्ट जारी हुनेछ भने डेढ महिनाभित्र केही जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी हुन्छ । बिस्तारै सबै जिल्लाबाट ई–पासपोर्ट जारी हुनेछ । तर ई–पासपोर्ट जारी हुन थालेपछि जुन जिल्लाबाट ई–पासपोर्ट जारी हुन्छ ती जिल्लाबाट एमआरपी पासपोर्ट जारी हुने छैन ।

के हो ई–पासपोर्ट
हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो ।

विश्वका १२० भन्दा बढी देशहरूले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिने निर्देशक शरद राजले जानकारी दिनुभयो ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो ।

एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फम्र्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

लाइभ इन्रोलमेन्ट, पासपोर्ट ढिलो बन्ने समस्याको अन्त्य
ई–पासपोर्ट अनलाइनमार्फत लाइभ इन्रोलमेन्ट हुन्छ । लाइभ इन्रोलमेन्ट सिस्टम भएको हुँदा सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा गएर पैसा तिरेपछि फोटो खिच्नेदेखि अन्य काम कम्प्युटरमार्फत नै हुनेछ ।

जिल्ला प्रशासनबाट लाइभ आवेदन हुने हुँदा विभागले तत्काल पासपोर्ट प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयलाई पठाउने छ । यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयले फारम सङ्कलन गरेर विभागमा ल्याउनु पर्ने, विभागले फेरि जाँच गरेर प्रक्रिया अघि बढाई प्रिन्ट गर्नु पर्ने र प्रिन्ट भएका पासपोर्ट पठाउँदा लाग्ने समय बचत हुनेछ ।

राहदानी विभागका निर्देशक शरद राजका अनुसार ई–पासपोर्ट जारी हुन थालेपछि आवेदन दिएको १५ दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै ई–पासपोर्ट लिन सकिनेछ । यसअघि एमआरपी बनाउँदा जस्तो डेढदेखि दुई महिना कुर्न पर्दैन ।

जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई विदेशमा रहेका नेपाली नियोगबाट पासपोर्टका लागि आवेदन दिनेहरूको हकमा पनि यही व्यवस्था लागू हुनेछ ।

‘अहिले विदेशबाट राहदानी नवीकरणका लागि लामो समय लाग्छ किनभने, आवेदन दिन पर्‍यो, त्यसको सङ्कलन, डिप इमेल, त्यसको अन्य प्रक्रिया र प्रिन्ट गरी पठाउँदा लामो समय लागिरहेको छ,’ निर्देशक शरद राजले भन्नुभयो,‘अब ई–पासपोर्ट भएपछि यो झन्झण्ट रहँदैन र लामो समय पनि कुर्न पर्दैन ।’

म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ
ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ ।

ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन ।

Categories
समाचार

माइतीले दुवै हात नहुने संग किन बिवाह गरेको ? छोडेर आइज त्यसले कसरि पाल्छ तर म उसलाई छोड्न सक्दिन बरु मर्छु भन्छिन् एलिना (भिडियो सहित)

बाके समसेरगंज स्थित एक प्रेम जोडी अहिले काम को खोजि मा काठमाडौँ सम्म आएका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बिबाह गरेका हुन्। बिबाह पछि संगै मर्ने संगै बाच्ने भनि कसम खाएर बिबाह गरेका यो जोडी अहिले काठमाडौँ सम्म आएका छन्। काम को सिलसिला मा लम्जुङ्ग गएका सुरेश ले मिस्त्री काम गर्ने क्रम मा करेन्ट लागेर सुरेश ले अहिले दुवै हात गुमाएका छन्।

दुवै हात गुमाए संगै सुरेश ले केहि काम गर्न नसक्ने अवस्था मा पुगे , उनि घर फर्किए। घरमा अब सबैको हेला हुन्छु भनेर निरास भएका सुरेश लाई श्रीमती एलिना ले साथ् दीईन। श्रीमान जस्तो अवस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रेम बिबाह गरे पछि साथ् छोड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दिएकि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्रीमती ले सुरेश लाई खुशी दिएकि छिन्।

