Categories
ताजा समाचार

लकडाउनको बेला आज इलाममा घटेको अति दु:खद घटना, हेर्दा हेर्दै चितामा जलिरहेको शव बाढीले बगायो, मलामीको भागाभाग (भिडियो सहित)

काठमाडौं– इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ । खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएछि चितासँगै शवलाई बगाएको भिडियोमा देखिएको छ । केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला किनारामा पानीको सतह बढेपनि आज इलामको पहाडी क्षेत्रमा परेको भीषण वर्षाका कारण खोलामा बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले शव बगाए पनि मलामी गएकाहरु भने सुरक्षित रहेको जनाइएको छ । जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

https://www.facebook.com/TajaKhabarOfficial/videos/248947399845459/

Categories
ताजा समाचार

भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान चोरेको भिडियाे फुटेज सार्वजनिक, देशलाई दुखेको बेला कर्मचारीले लुटेर समान लगे (भिडियोसहित)

चितवन – चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोका/पोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

Categories
ताजा समाचार

अमेरिका, नर्वे, जापान, इङ्गल्याण्ड र पोल्याण्डमा रहेका अनुभवी डाक्टरले नेपाल सरकारलाइ भने, ‘तत्काल लकडाउन, अन्तर्राष्ट्रिय उडान र सिमाना नखोल्नु होला नत्र इटाली, स्पेन र अमेरिका जस्तै हुन् सक्छ !’

नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।

स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिनुहुन्छ । सामाजिक दूरी कायम गर्नका लागि लकडाउनले बल पुग्ने बताउने डा आलम नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन सुझाव दिनुहुन्छ । तर लकडाउनसँगै जनतालाई अत्यावश्यक सेवा र खाद्यान्नको प्रत्याभूति गर्न र दुई÷तीन महिनापछि आउनसक्ने समस्याप्रति पनि आवश्यक मात्रामा सचेत रहेर काम गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ।

लकडाउनलाई व्यवस्थित गर्दै जानुपर्ने र पछि आउनसक्ने खाद्य सङ्कटप्रति पनि चिन्तन जरुरी रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सुपरीवेक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्दछ । लकडाउन भए पनि स्वास्थ्य उपचार सेवालगायतका अत्यावश्यक सेवालाई भने सञ्चालन राख्न आवश्यक छ ।”

नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा सुरज थापालाई पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प छैन भन्ने लागेको छ । डा थापा २० वर्षदेखि नर्वेमा हुनुहुन्छ । महामारीका रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न अपनाइने लकडाउनको प्रयासलाई गलत नबुझ्न पनि उहाँ आग्रह गर्नुहुन्छ । विकासको हिसाबले र पूर्वाधारको व्यवस्थालाई हेर्दा सुसम्पन्न मुलुकहरु अमेरिका, इटली, स्पेन, फ्रान्स, चीनलगायतले पनि अहिले यसको सङ्क्रमण रोक्नुलाई नै चुनौतीका रूपमा लिएका छन् । ओस्लो युनिभर्सिटी अस्पतालमा कार्यरत काठमाडौँका डा थापा भन्नुहुन्छ, “लकडाउन एक प्रकारले बाध्यताजस्तो नै बनेको छ तर लकडाउनसँगै सरकारले जनतालाई दिनुपर्ने आवश्यक सेवा र खाद्यान्नको प्रत्याभूति भने गर्नुपर्दछ ।”

जापानमा सेन्ट लुक इन्टरनेशनल युनिभर्सिटीमा सामुदायिक स्वास्थ्यमा विद्यावारिधि गरिरहेकी एलिजा केसी अधिकारीलाई कोभिड–१९ एक जनामा पुष्टि हुनेबित्तिकै नेपाल सरकारले लकडाउनको निर्णय गरेर सही गरेको लागेको छ । उहाँ विश्वका अन्य विकसित मुलुकको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधारको व्यवस्था न्यून रहेकाले पनि कोभिड–१९ को यो कठिन परिस्थितिमा सामुदायिक स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको नीतिलाई गलत टिप्पणी गर्न नहुने बताउनुहुन्छ ।

स्वास्थ्यप्रति जापान सरकार र जनता निकै सचेत छन् । गत तीन वर्षदेखि जापानमा बस्दै आएकी अधिकारी भन्नुहुन्छ, “मास्क र हातमा पञ्जा नलगाउने व्यक्ति यहाँ भेटिँदैनन्, सबै सामाजिक दूरी बनाएर आफ्ना काम गर्ने गर्छन । तर यस्ता कार्यहरु नेपालमा हामीले गर्दैनौँ, यो अवस्थामा लकडाउन गर्नु नै नेपालका लागि अनिवार्यजस्तै देखिएको छ ।” उहाँ अस्पतालमा जाने अवस्था आउन नदिनेतर्फ नै सबैको जोड हुनुपर्ने भन्दै सबैले आफ्नो स्वास्थ्यप्रति संवेदनशील बनेर कोरोनाविरुद्धको लडाइँमा साथ दिनुपर्ने बताउनुहुन्छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको मेरिल्याण्ड स्टेट युनिभर्सिटीमा कार्यरत डा सुरेश बस्नेत लकडाउनको निरन्तरतासँगै जनजीवनलाई पनि व्यवस्थित गराउनेतर्फ जोड दिन नेपाल सरकारलाई सुझाव दिनुहुन्छ । समयसँगै कोभिड–१९ को महामारीसमेत कम हुने र औषधिसमेत पत्ता लाग्ने तथा विश्व नै यसका विरुद्व लडिरहेकाले यो समयमा रोकथामका लागि नै राज्यको जोड रहनुपर्ने उहाँको भनाइ छ । डा बस्नेत लकडाउनसँगै परीक्षणको काम पनि तीव्ररूपमा गर्नुपर्ने बताउनुहुन्छ ।

जतिधेरै परीक्षण हुनसक्छ, त्यतिनै काम गर्न सजिलो हुने डा बस्नेत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नियमित बिरामीका साथै अहिलेको यो महामारीबीच कोभिड–१९ का बिरामी बढ्न पुगे स्वास्थ्य सेवामा चुनौती हुनसक्नेतर्फ सचेत हुनुपर्छ । स्वास्थ्य सेवामा दबाब कम गर्न र चिकित्सकलाई दबाब हुन नदिन प्रथम चरणमा नै बढी ध्यान दिनुपर्छ । कोभिड–१९ को सङ्क्रमण देखिए पनि आत्तिइहाल्न नहुने उहाँ बताउनुहुन्छ ।

अमेरिकाकै नर्थ क्यारोलिनामा रहेको केप फियर भ्याली अस्पतालमा कार्यरत डा भास्कर कुँवर क्षेत्री पनि लकडाउनलाई अहिलेको अवस्थामा बाध्यात्मक विकल्पकै रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । समयमै लकडाउन हुँदा नेपालमा सङ्क्रमण फैलिन नपाएको बताउनुहुने रुपन्देहीका डा क्षेत्री रोकथामको प्रयासको रूपमा गरिएको यो लकडाउनसँगै दु्रतगतिमा परीक्षणको काम गर्न सुझाव दिनुहुन्छ ।

चेन अफ कमाण्डमा रहेर यो अवधिमा काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले त नेपालमा तीन तहको सरकार छ, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने भोलिका दिनमा आउन सक्ने अप्ठ्यारा पनि समाधान गर्न सकिन्छ उहाँ भन्नुहुन्छ । रोकथामका साथै सङ्क्रमण देखिएकाहरुको स्वास्थ्यप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै उपचार सेवाप्रति तथा लामो समयसम्म लकडाउन भएको खण्डमा मानिसमा यस कारण हुनसक्ने असरप्रति पनि सचेत बन्न आग्रह गर्नुहुन्छ ।

उता पोल्याण्डमा रहनुभएकी डा अलिनी पोखरेल सुवेदी पनि तत्काल लकडाउन खोल्न नहुने सुझाव दिनुहुन्छ । “अहिले नै खोल्दा अलि हतार हुनसक्छ । यसले जोखिम बढाउनेछ । सङ्क्रमण बढ्न सक्छ”, पोल्याण्डमा कार्यरत डा सुवेदी भन्नुहुन्छ । अहिले विश्वमा सुरक्षित देशका रूपमा नेपाल पनि पर्छ तर यही बेला हामीले लकडाउन खोल्यौँ भने नेपाल जान चाहनेहरु बढ्न सक्छन्, बिदा मनाउन जाने पनि हुनसक्छन्, यसले नेपालमा चहलपहल बढ्ने हुँदा जोखिम पनि उत्तिकै बढ्न सक्छ भन्नुहुन्छ ।

पोल्याण्ड पनि लकडाउनलाई चरण–चरणमा खोल्दै जाने सरकारको तयारी रहेको उहाँले बताउसनुभयो । “शहरभित्र बसहरु चलाइएको छ तर सीमित सङ्ख्यामा मात्र यात्रु राखिन्छ”, डा सुवेदीले भन्नुभयो, “आवश्यकता हेरेर लकडाउनलाई खुकुलो बनाइ दैनिकीलाई सहज बनाउँदै लानुपर्दछ, लकडाउन खोल्नु हुँदैन, सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुपर्दछ ।” उहाँले अस्पतालहरुमा बहिरङ्ग सेवा बन्द नगर्न पनि सुझाव दिनुहुन्छ । यसो गर्दा भोलि पनि अस्पतालहरुमा बिरामीको चाप बढ्न सक्ने उहाँको भनाइ छ ।

यसैगरी दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईलाई पनि लकडाउनले गर्दा नेपालमा सङ्क्रमणको दर कम भएको लागेको छ । दक्षिण अफ्रिकाको एक अस्पतालमा कार्यरत अर्घाखाँचीका डा भट्टराईले अहिले विश्वकै विकसित मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढी देखिएको छ त्यहाँसमेत उपचार सेवामा समस्या देखिएका खबरहरु आइरहेको सन्दर्भमा नेपालले रोकथाममै बढी जोड दिनुपर्ने बताउनुहुन्छ ।

“सङ्क्रमण हुन नदिन हामीले जोड गर्नुपर्दछ, अस्पतालमा जानु नपर्ने उपायमा नै अहिले हाम्रो बढी ध्यान हुनुपर्दछ”, उहाँले भन्नुभयो । आफू कार्यरत अस्पतालमा एउटा छुट्टै विभाग बनाएर अहिले परीक्षणको प्रबन्ध मिलाइएको जानकारी गराउँदै एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्षसमेत रहनुभएका डा भट्टराईले परीक्षण गर्दा पोजेटिभ देखिए उपचारकोे प्रक्रिया अघि बढाइने गरिएको बताउनुभयो । अस्पतालका अन्य सेवा भने सञ्चालन नै रहेको उहाँले बताउनुभयो ।

अमेरिकाको न्यू मेक्सिकोको राज्यमा रहेको लभलेस हेल्थ सिष्टमका मेडिकल डाइरेक्टर डा केशव पौडेल अहिले हामीले गर्ने भनेको नै सामाजिक दूरी बनाउने हो । यसका लागि लकडाउनले नै बल पुग्ने बताउनुभयो । संसारभर नै अहिले यही अभ्यासमा जोड गरिएको छ । एनआरएनए अमेरिकाका पूर्वअध्यक्षसमेत रहनुभएका डा पौडेलले भन्नुभयो, “लकडाउन गर्दा सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ । नेपालमा पनि अहिले यसले काम गरेको छ भन्ने मलाई लागेको छ ।” तर उहाँ लकडाउनसँगै आइपर्ने समस्याप्रति पनि चिन्तित बन्नुपर्ने बताउनुहुन्छ । सङ्क्रमण हुन नदिनका लागि नै पहिलो प्रयास हुनुपर्ने बताउँदै उहाँ सङ्क्रमण भएको खण्डमा पनि नआत्तिन र यो निको नै नहुने खालको हो भन्ने गरी त्रासमा नरहन अनुरोध गर्नुहुन्छ ।

आफू कार्यरत अस्पतालको तथ्याङ्क र विभिन्न अन्य आधिकारिक निकायहरुले निकाल्ने गरेको तथ्याङ्कलाई हेर्दा समेत सङ्क्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी घरमै आइसोलेसनमा बसेर निको हुने गरेको, उपचार गराउन आउने २० प्रतिशतमध्ये पनि अइसीयूमै राखेर उपचार गर्नुपर्नेको प्रतिशत निकै कम हुने र त्यसमा पनि अति जोखिममा केही व्यक्तिहरु मात्र हुने देखिने गरेकाले कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर मनमा डर नपाल्न उहाँ आग्रह गर्नुहुन्छ ।

उता इङ्गल्याण्डमा कार्यरत डा सुनिल साह नेपालमा भइरहेको लकडाउनले सङ्क्रमण रोक्न सहयोग गरेको बताउनुहुन्छ । “विश्वका विकसित मुलुकहरु हेरेर पनि हामीले धेरै सिक्न सक्छौँ, पूर्वाधारले भरिपूर्ण देशले पनि अहिले जोड दिएको लकडाउनलाई नै हो । नेपालमा यसलाई हेरेर पनि कम्तीमा पनि अप्रिल महिनाभर लकडाउन हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य विभागका प्रमुख डा सञ्जीव सापकोटासमेत अस्पतालमा जति कम बिरामी जाने अवस्था हुन्छ, त्यति नै अस्पतालमा कामको दबाब कम पर्ने भएकाले सबैको ध्यान कोरोना सङ्क्रमण हुन नदिनमा नै हुनुपर्ने बताउनुहुन्छ ।

विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरुले नेपाल–भारत सीमासमेत खुला रहेकाले अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गराउनुका साथै खुला सिमानाबाट हुनसक्ने आवातजावतमा समेत ध्यान दिन आग्रह गर्नुहुन्छ । लकडाउनका बीच पनि जनताको दैनिकीलाई ख्याल गर्न आग्रह गर्दै चिकित्सकहरुले अस्पताल बन्द नगर्न तथा त्यहाँबाट दिइने बहिरङ्ग सेवा पनि सञ्चालनमा राख्न अनुरोध गर्नुहुन्छ । जोखिमको यस घडीमा निजी अस्पतालहरुलाई सरकारले उपयोग गर्नुपर्ने र ती अस्पतालको समेत दायित्व भएकाले त्यसप्रति गम्भीर बन्न सम्बन्धित सबैमा उहाँहरुको आग्रह छ ।

Categories
ताजा समाचार

क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपुरुषसँग पाेईला भागिन् ! ३ दिनसम्म हिंडेर आउँदा बाटाेमै परेको थियो लभ, रुँदै बताईन् दिदीले, हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । लामो समय देखिको लकडाउनका कारण विश्वभरमा मात्र होइन नेपालमा पनि रोचक खबर बाहिर आउन थालेका छन् । वारा जिल्लाको निजगढ नगरपालिकामा एक २२ वर्षीया महिला क्वारेन्टाइनवाट भागेर एक पुरुषसंग विवाह गरेर गएकी छन् । उनको नाम गंगा गुरुङ भएको बताइएको छ । कोरोनाको जोखिम रहेर क्वारेन्टाइनमा राखेको अवस्थामा भागेका कारण उनलाई प्रहरीले केही घण्टा नबित्दै पक्राउ गरेको छ । उनले आफ्नो वैवाहिक जिवन रमाइलोसंग विताउन नपाउँदै प्रहरीको फन्दामा परेकी छन् ।

उनी १८ गते काठमाडौवाट हिडेर वारा पुगेकी थिइन् । पैदल हिडेर उनी ३ दिन हिडेर वारा पुगेको हो । उनीसंगै रहेकी दिदीले यो कुरा खुलाएकी छन् । काठमाडौंवाट पैदल हिडेर पुगेका कारण उनीहरुलाई ज्वरो आएको थियो, खुट्टा पनि सुन्नीएको थियो त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा दिदी बहिनीलाई संगै राखिएको थियो । बहिनीको घर चितवन भएपनि लकडाउनका कारण खान बस्न अप्ठेरो होला भनेर आफुले बहिनीलाई आफ्नै घरमा ल्याएको भएपनि क्वारेन्टाइनमा बस्न परेको उनले बताइन् । आफुसंगै आएको बहिनी आफुलाई क्वारेन्टाइनमा छोडेर अर्कै केटासंग भागेपछि दिदी निकै चि’न्तित भएकी छन् । एउटा घरमा क्वारेन्टाइनमा बसेका दिदी बहिनी मध्य बहिनी भागेपछि अहिले दिदीमात्र छन् । क्वारेन्टाइनमा एउटै कोठामा बसेको भएपनि उनीहरुको बेड अलग थियो ।

क्वारेन्टाइनमा हुँदा बहिनी फोनमा कुरा गरिरहन्थिन् तर दिदीले वास्ता गरिनन् । उनको वहिनी पनि विवाहित भएको र आफ्ना श्रीमानसंग भने केही समय यता राम्रो स’म्बन्ध नभएको दिदीले बताएकी छन् । बहिनीको २ बच्चा पनि छन् । जेठो सन्तान ६ वर्षको रहेको दिदीले बताइन् ।

बहिनी जो संग भा’गिन् त्यो पुरुष पनि एउटै गाउँको भएकाले काठमाडौंवाट पनि संगै गएका थिए । काठमाडौंमा भेटिएपछि हामी एउटै गाउँमा जाने मान्छे संगै जाउँ भनेपछि संगै गएको बताइन् । बहिनी त्यसरी हिडेपछि २ छोराछोरीलाई बहिनीको पहिलाको श्रीमानको परिवारले नै लिएर गएको बताइन् ।

