Categories
समाचार

दुखद खबर, राष्ट्रगान ‘सयौँ थुँगा’का गायक अजय थापाको मृ,त्यु

झापा । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज को’रो’ना’बाट नि’धन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार को’रो’ना स’ङ्क्र’मण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

उहाँको पत्नी राधा थापासमेत को’रो’ना स’ङ्क्र’मण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनुभायो। विसं २०६२\६३ को ज’नआ’न्दो’लन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा ला’गू भएको हो ।

यसलाई नेपालको सं’विधान २०७२ मा राखिएको छ । purbaaawaj बाट

Categories
समाचार

घरबेटीलाई मन्त्रीले झण्डावाल गाडीमा ल्याएपछि रूपाले भनिन् यो व्यवस्थाबाट न्याय अपेक्षा थिएन

काठमाडौ । आरोपी घरबेटीलाई बहालवाला मन्त्रीले झण्डावाल गाडीमा ल्याएपछि सञ्चारकर्मी रूपा सुनारले पहिलो प्रतिक्रिया दिएकी छिन् ।उनले आफूलाई जातका आधारमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई लिन सरकार मन्त्री नै प्रहरी चौकी पुगेको कुरा अपेक्षित नै भएको बताएकी छन्।

रूपाले जातका कारण आफूलाई कोठा नदिएको जाहेरी हालेपछि प्रहरीले बबरमहलकी घरबेटी सरस्वती प्रधान हिरासतमा लिएर अनुसन्धान गरेको थियो।

तीन दिन हिरासतमा बसेकी उनलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार जमानीमा छाडेको हो। उनका श्रीमान् मुकुन्द प्रधानको रोहबरमा जमानीमा छाडिएको हो।

प्रधान हिरासतमुक्त हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगेका थिए।उनले पछि प्रधानलाई आफ्नै गाडीमा हालेर लगेका थिए। प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भिड उपस्थित भएको थियो।

भिडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।प्रधान छुटेपछि भिडले सिठी बजाउँदै, हो–हल्ला गर्दै ‘रूपा सुनार–मुर्दावाद ।’ भन्ने नारा समेत लगाएको थियो।

मन्त्री नै आरोपित व्यक्तिलाई लिन गएको दृश्य देखेपछि रूपाले शिक्षा मन्त्री आफैं अग्रसर हुने नसोचे पनि सरकारबाट यस्तो काम हुन सक्छ भन्ने आफूले पहिल्यै सोचेको बताइन्।सरकारकै मान्छे गएर आरोपित पीडकलाई लिन जाने कुरा अपेक्षित नै थियो।

आँकलन गर्न सकिन्थ्यो। योभन्दा अगाडिका घटनाहरूमा पनि कस्तो भइरहेको छ भन्नेबाट पनि हामी त्यो देख्न सक्छौं, उनले भनिन्। उनले अहिले भएको व्यवस्थाबाट पूर्ण रूपमा न्याय पाइन्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताइन्।

Categories
समाचार

यिनै हुन एन्जिला जसले आफ्नो ज्यान जोखिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर सन्सारलाई देखाइन

मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरुद्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति निस्किएको थियो।

साथीहरुले खोलामा खोप तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अप्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौकीमा कार्यरत विपीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।

‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भिजियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो। खोलामा खोप तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक सञ्जालमा यो राख्न अनुरोध गरेँ।

उहाँले सँधै राम्रो प्रतिक्रिया नआउन पनि सक्छ नराखौँ पनि भन्नु भयो। खोप पास गरेको तरिकाले म प्रभावित भएकी थिएँ। तपाईँले नराख्ने भए म राख्छु भनेँ। लालबहादुर सर पीपीई लगाएर जानु भएको थियो। उहाँले लगाएको पीपीईले पनि भिडिओ झन् आकर्षक देखिएको थियो।

Categories
अन्तरास्ट्रिय

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

क्राइस्टचर्च, न्यूजील्याण्ड : न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ ।न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो ।यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् ।

तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ ।पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ ।

अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ ।किशोरकिशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।

Categories
समाचार

घरबेटी सरस्वती छुटिन्, रुपालाई प’क्रेर हदैसम्मको यस्तो कार’बाही गर्न माग !

काठमाडौं । जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मुध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रिहा गरेको हो ।

घरबेटी र भाडामा बस्न खोज्नेबीच करारनामा नै नभएको,युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जातीय विभेद गरेको भन्ने कानुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मुध्दा नचल्ने राय दिएको हो ।

यता यस्तै खालका कानुनमा दखल राख्ने अधिवक्ता तथा सञ्चारकर्मी अमृत खरेलले प्रधानमाथि लगाइएको आरोप निराधार भएको त्यहि दिन बताएका थिए । सामाजिक सञ्जालमार्फत् खरेलले लेखेका थिए ‘भाडामा कोठा माग्नु भाडासम्बन्धी करारको प्रस्ताव मात्र हो । प्रस्ताव मानेर कोठा दिइसकेपछि जातका आधारमा हटाउन खोजेको भए जातीय भेदभाव हुन्छ,त्यसमा मुद्दा चलाउनुपर्ने हुन्छ ।

तर कसैको प्रस्ताव नस्वीकारेकोमा जबर्जस्ती बहालको करार गरेन भनेर मुद्दा दर्ता गरिनु नै उग्रवादी सोच हो । फ्रिडम अफ कन्ट्रयाक्ट विपरीतको कार्य हो । यो सामाजिक सद्भाव भड्काउने सोच भएकाले यस्तो काम सह्य हुँदैन ।’

यता,प्रधानको परिवार,स्थानीय टोलवासी र विभिन्न संघ संस्थाले आज बिहान सरकारी वकिलको कार्यालय,बबरमहलअघिल्तिर सरस्वतीको रिहाई र समाजमा जातीय सद्भाव खल्बल्याउन खोजेको आरोपमा उनै रुपालाई पक्रेर हदैसम्मको कारबाही होस् भन्दै बिरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा सेभ द भ्याली, नेवा:दबु,यल समाजलगायतको सहभागिता थियो । यसैबीच गैरकानुनी रुपमा घरधनीलाई पक्राउ गरेको बिरोधमा नेवाः देय दबू जिल्ला समिति काठमाडौंले विज्ञप्तिसमेत प्रकाशित गरेको थियो । विज्ञप्तिमा सदियौंदेखि कायम रहेको नेपाली सामाजिक सद्भावलाई बिथोल्न रुपाले गरेको सुनियोजित क्रियाकलापलाई खेदजनक भनिएको छ ।

Categories
ताजा समाचार

खुला भयो आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान : हेर्नुस यस्तो छ उडान तालिका !

काठमाडौं । आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। अब जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको हो।

साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

मन्त्रालयले जुन ३० अर्थात् असार १६ गतेसम्मको उडानतालिका सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले २४ तारिखमा दोहा, २५ तारिखमा जापान, २७ तारिखमा दोहा, २८ तारिखमा दुवई, २९ तारिखमा दोहा र ३० तारिखमा दुवई उडान गर्ने भएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले २७ तारिखमा दुवई र क्वालालम्पुर, २८ तारिख दमाम र ३० तारिखमा दमाम उडान गर्न पाउने भएको छ। कतार एयरवेजले ३० तारिखसम्म ४ उडान तालिका रहेका छन्। कतार एयरवेजले जुन २६, २७, २८ र ३० तारिखमा उडान गर्न पाउनेछन्।

टर्किस एयरलाइन्सले २४, २६ र २९ तारिखमा इस्तानबुल–काठमाडौं उडान हुँदै छ। जजिराले २७ र ३० तारिख कुवेत–काठमाडौं उडान गर्नेछ। फ्लाई दुवईले २९ तारिखमा दुवई–काठमाडौं उडान गर्नेछ। त्यस्तै सलम एयरले २९ तारिखमा काठमाडौं–ओमान उडान गर्दै छ। एयर अरेबिया २६ तारिखमा आवुधाबी–काठमाडौं उडान गर्नेछ। त्यस्तै एयर इन्डियाले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ।

Categories
मनोरंजन

मिलियन फलोवर्स भएकि समिक्षाको यस्तो गजब भाइरल डान्सहरु (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले समीक्षा बस्नेतका टिकटकहरु धेरैले रुचाउने हुदा उनी अहिले सामाजिक संजालभरि एकदमै भाइरल छिन् ।उनको विशेष गरेर डान्स (नृत्य)को हामी जो कोहि प्रसंशक हौ र नेपालमै सर्वाधिक रुचाइएकि टिकटकहरु हुन समीक्षा ,उनलाई अहिले दस लाखले फलो गर्छन् ।

उनी मोडल तथा कलाकार पनि हुन् ।जति निखारिएको उनको कलाकारिता र नृत्य छ उतिनै सुन्दरि पनि छिन् समीक्षा ।छोटो समयमा नै सर्वाधिकको मनमा बस्न सफल भएकि समीक्षा काठमाडौमा बस्दै आएकि छिन् र पछिल्लो समय मिउजिक भिडियोमै उनी ब्यस्त छिन् ।

हेर्नुस् उनका केही भाइरल टिकटकहरु

Categories
समाचार

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Categories
रोचक

धन लाभ हुनु अगाडि मिल्छ यस्तो सङ्केत, वेवास्ता नगरी ॐ ॐ लेखी सेयर गर्नुहोस्, धन लाभ हुनेछ

हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ । अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा ।

केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् ।

किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार : कठिन छ खोजिएको तथ्याङ्क फेला पार्न !गृह मन्त्रालय मातहत विपत तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । त्यस मातहत पनि राहत तथा तथ्यांक व्यवस्थापन शाखा । यस शाखाको एउटा महत्वपूर्ण काम हो, सशस्त्र द्वन्द्वकालका घाइते तथा अपा¨हरुको तथ्यांक अद्यावधिक र राहत वितरण गर्ने ।

माओवादी लडाकू, नेपाल प्रहरी, तत्कालीन शाही नेपाली सेना, सशस्त्र प्रहरी बल, सर्वसाधारण, ०६२–०६३ को जनआन्दोलन, मधेस आन्दोलनका घाइते–अपा¨हरु के कति छन् ? उनीहरुमध्ये कतिले मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन् ? वार्षिक कति जना थपघट भइरहेका छन् ? विवरण पाउन कठिन छ ।

रातोपाटी प्रतिनिधिले पटक–पटक प्रयास गर्दा पनि कहिले विवरण ‘अपडेट’ भइरहेको भनियो भने कहिले पछि आउन सुझाइयो । पछिल्लो पटक हिजो १५ पुसमा यस महाशाखाका प्रमुख सहसचिव जनकराज दाहाललाई सम्पर्क गरिएको थियो । दाहालले चार दिन पछि आउन आग्रह गरे । ‘हाम्रो इन्टिच्युस्नल मेमोरी अलि कमजोर नै छ ।

मैलें यस महाशाखाको जिम्मेवारी भर्खरै पाएको हुँ । राहत तथा द्वन्द्व व्यवस्थापन शाखाको जिम्मेवारी सम्हालेका अधिकृत पनि भर्खरै सरुवा भएका छन् । त्यसैले चार दिन पछि आउनुहोस्, जे जति छ म उपलब्ध गराउनेछु ।’उपसचिव लीलाकुमारी केसी नागरिकता अलि संवेदनशील विषय भएकाले विस्तृत विवरण पाउन सूचनाको हक सम्वन्धी निवेदन लिएर आउन सुझाउँछिन् ।

कतिको नागरिकता खारेज भयो ? पहिलो नागरिकता पाउने नेपाली को थिए ? सबैभन्दा बृद्ध उमेरमा नागरिकता पाउने व्यक्ति को हुन् ? नागरिकता पाएकामध्ये कतिको मृत्यु भयो ? विवरण दिँदा के संवेदनशलिता उल्लंघन हुन्छ ?गृह मन्त्रालय मातहत नै नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा छ । यस शाखाको नेतृत्व उपसचिवले गर्छन् । हालसम्म कति नेपालीले नागरिकता पाए ? पाएका मध्ये वंशज कति ? अंगिकृत कति ? अंगिकृत मध्ये पनि वैवाहिक कति ? मोटो विवरण त पाउन सकिन्छ ।

तर, नागरिकता पाउनेमध्ये अहिलेसम्म कतिको खारेज भयो ? पहिलो नागरिकता पाउने नेपाली को थिए ? महिला कति ? पुरुष कतिले नागरिकता पाए ? नागरिकता पाउनेमध्ये कतिको मृत्यु भयो ? हातमा नागरिकता बोकेर बसेकाहरु कति छन् ? जस्ता विवरणहरु पाउन सकिदैन ।

यस शाखाकी उपसचिव लीलाकुमारी केसी नागरिकता अलि संवेदनशील विषय भएकाले विस्तृत विवरण पाउन सूचनाको हक सम्वन्धी निवेदन लिएर आउन सुझाउँछिन् । कतिको नागरिकता खारेज भयो ? पहिलो नागरिकता पाउने नेपाली को थिए ? सबैभन्दा बृद्ध उमेरमा नागरिकता पाउने व्यक्ति को हुन् ? नागरिकता पाएकामध्ये कतिको मृ×त्यु भयो ? विवरण दिँदा के संवेदनशलिता उल्लंघन हुन्छ ? रातोपाटीको जिज्ञासाको उत्तर भने उनले दिन सकिनन् ।

‘सूचना दिने अधिकारी तोकेको हुन्छ । प्रत्यक्ष दिन मिल्दैन । निवेदन लिएर आउनु न’, उनी उम्किन्छिन् । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा आफूसँग विवरण नहुने भएकाले नागरिकता शाखामै सम्पर्क गर्न सुझाउँछन् । भन्छन् ‘सम्बन्धित शाखामै सोध्नु होला ।’

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले गठन गरेको पहिलो समितिका संयोजक पूर्व गृह सचिव श्रीकान्त रेग्मीका अनुसार दलहरुले उनलाई मृतकहरुको सख्या र क्षतिको विवरण बढाउन यसरी दवाव दिए कि भिरबाट लडेर, दुर्घटना परेर, आत्महत्या गरेर मरेकोलाई समेत सशस्त्र द्वन्द्वमा परेको भनेर सूचीमा राख्न भनियो । रेग्मी भन्छन्, ‘त्यसपछि मैले म यस्तो गर्न सक्तिनँ भनेर त्यो समितिबाटै बिदा लिए ।’

सशस्त्र द्वन्द्वको किचघानमा परेर कति नागरिकले ज्यान गुमाए ? राज्य र तत्कालीन बिद्रोहीको तर्फबाट भौतिक सम्पतिको क्षति कति भयो ? जस्ता संवेदनशिल विषयको एकिन विवरण पनि सिंहदरवारसँग छैन । ०६२–०६३ को जनआन्दोलनपछि सशस्त्र द्वन्द्वको क्षतिको विवरण संकलन, भौतिक क्षतिको पुनर्निमार्णलगायत काम गर्न शान्ति तथा पुनर्निमार्ण मन्त्रालयको गठन गरिएको थियो ।

सशस्त्र द्वन्द्वमा परेर मरेका÷मारिएका व्यक्तिहरुको सूची उतार्न मन्त्रालयले पांच वटा समिति बनायो । रोचक के भने पाँच वटा समितिले नै फरक–फरक संख्या दिए । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले गठन गरेको पहिलो समितिका संयोजक पूर्व गृह सचिव श्रीकान्त रेग्मी थिए । रेग्मीका अनुसार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै अनुरोधमा उनी भौतिक क्षति तथा मृ\तकहरुको संख्या एकिन गर्ने समितिमा बसेका थिए ।

तर, दलहरुले उनलाई मृतकहरुको सख्या र क्षतिको विवरण बढाउन यसरी दवाव दिए कि भिरबाट लडेर, दु\र्घ\ट\ना परेर, आ\त्महत्या गरेर मरेकोलाई समेत सशस्त्र द्वन्द्वमा परेको भनेर सूचीमा राख्न भनियो । रेग्मी भन्छन्, ‘त्यसपछि मैले म यस्तो गर्न सक्तिनँ भनेर त्यो समितिबाटै बिदा लिए ।’

नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चयुक्तको कार्यालयले सन् २०१२ मा तयार गरेको प्रतिवेदन अनुसार २०५२ फागुनमा सशस्त्र द्वन्द्व सुरु भएदेखि २०६३ मङ्सिर ५ गते औपचारिक अन्त्य भएको दिनसम्म माओवादी, सुरक्षा निकाय र सर्वसाधारणसमेत गरी १२ हजार ६ सय ८६ जना मारिएका थिए ।त्यही संख्यालाई शान्ति तथा पुनर्निमार्ण मन्त्रालयले पटक–पटक सरकारी विवरणहरुमा उल्लेख गरेको थियो । तर जब समितिहरु बन्दै गए, संख्या थपिदै गयो । सबभन्दा पछिल्लो समितिले दिएको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा १८ हजार ७६ नागरिकले ज्यान गुमाएका छन् ।

१ हजार ७ सय ३० जना वेपत्ता बनाइएका छन् । १८ हजारमध्ये १४ हजारले क्षतिपूर्ती पाएका छन् । सशस्त्र द्वन्द्वमै मृत्यु भएको हो भनेर मजबुत प्रमाण पेश गर्न नसक्दा ४ हजारले क्षतिपूर्ती पाएका छैनन् ।३ असोज ०७२ मा संविधान जारी भएपछि शान्ति तथा पुनर्निमार्ण मन्त्रालय खारेज भयो । मन्त्रालयको खारेजीसँगै सशस्त्र द्वन्द्वका विवरणहरु केही गृह मन्त्रालयको द्वन्द्व व्यवस्थापन शाखामा पुर्‍याइयो । केही भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइयो ।

अहिले ती मन्त्रालयहरुमा समेत विवरणहरु पाइदैनन । उर्जा क्षेत्रमा हाम्रा नदीनालाहरुबाट ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भनेर रट्न थालेको वषौं भयो । नेपाल ब्राजिल पछि बिजुली धेरै उत्पादन गर्न सक्ने संसारकै दोस्रो देश हो भनिन्छ ।

तर, त्यसको पनि तथ्यगत अभिलेख छैन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका एक जना सहसचिवका अनुसार कुनै व्यवस्थित सर्वेक्षण गरेर ८३ हजार मेगावाट बिजुली उत्पादन हुन सक्छ भनिएकै होइन । उनका अनुसार पिएचडीको थेसिस लेख्ने कुनै एक व्यक्तिले आफ्नो खोंजमा त्यो कुरा उल्लेख गरेका थिए । त्यसैलाई आधार मानेर ८३ हजार मेगावाट भनिराखिएको छ । भन्छन्, ‘हामीसँग भरपर्दो तथ्यांक छँदैछैन ।’

उर्जा क्षेत्रमा हाम्रा नदीनालाहरुबाट ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भनेर रट्न थालेको वषौं भयो । नेपाल ब्राजिल पछि बिजुली धेरै उत्पादन गर्न सक्ने संसारकै दोस्रो देश हो भनिन्छ । तर, त्यसको पनि तथ्यगत अभिलेख छैन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका एक जना सहसचिवका अनुसार कुनै व्यवस्थित सर्वेक्षण गरेर ८३ हजार मेगावाट बिजुली उत्पादन हुन सक्छ भनिएकै होइन ।

कृषिमा ६५ प्रतिशत भन्दा बढी नागरिकहरु आश्रित छन् भनिएको हो । कृषिले कतिलाई प्रत्यक्ष रोजगारी दिएको छ ? त्यसमा पूर्ण कति र अपूर्ण कति छन् ? हामीसँग अझै पनि कृषिका व्यवस्थित तथ्यांक छैनन् । कति उत्पादन हुन्छ भन्ने पनि यकिन तथ्यांक छैन । राजीनामा दिनुभन्दा केही समय अघि तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले रातोपाटी प्रतिनिधिसँग भनेका थिए, ‘नेपालमा कति मान्छे कृषिमा निर्भर छन् ? धान, मकै, गहुँ, कोदो, फापर कति उत्पादन हुन्छ ? आदि समेटेर ३४–३५ वर्षअघि एउटा वेसलाइन सर्भे भएको रहेछ ।

त्यसबेला जति थियो, अहिलेसम्म त्यही आधारमा भनिँदै आएको रहेछ । त्यसबेलाको सर्भेमा ठूलो उथलपुथल आइसकेको छ । यसबेला के–कति किसानले, कति जमिनमा, के काम गर्छन् भन्ने तथ्यांक पनि हामीसँग छैन । हामीले कृषि क्षेत्रको नयाँ तथ्यांक पनि यही वर्षबाटै लिन सुरु गरेका छौँ । अर्को वर्षदेखि नयाँ तथ्यांक आउँछ ।’ तर, त्यो तथ्यांक सार्वजनिक गर्न नपाउँदै उनी राजनीतिक किचलोले सरकारबाट हटिसकेका छन् ।

कृषि क्षेत्रमा कुनै न कुनै हिसाबले मानिसहरुको संलग्नता छ । त्यसैले हामीले नेपाल कृषि प्रधान देश हो भन्दै आइरहेका छौं । तर, के दावीका साथ भन्न सकिन्छ– पछिल्ला वर्षहरुमा नेपाल कृषि प्रधान देश होइन । ‘जुन देशमा वार्षिक ४० अर्ब हाराहारीको खाद्यान्न आयात गर्नु पर्छ, त्योे देश कसरी कृषि प्रधान हुन सक्छ ?’, कृषि मन्त्रालयका एक सहसचिव बताउँछन् ‘नेपानलको कृषि संरचनामा उथलपुथल भइसकेको छ । तर, सर्वेक्षणको अभावमा हामी कृषि प्रधान देश भनेका भन्यै छौं ।’

मुलुकको यतिबेलाको मुख्य आय भनेकै रेमिट्यान्स हो । खास गरी दक्षिण कोरिया जापानबाहेक साउदी, कतारजस्ता खाडी मुलुकका गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलिरहेको छ । तर, बिडम्वना के भने श्रम शक्ति कति बाहिरिएको छ ? मुलुकभित्र कति खपत भइरहेको छ ? बाहिरिने वा मुलुकभित्रै रहेकामध्ये दक्ष कामदार कति छन् । अदक्ष कामदार कति छन् ? बेरोजगारको संख्या ठ्याक्कै कति छ ? अर्ध बेरोजगार कति छन् ? यो तथ्यांक पनि भद्रगोल नै छ ।

उद्योग क्षेत्रकै कुरा गर्ने हो भने हामीकहाँ ठूला उद्योग कति छन् ? मझौला उद्योग कति छन् ? साना उद्योग कति छन् ? तीनले कति जनशक्तिलाई श्रम दिएका छन् ? कति श्रमिकहरुमाथि चर्को श्रम शोषण छ ? रुग्ण उद्योगहरुको संख्या कति छ ? यसको पनि व्यवस्थित अभिलेख छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता शंकर नेपाल सिंहदरवारभित्र तथ्यांकहरुको अभाव रहेको स्वीकार गर्छन् । एकीकृत तथ्यांकको त अझ् ठूलो अभाव रहेको उनको भनाइ छ ।

भनिन्छ, २१ औं शताब्दी तथ्यांकको शताब्दी हो । तथ्यांक भएन भने अब केही पनि गर्न सकिदैन । हुन पनि मुलुकको विकास, समृद्धि गर्नका लागि सबभन्दा पहिलो योजना बनाउनु पर्ने हुन्छ । योजना बनाउनका लागि सबैभन्दा पहिले तथ्यांकहरु चाहिन्छ । राज्य सञ्चालकहरुले समृद्धि शब्दलाई सबैभन्दा बढी उच्चारण गर्ने गरेका छन् ।

तर, उनीहरुसँग विस्तृत योजनाको खाका भने छैन । यकीन तथ्यांक नै छैन, भएका तथ्यांकहरु पनि अधुरा र अपुरा छन् भने योजनाको सही खाका बन्नै सक्तैन । योजनाको खाका नकोरी कसरी विकास गरेर समृद्धितिर लम्कन सकिन्छ ? यसको उत्तर कसैसँग छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता शंकर नेपाल सिंहदरवारभित्र तथ्यांकहरुको अभाव रहेको स्वीकार गर्छन् । एकीकृत तथ्यांकको त अझ् ठूलो अभाव रहेको उनको भनाइ छ ।केही समय अघि सिंहदरवारभित्र खानेपानीका जार र बोतल किन्न सरकारले मासिक वा वार्षिक कति खर्च गरिरहेको छ ? उनलाई रातोपाटीले जिज्ञासा राखेको थियो । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च समेत तीन घण्टा पछि मात्र दिन सकेका थिए । सिंहदरवारभरीको त दिनसक्ने कुरै भएन ।

नेपाल सरकारको सहसचिवबाट निवृत इन्जिनियर राजनराज पाण्डेका भनाइमा सात महिना अघि उनले पासपोर्ट लिने नेपालीको संख्या जाँच गरेका थिए । त्यसबेला पासपोर्ट लिनेको संख्या २१ लाख ६० हजार थियो ।‘पासपोर्ट लिनेमध्ये कतिको मृ×त्यु भइसकेको छ । भएकै पनि नेपालभित्रै बसिरहेका छन्’, पाण्डे भन्छन् ‘तर ६० लाख नेपाली मुलुकबाहिर छन् भनेर प्रचार गरिन्छ । एकातिर तथ्यांक छैन । अर्कातिर भएकै तथ्यांक पनि हेर्ने कष्ट नगरेकाले यस्तो भएको हो ।’

Categories
ताजा समाचार

आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय

सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सातामा चार उडान हुने जनाइएको छ ।

काठमाडौँ–दमाम गन्तव्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई , काठमाडौँ–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ ।त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।