मायाको चिनो को रुप मा एक छोरि को जन्म भएको थियो , छोरि को पनि उपचार गर्न नसकेर १ महिना मै मृत्यु भयो। सहयोग गर्ने कोहि नभए पछि उनीहरु कामको लागि काठमाडौँ आएका छन्। माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोलाउछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले छु’टाउछन् भनि हामी यहाँ सम्म आएका छौ। तर यहाँ काम पाउन धेरै गा’र्हो हुदो रहेछ।

यो जोडी को बिजोग भए पछि अहिले को लागि भोजराज थापा ले २५०० सहयोग गरेका छन्। मलाई जसले जे भने पनि मैले श्रीमान लाई छोड्ने छैन। मैले आफै मन पराएर बिहे गरेको हो , म श्रीमान भन्दा ४ बर्ष ले जेठी छु , त्यसैले मैले उहाको सबै पिडा बुज्ने गर्छु। म पनि पेट सम्बन्धि बिरामी छु। पाए काम गर्छु संगै बस्छौ। सुरेश भन्छन मलाई मेरो श्रीमती ले धेरै माया गर्छे। मैले पनि उसलाई धेरै माया गर्छु , मैले सकेको काम मा पनि सहयोग गर्छु।

Categories
समाचार

डि’ भो ‘र्स गरिसकेकी पत्नीसंग स’म्ब’ न्ध बनाउन यी श्रीमानले जे गरे त्यो कसैले सोच्नै सक्दैनन !

डि—भो—-र्स गरिसकेकी पत्नीलाई क’——र’—–णी ग—’रे—’को आ–रो—–प—-मा सुनसरीको धरानबाट एकजना व्यक्ति प——क्रा—उ परेका छन्। डि—भो—-र्स गरिसकेकी पत्नीलाई क’—र’—-णी ग’रे’को आ—रो—प—मा इलाका प्रहरी कार्यालय धरानले वडा नं. १५ निवासी भोजराज थापा ‘फडिन्द्र’लाई प—क्रा—उ गरेको हो।

इप्रका धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार पूर्वपत्नीलाई क–’ र’— णी ग—’रे—’को उ  —जु—री—को आधारमा उनी प—क्रा—-उ परेका हुन्। उक्त घ—ट—ना यही बिहीबार भएको बताइएको छ। पी—–डि——-त—का छोराछोरी दुवैले घ—ट–ना–बारे पनि बयान दिएपछि उनलाई प—क्रा—-उ ग—रिएको डिएसपी कुँवरले बताएका छन्।

‘उनीहरुबीच डि—-भो—–र्स भइसकेको हो । तर क—-’र——’णी ग’—रे’—को उ—–जु—-री परेको छ’, उनले भने, ‘छोराछोरीले समेत घ—ट—ना भएको बताएकाले प—-क्रा–उ गरेर अनुसन्धान भइरहेको छ।’ छोराछोरी अर्को कोठामा सुतिरहेको बेला पूर्व पत्नीलाई उनले ज,—व—र—–ज,—-स्ती गरेका थिए। उक्त कुरा देखेपछि छोराछोरीलेसमेत प्रहरीलाई बताएका थिए। प्रहरीले पी——डि—-त महिलाको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ।

Categories
स्वास्थ्य

छालामा एलर्जी भयो ? नआत्तिनुहोस् तपाइँको घरमै छन् ओखती , गर्नुहोस् यस्तो कार्य

काठमाडौं । पछिल्लो दशक बढ्दो प्रदूषण र धुवाँधुलोका कारण मानिसको छालामा नकारात्मक असरहरू देखिन थालेको छ । प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्या नै छालाको एलर्जी हो । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् ।

