Categories
समाचार

विदेश जान खोप लाउन खोज्दै हुनुहुन्छ? अब जानुस् यि दुई अस्पताल

विदेश जान खोप लाउन खोज्दै हुनुहुन्छ? अब जानुस् यि दुई अस्पताल

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो!

यो पनि पढ्नुहोस्: कतार प्रवेश गर्नेलाई नयाँ नियम
काठमाडौं : कतारले आफ्नो मुलुक प्रवेश गर्ने विदशीले मान्यता प्राप्त खोपको मात्रा पूरा गरेको भए क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको छ । कतारमा संक्रमितहरुको संख्या उल्लेख्य रुपमा घटेपछि क्वारेन्टिनको शर्त केही खुकुलो पारिएको हो । कतारस्थित नेपाली दूतावासले कतार सरकारको नयाँ नियम उल्लेख गर्दै खोप लगाएको कम्तीमा १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ । कतारले फाइजर, बायोन्टेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड÷अक्सफोर्ड) र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ । दूतावासका अनुसार मान्यता प्राप्त खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्नेछ ।

प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने कार्यालयको छाप हुनुपर्ने छ । सिनोफर्म खोप लगाएका व्यक्तिको भने शरीरमा कोरोना प्रतिरोधी एण्टिबडी भए÷नभएको परीक्षण गरिने बताइएको छ । कतार प्रवेश गर्नु ७२ घण्टाअघि गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने यसअघिको अनिवार्य नियम भने यथावत रहेको छ । कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु नपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

नेपाली दूतावासले खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पूरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य ‘डिस्कोभर कतार’ वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने जनाएको छ । त्यस्तै दूतावासले कतार प्रवेश गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि अनलाइनमार्फत प्रि–रजिस्ट्रेशन गरी तोकिएका कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिटसमेत साथमा बोक्नुपर्ने बताएको छ ।

कतारले आइतबारसम्म खोप लगाउन योग्य वर्गमा रहेका ७९.१ प्रतिशतले खोप लगाइसकेको बताएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा १६ वर्षभन्दा माथि उमेरको जनसंख्या ६७ प्रतिशत रहेको छ । ६० वर्ष भन्दा बढी उमेरका ९८.६ प्रतिशतले कम्तीमा एक डोज खोप र ९३.५ प्रतिशतले दुवै डोज खोप लगाइसकेको भन्दै कतारले नयाँ संक्रमितहरुको संख्या उल्लेख्यरुपमा घटेको बताएको छ । उज्यालो न्युज नेेपाल डटकम बाट

Categories
समाचार

कक्षा १२ मा ६० प्रतिशत ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित साजीलै अध्ययन गर्ने अवसर

कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।

भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।

संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने ।

उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए ।

हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ ।

Categories
समाचार

आफ्नै २ भतीजहरुले मनकलालाइ….

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा (भतीजहरु)ले ह’ ‘त्या गरेको खुलेको छ। साउन ११ गते सोमबार २६ वर्षीया खड्काको घटनामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घर नजिकै गोठमा रहेका भैंसीलाई घाँस हाल्न गएकी खड्काको ह’ ‘त्या भएको अवस्थामा उनको शव भेटियो । त्यसको २ दिनपछि अ’परा’धी पत्ता लागेका छन् । प्रहरीले मुसिकोटमा बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।

मृतक खड्काकै सहोदर भतीजा जेठाजुका दुई नाबालक छोराले उनको ह’ ‘त्या भएको खुलेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । १५ र ११ वर्षका दुई सहोदर दाजु-भाइ मिलेर मनकलाको ह’ ‘त्या गरेको डिएसपी श्रेष्ठले बताए ।

नाबालक भएकाले प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । मृतकले घाँ’ ‘टी, नाक, कानमा लगाएको गरगहना समेत ती दाजुभाइले घरमा राखेको भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको शरीरबाट हराएका सबै गरगहना, एउटा खु’ ‘र्पा, उनीहरुले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ ।

उनीहरुले ह’ ‘त्या गरेको स्वीकारेपछि प्रहरीले उनीहरुलाई फेरि घटनास्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको सं’लग्न’ता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसिवी र परम्परागत मान्यताका कारण घटना भएको निष्कर्ष प्रहरीको छ ।

केही समयअघि मृतक खड्काले १५ वर्षीय ती भतीजलाई १५ हजार नगद चोरी गरेको आ’रोप लगाएपछि रिसिबी साँ’ध्न घटना भएको प्रहरीको भनाइ छ । घटना भएको दिन मृतकले दाजुभाइले का’ ‘टेको घाँस नाघेपछि रि’सको आवेगमा अन्टीलाई खु’ ‘र्पा हा’ ‘नेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।

