Categories
समाचार

म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र म–र्मस्प—र्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।

उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।

उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् । त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर निकै भावुक भइन् ।

उनले त्यहाँ आफनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो । तर त्यो पल उनका लागि विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो ।

म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।aranikotimes बाट

Categories
समाचार

भाटभटेनीमा भेटियो अनियमितता, चिनी, खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा

भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले अनियमितता गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको बजार अनुगमनको क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो।

अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। टोलीले भाटभटेनीमा रहेको तरकारीमो तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै सम्झाईबुझाई गरेको थियो।

दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै प्रशाशनले बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा
उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण विभाग र मध्यपुरथिमि नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

यो पनि पढ्नुहोस –अहिले बजारमा गुन्द्रुकको भाउ मासुको भन्दा महंगो पर्ने भएको छ । अहिले उपभोक्ताले गुन्द्रुकलाई प्रतिकिलो एक हजार रुपैयाँसम्म तिर्दै आएका छन् । उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु खुद्रा मूल्यमा प्रतिकिलो दुई सय ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

कुखुराको मासुभन्दा गुन्द्रुक महंगोमा बिक्री भइरहेको छ । पछिल्लो समय साग उत्पादनमा कमि आएको भन्दै बजारमा गुन्द्रक कम मात्रामा पाइने र महंगो पनि हुने गरेको व्यवसायी बताउँछन् । तर, व्यापारीले खुद्रा बजारमा उपभोेक्तासँग मनलाग्दी मूल्यमा गुन्द्रुक बेच्दै आएका छन् ।

खुद्रा बजारमा एक सय ग्रामको नै एक सय रुपैयाँ लिँदै आएको उपभोक्ता बताउँछन् । यो भनेको प्रतिकिलो एक हजार रुपैयाँ हो । पसलैपिच्छे मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् । दशैँ नजिकिँदै गर्दा मासुको भाउ बढ्न पर्नेमा गुन्द्रुकको भाउ बढेर किनेर खान नसकिएको गुनासो उपत्यकाका उपभोक्ता राम तिवारी बताउँछन् ।

उनी भन्छन्, ‘बरु मासु नै किनेर खान सस्तो पर्छ, किन गुन्द्रुकमा पैसा हाल्नु ?’त्यस्तै, अर्का काठमाडौंका खुद्रा तरकारी व्यवसायी हरिदास खड्का भन्छन्, ‘थोकमाभन्दा हामीले केही महंगोमा नै बेच्नु पर्छ ।’ अहिले कृषकले साग उत्पादनमा वृद्धि गर्न नसक्दा गुन्द्रुकको मूल्य बढी पर्न गएको उनको अनुभव छ ।

नेपालीलाई धेरै नै मनपर्ने, पकाउन पनि छिटो र स्वाद पनि मिठो हुने भएकाले उपभोक्ताले गुन्द्रकलाई भान्सामा धेरै प्रयोग गर्छन् । निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत मासु खपत हुने ठाउँहरु बन्द हुँदा बजारमा मासुको माग ह्वात्तै घटेको छ ।तर, गुन्द्रुकको भाउ भने बढेको छ ।

कसरी बनाइन्छ गुन्द्रुक र यसको फाइदा के छ ?गुन्द्रुक सागबाट बनाइन्छ । गुन्द्रुक रायो साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । गुन्द्रुकमा मुख्यतया ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ ।

कुनै बेला गाउँमा यसलाई छाक टार्ने तरकारीको रूपमा मात्र लिइन्छ भने यसले शरीरमा दिने फाइदाको कारण पछिल्लो समयमा शहरको धनीहरूमा पनि यो लोकप्रिय भएको छ । अब गाउँमा मात्र होइन सहरमा पनि यसको माग बढेको हो ।

Categories
समाचार

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, असोज १५ गते शुक्रबार, भोलि तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

भोलि श्री शाके १९४३ बि.स.२०७८ साल असोज १५ गते शुक्रबार इश्वी सन २०२१ अक्टोबर १ तारीख आश्विन कृष्णपक्ष दशमी तिथी तिष्य नक्षत्र शिव योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु फर्पिङमा हरिशंकर यात्रा दशमी श्राद्ध अन्तराष्ट्र्यि वृद्ध(वृद्धा दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

Categories
अन्तरास्ट्रिय

यूकेमा चरम इन्धन संकट ! रोनाल्डोको ३५ करोडको बेन्ट्ली कार केही दिनयता पेट्रोलविहीन

बेलायतमा यतिबेला चरम इन्धन सं’कट छाएको छ। जसका कारण यतिबेला देशभर सेनालाई पेट्रोल, डि’जेल लगायतका इन्धन आपूर्तिको लागि खटाइएको समाचारहरु आएका छन्।

इन्धनको अभाव हुँदा जहाँ पेट्रोल पाइन्छ त्यहाँ घन्टौं लगाएर कार, बाइक तथा अन्य सवारीले पेट्रोल तथा डिजेल भर्दछन्। इन्धनको अभाव भएर त्यहाँ संकट छाएको भने होइन। वास्तवमा इन्धन ट्यांकरका सवारी चालकको अभावले बेलायतमा इन्धन सं’कट छाएको हो।

न्युयोर्क टाइम्सका अनुसार हाल बेलायतलाई १ लाख ड्राइभरको आवश्यकता छ। कोरोनाका कारण र बेलायत ईयूबाट बाहिरिएसँगै त्यहाँका सवारी चालकहरुले बेलायत छा’ड्दा इन्धन पेट्रोल पम्पसम्म नपुगेका हुन्। कमै मात्रामा चालक भएपछि देशभरका पेट्रोल पम्पहरुमा इन्धन नपुगेपछि त्यहाँ इन्धन सं’कट छाएको हो।

रोनाल्डोको कारमा छैन पेट्रोल-यसैबीच बेलायती फुटबल क्लब म्यानचेस्टर यु’नाइटेडका स्टार खेलाडी क्रि’स्टियानो रोनाल्डोको २ लाख २० हजार पाउन्ड अर्थात् ३५ करोड रुपैयाँ पर्ने बे’न्ट्ली कार पनि पेट्रोल विहीन भएको छ।रोनाल्डोको कारमा केहीदिनयता पेट्रोल नभएको डेलीमेलले जनाएको छ।

रोनाल्डोका ड्राइभरले बुधबार ७ घण्टा पेट्रोलको लागि लाइनमा बस्दासमेत पेट्रोल सकिएका कारण इन्धन भर्न नपाएको समाचारमा जनाइएको छ। पेट्रोल अभाव हुँदा त्यहाँ ट्यांकी भर्नेगरी पेट्रोल हाल्न नदिइने नियम पनि बनाइएको छ।

Categories
समाचार

जस्ले ७३ यात्रुको ज्यान बचाए उनैलाई नागरिक उड्‍डयन प्राधिकरणले कार’बाही गर्यो किन?

काठमाडौं असोज १४ / नागरिक उड्‍डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घ’टनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ।

घ’टनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ घ’टना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो। यो नियमित पक्रिया हो।

’गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा स’मस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आङ्गेलु शेर्पाले चलाएका थिए।

विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो।बुद्धएयरको नाइन एन-एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए।

सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो। सो विमानमा ७३ यात्रु सवारी थिए।

Categories
ताजा समाचार समाचार

दशैको मुखमा काठमाडौं उपत्यकामा नयाँ नियम, यी काम गर्न प्रतिबन्ध

काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने। जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ । नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भी’डभा’ड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लु’टपा’टजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।

यसकारण बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक
काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाएको हो ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’

गत सोमबार मात्र काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको नाइन एन–एएनआई कल साइन भएको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।

पाइलट आङ्गेलु शेर्पाले उडाएका उक्त विमानमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए ।

Categories
समाचार

आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

काठमाडौँ । काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भि’डभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा

जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व (दशैं, तिहार र छठ)मनाउन आग्रह गरेको छ। बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेका हुन्।

बिज्ञप्तिमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक से’मिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ ।

दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ– ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’

निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको छ ।

Categories
समाचार

यसकारण बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक

काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाएको हो ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’

गत सोमबार मात्र काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको नाइन एन–एएनआई कल साइन भएको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।

पाइलट आङ्गेलु शेर्पाले उडाएका उक्त विमानमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए ।

Categories
समाचार

अस्पताल भर्ना भएका माधव नेपालको अवस्थावारे आयो यस्तो जानकारी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । बुधवार साँझ अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।
अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा।सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

एमसीसी बारेमा गलत प्रचार गरियो :परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार नेपाल फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको बताएका हुन् ।

उहाँले भन्नुभयो, ‘२९ भदौं २०७४ मा हामीले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो अहिले संशोधन गरौं भन्दा एमसीसी लागू भएका अन्य देशहरुले के भन्छन् अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौ भन्छन् कि ! हामीले एकचोटि सही गरेर संशोधन गरौं भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेर चाहिँ मैले बोलेको हो।

मन्त्री खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसिसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुँने उल्लेख गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुगेका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए

Categories
समाचार

दशैं-तिहारको मुखैमा पत्याउनै नसकिने गरि घट्यो खसिको बोकाको मासुको मुल्य, हेर्नुहोस कति पुग्यो

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोकाको मासु बिक्रीवितरण गर्ने भएको छ ।

यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो

माक्स नलगाएकाहरु अब काठमाडौमा गाडी चढ्न पनि नपाउने, अरु के छन् नयाँ नियम
काठमाडौ । दिनहुँ बढ्दै गएको भिडभाड र असावधानीका कारण उपत्यकामा फेरी संक्रमणको जोखिम बढेको छ । चाडपर्व नजिकिएसंगै सर्वसाधारणको भीड वजारमा देख्न सकिन्छ । अधिकांशले माक्स समेत लगाएको देखिदैनन् । अब काठमाडौंमा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आदेश जारी गर्दै यस्तो कडाइ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेश अनुसार चालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने छ भने सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजर राख्नुपर्ने छ । कुल सिट क्षमताभन्दा धेरै यात्रु राख्न पनि प्रशासनले रोक लगाएको छ ।

त्यस्तै आजैदेखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न पनि नपाइने भएको छ । घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्‍लेख छ । बैठक गोष्‍टठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने उल्‍लेख छ ।

यदि गर्नै पर्ने भएमा स्वास्थ्य मापदण्‍डको पालना गर्नुपर्ने उल्‍लेख गरिएको छ । कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि सांकेतिक रूपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।