कहिलेकाहीँ कीराको टोकाइबाट पनि यस्तो समस्या देखिनसक्छ । गलत औषधि, विभिन्न रसायनयुक्त साबुन, लोसनको प्रयोगबाट पनि छालामा एलर्जी हुनसक्छ । यस्ता एलर्जी कुनै केही दिनमै निको हुने खालका त कुनै महिनौंसम्म दुःख दिने खालका हुन्छन् । कतिपय एलर्जी एक ठाउँबाट सुरु भई शरीरभरि फैलने खालका हुन्छन् ।एलर्जी पूरै शरीरमा फैलिए घातक हुनसक्ने भएकाले तत्काल उपचार जरुरी छ । कतिपय एलर्जीको उपचार घरेलु सामग्रीको प्रयोगबाट पनि गर्न सकिन्छ । शरीरमा नकारात्मक असर नगर्ने त्यस्ता घरेलु ओखतीको प्रयोग गरी छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

जैतुनको तेल– छालाको लागि भिटामिन ‘ई’ निकै उत्तम मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत जैतुनको तेल पनि हो । यसले अनुहारलाई नरम राख्नुका साथै सुख्खा हुन दिँदैन । जैतुनको तेलमा थोरै मह मिसाएर लगाउँदा छाला चिलाउने समस्या कम हुँदै जान्छ । नियमित रूपमा यसको प्रयोग गरेर छाला चिलाउने समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।

बेकिङ्ग सोडा– एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।
ओट मिल– नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।

घिउकुमारी– घिउकुमारी छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । घिउकुमारीमा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा घिउकुमारी जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

बरफ– हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।
नीमको पात– छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।

धनियाँ– धनियाँ एक प्रकारको आयुर्वे्दिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ । यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो । पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने । तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोर्होयाए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ ।

Categories
मनोरंजन

यी हुन् आफ्नो नाम परिवर्तन गरेर सिने क्षेत्रमा आएका नेपाली चर्चीत अभिनेत्री

काठमाडौं /जन्मिदा एउटा नाम भए पनि करियर अघि बढेसँगै आफ्नो’ नाम बदल्ने गरेका छन्। यसरी आफ्नो नाम ब’दल्नु कुनै ठुलो कुरो हैन।

सिने क्षेत्रका चर्चित धेरै सेलिब्रेटी’हरुको वास्तविक नाम हामीमध्ये केहीलाई मात्र थाहा होला। आज हामी तिनै नेपाली कलाकारको कुरा गछौं जसले आजभन्दा करिब दुई दशकअघि नाम परिवर्तन गरेर आफ्नो नाम लुकाएका छन्।

करिश्मा मानन्धर

सदावहार नायिका करिश्मा मानन्धरलाई नचिन्ने सायदै कम होलान् । किनकी उनको नाम बच्चादेखि वृद्धसम्म सबैको मुखमा झुण्डिएको छ । तर, धेरैलाई उनको वास्तविक नाम थाहा नै छैन । उनको वास्तविक नाम बुनु केसी हो ।

झरना थापा

दाइजोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरना थापा सदाबहार नायिकाका रूपमा परिचित छन् । थापाको वास्तविक नाम पनि सायद कमैलाई थाहा होला । उनको वास्तविक नाम कमला थापा हो । फिल्म क्षेत्रमा आउनका लागि उनले आफ्नो नाम फेरेकी हुन् ।पछिल्लो समय झरनाद्वारा निर्देशित नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ चाँडै हेर्न पाइने पक्का छ ।

आना शर्मा

फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो । पहिलो सिनेमाबाटै उनले सफलता हात पार्न सफल भएकी थिइन् ।

जल शाह

अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर, उनी मात्र जल शाहका नामले परिचित छन् । उनले धार्मिक चलचित्र श्री स्वस्थानीबाट आफ्नो फिल्मी करियर शुरु गरेकी हुन् । उनले १४ वर्षको उमेरमा राजेश हमालको जोडी बनेर चलत्रिच अवतारमा अभिनय गरेकि थिइन् ।

गरिमा पन्त

आफ्नो नाम लुकाएकी अर्की नायिका हुन्– गरिमा पन्त । नायिका पन्तको वास्तविक नाम कमला पन्त हो । पछि उनले परिवर्तन गरेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छन् । गरिमा विवाह गरेर सिनेमा उद्योगबाट टाढिएकी छन् । उनले तीन घुम्ती, रंग बैजनी, प्रितिको फूल, सम्झना लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

मेलिना मानन्धर

फिल्म प्रियसीबाट सिने यात्रा शुरु गरेकी अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि कमैलाई थाहा होला । उनको वास्तविक नाम सुनिता मानन्धर हो । उनी आफैंले टेलिसिरियल करुणा निर्माण गरिन् र अभिनय पनि गरिन् । उनलाई दर्शकाले माया गरे र साथ पनि दिए ।

नन्दिता केसी

नन्दिता केसीलाई पनि फेरेको नामले राम्रै परिचय दियो । नयाँ नाम उनलाई निकै फापेको छ । उनको वास्तविक नाम शोभा केसी हो । हाल उनी अमेरिकामा छन् ।

युना उप्रेती

अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन् । तर, पनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनायो । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

सुमिना घिमिरे

मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमिरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडि ‘सु’ थपेकी थिइन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा गर्यो । उनको वास्तविक नाम मिना घिमिरे हो । पाइलट रोशन सापकोटासँग विवाह गरेर वैवाहिक जीवनमै रमाएकी छन् ।

मौसमी मल्ल

अभिनेत्री मौसमी मल्लको वास्तविक नाम पनि मौसमी हैन । उनको वास्तविक नाम विष्णु माया ठकुरी हो । १३ वर्ष लामो सिने यात्रालाई अझै अघि बढाउन उनी निर्माता बनिन् र आफ्नो होम प्रोडक्शनबाट छोरा भिक्की मल्ललाई फिल्म समयबाट नेपाली सिने जगतमा डेव्यु गराइन् ।

Categories
रोचक

कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ ?त्यसो भए यो पढ्नुहोस

लौ है केटा साथीहरु हो बिभिन्न माया-प्रेमका खोज तथा अनुसन्धानको ब्यापक अध्ययन गरी तपाईंहरु माझ यो लेख प्रस्तुत गरेका छौ । भरपुर फाइदा उठाउनुहोस । आफूले मन पराएको केटी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबै छोरा मान्छेले देखेकै हुन्छन् । केटाले सकेसम्म केटीलाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय तथा दुर्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । त्यसोभए महिलाको भावनालाई कसरी बुझ्ने त ? कोही केटीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ? मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् । केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु यस प्रकार छन् ।

१. तुरुन्त प्रतिक्रिया दिएमा

Nepalpatra
कुने केटीले यदि तपाइँको मोबाइल म्यासेज, इमेल, टि्वट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन् । तपाइँको फोन कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् तपाइँले उनको मन पगालिसक्नुभएको छ ।

२. असल मान्छेसँग तुलना

यदि उनले कोही निकै राम्रो मान्छेसँग तपाइँलाई तुलना गर्छिन् भने वा कुनै असल मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइँजस्तै छ भन्ने गर्छिन् भने ढुक्क हुनुहोस्, तपाइँ उनको मनमा बसिसक्नुभएको छ ।

३. केटीका साथीहरुले तपाइँलाई साथी बनाउन खोजेमा

यदि कुनै केटीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती केटीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन्, भेटेर होस् वा सोसल साइट मार्फत होस् । तर उनले आफ्ना केटी साथीहरुलाई तपाइँसँग पाँच मिनेटभन्दा बढि कुरा गर्न भने दिनेछैनिन् । उनका साथीहरु आफुसँग नजिकिए भने बुझ्नुहोस् की तपाइँलाई उनले मन पराइसकिछिन् ।

