Categories
समाचार

मुटु कमाउने आवाज राता रात भाइरल, नारायण गोपालको पूर्नर जन्म (भिडियो सहित)

पाँचथरको फिदिममा जन्म लिएका अमित कुमार राई यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर पालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे ।

उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे । सपना गायक बन्ने भएतापनि आर्थिक अबस्था कमजोरीका कारण आफु अगी बड्न नसकेको राई बताउछन् । उनले कुराकानीमा भने, ‘उ बेलामा आफ्नो प्रतिभा देखाउने ठाउँ थिएन, तर अहिले भने प्रसस्त रहेछ । बुढेसकालमै भए पनि मेरो सपना पुरा गर्ने छु ।

उनले कुनै स्थानमा बसेर गाइरहेको गितको एकलाईन टिकटक तथा सामाजिक संन्जालमा निक्कै भाईरल बनिरहेको छ । उनको स्वरलाई टिकटकमा निक्कै रुचाईएको छ ।

भिडियो हेर्नुहोस्:

https://youtu.be/MMMOqmhR3vE

Categories
अन्तरास्ट्रिय

इजरायल र युएई बीच हवाई उडान शुरु

इजरायल । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ ।इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ ।

अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको शुरुमा कुटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुबै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँनयाँ योजना अघि सारिएका छन् ।

इजरायलसँग कुटनीतिक सम्बन्ध राख्ने युएई तेस्रो अरब राष्ट्र हो । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कुटनीतिक सम्बन्ध राखेका थिए । युएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।

अबुधाबीतर्फ प्रस्थान गरेको बिमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ट सल्लाहकार एवं ज्वाइँ जारेड कुश्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहनु भएको छ ।इजरायली प्रमण्डलमा भने राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबात र विभिन्न मन्त्रालयका महानिर्देशकहरु रहनु भएको छ ।

दुबै प्रमण्डलले युएईका एमिरातसँग भेटघाट गर्नेछ ।बिमानमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै जारेड कुश्नरले यस ऐतिहासिक उडानमा रहभागी हुन पाएकामा आभार व्यक्त गर्दै मध्यपूर्व समेतका अरु देशसँगको सम्बन्ध विकास गर्न यो ऐतिहासिक प्रस्थानविन्दु हुने विश्वास व्यक्त गरे ।

Categories
अन्तरास्ट्रिय

एक्कासी सीमा मि’चेर आक्र’मण गरेको भन्दै भा’रतमा रुवाबासी, चिनियाँ सेनाले हा’न्यो भारतीय सेनालाई भा’गाभा’ग(भिडियो)

५ भदौ, काठमाडौं । लद्दाखमा भा’रत र चीनबीच पुनः त’नाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उ’त्साउने कदम चालेको, तर आफूहरु रोकेको भार’तीय से’नाले बताएको छ ।

पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रो’केको भन्दै भारतीय से’नाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सु’रक्षाका लागि पनि प्र’तिवद्ध छ ।’

उसका अनुसार यो झ’डप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ ।

त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा त’नाव १९६२ पछि सबैभन्दा ग’म्भीर स्थितिमा रहेको बताएका थिए ।

Categories
अन्तरास्ट्रिय

लद्दाखमा भारत-चीनबीच फेरि झ’डप

भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झ”डप भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झ”डप भएको हो।

चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आ’रोप लगाएको छ।चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको दाबी छ।

भारतीय सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्याङगोङ त्सो लेकमा चिनियाँ सैनिकको उत्तेजक व्यवहारलाई भारतीय सैनिकले रोकदिएको छ। भारतीय सेना संवादबाट शान्ति स्थापना गर्न चाहन्छ । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवादका विषयमा बिग्रेड कमान्डरस्तरमा बैठक बसिरहेको छ ।’

भारतले चिनियाँ सेनासँग झ’डप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।झ’ड’पमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन ।

यसअघि गत जुन १५ मा पनि भारतीय र चिनियाँ से’नाबीच हिं’सा’त्मक झ’डप भएको थियो भने त्यसबेला भारतर्फ २० सै’निकको मृ’त्यु भएको भारत सरकारले पुष्टि गरेको थियो । तर चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।

Categories
ताजा समाचार

कस्तो राम्रो काम ! ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’

काठमाडौ । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ ।

ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो । स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाइ छ । “भएकाले एक पोका, दुई पोका जति दिएर गए पनि हुन्छ, नभएकाले झिकेर लान सक्नेछन्”, उहाँले भन्नुभयो, “सङ्कटमा बाँडीचँुडी खानुपर्ने भावना पैदासमेत अभियानले गराउने आशा राखिएको छ ।”

अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ ले मोबाइल फुड बैंकमार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिनुभयो । राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकताअनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ ।

अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिने र प्राप्त सहयोगअनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । क्लबले शुरु गरेको अभियानमा स्वतःस्फूर्त सहयोग प्राप्त हुनसमेत थालिसकेको छ । अभियान यहाँका बजारका मुख्य चोकमा सञ्चालन गरिनेछ ।

Categories
ताजा समाचार

यसपालिको दशैंमा नयाँ नोट साट्न नपाइने

काठमाडौं । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो ।

तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ ।कोरोना भाइरसको संक्रमण दिनहुँ ब’ढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट नि’ष्काशन नगर्ने भएको हो ।यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई ल’क्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने ब’ढ्दो कोरोना भाइसरको संक्रमणका कारण भि’डभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पा’लना गर्दै दशै लक्षित नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।‘पहिले जस्तो समय तो’केर वा बैंक निर्धारण गरेर दशैंमा नयाँ नोट वितरण यो वर्ष हुँदैन’ ती अधिकारीले भने, ‘यस विषयमा थप छलफल अझै भइरहको छ, असोजको पहिलो सातासम्म आधिकारीक निर्णय गरी सूचना जारी हुन्छ ।’राष्ट्र बैंकले गत वर्षबाट दशैं बाहेक पनि नयाँ नोट आवश्यक पर्नेलाई बैंकमार्फत् वितरण गरिरहेको छ ।

दशैंमा नोट आवश्यक प’र्नेले अहिलेबाटै सम्बन्धित बैंकबाट सु’रक्षित त’बरले लि’नसक्ने उनले जानकारी दिए । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वि’तरण गरेको थियो । हाल ५ खर्ब ९२ अर्ब रुपैयाँ नोट स’र्कुलरमा रहेका छन् ।

Categories
ताजा समाचार

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे हाे। इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको पहलमा यो प्रस्ताव अघि बढेको हो। निरन्तरको पहलपछि इजराय नेपाली कामदार लैजान सहमत भएकाे हाे।

इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपालीका लागि रोजगारीको अवसर खुलेको हो। यो प्रक्रिया आगामी वर्षमा पनि निरन्तर चलिरहने बताइएको छ। ‘जी टु जी’ (सरकार – सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउने छन्। कम्तिमा एसएलसी पास केयर गिभर र नर्सिङ पढाई पुरा गरेका युवाले यो अवसर पाउनेछन्। उमेरको हकमा ४५ बर्ष नकाटेको हुनुपर्नेछ। बढीमा पाँच वर्ष त्यहाँ काम गर्न पाउने प्रावधान राखिनेछ। आतेजाते खर्च, बिमा, स्वास्थ जाँचलगायतको खर्च जाने कामदार स्वयमले ब्यहोर्नु पर्नेछ।

‘सबै कुरा सोचे जस्तो भयो भने आगामी तीन महिना भित्रमा नेपाली युवा इजरायल पुगिसक्नेछन,’ श्रममन्त्री यादवले डिसी नेपालसँग भने, ‘उल्लेखित काममा जाने युवाले महिनाको १ लाखदेखि १ लाख ५० हजर नेपाली रुपैयाँ तलब बापत प्राप्त गर्नेछन्।

’ यसअघि नेपालबाट यो क्षेत्रमा काम गर्न थुप्रै नेपाली इजरायल पुगेका थिए। तर, विभिन्न कारणले गर्दा लामो समयदेखि नेपालीहरु नर्सिङ क्षेत्रमा कामको लागि इजरायल जान पाएका थिएनन्। लामो समयदेखि बन्द रहेको यो क्षेत्र श्रममन्त्रालयको विशेष पहलमा पुनः सुचारु भएको हो। नेपालीहरुको इमान्दारिता र कामप्रतिको लगनशीलताबाट प्रभावित भएका इजरायलीहरु पुनः नेपाली कामदार लैजान सकरात्मक भएका हुन्।

Categories
ताजा समाचार

अब निजी विद्यालयले शुल्क लिन पाउने :मन्त्रालय

काठमाडौं – विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न नसकेका केही विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

केही साना विद्यालयले त अहिलेको अवस्थामा अनलाइन कक्षासमेत लिन नसकेको भन्दै विद्यालय नै बन्द गरेका छन् । केही दिनपछि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरी शुल्क लिन पाउने व्यवस्था गर्न लागेको छ । मन्त्रालयले वैकल्पिक कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै शुल्क लिने पाउने व्यवस्था गर्ने अन्तिम तयारी गरेको छ ।

