Categories
रोचक

सुत्ने बेलामा पशुपतिनाथको दर्शन गर्दै, कस्तो सपना देखेमा शुभ या अशुभ हुन्छ, हेर्नुहोस्

काठमाडौं – धेरैजसो मानिसहरु सुतेपछी सपना देख्ने गर्छन् । सुतेपछी कस्तो सपना देख्दा के फल पाइन्छ भन्ने बारे ज्योतिषशास्त्रमा बताइएको छ । ज्योतिषशास्त्रमा कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देख्दा अशुभ हुन्छ भन्नेबारे बताइएको छ ।

ज्योतिषशास्त्रका अनुसार सपनामा चरा वा जनावर देख्दा के अर्थ हुन्छ भन्ने बताइएको छ । यदि तपाइले सपनामा हात्ति देख्नु भयो भने शुभ मानिन्छ । सपनामा हात्ति देखिनु निकै राम्रो मानिन्छ । हात्ति लक्ष्मीको वहान भएकाले ज्योतिषशास्त्र अनुसार सपनामा हात्ति देखिनु राम्रो मानिन्छ ।

त्यस्तै सपनामा भैसी देखिएमा भने अशुभ मानिन्छ । खासमा सपनामा भैसी देखिएमा मिश्रित फल मिल्ने ज्योतिषशास्त्रमा बताइएको छ । सपनामा घोडा देख्नु भएमा यसको सुख सम्पति हात लाग्ने बताइन्छ । त्यस्तै सपनामा गिद्ध देखिएमा शोख वा नकारात्मक समाचार सुनिने ज्योतिषशास्त्रमा बताइएको छ ।

सपनामा मयुर देख्नु भएमा शुभ मानिन्छ । मयुँर देखिएमा राम्रो फल मिल्छ । सपनामा मयुरमा शनि सवार देखिनु अर्झ राम्रो हुन्छ । सपनामा कौवा देखिएमा सुख शान्ति हरण हुने संकेत दिएको मानिन्छ ।

Categories
राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन ,जेष्ठ १८ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १८ गते मंगलबार इश्वी सन २०२१ जुन १ तारीख जेठ कृष्णपक्ष षष्ठी तिथी धनिष्ठा नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमां मकर राशिमा प्रातः ०९ः०७ बजे पश्चात कुम्भ राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु वन उपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

Categories
रोचक

भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम

काठमाडौं । हिन्दु धर्ममा सबै वारहरुमा कुनै न कुनै भगवानको विशेष आराधना गरिन्छ । हरेक वारको महत्व हुन्छ । आज आज मंगलबार भगवान गणेशको मुख्य दिन हो । मंगलवार हनुमानको पनि आराधना गरिन्छ । मंगलवार भगवान गणेशका दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।

बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।
निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।।

करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुने विश्वास छ । हिन्दु धर्म शास्त्रमा जुनसुकै भगवानको पुजा गर्दा सबैभन्दा पहिला गणेशको आराधना गरिन्छ । गणेशको आराधना नगरी गरिएको पुजाको फल प्राप्त नहुने धार्मीक मान्यता छ । त्यसैले गणेश भगवान सबैभन्दा सर्वश्रेष्ठ हुन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित पनि गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु ब लि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो क्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष य हुन्छ ।

४– मंगलबारको दिन म दि रा सेवन गर्दा तपाइँको क्रो धमा वृद्धी हुन्छ । यसले अ प रा ध समेत बढाउँछ ।

Categories
समाचार

नेता बचाउन चन्दा उठाउँदै जनता : अनलाइनबाट एक घण्टामा यसरी एक लाख बढी आइरहेको छ

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि सहयोगको भीख मागिरहेका छन् ।

उनको परिवारले सहयोगको अपिल गरेपछि अहिले हरेक २–३ मिनेटमा १० हजारका दरले सहयोग संकलन भइरहेको छ ।

एक घण्टामा नै एक लाख भन्दा माथी संकलन भइरहेको छ ।

नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा चन्दा उठाइरहेका छन् ।

कोरोना संक्रमणका कारण मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य अवस्था गम्भीर छ ।

उनको उपचारमा सहयोग पुर्‍याउन परिवार र विवेकशीलका कार्यकर्ताले चन्दा संकलन अभियान सुरु गरेको लगभग २४ घण्टा बित्दैछ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत् झण्डै २५ हजार ६१७ डलर झण्डै ३० लाख नेपाली रुपैयाँ संकलन भइसकेको छ । बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम संकलन भएको छ ।

सहयोग बढाउन चाहानेले सेयर गरिदिनुहोस् ।

अनलाइन प्लेटर्फम गो फण्डमा २४ घण्टाको अबधिमा हरेक घण्टा १ हजार डलर रकम संकलन भइरहेको छ, जहाँ विदेशमा बसोबास गर्ने नेपालीहरुले ५ देखि ५ सय डलरसम्म सहयोग गरिरहेका छन् । अहिलेसम्म ४ सय ५० जनाभन्दा बढीले अनलाइनमार्फत् डोनेसन दिएका छन् ।

संयोजक पाण्डेका अनुसार थापाको एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको छ । यही प्रविधिबाट उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडीसिटीमा ल्याइएको हो । थापाको उपचारमा दिनको ४–५ लाख रुपैयाँ लाग्ने भएपछि सहयोग संकलन सुरु गरिएको थियो । पाण्डेले भने, ‘आज साँझ चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्थाबारे बताउनुहुन्छ, त्यसपछि थप निर्णय होला ।’


थापाको उपचारका लागि चन्दा संकलन सुरु भएपछि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

तर, थापाको परिवार र शुभेच्छुकहरूले सद्भावका लागि धन्यवाद भन्दै प्रसाईले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’ उनीहरुले प्रेस नोटमार्फत भनेका छन् । तर थापाको उपचारमा लाग्ने खर्चभन्दापनि धेरै नै रकम संकलन भएको छ । यो रकम के गर्ने भन्ने बारे अहिले नै निर्णय आएको छैन ।

Categories
समाचार

जेठ १८ गतेबाट यि ३ मुलुकमा अन्तराष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय (भिडियो हेर्नुस्)

काठमाडौ । सरकारले चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने सरकारको निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले साक्षातकार कार्यक्रममा त्यसको जानकारी दिएका हुन् । उडान सुचारु गरिएका मुलुकवाट आएका यात्रुहरु दुई खोप लगाएको छ भने होम क्वारेन्टिनमा बस्नुपर्ने ।

एउटा मात्र खोप लगाएको छ भने होटल क्वारेन्टिनमा बस्नुपर्ने र ७२ घण्टा पिसिआर नेगेटिभ लिएर आए पनि खोप लगाएको छैन भने १० दिन होटल क्वारेन्टिनमा बस्ने र त्यसपछि फेरी पिसिआर गर्नुपर्ने नेगेटिभ आएपछि मात्र घर जानु सक्ने । विहिवारको मन्त्री परिषदको बैठकवाट हप्तामा एक पटक नियमित उडान गर्ने निर्णय भएको बताए ।

आवश्यक रोग नियन्त्रण गर्नका लागि यस्तो गरिएको बताए । संकटमा परेको बेला ब्यक्तिहरु माथि अनावश्यक आर्थिक रुपमा अरुले फाइदा लिन नपाउन भनेर यस्तो ब्यवस्था गरिएको पर्ययटन मन्त्री भानुभक्त आचार्यले बताए । महामारी नरोकिएका कारण अन्य मुलुकहरुमा भने अझै तत्काल अन्तराष्ट्रिय उडान नहुने भएको छ । महामारीको चेन ब्रेक गर्नुपर्ने गर्नुपर्ने भएकाले उडान कायम राखिने भएको हो । भाइरस रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए ।

नयां भेरियन्टको पनि जोखिम थप बढ्दै गएका कारण सो कुरालाई मध्यनजर गर्दै सरकार तत्काल यि मुलुक बाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय उडान नखोल्ने मनस्थितिमा पुगेको हो । ‘परिस्थिति सहज हुँदै गएपछि सातामा एक दुई उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने सोच रहेको उनले बताएका छन् । जोखिम पुरै अन्त्य भएपछि मात्र अन्तराष्ट्रिय उडान पुरै खोलिने उनले बताए ।

सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । मन्त्री ढकालले आन्तरिक उडानमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म कायमै रहने बताए । अप्ठेरोमा परेकाहरुलाई अहिले चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडान नियमित भइरहेका छन् । यस्ता उडान नरोकिने जनाइएको छ ।

Categories
रोचक

“९ लाख बाती बलेको फोटोलाई हातले छुनुहोस र ॐ लेखी सेयर गर्नुहोस, मात्र एक मिनेट लाग्छ जसले ध्यान दिएर पढ्न नभुल्नु होला नत्र पछुतो होला”

धनकि खानी,धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।
महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।

देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ ।

तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।

यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।

यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।

हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुन्सक्छ।

यो रमाइलो पाठ आनन्द लिनुहोस् !