४. हात वा जिउ समाउन खोजेमा

चाहे तपाइँ कुनै रेष्टुरेन्टमा बसिरहेका होस् वा बाटोमा हिँडिरहेको होस् उनी तपाइँसँग निकै नजिक आउँछिन् र हात वा जिउ समाउन खोज्छिन् ।

५. जतिखेर पनि फोन उठाएमा

मध्य दिन होस् वा मध्यरात । खाए पिएको समय जे होस् । यदि तपाइँले फोन गर्नुभयो भने उनले जवाफ दिइहाल्छिन् । उनी भोलि बिहान छिट्टै नउठी नहुने छ तर पनि रातभर तपाइँसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसले संकेत गर्छ की तपाइँलाई उनले माया गर्छिन् ।

६. भूपु प्रेमिकाहरुका बारेमा जान्न चाहेमा

उनले तपाइँका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । जसका कारण उनले तपाइँका मनपसन्द कुराहरु थाहा पाउन सकुन् । तर उनले ती भुपु प्रेमिकाहरुको बद्ख्वाइँ गरिरहन्छिन् । उनीहरुको बारेमा कुरा झिकिरहन्छिन् र भन्छिन्, ‘उनीहरुलाई छाड्नाले तपाइँको जिवन राम्रो भयो ।’

७. तपाइँको सुखमा साथ दिएमा

तपाइँको जन्मदिन होस्, तपाइँका बुवा आमाको विवाहको एनिभर्सरी वा जागिरमा पदोन्नती तपाइँलाई भन्दा उनलाई बढि चासो तथा खुसी हुन्छ । तपाइँको खुसीमा उनी कति धेरै खुसी हुन्छिन् भन्ने कुरा उनले सधै देखाउन चाहन्छिन् ।

८. तपाईंलाई हरेक कुरामा साथ दिएमा

यदि तपाइँले उनीसँग भेट्ने योजना बनाउनुभयो भने उनले तपाइँ भेट्ने भनेको ठाउँमा आउनुहुन्छ की नाइ भन्ने कुराको एकिन गर्न तिन पटक सम्म जाँच गर्छिन् । पाँच मिनेट अगाडि मात्र भेट्ने कुरा थाहा भएमा पनि उनले सबै कुराको टुंगो गरिसकेसम्म राम्रो ड्रेसमा सजिएर आउँछिन । तपाइँलाई खुसी पार्न उनले ड्रेसमा कुनै कम्प्रोमाइज गर्दिनन् ।

९. तपाइँको दुखमा साथ दिएमा

तपाइँ तनाव तथा चिन्तामा हुनुहुन्छ । दिनभर नै तपाइँलाई दिक्क लागिरहेको छ भनेपनि तपाइँको मुहारमा खुसी भर्नका लागि उनी जेसुकै गर्न तयार हुन्छिन् । तपाइँ ठीक नभएसम्म उनले आराम लिँदिनन् ।

१०. तपाईंका हरेक कुराको याद राखेमा

उनले तपाइँले भनेका हरेक कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन तपाइँले उनीसँग गरेका साना भन्दा साना कुराको वृतान्त पनि याद गर्छिन् । चाहे तपाइँले मदिराको नशामा मद्यरातमा उनीसँग टेलिफोनमा गरेको जन्मदिनको उपहार बारेको कुरा किन नहोस् ।

११. अरु केटीको कुरा गर्दा असहज भएमा

यदि तपाइँले अरु कुनै केटीलाई इंगित गर्दै त्यो केटी राम्री छे भन्नुभयो भने उनको अनुहार तत्कालै अमिलो हुन्छ । उनले त्यसपछि तपाइँलाई लेक्चर सुनाउन थाल्छिन् । एक घण्टा नै किन नलागोस् विभिन्न उदाहरण तथा दृष्टान्त दिएर तपाइँले राम्रो भनेको केटी यस अर्थमा खराब छ भन्ने पुष्टि गरेरै छाडि्छन् ।

Categories
रोचक

यी हुन् भुताहा जहाज जुन अहिले पानीबाट बाहिर निस्किए, यस्तो छ रोचक कहानी पढ्नुहोस्

काठमाडौं। जापानको राजधानी टोक्यो नजिकै प्रशान्त महासागरमा ज्या’ला’मु’खी वि’ष्फो’ट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् । जापानको अल निप्पो न्यूजले हेलिकप्टर फुटेजमा यी जहाजहरु देखाएको छ । हेलिकप्टर भूकम्पीय गतिविधि र ज्वा’ला’मुखी वि’ष्फो’टपछि यो समुद्री षे’त्रको समाचारको लागि फोटो लिइरहेको थियो र भिडियो फुटेज बनाइरहेको थियो । यी भुताहा जहाज दोस्रो विश्वयु’द्धकालका हुन् ।

टोक्योबाट १२०० किलोमिटर दक्षिण प्रशान्त महासागरमा रहेको इयो जिमा द्विपनजिकै दोस्रो विश्वयुद्धका २४ युद्धपोत देखिएका छन् । यी समुद्रभित्र डु’बे’का थिए । तर, फुकुतोकु ओकानोबा ज्वा’ला’मुखी वि’ष्फो’ट र भूकम्पका कारण यी जहाजहरु बाहिर निस्किएका हुन् । यीमध्ये कैयौं जहाज द्विपको तटनजिकै बग्दै आएका थिए ।

दोस्रो विश्वयु’द्धमा यो स्थानमा भएको यु’द्ध’लाई ब्या’टल अफ इयो जिमा भनिन्छ । १९४५ मा भएको भयानक युद्धमा अमेरिकी सेनाले यहाँ कैयौं जहाज डु’बा’इदिएको थियो । यहाँ ७० हजार अमेरिकी मरिनले २० हजार जापानी सैनिकसँग यु’द्ध गरेका थिए । यो युद्धको अन्त्यसम्म २० हजार अमेरिकी मरिन घाइते भएका थिए । करिब ७ हजार मरिन मा’रि’एका थिए । जापानी सैनिकमध्ये केवल २१६ जना सैनिक मात्र बचेका थिए ।

अहिले पानीबाट बाहिर निस्किएका जहाजहरुमध्ये धेरैजसो ढुवानी गर्ने जहाज छन् । यी जहाजलाई पहिले अमेरिकी नौसेनाले जफत गरेको थियो । अमेरिकी नेशनल आर्काइभका अनुसार पछि अमेरिकी सैनिकले यी जहाजलाई ब’म प’ड्का’एर डु’बा’इदिएका थिए । इयो जिमामा कुनै बन्दरगाह थिएन त्यसैले जहाज द्विपको समानान्तर डु’ब्दै समुद्रभित्र गएका थिए । यी जहाजबाट समुद्रभित्र भित्तोजस्तो बनेको थियो जसले तीब्र छालहरुबाट द्विपलाई बचाइरहेको थियो ।

Categories
रोचक

किन अविवाहित भन्दा विवाहित महिलातर्फ बढी आकर्षित हुन्छन् पुरुष ?

आजकल यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ रु युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन् रु त्यसका केही कारण यहाँ उल्लखे गरिएको छ ।

आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

हर्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

–यौ’न

विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौ—’न रहेको छ । यौ’–न—सम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ ।

Categories
समाचार

साताको पहिलो दिन घट्यो सुनको भाउ, प्रतितोलाको कति ?

आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन शुक्रबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार २०० रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँ रहेको थियो।

सुनको भाउ सँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४० रहेको छ । शुक्रबार चाँदी रु, १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन घट्यो सुनको भाउ, प्रतितोलाको कति ?