मनकलाको ह’ ‘त्या भएपछि ती दाजुभाइ मृतकको कोठामा गएर बाकस समेत खोलेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताए । प्रहरीले सुरुमा तीन बाबु छोरालाई सोधपुछका लागि ल्याएको थियो । बाँकी अनुसन्धान हुँदै जाने भनेर दुई दाजुभाइले ह’ ‘त्या गरेको विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका लागि प्रहरी तालिमप्राप्त कुकुर झिकाएको थियो । त्यस्तै प्रहरीको कर्णाली प्रदेश कार्यालयबाट अनुसन्धन ब्युरो टोली आएको थियो । मृतकका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा देश बाहिर छन् । उनका सात वर्षका छोरा र सासू घरमा छन् । अन्नपूर्ण पोष्टमा यो खबर छ ।

Categories
ताजा समाचार

संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थाले

काठमाडौं । संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए । त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारै ९ हजार ५ सय ५५ पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन परीक्षण गरिएको छ । कुल संक्रमित संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।

सोही अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा रहेकोसमेत पाइएको छ । संक्रमण रोकथाम उच्चतम उपाय जनस्वास्थ्य मापदण्ड कार्यान्वयन भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटकपटक हेलचेक्रयाईं नगर्न आग्रह गर्दै आएको छ । राजधानी दैनिकमा यो खबर छ ।

Categories
अन्तरास्ट्रिय

खोप छ तर लगाउन मान्दैनन् अमेरिकीहरू, कारण यस्तो छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन भनेका छन्। अमेरिकामा पछिल्लो समय भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ। संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू छन्।

सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन्। कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए।

बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन्। पछिल्लो मसय अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म १६ करोड ३८ लाख मानिसहरूले मात्र खोप लगाएका छन्। अमेरिकाको जनसंख्या झन्डै ३३ करोड छ। राष्ट्रपति बाइडेनले खोप लगाउने/नलगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि खोप लगाउनु आफन्त र देशका निम्ति जिम्मेवारी भएको बताएका छन्।

बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो।
सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएका बिबिसीले जनाएको छ।

Categories
स्वास्थ्य

औषधिय गुण, यसरी खानुहोस घरमै बनाएर कयौं रोगबाट छुट्कारा मिल्नेछ

एजेन्सी । लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो। हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो । गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन् । भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन् ।

गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन्।

आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ। त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।

लाजवन्ति झारको पातको धुलोलाई मख्खनसंग मिलाएर बाबाशिरको घाउमा दिनस्को दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ। त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ।

यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ। त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारिरिक दुर्बलता पनि कम हुन्छ। लाजवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ।

गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन् ।

आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ। त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।

Categories
समाचार

आफ्नो श्रीमानले विदेशबाट श्रीमतीलाई गो’प्य अ’ङ्ग देखाउन भन्दै ध’म्की (भिडियो हेर्नुहोस्)

मोरङ जिल्ला मधुमल्ला निवासी एकजना महिला जसको नाम सपना श्रेष्ठ हो। उनी आफ्नै श्रीमान बिनोदराज सिवाबाट आफू यौ’न शो’षण परेको भन्दै युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइन्। उनी भन्छिन्,श्रीमानले आफ्नो गो’प्य अङग देखाउन भन्दै विदेशबाट फोन गर्ने र नदेखाइदिँदा त’था’ना’म भन्ने र आफ्नो स्वार्थ पूरा भएपछि फोन नगर्ने,ध’म्की दिने गर्दै आइरहेका छन्।

उनले आज भन्दा आठ बर्ष अगाडि करिब एक महिना जति बोलचाल भएपछि बिहे गरेकी थिइन्।उनको श्रीमानले उनलाई झुक्याएर बिहे गरेका थिए र कहिलेकाही उर्लाबारी बजारबाट घर पुर्‍याइदिन्छु भन्दै बाइकमा लिन आउने र पुर्‍याइदिने गर्दथे।त्यसैगरी एक दिन उनले बाइकमा लगेर घर पुर्‍याइदिने भन्दै आफ्नै घर पुर्‍याएका थिए।त्यसपछि उनलाई त्यतै बस्नुपर्छ भन्दै फकाएर घरमा राखे तर केही दिन पछि मात्र थाहा पाइन् सपनाले कि उनको श्रीमानको त पहिले नै बिहे गरेको रहेछ।