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ? कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, क्यान्टीनमा गएर एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’ मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।’ यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्म हत्या त गरिन ।

हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको । बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट । घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ? तेस्सै मैले छोटो उत्तर दिएं । कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें । हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन । उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले । मेरो ध्यान सन्ध्याकै फोनमा थियो । यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो । उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ । फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु । पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् । एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन । सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल । यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ । सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् । हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ । मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ ।उ टीपीकल बुहारी छ, म छु मनको चन्चल । श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने, जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ ।

अनि कहाँ बसुलाँ भनेर आएको त । तिमी त्यति टाढा बाट मलाई भेट्न आएको छौ, मैले कोठामा पनि लगिन भने त तिमी माथि अन्यानै भै हाल्यो नी उ जीस्कीई । ट्याक्सीमा उसको चावहिलमा रहेको कोठामा पुगें । सिङ्गै फ्याट लिएर बसेकी रहिछ । फ्ल्याटको सजावट हेर्दा हुनेखाने परिवारकी छोरी रहिछे भन्ने लाग्यो । आफुले कलेज पढ्दा एउटा कोठा लिएर स्टोपमै खाना बनाएर खाएको दिन सम्झें । खना खायौं, उसको जीस्कने बानी, चन्चले स्वभाब, बैंसालु यौवन सबै मेरो अगाडी थियो । तिमी एकछिन सुत म कपडा धुन्छु भनि उसले । रातभरीको अनिदो थिएं, उसको बेडमा निदाएं । २ बजे उसले उठाएर भनि अव राति सुत मेरो सपिङ गर्नु छ, सिटी सेन्टर जाउँ । हामी कमलपोखरी स्थीत सिटी सेन्टर पुग्यौं, उसले चाहिएजती सामान किनी, १५ हजारको बिल भएछ, मैले नै तिरिदीएं ।मुभी हेरेर फर्कने सल्लाह भयो, फिल्म सकेर राती फर्कीयौं हामी । बाहिरै खाना खाएर जाने भन्न थाली उसले, क्यान्डील नाईट डिनरको उसको रोमाञ्चकतामा मैले साथ दिएं ।कोठामा फर्कीए पछि उ पल भरको लागि म संग छुट्न नचाहेझै टांस्सीरहि । ममा फेरी एउटा बैसको दिन फर्कीएको थियो । उसले मलाई गरेको मायामा एक तमासको भएको थिएं । आजै भेटेकी युवती मलाई जन्मौं पुरानी प्रेमीका लाग्दैथिई । हामी एउटै ओछ्यानमा थियौं, मैले एक पटक पनि आफ्नो ५ बर्षको छोरा र शुशिल श्रीमतीलाई सम्झीईन । पश्चतापको त कुरै थिएन म सन्ध्यालाई माया गर्थे ।समर्पणकै कुरा गर्ने हो भने म एउटा बिबाहितले के त्यागें होला र जबकी एउटा अन्जान ब्यक्तीको अंगालोमा बिश्वासको भरमै आफुलाई हराईदीई उसले । यो मन, तन र जीवनमा तिम्रो पुरापुर अधिकार छ समीर उसले बढो भावुक भएर भनेकी थिई ।

बिहान उठ्नासाथ उसले आज नगरकोट घुम्न जाने भन्न थाली । मलाई यो शहरमा कसैले नचिन्ने हुँदाँ स्वतन्त्र पंक्षी भएको थिएं । १० बजे नगरकोटको लागी निस्कीयौं । दिनभरी घुमेर बेलुका त्यहींको रिसोर्टमा बसेउँ । म सन्ध्या जस्तै श्रीमती चाहन्थें तर समयले मलाई बेग्लै श्रीमती जुराएको थियो । भोलीपल्ट बिहान १० बजे घरबाट आमाले फोन गर्नुभयो, छोरा लडेर निदारमा ५ वटा टाँका लगाएको छ , हस्पीटलमा राखेको छ भन्ने खवरले घर जानु पर्ने भयो । नगरकोटको रिसोर्टको बिल बुझाएर हामी फर्कीयौं । म छोराकोे निदारमा टाँका लगाउनु परेको कुराले तनावमा थिएं, सन्ध्या म आज फर्कदै छु भन्ने कुराले उदास थिई । बाटोमा सामान्य कुरा मात्र भयो । सिधै नयाँ बसपार्क गएर रात्रीबसको टीकेट लिएं ।उसले आँखा भरी आँसु पारेर भनी तिम्रो नामको सिन्दुर त दिन्छौ दिंदैनौ । मलाई तिम्रो नामको औंठी लगाईदेउ । उल्झन थपियो अर्को, पैसा कम थियो, बैंक खोजेर २० हजार झिकें र उसको ईच्छा अनुसारको औठी किनीदिएं र लगाईदीएं । उदास आँखाले बिदा गरि मलाई सन्ध्याले । छोरालाई घरमा ल्याई सकेको थाहा पाएपछि सिधै घर पुगें । अफिसको काम छ भनेर सन्ध्यालाई भेट्न पुगेको थिएं । सोझी श्रीमतीले म पुग्नासाथ स्पस्टीकरण दिई, हजुर कामले काठमाडौं गएकाले मैले आमालाई बाबु लडेको कुरा नभन्ने भन्दै थिएं, आमाले मान्नु भएन ।मनमनै खुशी भएं स्पस्टीकण त मैले दिनु पर्ने तर तक्दीर बलियो मेरो । दिन फेरी सामन्य हुन थाल्यो उहि अफिस, यहि घर ,उहि दिनचर्या । फेरीएको थियो त सन्ध्या संग कुरा गर्ने तरिका । त्यो २ रात उ संगै बसेपछि मलाई उ संग खुलेरै बोल्न मिल्ने वातावरण बनेको थियो । उसका म्यासेज कैले आउँछौ र तिम्रो याद आउँछ साह्रै भन्ने शब्दले नै भरिन्थे । एक दिन उसले दिउँसो फोन गरि र रुन्चे स्वरमा भनि समीर मेरो ममीको किड्नीमा स्टोन छ मैले यो कुरा तिमीलाई भनेको थिईन । के गर्ने गर्ने भएको छु आत्तीएर । मलाई यो कुराले नराम्रो लाग्यो नआत्तीउ केही उपाए लाग्छ भन्दै थिएं उसले मेरो कुरा पुरा नहुँदै भनि भएको पैसा ममीको उपचारमै खर्च भएको छ, भन्दा भन्दै ऋण पनि पाईएन । प्लीज हेल्प गरन म तिमीलाई तिर्छु ।

Categories
समाचार

नेपाली जमिन फिर्ता ल्याइन्छ, भारतसँग गम्भीर कुराकानी भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले फिर्ता ल्याउनेबारे भारतसँग ग–म्भी–रताका साथ कुराकानी भइरहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तर्क्रिया गर्दै ओलीले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउन समय लाग्ने बताए ।

उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र त्यसलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अ-नु-सूचीमा राखिसकिएको उल्लेख गरे । ती भू-भाग फिर्ता ल्याउन लागि भारतसँग वार्ता भइरहेको बताए ।

‘महाकाली पूर्वको जमिन नेपालको हो । र, हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । र, त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ,’ ओलीले भने, ‘यस सम्बन्धमा हामी भारतसँग ग–म्भी–रताका साथ कुराकानी गरिरहेका छौँ । तर, यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’

छिमेकीसंग केही कुरामा म–तभे—द वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने बताए ।- शिलापत्र

Categories
ताजा समाचार

चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले गरे त्यसको खण्डन

काठमाडौ । चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले त्यसको खण्डन गरेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालका कारण आफ्ना बुवाको निधन भएको उनको भनाई छ । आफ्नो अस्पताल माथि यस्तो आरोप लगाउँदै आदर्शले भिडियो सार्वजनिक गरेपछि नारायणी क्षेत्रीय अस्पतालका चिकित्सक फिजिसियेन तथा डाइलोसिस बिभाग प्रमुख निरज सिंहले त्यसको प्रतिक्रिया दिएका हुन् । एक भिडियो सार्वजनिक गर्दै उनले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, कोभिडको लागि २ वटा डाइलोसेस मेसिन छुट्याइएकोमा एउटा विग्रिएको थियो । त्यो अवस्थामा अस्पतालमा विरामीको चाप बढेपछि अब कसरी डायलोसेस गर्ने भनेर बैठक बसेर अब कसरी उपचार गर्ने भन्ने विषयमा छलफल गरिएको हो । त्यसबेलाको निर्णय अनुसार सुरुमा गम्भिर विरामीलाई सुरुमा विनोद मिश्रााको डायलासिस गरिएको चिकित्सकको भनाई छ । उनले केही समय देखि नै विनोदको डायलासिस आफ्नै अस्पतालमा भइरहेको बताएका छन् ।

अन्तिम अवस्थामा पनि आफ्नै अस्पतालमा डायलासिस भएको बताउँदै त्यसपछि के भयो ? त्यसवारे आफुले भन्न नसक्ने बताएका छन् । तर उपचारमा आफुहरुले उपचारमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आफ्नो टिमले ४ पटक डायलासिस गरेको बताउँदै कुनै लापरवाही नभएको जानकारी दिए । अन्तिम पटक साढे ३ घण्टा डायलासिस गरिएको बताएका छन् ।

बैठकको निर्णय अनुसार विनोद मिश्राालाई साढे तीन घण्टा गरिएको र अन्य विरामीलाई दुइ घण्टा गरिएको बताएका छन् । तर दुई घण्टा डाइलासिस गरिएका ब्यक्तिको जिवन सकुशल रहेको भएपनि साढे ३ घण्टा लाइसासिस गरिएका विनोदको मृत्यु भएको घटना प्रति दुख ब्यक्त गरेका छन् । दुई घण्टा गरिएका उप्रेती नाम गरेका ब्यक्ति भएको बताएका छन् । आफ्नो अस्पतालवाट विनोद मिश्रा चितवन मेडिकल कलेज गएको आफुले थाहा पाएको बताएका छन् ।

अस्पताल आउँदा नै विनोदको अवस्था निकै गम्भिर रहेको उनको भनाई छ । नारायणी अस्पतालमा डायलासिस नगरेका कारण विरामीको मृत्यु भयो भनेर आरोप लागेको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् । आफ्नो परिवारलाई समेत सामाजिक सञ्जाल र फोनवाट समेत चेतावनी आएको पनि उनले जानकारी गराएका छन् ।

Categories
समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पारेकै दिन प्रशासनले दियो सर्वसाधारणलाइ न्निकै सजिलो सुविधा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ । आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो । निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तुको अभाव भई अत्यावश्यक खरीद गर्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खरीद–बिक्रीको व्यवस्था मिलाएकोे छ । प्रशासनले खरीद–बिक्रीका लागि दुवै संस्थाका सम्पर्क व्यक्तिको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अवलम्बन गरिएका प्रावधानको पालना अत्यावश्यक देखिएकाले यसपालि आदेशमा कडाइ गरिएको छ । प्रशासनले दैनिक खाद्यान्न वस्तु खरीद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोर्समा बढी भीडभाड हुने, सामाजिक दूरी कायम नगर्ने तथा सङ्क्रमणको जोखिम बढ्न गएको भन्ने जनगुनासो आएकाले उल्लेख गर्दै यही जेठ २० गतेसम्म लागू भएको निषेधाज्ञाको अवधिमा उपत्यकाका पसलसमेत बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ ।

पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि काठमाडौं उपत्यकामा कोभिड–१९ को चेन ब्रेक हुन सकेको छैन । संक्रमण र मृत्युदर करिब एक महिनादेखि उस्तै छ । निषेधाज्ञाले संक्रमणको दर घटाउन भुमिका खेलेको छैन । तर, स्थानीय प्रशासनले निषेधाज्ञा जारी राख्दै थप कडा बनाउने निर्णय गरेको छ । यद्यपि संक्रमण नियन्त्रणमा आएको काठमाडौंका सीडीओको दाबी छ ।

Categories
समाचार

हार्दिक बधाई यिनै हुन् नेपाली चेली रेबेका राई बनिन् बेलायतको सफल वकिल,सलाम छ नेपाली चेलीलाई !

नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्।

हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्। १० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्।

रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्। डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन्। बेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्।

सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन्। छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ।

दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ । आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु।’नारी खबर