Categories
राजनीतिक

एमसीसीले जोड्न सक्छ काँग्रेस-माओवादीलाई !

एमाले इतर दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न थालेको कति भयो ? सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरे देखिनै उनीहरू ओलीको बहिर्गमन पर्खिरहेका छन् । तर उनीहरूले न त अविश्वास प्रस्ताव ल्याउन सकेका छन् न त माओवादीले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीले समर्थन फिर्ता नलिनुका पछाडि जे सुकै कारण भए पनि ओलीइतर सत्ता समीकरण बन्न नसक्नु नै मुख्य कारण हो । यसमा जनता समाजवादी पार्टीको रोल पनि महत्त्वपूर्ण छ । जसपाको एक पक्षले निरन्तर ओलीलाई साथ दिने बताइरहेको छ । माओवादीले ओलीको बहिर्गमनका लागि प्रयत्न गरे पनि काँग्रेस पनि खुलेर लागेको छैन ।

काँग्रेसले आधिकारिक रूपमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरे पनि यसले केही मुद्दामा सुनिश्चितता खोजेको देखिन्छ । त्यो हो एमसीसी । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र कार्की अर्थमन्त्री रहेको बेला एमसीसी सम्झौता भएको थियो । एमसीसी जसरी पनि पास गर्नुपर्ने देउवाको अडान छ । त्यही कारण उनी ओलीसँग पनि नजिक छन् । माओवादीमा यसबारे प्रस्ट छैन । माओवादीका केही नेताले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुनेमा छन् । यही कारण माओवादीले सभामुखमार्फत दुई वर्षदेखि एमसीसी रोकेर राखेको छ ।

योपनि-सत्ता जोगाउन ‘एमसीसीको टेको’

माओवादीसँग सत्ता गठबन्धनका लागि देउवाले माओवादीलाई एमसीसी पास गराउने सुनिश्चितता खोजेका छन् । माओवादी र काँग्रेस एमसीसीका पक्षमा आए ओली यसअघि नै एमसीसी पास गर्नुपर्ने अडानमा छन् । उनले सभामुखले एमसीसी संसद्मा प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसीकै कारण विपरीत वैचारिक धारका काँग्रेस र माओवादीबिच सत्ता गठबन्धनको प्रयास भइरहेको छ ।

एमसीसीका विषयमा समान धारणा बनाएर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत काँग्रेसले थालेको छ । ओलीविरुद्धको सत्ता गठबन्धनका विषयमा छलफल चल्दा काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार एमसीसी पास गर्ने पक्षमा रहेको र माओवादीले पनि त्यसमा समर्थन गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन ।

जसरी पनि ओलीको बहिर्गमन खोजिरहेको माओवादी एमसीसीमा मध्यमार्गी बाटो अपनाएर भए पनि काँग्रेसलाई मनाउने मनस्थितिमा पुगेको छ । अविश्वास प्रस्ताव पास भएर देउवाको नेतृत्वमा सरकार बन्ने बित्तिकै एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने गरी सहमतिको खाका तयार गर्ने तयारी काँग्रेस माओवादीले गरेका छन् । एमसीसीका कतिपय प्रावधान स्पष्ट पारेर सहमति गर्न सकिने वचन माओवादीले दिएको छ ।

काँग्रेस माओवादी गठबन्धन सत्ता समीकरणका लागि मात्रै होइन आगामी चुनावसम्मै कायम रहेन माओवादी नेताहरू बताउँछन् । एमसीसी अनुमोदन गराउने पक्षमा काँग्रेस पहिलेदेखि नै भएकाले आफ्नो नेतृत्वमा सरकार बने पनि, नबने पनि त्यो विषय काँग्रेसको एजेन्डा बनिरहने काँग्रेस नेताहरूको भनाइ छ ।

यता जसपा पनि सत्ता गठबन्धनका विषयमा अन्तिम निर्णय गर्ने तयारीमा छ । एमसीसीका विषयमा जसपाका खासै विवाद छैन । तर, जसपाले काँग्रेस–माओवादीभन्दा ओलीलाई साथ दिने सम्भावना प्रबल छ । जसपाका संस्थापन महन्थ ठाकुर पक्ष निरन्तर ओलीलाई साथ दिन सकिने बताउँदै आएको छ । ठाकुरको जसपाका बहुमत रहेको पनि बताइन्छ ।

लामो समय सत्ता समीकरणका लागि कसरत गरेका काँग्रेस माओवादीलाई अन्ततः एमसीसीले जोड्ने देखिएको छ । यता ओली पनि एमसीसीलाई विषय बनाएर काँग्रेसको विश्वास जित्ने मनसायमा छन् । उनले केही दिनअघि भएको सर्वदलीय बैठकमा एमसीसी संसद्मा छलफलको विषय बनाइनुपर्ने बताएका थिए । जसमा काँग्रेसले पनि सकारात्मक प्रतिक्रिया दिएको थियो ।

यता माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नयाँ सत्ता समीकरणका विषयमा एमसीसीलाई जोडेर कुनै सहमति नगरिएको बताएका छन् । उनले नयाँ सरकार बनाउने सन्दर्भमा एमसीसी परियोजनासँग सम्बन्धित कुनै सम्झौता नगरेको बताए ।

Categories
समाचार

आफैले जारि गरेको नियमलाइ सच्च्याउदै उपत्यकाकामा यी नियम लागु हुने, बनाइदिने भयो सहज ! अब के गर्न पाइन्छ के पाइदैन ?

काठमाडौं । जिल्ला प्रशासनका कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ।

तर उक्त सवारीमा दुलहा-दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।

जारी आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।

यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ। मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहनेछ।

यस्तो छ थप आदेश:

Categories
रोचक

यी हुन् संसारकै धनी जुवाडे, जस्ले युवतीलाई पनि….

पोकर किङको नामले चर्चित अमेरिकाका डेन बेल्जेरियन विश्वका सबैभन्दा धनी जुवाडे हुन् । उनले पोकर गेम खेलेरै अर्बौं रूपैयाँ कमाइसकेका छन् । रोचक कुरा त के भने दुनियाँकै धनी जुवाडे उनी हलिउडका कैयन् चर्चित फिल्महरूमा समेत काम गरिसकेका छन् ।

हुन त उनको जीवनमा पहिलेदेखि नै पैसाको कमी थिएन । किनकि उनका बुवा धनी व्यापारी थिए । धनीको छोरा हुनुका कारण उनी बच्चैदेखि बेपरवाह भए । कसैलाई टेरेनन् । आफ्ना बुवाको ब’न्दुक बोकेर स्कुल गएको बेला उनी एकपटक पक्राउ परेका थिए । त्यसपछि उनलाई स्कुलबाट निकालिएको थियो ।

अमेरिकाको लस भेगासमा करोडौं रूपैयाँ पर्ने आलिशान बंगलामा उनी बस्दछन् । घरमा उनी प्रायः पार्टी गर्दछन् । त्योबाहेक उनका अरू धेरै घरहरू पनि छन् ।

गएको वर्ष झण्डै सबा २ करोड रूपैयाँबराबरको मूल्य पर्ने घडी लगाएका कारण उनी चर्चामा आएका थिए ।

ब’न्दुक र लग्जरी गाडीका शौखिन छन्, उनी । उनीसँग एकसे एक महँगा तथा शानदार ब’न्दुक छन् । उनी युवतीहरू फेर्नमा पनि माहिर छन् । सोही कारण उनलाई प्लेब्वाई पनि भनिन्छ ।

ड्यानको कूल सम्पत्ति १५ करोड डलर छ । त्यसमध्ये अधिकांश सम्पत्ति उनले जुवा खेलेरै कमाएका हुन् । सन् २०१३ मा पोकर खेलेरै उनले एक रातमा १ करोड १० लाख अमेरिकी डलर कमाएको घटना निकै चर्चित भएको थियो ।

दुःखको कुरा ३९ वर्षका ड्यान बिल्जेरियन ड्र’ ‘ग्सको कुलतमा फसेका छन् । ३० वर्षको छँदा उनलाई हृ’दय’घा’त भएको थियो । १२ घण्टाभित्र उनलाई २–३ पटक हृ’दयघा’त भएको थियो । त्यतिबेला उनको ज्या’न मुस्किलले जोगिएको थियो ।

Categories
समाचार

२ दिन देखी ढुंगाको च्यापमा हेर्दाहेर्दै (भिडियो)

काठमाडौ । युवाहरुलाई जोखिम लिने निकै शौख हुन्छ । तर त्यही चाहनाले कहिले काँही अ//प्ठेरो पार्छ । एक जना युवा ढुँगाको गुफामा पस्दा दुई दिन सम्म त्यही अ//ड्कि//एका छन् ।

स्थानिय बासीन्दा, प्रहरी मिलेर उनलाई गुफावाट दुई दिन पछि बाहिर निकालिएको छ । इलाम नगरपालिका ५ बिव्ल्याटे नजिकै रहेको गुफामा यस्तो घटना भएको हो । भिडियो सार्वजनिक भएको भएपनि सो भिडियोमा त्यसबारे कुनै जानकारी भने छैन ।

भिडियोमा कमेन्ट गरेका एक जना स्थानियले यसवारे जानकारी दिएका छन् । कविन लुइटेलले कमेन्टमा लेखे अनुसार बिब्ल्याटे नजिकै रहेको गुफा ढुंगा भन्ने स्थानमा पसेका ति युवालाई उद्दार गरिएको हो । गुफामा ढा/ड फ//सेपछि उनी बाहिर निस्कन सकेनन् । युवकको नाम सन्तवहादुर लिम्वू बताइएको छ । उनलाई नेपाली सेनाबाट निवृत्त टंक श्रेष्ठ, स्थानीय र नेपाल प्रहरीका जवानहरुले उ//द्धार गरेका हुन् ।

ढुंगामा फ//सेका उनी साथीहरुसंग बोलिरहेको सुनिन्थ्यो । प्रहरी र स्थानियले गुफा ख//नेर केही माटो निकालेपछि उनलाई बाहिर निकाल्न सकिएको थियो । वाहिर निस्किएका उनको अवस्था सामान्य देखिएको थियो । निकै ड//राएको जस्तो देखिएका उनी कापिरहेका थिए । स्थानिय र प्रहरीले उनलाई बोकेर अस्पताल तर्फ लगेको अनुमान लगाउन सकिन्छ ।

Categories
रोचक

यी अक्षरबाट नाम आउने पुरुषले पत्नीलाई रानी बनाएर राख्छन् ! तपाईको कुन ?

काठमाडौँ । हरेक युवतीको चाहना हुन्छ, आफ्नो पार्टनरले सबै आफूलाई आँखामा राखिराखोस्। त्यसैले त युवकलाई मन पराएसँगै उनीहरुको आनीबानी पनि बुझ्ने प्रयास गर्दछन्।

के तपाईलाई थाहा छ नामको पहिलो अक्षरबाट पनि युवकका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई केही यस्ता नामवाला पुरुषका बारेमा बताउँदैछौँ, जो बेस्ट पति साबित हुने गर्दछन्।

भि बाट नाम हुने पुरुष
भि बाट नाम आउने पुरुष पत्नी प्रेमी हुने गर्दछन्। यी पुरुषले आफ्नो पत्नीका लागि हर कदम साथ दिने गर्दछन्। यस्ता व्यक्ति हेर्दा आकर्षक हुनुका साथसाथै राम्रो पति पनि साबित हुने गर्दछन्।

एस बाट नाम आउने पुरुष
एस बाट नाम आउने पुरुष निकै जिद्दी प्रवृत्तिका हुने गर्दछन्। यस्ता व्यक्ति बाहिर हेर्दा निकै कठोर हुने गर्दछन् तर जुन युवतीसँग प्रेम गर्छन् उसप्रति बफादार मानिन्छन्। उनीहरुले आफ्नो पार्टनरका नजिक प्रेम प्रकट गर्दैनन्, तर हरेक आवश्यकताको राम्रो ध्यान राख्दछन्।

आर बाट नाम आउने पुरुष
आर बाट नाम आउने पुरुष आफ्नो पार्टनरका लागि आवश्यक भन्दा बढी सिरियसल हुने गर्दछन्। आफ्नो पार्टनरलाई खुसी बनाउनका लागि जो सुकै गर्न तयार हुने गर्दछन्। आफ्नो पत्नीको आवश्यकता बोल्ने भन्दा पहिले सम्झिने गर्दछन्।

ए बाट नाम आउने पुरुष
ए बाट नाम आउने पुरुष निकै मस्ती गर्ने खाले हुन्छन्। यस्ता व्यक्तिको सेन्स अफ ह्यूमर निकै राम्रो हुने गर्दछ। यस्ता पुरुषले आफ्नो पत्नीलाई निकै कुरा सिकाएर राख्ने गर्दछन्। यस्ता पुरुषलाई मानिसले जे सुकै भनेपछि असलमा यिनीहरु उत्कृष्ट पति हुने गर्दछन्।

Categories
राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन,बैशाख १६ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १६ गते बिहिबार इश्वी सन २०२१ अप्रिल २९ तारीख बैशाख कृष्णपक्ष तृतिया तिथी अनुराधा नक्षत्र वव योग वणिज करण चन्द्रमां बृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु स्वामी शशिधरजन्मजयन्ती अन्तर्राष्ट्रिय नृत्य दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला

Categories
समाचार

काठमाडौं उपत्यकामा कर्फ्यू : के–के खुल्छन्, के–केमा छ रोक ? [ सूचीसहित ]

काठमाडौ । राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो अबधि कम्तिमा १५ दिनसम्म लम्बिनेछ ।काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा छुट्टाछुट्टै जारी आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।

सरकारले सक्रिय संक्रमित पहाडमा २०० र तराईमा ५०० भएका जिल्लामा कम्तिमा १५ दिन कर्फ्यू जारी गर्न आदेश दिएको छ । सोही अनुसार जिल्ला प्रशासनहरुले यो आदेश जारी गर्नेछन् । निषेधाज्ञाको समयमा के–के खुल्छन् ? यो सबैको चासोको विषय हो । हामी यहाँ उक्त जानकारी प्रस्तुत गर्दैछौ ।

अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा कुनै रोक हुने छैन ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।​

के–केमा रोक ?

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । तीन जिल्लाको जारी आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।

बैशाख १६ गतेदेखि एक सातासम्म निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

Categories
ताजा समाचार

मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।

‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री विष्णु पौडेलले भने । संक्रमण तीव्र भएपछि काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिनेछ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको भोलिपल्टै उपत्यकामा निषेधाज्ञाको घोषणा गरिएको हो । योसँगै दोस्रो लहरको संक्रमणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ ।

यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Categories
ताजा समाचार

काठमाडौं उपत्यकामा नयाँ नियम, सवारीसाधन चलाउन नपाउने यी काम गर्न पूर्ण रुपमा रोक लगायो प्रसासनले (बिज्ञप्ति सहित)

कोरोना संक्रमणको नयाँ हटस्पट काठमाडौं उपत्यका बनेको बनेको छ। दोस्रो चरणको कोरोना महामारी फैलिएको नेपालमा पछिल्लो एक हप्तामा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित फेला परेका छन्। पछिल्लो एक हप्तादेखि उपत्यकामा निरन्तर संक्रमण बढिरहेको छ।

उपत्यकामा सोमबार एकैदिन झण्डै दुई हजार संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा १५ सय ६७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार सोमबार एकैदिन उपत्यकाका ३ जिल्लामा १९ सय १२ संक्रमित फेला परेका छन्।

त्यसमध्ये ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकामा रहेका वीर, पाटन, सिभिल, त्रिवि शिक्षण अस्पताल र केही निजी अस्पतालका बेड बिरामीले भरिएको छ। आइसोलेसन भरिभराउ छ। अक्सिजनको अभाव हुन थालेको पाटन अस्पतालका डा. रवि शाक्यले बताए।

यो संगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म जिल्लाव्यापी ‘निषेधाज्ञा’ जारी गरेको छ।

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले यस्तो आदेश जारी गरेका हुन्।

‘निषेधाज्ञा’ आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए। कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो आदेश गर्नुपरेको रिजालले बताए।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’

यो आदेशसँगै अत्यावश्यक सेवाका लागि मात्र सवारीसाधन, पसल खुला गरिएको छ। सार्वजनिक एवम् निजी सवारीसाधन एक साताका लागि काठमाडौं जिल्लाभरि रोक लगाइएको छ।