उनको पहिलेको श्रीमती माइतमा बस्दै आइरहेकि रहेछिन्।उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनीसँग दोश्रो बिहे गरेका रहेछन्।अहिले उनकी पहिले कि श्रीमतीले पनि अर्कैसँग बिहे गरेकी छिन्।अहिले उनका श्रीमान विदेश गएर आएदेखी काठमाडौँमा आफ्नै अङ्कलको कन्सल्टेन्सीमा काम गर्दै आइरहेका छन्।उनको घरमा एउटी आमा समेत छिन् भने उनको एउटा छोरी पनि छिन्।

तर अहिले उनी छोरी लिएर अलग्गै बस्दै आइरहेकी छिन् र उनको श्रीमान आमा लिएर अर्कै श्रीमती बिहे गरेर बस्दै आइरहेका छन्।उनी काठमाडौँमा नयन नेपालको नामले चिनिएका छन्।अहिले पनि उनले श्रीमतीलाई कल गरेर से’क्सु’अल ह्या’रा’समेन्ट गर्दै आइरहेका छन्।उनका अनुसार श्रीमानले उनलाई ना’ङ्गा त’स्वीर खिच्न लगाउने,भिडियो कलमा क’पडा खो’लेर दे’खा’उन लगाउने गर्दछन्।पहिले पहिले त उनले आफ्नो श्रीमान खुसी हुन खोज्छन् भने किन नगर्ने भनेर उनकै इच्छा बमोजिम उनले भनेजस्तै गरिन्।

अहिले उनी आफू र छोरीको जिम्मा श्रीमानले लिनुपर्ने र आफू उसँग अलग्गै बस्न चाहेको र श्रीमानलाई बहुविवाहको मुद्धा चलाउन खोजिरहेकि छिन्।उता उनको श्रीमान भने अर्की श्रीमतीसँग अब मिलेर बस्नुपर्छ भन्दै फकाउँदै आइरहेका छन् तर उनी कुनै पनि हालतमा मिल्न चाहन्नन्।उनी आफू र आफ्नो छोरीको अधिकारका लागि ल’ड्न चाहन्छिन्।श्रीमान भने ध’म्की’र्पूर्ण भाषा प्रयोग गर्दै यदि केस लगाइस् भने म पैसा तिरेर निस्कन्छु भनेर पैसाको तु’जु’क देखाइरहेको पनि उनले बताएकी छिन्।भिडियो:-

Categories
रोचक

यस्ता सपना देख्ने व्यक्ति बन्छन् भविष्यमा धेरै धनी, तपाईले पनि देख्नुभयो की ?

हामीले राति सुतेको समयमा विभिन्न किसिमका सपनाहरु देख्ने गर्दछौँ। यस्ता सपना कोही शुभ हुने गर्दछन् भने कोही अशुभ मानिने गर्दछन्।

स्वप्न शास्त्रका अनुसार शुभ सपना यस्ता हुने गर्दछन्, जुन सपनाका कारण मानिसको भाग्य चम्किने गर्दछ। आउनुहोस् जानौँ यस्ता केही सपनाः

यदी सपनामा कुनै देवी देवताको दर्शन पाइन्छ भने त्यस्ता व्यक्ति भविष्यमा धनी हुने गर्दछन्। सपनामा भगवान देख्नु तपाईको जीवनमा सुख, समृद्धि र धन लाभ प्राप्त हुनु हो।

यदी तपाईले अध्यारोमा कुनै कुनामा बलिरहेको दिप देख्नुभयो भने सम्झनुहोस् माता लक्ष्मीको कृपा तपाईमा परेको छ। सपनामा आफैलाई औँठी लगाएको तथा कुनै मन्दिरको दर्शन गरेको देख्नुभयो भने तपाईलाई अतिरिक्त रकम मिल्ने संकेत हो।

सपनामा तपाईले घरमा मुसाको भागदौड भइरहेको सपना देख्नुभयो भने यो तपाईको धनी बन्ने संकेत हो। सपनामा यदी तपाईले आफू कुनै रुखमा चढिरहेको सपना देख्नुभयो भयो तपाइलाई अचानक धन प्राप्त हुन सक्छ।

यदी तपाईले सपनामा कुनै महिना नाचिरहेको देख्नुभयो भने भविष्यमा तपाई आमिर बन्ने संकेत हो।

Categories
समाचार

काठमाडौंवासीका लागि खुसीको खबर, सरकारले जारि गर्यो सूचना

महामारी विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उहाँले बताउनुभयो । दुबै र पहिलो पटकमात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।

यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

उहाँले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

Categories
समाचार

आज साउन १५ खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

महामारी चलेका बेला दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ ।