Categories
ताजा समाचार

सेनाले जो’खिममा रहेको ८० करोड उठायो:नेपाली सेना

नेपाली सेनाले विभिन्न वित्तिय संस्था जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ ।

अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नो’क्सान हुने जो’खिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं नि’क्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक कल्याणकारी योजना निर्देशनालयका सहायक रथी सुरज केसीले बताए ।

शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जो’खिममा रहेको थप रकमलाई पनि क्रमशः घटाउँदै लैजाने योजना छ ।’

उनका अनुसार युनाइटेड विकास बैंकमा १ करोड ५६ लाख, नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडमा २ करोड ३ लाख, सम्झना फाइनान्स लिमिटेडमा एक करोड र हिमालय फाइनान्स लिमिटेडमा एक करोड रुपैयाँ छ ।

सैनिक कोषमा ४५ अर्ब ८६ करोड

केसीका अनुसार हाल सैनिक कल्याणकारी कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको छ । यो वर्ष १८.९० प्रतिशत (७ अर्ब २९ करोड १९ लाख रुपैयाँ) ले कोषको रकम वृद्धि भएको छ ।

को’भिड–१९ को म’हामारीका कारण न’कारात्मक असर परे पनि कोषको समग्र प्रगति सन्तोषजनक रहेको केसीको भनाइ छ । उनका अनुसार विभिन्न निकायमा २०७७ असारसम्म गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाखलाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ ।

कोषको बेरुजु २० करोड १४ लाख १७ हजार रुपैयाँ रहेकामा असार मसान्तसम्ममा १२ करोड ७० लाख २३ हजार रुपैयाँ फर्च्छ्यौट भएको पनि केसीले जनाए ।

Categories
ताजा समाचार

आफ्नो कामको समीक्षा गरेका छन् त प्रधानमन्त्रीले ?

काठमाडौं । विश्वको राजनीति हेर्दा संवैधानिक प्रजातन्त्रमा एक राजनीतिक दलले अर्को दललाई समर्थन या बिरोध गर्नु स्वाभाविक रुपमा लिने गरिन्छ । सरकारका काम कारबाहीको बारेमा आलोचना पनि स्वाभाविक नै मानिन्छ ।

नेपालमा झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकार छ । यो सरकारले के काम राम्रो गर्यो अनि के नराम्रो, सवैका आ–आफ्नै दृष्टिकोण होलान् । तर, दुई तिहाईको सरकारका प्रधानमन्त्रीले के गरेँ त भनेर आफैं घोत्लिएका होलान् कि नहोलान् ? उनले विगतमा गरिएका विकासका गतिविधिलाई निरन्तरता दिने बाहेक नयाँ के गरेँ भनेर सोचेका छन् त ? कि दुई तिहाईको पगरी भिरेर त्यसै गमक्क छन् हाम्रा प्रधानमन्त्री ?

हुनत वर्तमान प्रधानमन्त्रीले नेपालको नक्सामा कालापानीलाई समेटेर एउटा राम्रो उदाहरण त दिए । राम्रो कामको स्वागत गर्नु पनि पर्दछ । यो बाहेक वर्तमान सरकारले अघिल्ला सत्तासीनहरुको निरन्तरतालाई नै अगाडि बढाएको देखिन्छ । तर, सत्ता टिकाउनका लागि ६० जनाको जम्बो मन्त्रीमण्डल बनाएर चर्चामा आएका अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको कामकाज र वर्तमान प्रधानमन्त्रीको कामकाजमा चाहिँ केही फरक देखिएन ।

प्रधानमन्त्रीका नजिकका सल्लाहकारहरु प्रायः विवादित बनिरहे । कहिँ कतैबाट चुनौति नभएको यति शक्तिशाली सरकारका काम जनतामुखी रहेनन् । जनताको सुरक्षामा ध्यान दिनुपर्ने बेलामा वर्तमान रक्षामन्त्री आफ्नै रक्षामा लागे । सत्तामा आसिन व्यक्तिहरु आफ्नो स्वार्थसिद्धमा लिप्त हुँदा ३० वर्षदेखि काठमाडौंवासीको सपना मेलम्ची खानेपानी आयोजना पनि सम्पन्न हुनबाट वञ्चित छ ।

कोरोना महामारी तिव्र हुँदै गएको समयमा लकडाउन खुला गर्नुलाई जनताले अर्थपूर्ण रुपमा लिएका छन् । कर उठाउनका लागि सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गर्न मिल्छ ? देशको वागडोर सम्हालेपछि आफ्नो पार्टीको समस्या देखाउने हैन, जनताको हितमा काम गर्नुपर्छ । पार्र्टीभित्रको विवादलाई नै देखाएर कामकाज गर्न सकिएन भन्नु पनि सान्दर्भिक नहोला ।

प्रधानमन्त्रीलाई कुनै किसिमको दवाव तथा छेकबार कहिँ कतैबाट आएको देखिएको छैन । प्रतिपक्ष पनि चुप लागेरै बसेको अवस्था छ । यस्तो अनुकुल वातावरणमा त फटाफट सरकारले आफ्नो काम देखाउनुपर्ने होइन र ? राष्ट्र, राष्ट्रियता तथा जनताको पक्षमा किन सरकारबाट केही सम्वोधन हुँदैन ? यो सरकार किन कामचलाउ जस्तो भएको हो ? जस्ता प्रश्न आम जनताका हुन् ।

शक्तिमा रहँदा काम गर्न नसक्ने अनि अरुलाई दोष दिने प्रवृत्ति भनेको चुनावमा हारेको नेताले अन्तरघातलाई बहाना बनाए जस्तै हो । समयको सदुपयोग गर्न नसक्ने नेता र नेतृत्व कहिल्यै सफल हुन सक्दैन । जित्नेले माला लगाउँछ, बहाना गर्नेले चिया पसलमा गफ गर्छ । त्यसैले देश र जनताको माग अनुसार आफ्नो निर्णय क्षमता प्रदर्शन गर्न सक्नुपर्दछ । दोष देखाएर होइन, चुनौतिका बीच काम गर्नसक्ने हिम्मत देखाएर जनतामा आफूलाई स्थापित गर्न सक्नुपर्दछ ।

यदि प्रधानमन्त्रीका लागि आगामी केन्द्रीय समिति अनुकुल छैन भन्ने हो भने पनि, केन्द्रीय समिति बस्नु भन्दा पहिलाको झण्डै एक महिनाको समय त प्रधानमन्त्रीसँग छ नि । भनिन्छ एकक्षणको एउटा निर्णयले नेतालाई राजनेता बनाइ दिन्छ । यो एक महिनाको लागि सदुपयोग गर्न सकियो र प्रधानमन्त्रीको रक्षाकवच स्वयं जनता बन्न गए भने अहिलेको पार्र्टीभित्रको विपक्षी खेमा रक्षात्मक पंक्तिमा उभिन विवश हुने थिए कि ?

Categories
मनोरंजन

बुद्दिसागरको तीज गीत ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ (भिडिओसहित)

काठमाडौं । लोक तथा दोहोरी गीतमा छुट्टै पहिचान बनाएका गायक बुद्धिसागर बस्यालले यो वर्षको तीजमा निकै धमाकेदार गीत सार्वजनिक गरेका छन् । अहिले मुलुकले भोगेको कोरोनालाई तीज गीतमा जाडेर रमाइलो प्रस्तुती गरेका छन् । उनको यो पहिलो तीज गीत ‘चस्मा लाएर’सार्वजनिक भएको हो । लोक दोहोरीका क्षेत्रमा प्रख्यात वस्यालले तीज गीतमा पनि आफ्नो राम्रो छाप बनाउन सक्ने गीतवाट अनुमान लगाउन सकिन्छ । सार्वजनिक भएको गीतमा निकै राम्रा प्रतिकृया आएका छन् । गीतमा शब्द तथा स्वर बस्यालकै रहेको छ ।

‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्द गीतमा प्रयोग गरिएको छ । अहिले मुलुकले भोगेको समस्यालाई गीतमा समावेश गरिएको छ । सत्कर्मको संगीत रहेको उक्त गीतको भिडिओ विवेक खड्काले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ ।

बिहीबार सार्वजनिक भएको गीत बस्यालको आफ्नै युट्युब च्यानलमा हेर्न सकिने उनले जानकारी गराएका छन् ।‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायतका निकै लोकप्रिय गीत उनले वजारमा ल्याइसकेका छन् । जसले उनलाई सांगितीक क्षेत्रमा स्थापित गराएको छ ।

गायक बस्यालले लकडाउनमा नेपालमै रहेको बेला कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताए । १४ बर्षदेखि क्यानडा बसिरहेका बस्याल अहिले नेपालमै रहेको बेलामा तीज गीत सार्वजनिक गरेका हुन् ।
आफु स्वदेश वा विदेशमा हुँदा पनि दर्शक श्रोताको अटुट माया पाईराखेको भएकाले फ्यानकै आग्रहमा तीज गीत सार्वजनिक गरेको बताएका छन् ।

https://youtu.be/kUfklRtZnmY

Categories
ताजा समाचार

काठमाण्डौ उपत्यकामा बस्नुहुन्छ सरकारले जारिगरेको यो सूचना पढ्नुहोस र मात्र घरबाहिर निस्कनुहोला

काठमाण्डौ – बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । “कोभिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको सेनिटाइजरले हात धुनुपर्छ”, डा जोशीले भन्नुभयो, “कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।”

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जोखिम बढेको बताउनुभयो । काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा कोभिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाउनुभयो । कोरोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधि दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै काठमाडौं भित्रने सवारी संख्या बढेर कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्मका लागि बन्द गरेको छ । काठमाण्डौमा कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा समेत कोरोना पुष्टि हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको हो ।

आन्तरिक रुपमा मात्र यातायात सञ्चालन अनुमति रहेको र कोरोनाको जोखिम कम हुने उपायहरु अबलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । गृह मन्त्रालयले समेत अत्यावस्यक सेवाबाहेकका गाडीलाई साँझ ७ बजेदेखि अर्को दिनको बिहान ७ बजेसम्मका लागि काठमाण्डौ, ललितपुर भक्तपुर प्रवेशमा रोक लगाएको सूचना जारी गरेको थियो ।

Categories
ताजा समाचार

कोरोनाले दुर्घटना निम्त्याउँदैछ, हेलचेक्र्याई नगरौँ : स्वास्थ्य मन्त्रालय(भिडियोसहित)

साउन १६, काठमाण्डौ । सरकारले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमसभा, सभा तथा धेरै भिडभाड हुन थालेको भन्दै त्यसलाई दुखद भनेको छ । मन्त्रालयले त्यस्ता कार्यक्रम नगर्न आग्रह पनि गरेको छ । काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढिरहेको निष्कर्ष निकाल्दै मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

नागरिकले देशभरका ठूला सहर र नाकामा सतर्कतान नअपनाइएको भन्दै जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सने चेतावनी पनि मन्त्रालयले दिएको छ । भारतबाट २१ जना कामदार ओखलढुंगा लगिएको र तिमध्ये १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिदै मन्त्रालयले जोखिम बढेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्दै गएको खण्डमा उपचारका लागि समयसमेत नपाउने चेतावनी पनि दिएका छन् ।

भारतमा संक्रमण तीब्र रुपमा बढिरहँदा नेपालमा पनि जोखिम भएको गौतमले बताए । नेपालसँग जोडिएका भारतका उत्तारान्चल, उत्तरप्रदेश, विहार र वेस्ट बंगाल गरी चार प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम बढेको गौतमले बताए ।

वीरगंजमा मात्रै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको भन्दै गौतमले उच्च सतर्कता अपनाउनुको विकल्प नभएको बताए ।

https://youtu.be/vGyp-GrWqEM

पछिल्लो विवरण :
नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाईरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये काठमाण्डौ उपत्यकामा मात्रै ३८ जना रहेको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ । आज मात्रै ४ जना मृतक थपिएका हुन् । मृत्यु भएकामध्ये तीन जना पुरुष पर्साका र १ जना ललितपुरकी महिला रहेकी छिन् ।

पछिल्ला दिनमा दैनिक दुई देखि चार जनाको मृत्यु भइरहेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । आज १ सय ५१ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या १४ हजार ३ सय ९९ पुगेको छ । ५ हजार ३ सय १६ सक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । यो एकैदिन गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै परिक्षण संखया हो । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।

Categories
अन्तरास्ट्रिय

जापानमा फेरि बढे कोरोना संक्रमित, लाग्न सक्छ संकटकाल

जापानमा फेरि पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । यसका साथसाथै त्यहाँको राजधानी टोकियोका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकाल लाग्न सक्ने चेतावनी दिएका छन् ।

जापानमा बिहीबार पहिलो पटक १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय समाचार एजेन्सी एनएचकेका अनुसार यसभन्दा पहिले जापानमा ९ सय ८१ जना मात्र कोरोनाभाइरस संक्रमित थपिएका थिए ।

एक साता पहिले जापानमा पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तर एक अभियान चलाइएको थियो ।

तर, विश्व स्वास्थ्य संगठनले यस्तो फैसलामाथि टिप्पणी गरेको छ । अब संक्रमण केवल टोकियोमा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

जापानका विकट टापुहरुमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ ।

जापानमा सतर्कतापूर्व अर्थतन्त्र ...

Categories
राजनीतिक

बेइमानी गर्न राजनीतिमा आएको हैन: गोकुल बाँस्कोटा

काठमाडौं – पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए । उनले भने, “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।”

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, “जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।” समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए ।

पूर्वमन्त्री बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको समेत बताए । उनले मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँगसँगै जाने बताए ।

“वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ”, पूर्वमन्त्री बाँस्कोटाले भने, “श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।”

सो अवसरमा उनले ढुवानीका साधन प्राप्त गर्ने छ सहकारीका प्रतिनिधिलाई साँचो हस्तान्तरण गर्नुका साथै जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा प्रकाशित सहकारी तथ्याङ्कीय विवरण पुस्तकको विमोचन पनि गरे ।

कार्यक्रममा लिमिटेडका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष विनोद पराजुली, जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सुमन नेपाललगायतले विषयगत सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने यान्त्रिकरणमा सरकारले कर छुट गरि दिनुपर्ने माग गरे ।

लिमिटेडका सचिव दिलिप शर्माले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजारसम्म पुर्‍याउन पहिलो चरणमा तीन नगरपालिकाका छ सहकारीलाई गाडी प्रदान गरिएको जानकारी दिए ।

Categories
मनोरंजन

सरापले श्रीमतीलाई तीजमा छड्के तिलहरी न किनेपछि चोरिन श्रीमानकै पैसा (भिडियो)

१६ साउन, काठमाडौं । गायिका सिर्जना खत्री( हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक भएको छ ।गितमा सिर्जना खत्री र टेक अधिकारि को स्वर रहेको छ भने लय तथा शब्द सृजना रेशम प्रधान को रहेको छ

महेश बिक्रम पाण्डे को एरेन्ज रहेको उक्त गीतमा नारीहरुको कथालाई नै लक्षित गरिएको छ ।उक्त गीतमा कमेडियन यादव देवकोटा (सरापे ) र आयुष्मा कार्किको रोमान्चक अभिनय संगै उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन तथा सम्पादन युबराज खत्री ले गरेका छन |

Categories
राशिफल

भोलि शनिबार संकटा मन्दिरको दर्शन गरि ०७७ साउन १७ गते शनिवार ई.सं. २०२० अगष्ट ०१ तारिखको राशिफल हेर्नुहोस

वि.सं.२०७७ साउन- १७, शनिवार,ई.सं. २०२० अगष्ट -१,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व, प्रमादी, दक्षिणायन, वर्षा, श्रावण शुक्लपक्ष तिथि-त्रयोदशी , २१:३७ बजे उप्रान्त चतुर्दशी,नक्षत्र -मूल , ०७:४४ बजे उप्रान्त पूर्वाषाढा,योग-वैधृति , ११:०८ बजे उप्रान्त विष्कम्भ,करण-कौलव १०:१० बजेदेखि तैतिल , २१:३७ बजे उप्रान्त भद्रा,चन्द्रराशि-धनु,आनन्दादि योग-गद, सूर्योदय-५:२८, सूर्यास्त-१८:५१,दिनमान-३३ घडी २८ पला, व्रत/पर्व-शनि–प्रदोष व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ। खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ। कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

आफन्त तथा शुभचि’न्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ। दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ। आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

आफन्त तथा आत्मिय मित्र हरुसँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । तरपनि बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ।

Categories
ताजा समाचार

आफ्नै बुवा समानको काकाले पटक-पटक गरे ब’ला’त्कार , कसैको सहयोग नपाएको भन्दै रु’दै आईन मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौं । आफ्नै बुवा समानको काका नाता पर्नेले पटक पटक कर’णी गर्दा पनि आफ्नो परिवारकै सदस्यवाट सहयोग नपाएको बताएकी छन् । परिवारकै सदस्यले वास्ता नगरेपछि उनले मिडिया सामु आएकी छन् । आफ्नै सौताको काकाले आफु माथि पटक(पटक यस्तो घृ’णीत काम गरेको महिलाले बताएकी छन् । श्रीमानले पनि हेला गरेर सौता ल्याएको र माइतीले पनि आफुलाई सहयोग नगरेको बताएकी छन् ।

आफ्नो भाउजु पनि सौताकै नाता पर्ने भएकाले आफुलाई माइतीले सहयोग नगरेको बताएकी छन् । आफु मेलम्ची स्थित घरमै हुँदा श्रीमानले अर्की श्रीमती लिएर हिडेका थिए । उनको मेलम्चीमै मागी विवाह गरिदिएका थिए । बुवाले सानै उमेरमा विवाह गरिदिएका थिए । गरिब भएपनि म आफ्नो छोरीलाई सम्पत्ती दिएर हेर्छु भनेर छोरी नजिकै विवाह गरिदिएका थिए । भारतमा कमाउन जाने श्रीमान कहिले काँही आउँदा गर्भवती बनाएर जान्थे । उनले आफुलाई आर्थिक सहयोग पनि सुरुवाटै नगरेको बताइन् । माइतीमा भाउजुहरुले नै आफ्ना श्रीमानलाई भड्’का’इदिएको महिलाको भनाई छ ।

अहिले छिमेकीमै बस्ने सौताको काकाले आफुलाई यस्तो गर्दा पनि सहयोग नपाएको भन्दै मिडिया गुहारेकी छन् । २०६० साल देखि उनी काठमाडौं बस्दै आएकी छन् । छिमेकमै बस्ने सौताको काका आफ्नो दाईको घर किनेर नजिकै आएर बसेका थिए । ति काका बेला बेलामा उनको घरमा आउने गरेका थिए । एक दिन उनले त्यही काकाको पसलवाट मासु किनेर ल्याएकी थिइन् ।

तर पैसा दिएकी थिइनन् । त्यो दिन साँझ उनी घरमा आउँदा उनले मासुको पैसा लिन आएको होला भन्ने लाग्यो । तर त्यो दिन केही दिन केही नगरी गए । भोली पल्ट फेरी ति काका आए अनि महिलालाई जथाभावी छुन थालेपछि उनले धक;लिन् । त्यती गर्दा पनि त्यो पुरुष गएनन् । पुरुष नगएपछि उनी घर छोडेर हिडिन् । माइतमा गएर दाई भाउजुलाई भन्दा पनि विश्वास गरेनन् । माइतीले नै वास्ता नगरेपछि पटक पटक घरमा आएर आफु माथि काकाले त्यस्तो हर्कत गरेको उनको भनाई छ ।

https://youtu.be/MLnA0otwRvM