भक्तपुर र ललितपुर जिल्लाले पनि सोही किसिमको आदेश जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले काठमाडौं प्रशासनले जारी गरेको आदेशलाई निरन्तरता दिएको जनायो।

‘जिल्ला मात्रै फरक पर्‍यो अरू सबै एउटै छ, काठमाडौंले जारी गरेकै आदेश पूरै हो,’ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरिएको बताए।

अत्यावश्यक रुपमा सवारीसाधन चलाउनेलाई पनि पास, परिचय पत्र चाहिने भएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेशमा रोक लगाइने छ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरेर मात्र सञ्चालन गर्न पाइने रिजालले बताए।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको पास लिएर सवारी चलाउन पाइने निर्णयमा उल्लेख छ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइने छ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारीसाधनको व्यवस्था गरिने निर्णयमा उल्लेख छ।

अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने भए प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने छ।

यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल हाललाई बन्द गरिने छ। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ। खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।

पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ। काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसनमा बस्नुपर्ने छ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय लगायत सञ्चालन बन्द गरिएको छ। विवाह तथा ब्रतबन्धको हकमा बढीङ्गा १५ जना सहभागी हुन पाउने छन्। तर, त्यसमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ।

निषेधाज्ञा आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए। कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो निर्णय गर्नुपरेको काठमाडौंका सिडि‌ओ रिजालले बताए।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’ बिज्ञप्ति तल पढ्नुहोस

Categories
ताजा समाचार

१६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म जिल्लाव्यापी ‘नि’षे’धा’ज्ञा’ के गर्न पाइने के नपाइने ?(आदेश सूचना सहित)

काठमाण्डौ-जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म जिल्लाव्यापी ‘नि/षे/धा//ज्ञा’ जारी गरेको छ।
सं/क्रा/मक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले यस्तो आदेश जारी गरेका हुन्।

‘नि//षेधा//ज्ञा’ आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए।
कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो आदेश गर्नुपरेको रिजालले बताए। ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको क/र्त//व्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार का//र//बाही हुने जानकारी गराइन्छ।’

यो आदेशसँगै अत्यावश्यक सेवाका लागि मात्र सवारीसाधन, पसल खुला गरिएको छ। सार्वजनिक एवम् निजी सवारीसाधन एक साताका लागि काठमाडौं जिल्लाभरि रो//क लगाइएको छ। भक्तपुर र ललितपुर जिल्लाले पनि सोही किसिमको आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले काठमाडौं प्रशासनले जारी गरेको आदेशलाई निरन्तरता दिएको जनायो।‘जिल्ला मात्रै फरक पर्‍यो अरू सबै एउटै छ, काठमाडौंले जारी गरेकै आदेश पूरै हो,’ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरिएको बताए।

अत्यावश्यक रुपमा सवारीसाधन चलाउनेलाई पनि पास, परिचय पत्र चाहिने भएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बि//रा//मी तथा कु//रु//वा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेशमा रोक लगाइने छ। एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरेर मात्र सञ्चालन गर्न पाइने रिजालले बताए।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको पास लिएर सवारी चलाउन पाइने निर्णयमा उल्लेख छ। विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइने छ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारीसाधनको व्यवस्था गरिने निर्णयमा उल्लेख छ। अस्पताल आउने जाने बिरामी र कुरुवा, मृ///त्यु सं////स्का//रमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने भए प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने छ। यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल हाललाई बन्द गरिने छ। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ। डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ।

खाद्य सामग्री, ग्रोसरी पसल, औ//ष//ध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।

पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ। काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसनमा बस्नुपर्ने छ। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय लगायत सञ्चालन बन्द गरिएको छ। विवाह तथा ब्रतबन्धको हकमा बढीङ्गा १५ जना सहभागी हुन पाउने छन्। तर, त्यसमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ।

नि///षेधा//ज्ञा आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए।कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो निर्णय गर्नुपरेको काठमाडौंका सिडि‌ओ रिजालले बताए। ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको क//र्त///व्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार का//र//बा//ही हुने जानकारी गराइन्छ।’

आदेशको पूर्णपाठ:

.