मन्त्रालयले निर्देशिकामा प्रचलित कानुनको अधीनमा रही स्थानीय तहको स्वीकृतिमा सिकाइ सहजीकरणका लागि विद्यालयले शुल्क लिन पाउने उल्लेख गरेको छ ।

निजी विद्यालयले गत वैशाखदेखि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरेका थिए । लगत्तै मन्त्रालयले वैकल्पिक माध्यबाट अध्ययन गराए पनि शुल्क लिन नपाउने निर्णय गरेको थियो । शुल्क लिन पाउने भएपछि शुल्क उठाउन नसकेर बन्द भएका विद्यालय पुनः खुल्ने र शिक्षक कर्मचारीले तलब पाउने सम्भावना बढेको छ ।

Categories
ताजा समाचार

विद्युत प्राधिकरणमा फेरी पनि कुलमान आउँदै, प्रधानमन्त्री पनि सकारात्मक

काठमाडौ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङ आउने सम्भावना बढेको छ । घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएपछि फेरी उनी दोहोरिने सम्भावना बढेको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने गरी प्रस्ताव तयार गरेको बुझिएको छ ।

घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिने भएकाले रिक्त हुन लागेको पदका लागि दावी गर्दै अन्य केहीले पनि दौडधुप सुरु गरेका थिए । सामाजिक सञ्जालमा कुलमानलाई नै निरन्तराता दिनुपनुै भन्दै माग उठेको थियो । सर्वसाधारण देखि कलाकारहरुले समेत सामाजिक अभियान सुरु गरेका थिए ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेको श्रोतले बताएको छ । यस अघि प्रधानमन्त्री ओली उनलाई निरन्तरता नदिने पक्षमा रहेको कुरा सार्वजनिक भएको थियो । तर अहिले भने प्रधानमन्त्री पनि कुलमानलाई नै निरन्तरता दिने विषयमा तयार भएको बताइएको छ । मन्त्री पुनका सचिवालय सदस्यले त्यसको खुलासा गरेका छन् ।

तर त्यसका लागि सरकारसंग समन्वय गरेर काम गर्न कुलमानलाई सर्त राखिएको छ ।

सुरुवा बढुवाले कुलमानले सरकारलाई वेवास्ता गरेको आरोप उनीमाथि लागेपछि प्रधानमन्त्री असन्तुष्ट भएका थिए । विद्युत प्राधिकरण पनि सरकारकै एक निकाय हो भन्ने कुरा मनन गर्न प्रधानमन्त्रीले सुझाव दिएको बुझिएको छ ।

Categories
ताजा समाचार

बेरोजगारलाई अब सरकारले नै काम खोजिदिने, सीप नभएका पनि सहभागी हुनसक्ने

काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

श्रम सूचना बैंक वेरोजगारलाई रोजगारी खोजिदिने नेपाल सरकारको स्वामित्वको एउटा प्लेटफर्म हो । यो बैंकमा रोजगारदाताले आफ्नो आवश्यकता अनुसार श्रमिकको माग गर्न सक्छन् भने श्रमिकले पनि आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा श्रमको लागि आवेदन दिन सक्नेछन् । यसका लागि श्रम बैंकको आधिकारिक वेभसाइट (www.lib.gov.np) मा गएर रोजगारदाता र श्रमिक दुवै पक्षले आफ्ले चाहेको श्रमिक वा रोजगारीको विवरण प्रविष्ट गर्नु पर्नेछ । श्रमिकले रोजगारदाताले राखेको विज्ञापनमा आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ ।

यो बैंकले क्षेत्रगत रुपमा रोजगारीको माग र आपूर्तिको बारेमा तथ्यांक संकलन गर्ने उद्देश्य पनि राखेको । श्रममन्त्री रायले श्रम बैंकमा रोजगारदाता र श्रमिकको आवद्धता बढ्दै जाँदा श्रमको माग हुने र श्रमिकहरुले माग गर्ने क्षेत्रको बारेमा सूचना थाहा हुने भएकोले यसले रोजगारीका क्षेत्र र सीप विकासमा लागि सजिलो हुने विश्वास समेत व्यक्त गरे ।

श्रम बैंकमा सीप नभएका श्रमिकले समेत सहभागित जनाउन पाउनेछन् । कुनै रोजगारदाताले सीम नभएका श्रमिकलाई सीप सिकाएर काममा लगाउन चाहेमा सो श्रमिकको तालिम अवधिको आधा पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था समेत गरेको छ । यसका लागि सरकारले १ अर्ब रुपैंयाको बजेट विनियोजन समेत गरेको छ । सरकारले यो कार्यक्रमबाट करिब ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ ।