Categories
राशिफल

पाथिभरा माताले हामी सबैको मनोकांक्षा पुरा गरुन, भाद्र १६ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र १६ गते बुधबार इश्वी सन २०२१ सेप्टेम्बर १ तारीख भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र वज्र योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

Categories
रोचक

घडिको रोचक तथ्य: विज्ञापनमा देखाइने सबै घडीको समय किन १० बजेर १० मिनेट देखाईन्छ ? जान्नैपर्ने कुरा कृपया हेर्नुहोला !!!

तपाईंले घडी लगाउनुभएको छ ? अनि टेलिभिजन तथा अनलाइन पत्रपत्रिकामा आउने घडीको विज्ञापन हेर्नु भएको छ ? हेरे पनि ख्याल गर्नुभएको छैन होला । एक पटक ख्याल गर्नुहोस्। विज्ञापन गर्न राखिएका सबै घडीको समय १० बजेर १० मिनेट सेट गरिएको हुन्छ ।

यी घडीका सुइ १० बजेर १० मिनेटमा हुँदा सन्तुलित अवस्थामा देखिन्छन् । मानिसहरु सन्तुलित चिज हेर्न मन पराउँदछन् । आकर्षणकै लागि विज्ञापन गरिने भउकाले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन प्रायः १० बजेर १० मिनेट जाने गरी मिलाइने मनोवैज्ञानिकहरुको भनाई छ ।

त्यस्तै १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको हुनसक्ने धेरैको विश्लेषण छ ।

साथै घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँछ जुन विजय तथा जीतको संकेत पनि हो । १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको अवस्थाले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन त्यसैले पनि विज्ञापनमा घडीमा १० : १० बजाइएको आंकलन गरिन्छ ।

Categories
मनोरंजन

२० वर्षपछी सुपरहिट फ्लिम ‘गदर’ को खुल्यो बास्तबिक रहस्य , फिल्मका निर्देशकले खोले फ्लिम हिट हुनुको रहस्य

बलिउडको सुपरहिट फिल्ममा गनिने फिल्म ‘गदर, एक प्रेम कथा’ ले एकातिर अमिषा पटेलको करियर र चर्चामा ‘चार चान्द’ लगाएको थियो भने केही नायिकाले यस कारण यो फिल्ममा अभिनय गर्न अस्वीकार गरिदिए किनभने उनी सनी देओललाई आफ्नो स्तरको ठान्दैनथे ।

‘गदर, एक प्रेम कथा सन् २००१ मा रिलिज भएको थियो र यो त्यस वर्षको सबैभन्दा हिट फिल्म थियो । यो फिल्मका कारण थुप्रै दंगा भएको पनि बताइन्थ्यो । यो फिल्म रिलिज भएको २० वर्ष पुगिसकेको छ ।

यो फिल्मले २० वर्ष पूरा भएको मौकामा यो फिल्मका निर्देशक अनिल शर्माले अन्तरवार्तामार्फत् सनी देओल बारे यो कुरा खुलासा गरेका थिए । अनिल शर्माले आफ्नो अन्तरवार्तामा भनेका थिए, ‘यो फिल्मका लागि थुप्रै नायिकालाई प्रस्ताव गरिएको थियो तर विभिन्न कारण देखाउँदै उनीहरुले फिल्म रिजेक्ट गरिदिए । केही नायिकालाई यो फिल्म निकै पुरानो जमानाको लागेको थियो भने कतिलाई सनी देओल आफ्नो स्तरको लाग्दैनथ्यो । ’

यो बलिउड वेबसाइटलाई दिएको अन्तरवार्तामा अनिल शर्माले भनेका थिए, ‘म कसैको नाम लिन चाहन्नँ किनभने यो सही हुनेछैन । हामीले सन् २००१ का थुप्र्र चर्चित नायिकालाई यो फिल्मका लागि सम्पर्क गरेका थियौं तर उनीहरुलाई लाग्दैनथ्यो कि सनी देओलको स्तर उनीहरुसँग मिल्दैनथ्यो ।’

अनिल शर्मा थप्छन्, ‘कतिलाई त सनीको उमेर उनीहरुभन्दा असाध्यै धेरै छ र कतिलाई उनीसँग आफ्नो जोडी मेल नखाने पनि लाग्थ्यो । यतिमात्रै होइन, कतिलाई त लाग्थ्यो कि सनी देओल ट्रेन्ड हिरो होइनन्, यस्तै कतिले सनी देओलको नाम सुनेर नै फिल्मको कहानी सुन्न अस्वीकार गरेका थिए ।’

उनी थप्छन्, ‘यो फिल्म अमिषा पटेलको भाग्यमा लेखिएको थियो । जति नायिकाले यो फिल्ममा अभिनय गर्न अस्विकार गरे अब उनीहरु फिल्म छोडेकोमा अफसोस जताइरहेका छन् । ’ अनिल शर्माले द हिरो लभ स्टोरी अफ अ स्पाई, अपने, अब तुम्हारे हवाले वतन साथीयों जस्ता सुपरहिट फिल्म पनि बनाएका छन् । यस्तै अनिल शर्मा आफ्नो नयाँ फिल्म अपने–२ को तयारीमा जुटेका छन् ।

Categories
समाचार

भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

डोटी, १४ भदौ ९रासस० ः सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि यही अन्धविश्वासमा भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् ।

अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै बिक्री वितरण हुँदै आएको स्थानीयवासी तापसिंह साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भैँसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ ।”

यस क्षेत्रमा खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दूध बिक्री नगर्ने गरेका कारण समस्या हुँदै आएको स्थानीय व्यापारीको गुनासो छ ।

आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुँनालाई समेत दूध नदिने तर दिनै परे मोही पनि मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भैँसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न, दिए वा बिक्री गरे भँैसी बिग्रिन्छ भन्ने वर्षौदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ ।”

सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गरे भँैसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएकोे छ ।

बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले हामीले किसानलाई दूध बेच्न प्रोत्साहित गर्न लागेको जानकारी दिँदै संस्थाका अध्यक्ष भक्तराज जोशीले भन्नुभयो, “सबैले दूध बिक्री गरुन भन्ने उद्देश्यले किसानलाई भँैसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त गर्ने पक्षमा छौँ ।”

उक्त संस्थाले झिग्रानाका किसानमा भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले रु ५० हजारमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।”

यहाँका किसानले दूधबाट घिउ बनाएर बजारमा भने बेच्ने गरेको अर्का स्थानीयवासी श्यमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएकोे छ ।”

जिल्लामा भैँसीपालक प्रर्याप्त भए पनि अधिकांशले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा दूधको माग निकै छ, भैँसीपालक किसान पनि धेरै छन् तर दूध बिक्री गरे गाईभँैसीले दूध दिन छोड्छ भन्दै खासै कसैले बिक्री गर्न नमान्ने गरेका कारण हामीले जिल्ला बाहिरबाट मगाएर काम चलाउनु परेको छ ।”

Categories
समाचार

कलंकीबाट पक्राउ परेका यी दुई युवती जसले पुरुष देख्ने बित्तिकै यस्तो हर्कत गर्थे

काठमाडौं । काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमा’रीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ ।

काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमा’र पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

“यो उनीहरू त्यस दिनको मात्र पकेटमा’रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमा’र गर्दै आएको बयान दिएका छन्।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मा’र्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठगी तथा लु’टपा’ट गर्ने कार्यमा संलग्न थिए ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।

उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए ।

Categories
समाचार

‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ’ भन्दै जब रामकुमारीले योगेश घनश्याम र गोकर्णको अगाडी आँशु खसालीन्, सबै नेता धरधरी रोए

काठमाडौं । नेकपा एमालेमा संघर्ष चल्दा दोस्रो तहका नेताहरु माधव नेपालको साथमा थिए । तर जब माधव नेपालले नयाँ पार्टी दर्ता गरे उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु उनीसंग थिएनन् । नेपाललाई तेस्रो तहका नेता र कार्यकर्ताले मात्र साथ दिए । सुरु देखि अन्त्य सम्म साथ दिए एक नेता थिइन् रामकुमारी झाँक्री ।

अखिल देखि पार्टीको केन्द्र सम्म आइपुग्दा झाँक्रीले धेरै नेताहरुसंगै काम गरिन् । उनी अखिलमा रहँदा नेता ठानेका अखिलकै नेताहरु पनि माधवको साथ छोडेर अन्त्यमा ओलीको पक्षमा गएपछि झाँक्री एक्लै भएकी छन् । यस्तो अवस्थामा लामो समय पछि फेरी भेटिएका ति नेताहरुको अगाडी झाँकी्रले आँशु झारेकी छन् ।

विभाजन अघिसम्म उपमहासचिव घनश्याम भुसालसहितका १० स्थायी कमिटी सदस्य माधवकै पक्षमा थिए । तर, विभाजनको संघारमा उनीहरूले नेपालको साथ छोडे । युवा पुस्ताका समकालीन र केहीको जुनियर मानिने झाँक्री माधव खेमामा पुगिन् । पार्टी फुटे पनि समकालीन र युवा पुस्ताका अग्रज नेतासँग उनको साथ छुट्ने कुरै भएन । झाँक्री घनश्यामलाई भेट्न उनकै नेतृत्वमा रहेको नेपाल अध्ययन केन्द्रमा भेट्न पुगिन् ।

घनश्यामसँग सामान्य शिष्टाचारपछि सुरु भयो झाँक्रीको गुनासो । सँगै रहेका एक नेताले बताएअनुसार सुरुमा झाँक्रीले पार्टी फुटेकामा घनश्यामसँग चित्त दुखाइन् । लगत्तै युवा पुस्ताका आफ्ना समकक्षी र आफूभन्दा सिनियर नेताको साथ छुटेकोमा दुःखी पनि भइन् । घनश्यामले जब नेपालका केही कमीकमजोरी र आफूले साथ छोड्नु परेको बाध्यता सुनाए, झाँक्रीले तरक्क आँसु खसालिन् । झाँक्रीको भनाइ थियो, ‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ ।’

ती नेताकाअनुसार त्यसपछि अनौपचारिक संवादमा बसेका सबै नेताका आँखा रसाए । तर, कसैले पनि एकअर्कालाई दोष दिएनन् । गाली गरे त मात्र मूल नेतृत्वलाई ।

झाँक्रीले घनश्याम भुषालसमक्ष आँसु खसालेको भोलिपल्ट अर्थात् १३ भदौमा भुसाल र योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताले छलफल गरे, नेरास्ववियुका पूर्वपदाधिकारीसँग । पूर्वपदाधिकारी सचिवालयका सदस्यसमेत गरेर ५४ जना अखिलका नेताकार्यकर्तासँग घनश्याम र योगेशले पालैपालो पार्टी विभाजन र मूल पार्टीमै बस्नुपर्ने बाध्यताबारे तीन घन्टा कार्यकर्तालाई आश्वस्त पारे ।

भट्टराईले नेपालको साथ किन छोड्नपर्‍यो भनेर बताइरहँदा प्रसंग झिके चीनका लागि पूर्वराजदूतसमेत रहेका नेता टंक कार्कीको । नेपालले भूमिगतकालमा कार्कीलाई १० वर्षभन्दा बढी समय कसरी भूमिकाविहीन बनाए भनेर बेलीविस्तार लगाए, योगेशले । र, उनले कार्कीजस्ता थुप्रै नेताको प्रसंग निकाल्दै निस्कर्ष सुनाए( यसरी नै अन्याय गर्छन् माधवले, त्यहीँ भएरसँगै बस्न सकिएन ।

भुसालले सैद्धान्तिक विषय उठान गर्दै नेपालसँगको सहकार्य टुट्नमा आफ्नो अन्तिमसम्मको कसरत फेल भएको र रोएर छुट्टिनुपरेको बताए । उनको भाषणको बीचैमा उठिन् अखिलकी पूर्वउपाध्यक्ष भक्तकुमारी लामा । लामाको प्रश्न थियो, ‘भोलि केपी ओलीसँग फेरि रोएर छुट्टिनुपर्ने दिन आयो भने के गर्ने कमरेडरु’ भेलामा सहभागी अखिलका एक नेताकाअनुसार भुसालले यसको स्पष्ट जवाफ त दिएनन् । तर, पार्टीभित्रै संघर्ष गर्नुको विकल्प अब नरहेको सुनाए ।

गोकर्णहरू पनि रोए
पार्टी एकताका लागि गठीत कार्यदलले गरेको १० बुँदे सहमतिमा नेपाललाई मनाउन नेपाल निवास कोटेश्वर धाइरहेका थिए, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरू । संवादका क्रममा नेपालले अघिल्लो दिन ‘पावर सेयरिङ’सहित १० बुँदेमा सहमति जनाएका थिए ।

विवाद मिलाउन सक्रिय नेताहरू उत्साहित हुँदै घर फर्किए । तर, भोलिपल्ट बिहानै नेता नेपालले फोन गरेर बोलाए विष्ट, पाण्डेलगायतका नेतालाई । त्यो भेटमा सहभागी एकजना नेताकाअनुसार नेपालले फेरि अघिल्लो दिनको सहमतिमा केही सैद्धान्तिक र व्यवहारिक प्रश्न उठाउँदै एकतामा जान नसिकने बताए ।

हतास भएका नेताहरूले नेपालकै अघि आँसु खसाल्दै अब धेरै विवाद नगरौँ भने तर नेपालले अडान छाडेनन् । अन्ततः पार्टी विभाजन भएरै छाड्यो । ती नेताकाअनुसार नेपाल निवासमा सबैभन्दा बढी चित्त दुखाएर आँसु झार्ने नेता भने गोकर्ण थिए ।
(न्युज कारखाना)

Categories
समाचार

आफ्नो श्रीमानलाइ अनावश्यक तनाव नदिनु, नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस। म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन्। हामी महिलाहरु ले नै पुरुषलाई भ्र’ष्टाचारी जड्याहा। पर स्त्री गमन ‘बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने’ एस्तो स्वभाव को हुन बाध्य बनाउछौ। आफ्नो श्रीमानलाइ अनावश्यक तनाव ‘अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर’, अनावश्यक केयर बारम्बार निगरानी केरकार, माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ग्यारेन्टी।

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

पशुपति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो। राष्ट्रिय पत्रिका बाट।

Categories
अन्तरास्ट्रिय

अमेरिकालाई कोरोनाले भन्दा आँधीले बनायो त ह सन हस, कहाँ के कति क्ष ति भयो [ विवरणसहित ]

काठमाडौं । कोरोना महामारीसँग ल डि रहेको अमेरिकाको लुइसियाना प्रान्तमा डरलाग्दो प्राकृतिक सं क ट देखा परेको छ ।

बदलीएको मौसमका कारणले त्यहाँको स्थिति बिग्रिएको हो । लुइसियानाको तटमा आँधी ( Hurricane Ida has made landfall USA ) आउनु भन्दा पहिले, २३० किलोमिटर क्षेत्रमा भारी वर्षा र मेघ गर्जनले सो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

विद्युत प्रणाली अवरुद्ध भएको छ, सञ्चार सुविधाहरु पनि प्रभावित भएका छन् । अहिलेसम्म, जनावर र चरा ठूलो संख्यामा मारिएका छन् भने दर्जनौं मानिसहरु घाइते भएका छन् ।

एक गम्भीर कोरोना संक्रमणको बीचमा आएको संकटले नयाँ खत्तरा उत्पन्न गरेको छ । मेक्सिकोको खाडीबाट उठेको तूफान बिस्तारै अमेरिकाको लुइसियाना तटतर्फ बढिरहेको छ ।

त्यसकारण, केहि क्षेत्रहरुमा ति व्र हावा चलिरहेको छ । केहि क्षेत्रहरुमा २३० किमीको हा वाको गति रहेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारी वर्षाको कारण आएको आँ धी ले जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ । आँ धी अझै रोकिएको छैन । आइडा आँ धीले १६ बर्ष पहिले आएको कैटरीना तूफानको याद दिलाइरहेको छ ।

आइडा आँ धीले लुइसियाना र मिसिसिपी प्रान्तहरुमा व्यापक विनाश निम्त्यायो । यो प्रकोप प्रान्तमा कोरोना सं क्रम णको खराब स्थितिबीच आएको हो ।

त्यहाँ वर्तमान समयमा अस्पतालहरु कोभिड–१९ का बिरामीहरुबाट भरिएका छन् । प्रशासनिक ब्यवस्था महामारी संग लड्न खोज्दैछ । प्रशासन तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षित स्थानहरुमा पुर्याउन धेरै कठिनाईको सामना गरिरहेको छ ।

अहिलेसम्म करिब चार लाख मानिस विस्थापित भएका छन् । त्यहाँ विस्थापनको कारण कोरोना संक्रमण फैलिने सम्भावना छ । कोभिड सुरक्षा उपायहरुको पालन गर्न गाह्रो भइरहेको अधिकारीहरुले जनाएका छन् ।

त्यसकारण, शिविरहरुमा राखिएका मानिसहरुमा छिटो संक्रमण फैलने सम्भावना छ । प्रान्तमा कोरोना भाइरसको डेल्टा संस्करणबाट संक्रमित बिरामीहरुको संख्या बढ्दो छ ।

कम खोपकरण मानिसहरुमा संक्रमणको फैलावटको लागी एक प्रमुख कारण बन्ने देखिएको छ । त्यहाँ तूफान र यो भन्दा पहिलेको स्थितिबाट प्रभावितहरुको लागी अस्पतालहरुमा कुनै कोठा बाँकी छैन ।

त्यसकारण न्यू अर्लिन्सका अस्पतालहरु दबाबमा छन् । आँधीबाट सबैभन्दा धेरै प्रभावित त्यस क्षेत्रमा पहिले नै कोरोनाका बिरामीहरु भरीएका छन् ।

न्यु अर्लिन्समा अहिले मौसमको स्थिति बिग्रने अनुमान गरिएको छ । मेयर ला टोया सेन्ट्रेलले मानिसहरुलाई राहत कार्यमा सहयोग गर्न आह्वान गरेका छन् ।

Categories
समाचार

भरमणीको प्रस्तुती हेरेपछि पुर्वयुवराज पारस शाहले दिए यस्तो प्रतिकृया !

काठमाडौँ – ताप्लेजुङका भरतमणि पौडेलले कमेडी च्याम्पियनको गएको एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनको प्रस्तुतीले निकै चर्चा बलुटेको छ ।जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पियनको मञ्च पाएपछि उनको पहिचान रातारात उचाइमा पुगेको छ ।

भरतमणिको फिजिकल अडिसन सामान्य थियो । तर, त्यसपछिका प्रस्तुतिहरुमा उनले आगो बाले । एपिसोड ६ मा उनले गरेको पुण्य गौतम र हिमेश पन्तको क्यारिकेचरले धुम मच्चाएको थियो । त्यहीँबाट उनी दर्शकको नोटिसमा पर्न थालेका हुन्।

उक्त प्रस्तुतिमा कमेडी च्याम्पियनका पूर्वविजेता हिमेशलाई व्यंग्य गर्दै भरतमणिले भनेका थिए, ‘कमेडी च्याम्पियनले खासमा पुरस्कार नै गलत राखेको हो । कार होइन, ट्याक्टर राख्नुपर्थ्यो, हिमेशले कम्तिमा खेत जोतेर जीविका चलाउँथे ।’१५ औं एपिसोडमा भरतमणिले आफ्नो बेस्ट दिए । त्यसमा उनले पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न नेताहरुको दुरुस्त क्यारिकेचर गरेका थिए । र, त्यसमा कन्टेन्ट पनि उत्तिकै बलियो थियो ।

भरतमणिले गरेको गोकुल बास्कोटाको क्यारिकेचर त स्वयम् गोकुल बास्कोटा नै झुक्किने खालको थियो । ‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा अर्नि ? यस्तै–यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छौं ।’

गोकुलको आवाजमा भरतमणिले बोलेको यो डाइलग टिकटकमा यति चल्यो कि धेरैको जिभ्रोमै झुण्डियो । सोही प्रहसनमा भरतले गरेको राजा ज्ञानेन्द्र, रामनारायण बिडारी, राजेन्द्र महतोलगायतको क्यारिकेचर पनि कम्ति टेसिलो थिएन । त्यसपछिका एपिसोडमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन् ।

भरतमणिले गरेको पारसको क्यारिकेचरका बारेमा त धेरै चर्चा भइसकेको छ । यसमा उनले पारसको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्त उतारेका छन् । उनले पारसका हुलियामा गरेको डान्स स्टेप टिकटकमा भाइरल भएको छ।उनको प्रस्तुती पारसले पनि हेरेका छन् । क्यारिकेचर हेरेपछि छक्क परेको श्रोतको भनाई छ । उनले भरमणीलाई धन्यवाद दिएका छन् । पारसले उनलाई फोन गरेर धन्यवाद दिएका हुन् ।

ठूलो दायरामा काम गर्छन् भरतमणि । खासमा उनी कमेडीका प्याकेज हुन् । त्यसमा पनि उनको सबैभन्दा बलियो पक्ष क्यारिकेचर हो । आजकाल क्यारिकेचर गर्ने कलाकारहरु धेरै जन्मेकाले यो विधालाई हल्का रुपमा पनि लिन थालिएको छ ।

तर, कमेडीमा यो एउटा कठिन विधा हो । एकछिन सोचेर अरुको बोली र हाउभाउको दुरुस्त नक्कल उतार्न सकिँदैन । यसका निम्ति कलाकारले खर्चेको समय र मिहिनेत दर्शकले देख्दैनन् ।

पूर्वराजा ज्ञानेन्द्र, केपी ओली, प्रचण्ड, देउवा, माधव नेपालजस्ता नेताहरुको क्यारिकेचर गर्ने धेरै कलाकार छन् । उनीहरुको क्यारिकेचर हेर्दाहेर्दा दर्शक नै बोर भइसके । भरतमणिले भने पूवयुवराज पारसदेखि रामनारायण विडारी, पुण्य गौतम मात्र नभएर हिमेस पन्तसम्मको क्यारिकेचर गरेर दर्शकलाई नयाँ स्वाद दिएका छन् ।

Categories
समाचार

साबधान ! दुई लाख ३६ हजार व्यक्तिको मृ त्यु हुनसक्ने सङ्क्रमणको नयाँ लहर आउने भन्दै डब्लुएचओले दियो यस्तो चे ता व नी

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृ त्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ वि रू द्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भन्नुभयो, “गत हप्ता यस क्षेत्रमा मृ त्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृ त्यु हुनसक्ने देखाएको छ ।”

युरोपले अहिलेसम्म १३ लाख कोभिड–१९ सङ्क्रमितको मृ त्यु भएको पुष्टि गरिएको छ । यूरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड–१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताउनुभयो ।

यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो । क्लजले बढी फैलिनसक्ने डेल्टा भेरिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताउनुभयो ।

युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ । “विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।”

युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् । उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका यूरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भन्नुभयो, “हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।”