Categories
समाचार

प्रधानमन्त्रीको निर्देशनमा पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ ।पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए ।

“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ”, सदस्यसचिव ढकालले बताए ।

सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ ।कानूनी एवं धार्मिक विधि पु¥याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।

सुनको काम गर्ने कालीगढ कोषमै राखेर काम गरिनेछ । यससम्बन्धी विस्तृत विवरण महाशिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषको प्रतिबद्धता छ ।१०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।

प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो ।चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ । गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निर्णय गरेको छ । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ ।

Categories
रोचक

खोटाङमा भेटियो हलेसी महादेवमा मान्छे छिर्ने प्वाल, प्वाल भित्र छिर्न सक्ने भाग्यमानी, भाग्यमानीको हातमा पर्छ दूधका थोपा

पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन् ।र कुनै एक समयमा एकजना किराँती सिकारी सिकार खेल्दै जाँदा सो सिकारीको प्रहारबाट घाइते भएको मृग लडेर शिवजीको गुफाभित्र खसेछ । सो मृग लिन जाँदा अँध्यारो गुफाभित्र बत्तीजस्तो चम्किलो ज्योति सिकारीले देखेपछि सिकारी आँखा तिर्मिराएर बेहोस हुन पुगेछ । उक्त बेहोस सिकारीलाई भगवान् शङ्करले दर्शन दिनु भई त्यस गुफाभित्र अन्य देवीदेवताको पनि उत्पत्ति भएछ र सो सिकारीले मन्दिर आसपासमा हत्या–हिंसा नगर्नु भनी चेतावनी दिए भन्ने भनाइ छ ।

हलेसी मन्दिरमा विशेषगरी महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीका पर्वमा मन्दिरमा विशेष पूजा गरिनुका साथै शिव, पार्वती र गणेशलाई वस्त्र तथा गहना पहि-याइन्छ । यसबाहेक पनि हरेक सोमबार तथा साउन महिनाभरि पनि पूजा गरिन्छ । यहाँ दुईवटा गुफा छन्, ती मध्ये वसाहको गुफामा वृकासुरबाट बच्न आफू भाग्नका लागि भगवान् शङ्करले पहाडको फेदबाट प्वाल पारेर आफू सँगैको बसाहलाई त्यहीँ छाडी भित्र पसेर आफू पहाडको टुप्पोतिर निस्कँदा बनेको भन्ने भनाई छ । यसरी निस्कँदा गुफाको भित्तामा टेकेर निस्कनु भएको मानिएको भगवान्को एक पाइलाको छाप अहिले पनि हामीले हेर्दा प्रस्टरूपमा देख्ने गर्दछौँ ।

यो गुफाको प्रवेशद्वारमा भगवान्को बसाहको मूर्ति छ तथा गुफाभित्र पस्ने बित्तिकै देबे्रपट्टि भित्तामा स्वनिर्मित शङ्ख छ, जुन शङ्ख बजाउँदा बज्दछ, शङ्खसँगै केही भित्रपट्टि स्वर्गद्वार रहेको छ । यही गुफाको माथिल्लो सिलिङमा गाईको थुन बनेका छन् जहाँबाट दूध आउँछ भन्ने विश्वासका साथ भक्तजन गाईको थुनमा हात राखेर दूध देऊ माई भन्दै पुकार गर्दछन् । तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ ।

बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ । धार्मिक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् । हलेसी महादेवमा रहेका बिसेषकुराहरु हामीले तल भिडियोमा देखाएका छौ , हेरेर सबैले सेयर गर्नुहोला ।

Categories
मनोरंजन

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि उनको सानै देखिको यो क्षेत्र प्रति को माया र झूकाब ले आज उनिभित्र भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएकाछन ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पण ले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा बिनोद केसी को पनि अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज , सुनिता र बिनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक भईसकेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतीकृयाहरुले पनि स्पस्ट पारेको छ ।

Categories
राशिफल

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, माघ १९ गते सोमबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ १९ गते सोमबार इश्वी सन २०२१ फेब्रुवरी १ तारीख माघ कृष्णपक्ष चतुर्थी तिथी उत्तरफाल्गुनी नक्षत्र अतिगण्ड योग बव करण चन्द्रमा सिंह राशिमा प्रातः ८:५३ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु काशीमा बडागणेश उत्सव (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आटँ शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजीक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Categories
मनोरंजन

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि उनको सानै देखिको यो क्षेत्र प्रति को माया र झूकाब ले आज उनिभित्र भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएकाछन ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पण ले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा बिनोद केसी को पनि अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज , सुनिता र बिनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक भईसकेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतीकृयाहरुले पनि स्पस्ट पारेको छ ।

Categories
राजनीतिक

प्रधानमन्त्री ओली हिन्दु राष्ट्र बनाउने अभियानमै लागेका हुन् त ? २३ गते हुने ओली पक्षको जनसभामा राजावादी पनि सहभागी हुने चर्चा ! के लाग्छ आफ्नो बिचार राख्नुहोस्

काठमाडौ । पछिल्लो समय राजावादीहरुको आन्दोलन अनपेक्षित रुपमा देश ब्यापी भयो । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति मन्दिर पुगेर क्षमा पुजा गरे ।

यस्ता घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु राज्य फर्काउने अभियानमा लागेको आरोप लाग्न थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले त्यसवारे मुख खोलेका छन् ।

उनले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाए । आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सहभागी उनले सञ्चारकर्मीसँग बोल्दै यस्तो दावी गरेका हुन् ।

उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा आफुले सुनेको पनि बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा चलेको समेत बताएका छन् ।

प्रचण्ड र माधव पनि माइतीघरको धर्नामा

संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

Categories
मनोरंजन

‘द कपिल शर्मा सो’ बन्द, यस्तो छ कारण !

काठमाडौं । चर्चित भारतीय टिभी कार्यक्रम बन्द भएको छ । कमेडियन कपिल शर्माले श्रीमती गर्भवती भएको कारण देखाउदै चर्चित कमेडी सो ‘द कपिल शर्मा सो’ बन्द गर्न लागेको जानकारी दिएका हुन् । श्रीमती गिन्नी चतरथको दोस्रो पटकको गर्भावस्थामा उनीसँग समय बिताउन र हेरचाह गर्नको लागि सो बन्द गर्न लागेको उनले सबैलाई जानकारी गराएका छन् ।

यो भन्दा पहिले कार्यक्रम बन्द गर्ने जानकारी दिए पनि कारण भने खुलाएका थिएनन् । सामाजिक सञ्जाल ट्वीटरमा एक फ्यानले तपाईं सो किन बन्द गर्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै शर्माले भनेका छन, ‘मलाई मेरो दोस्रो बच्चाको स्वागत र श्रीमतीसँग घरमा समय बिताउनको लागि हो ।’

उनीहरुलाई अहिले बधाईको ओइरो आउन थालेको छ । उनीहरुले २०१८ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरुको अनायरा नाम गरेकी एक छोरी छन् ।

यो पनि -शिशिर भण्डारी पहिलो पटक श्रीमती सहित मिडियामा । प्याराग्लाईडिंग गर्दै आकाशमा उड्दा शिशिर डराए (भिडियो हेर्नुस)

सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीले आफ्नो श्रीमती सहितको पहिलो भिडियो युटुबमा ल्याएका छन् । पोखरा भ्रमणको क्रममा खिचिएको भिडियोलाई धेरैले रुचाएका छन् ।

रचना रिमाल सहितको पारिवारिक भिडियोमा शिशिरले प्याराग्लाईडिंग गरेको फुटेज पनि राखिएको छ । शिशिर र उनको श्रीमती र रचना रिमालले मिलेर गीत गाएका छन् ।

प्याराग्लाईडिंग गर्ने क्रममा शिशिर डराएका थिए । साँगीतिक कार्य र सामाजिक काममा व्यस् भएका शिशिर पछिल्लो पाँच दिन पाृखराका मनोरम दृश्यहरुमा रम्न गएका थिए ।

रचना रिमालसँगै उनकी श्रीमती पनि त्यस घुमफिरमा थिए ।

शिशिर र उनको श्रीमतीको यो रमाईलो भिडियो हेर्नुस

Categories
रोचक

आइतबार जन्मेका मान्छे हुन्छन् येति धनी।जता गये पनि पैसा पैसा ।

आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।निकै संवेदनशील हुने भएका कारण

तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।

तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

Categories
समाचार

बिराटनगरमा प्रचण्डमाथि जुत्ता हा’नेको भन्दै तस्वीर भाइरल, यस्तो रहेछ बास्तविकता

काठमाडौ । प्रचण्डको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्वीरसँगै लेखिएको क्याप्सनका कारण उक्त तस्वीर भाइरल भएको हो । उक्त तस्वीर प्रचण्डलाई जुत्ता हा’नेको भन्दै सेयर गरिएको छ ।

तर तस्वीरको बास्तविकता अर्कै भएको खुलेको छ । शुक्रबार प्रचण्ड बिराटनगरमा थिए । त्यहाँ उनले निर्धारित कार्यक्रमलाई सम्बोधन गरे ।

सम्बोधनपछि स्टेजबाट ओर्लदै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर जुत्ता हा’नेको दाबी गरिएको छ, जुन बास्तविक होइन ।

प्रचण्डलाई जुत्ता हा’नेको होइन् । स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए । सहयोग गर्दै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर हल्ला फिजाइएको हो ।

उनको सुरक्षामा खटिएको प्रहरी र युवाले प्रचण्डमाथि जुत्ता हा’नेको भन्दै अनावश्यक हल्ला फैलाइएको दाबी गरेका छन् ।

‘फलामको सिँढी सानो थियो, स्टेजबाट ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग गरेका थियौं,’ कार्यक्रम स्थलबाट ओर्लंदै गर्दा प्रचण्डलाई सहयोग गरेका राष्ट्रिय युवा सङ्घका स्थानीय नेता आजाम परवेजले भने, ‘जुत्ता हानेको होइन ।’

शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए । kavrepati.com बाट साभार

Categories
समाचार

लाइसेन्स निकाल्दै हुनुहुन्छ भने फेरी आयो नयाँ नियम, अहिले आवेदन दिंदा कहिलेसम्म आइपुग्ला ?

बीबीसी – सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन्। कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो।

त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्। त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। “अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ,” उनले भने।

हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए। “हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो,” उनले भने।

“त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ – ७ महिनापछि पालो पाउनुहुन्छ होला।” काठमाण्डू, बुटवल, वीरगञ्ज लगायतका प्रमुख सहरहरूमा अत्यधिक चाप रहेको अधिकारीहरू बताउँछन्।

हाल विभाग सङ्घ अन्तर्गत रहेको र यातायात कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहेकाले पनि उक्त कार्य चाँडो हुने गरी अघि बढाउन कठिनाइ भइरहेको विभागको भनाइ छ। चाप बढी भएकै कारण विभागले यातायात कार्यालयहरूलाई दुई सत्रमा काम गर्न भनेको हमाल बताउँछन्।

यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ। हाल विद्यमान विभिन्न समस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको हमाल बताउँछन्।

“मन्त्रालयस्तरीय निर्णय भएपछि यो मापदण्ड लागु गर्न दुईदेखि तीन महिना लाग्ला,” उनले भने। विभिन्न देशहरूका व्यवस्था हेरी हालको मापदण्डलाई थप वैज्ञानिक बनाउने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको बताइएको छ। मापदण्ड के हो? के होइन? नयाँ व्यवस्थामा मापदण्ड नयाँ नहुने हमाल बताउँछन्। पुरानै मापदण्डहरूमा अङ्क दिने विभागको भनाइ छ।

हाल सबै मापदण्ड अनिवार्य पास गर्नुपर्ने व्यवस्था छ। नयाँमा भने प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ। “त्यस कारण परीक्षामा सहभागी सबै उत्तीर्ण हुन्छन् भन्ने होइन। यसलाई थोरै सहज बनाइएको मात्रै हो,” हमालले भने।

“विश्वका जुनसुकै देशमा ठूलो र सानो गल्ती हेरिन्छ र यत्तिसम्म भयो भने अनुमति दिने भन्ने हुन्छ। हाम्रोमा चाहिँ कुनै पनि गल्ती हुनै नहुने अवस्था छ। नयाँ व्यवस्थाले जान्दै नजान्ने व्यक्तिले अनुमति प्राप्त गर्छ भन्ने होइन।”

उकालो ओरालो जस्ता अत्यावश्यक मापदण्डमा कुनै पनि किसिमको परिवर्तन नहुने तर सामान्य घेरा छोएको जस्ता विषयमा भने अङ्क दिने योजना विभागको छ।
हाल प्रयोगात्मक परीक्षाको सबै मापदण्ड पूरा गरे पनि अन्तिममा एउटा घेरा छोएकै आधारमा अनुत्तीर्ण हुने अवस्था छ।

तर नयाँ मापदण्ड कार्यान्वयनमा आए एकपटक त्यस्तो घेरा छोए ५ अङ्क काटिने, दुई पटक छोए १० अङ्क काटिने र तेस्रो पटक छोए अनुत्तीर्ण हुने जस्ता प्रावधान समावेश हुने बताइएको छ।

लिखितमा ८० अङ्क चाहिने

विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ। पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ। मापदण्ड धेरै कडा बनाउँदा चार-पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ।

“त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ। जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो। यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ,” हमालले भने। हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ।

बिचौलियाको भूमिका कम हुने अपेक्षा

तीन पटकसम्म परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि सर्वसाधारणहरूले अन्य उपाय अपनाउने गरेको अधिकारीहरू बताउँछन्।”यसले व्यवस्थालाई भ्रष्ट बनाउने गतिविधि बढ्छ,” हमालले भने।

नयाँ मापदण्डले यो अवस्थाको अन्त्य गर्ने र यसको प्रभाव समग्रमा राम्रो हुन जाने अनुमान आफूहरूको रहेको उनी बताउँछन्। कतिपयले नयाँ व्यवस्थाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्। त्यसबारे हमालले भने, “सीसीटीभी क्यामेराबाट नियाल्नेदेखि अन्य अनुगमनका काम हुनेछन्। परीक्षास्थलमा प्रत्यक्ष अङ्क दिइनेछ र तत्काल पासर/फेल छुट्ट्याइनेछ।”