Categories
ताजा समाचार

‘अ’पहरण’ मुद्दा दर्ता गर्न बाबुरामसहितका नेता पुगे प्रहरी परिसर टेकु, तर जाहेरी लिन नमानेपछि प्रहरी र भट्टराईलगायत नेताहरुबीच चर्काचर्की

काठमाडौँ । आफ्ना सांसदको अ’पहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अ’पहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् ।

उक्त पार्टीका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत टेकु पुगेका हुन् । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अ’पहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यसै क्रममा अ’पहरण गरी काठमाडौँ ल्याएको जाहेरी दिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की भएको छ। तर, मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै जाहेरी लिन मानिरहेका छैनन्। काठमाडौँ प्रहरी प्रमुखका रुपमा आइतबार नै पदबहाली गरेका एसएसपी श्याम ज्ञवाली भने अहिले मेट्रो प्रहरी पुगेका छन्।

समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको आरोप समाजवादीले लगाएको छ । उनी बिहीबार बिहान होटलबाट भाग्न सफल भएको दाबी गरिँदै आएको छ । तर केहीले भने रातिनै राजपा र समाजवादीबीच एकता भएपछि उनले अ’पहरणको नाटक गरेको आरोप लगाएका छन् ।

Categories
ताजा समाचार

घरमा राहतको चामल थुपार्दै फेरी लिन आउनेलाई कृष्ण कँडेलले बिच सडकमै यसरी उठबस गराए (भिडियो हेर्नुस्)

काठमाडौं । लामो समय देखि सरकारले गरेको लकडाउनका कारण सर्वसाधारण मर्कामा परेका छन् । दिनहुँ कमाएर खानेहरु बेखर्ची भएर पैदलै सयौं किलोमिटरको दुरी पार गरेर घर पुग्न भन्दै हिडेका छन् । पैदल हिडेकाहरुको पनि बाटोमा खान नपाएर बिचल्ली भएको छ ।

साना बालबालिका बोकेर हिडेकाहरुको बिजोग अवस्थाको तस्बिर सार्वजनिक भएको छ । यस्तो अवस्थामा काठमाडौंमा विभिन्न क्षेत्रका ब्यक्ति सहयोगका लागि बाहिर निस्केका छन् । सरकारले पनि राहत वितरण गरिरहेको जनाएको छ । तर त्यो राहत वास्तविकले पाउन नसकेको समाचार पनि आइरहेका छन् ।

कलाकार, ब्यवसायी र केही सामाजिक अभियन्ता अहिले राहत र सहयोग जुटाउने काममा लागेका छन् । केहीले स्थानिय तहसंग समन्वय गरेर राहत वितरण गरिरहेका छन् भने केहीले आफैले विपन्नलाई राहत दिइरहेका छन् । यसैबिच एविसी टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल पनि सहयोगका लागि सडकमा छन् । इन्द्रेणी फुडल्याण्डका अगाडी राहत दिन भन्दै निस्किएका उनका अगाडी हजारौंको भिड छ । उनको कार्यक्रम इन्द्रेणीमा विदेशमा बस्ने नेपालीहरुले विपन्न र अप्ठेरोमा परेकाहरुलाई सहयोगका लागि पैसा पठाउने गर्छन ।

विदेशमा बस्ने नेपालीले पठाएको रकमवाट उपचार नपाएका हजारौं नागरिकले उपचार पाएका छन्, विपन्नलाई राहत मिलेको छ धेरैले नयाँ जिवन पाएका छन् । अहिले लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग दिनु भन्दै विदेशमा बसेका नेपालीले पठाएको रकमवाट कृष्णले राहत वितरण गरिहरको छन् ।

यस्तोमा उनले राहत वितरण गर्ने स्थानमा आएका कतिपय वास्तविक विपन्न नभएर सम्पन्न पनि आएको देखेपछि कृष्णले त्यस्तालाई वाटोमै उठवस गराउँदै आइन्दा यस्तो गल्ती नगर्न बाचा गराइरहेका छन् । कतिपय त एक पटक राहत लिएर गएका पनि फेरी आएको पनि देखिएको छ । त्यस्तालाई माक्स खोल्न लगाएर माफि माग्न लगाएका छन् । कुनै परिवार यस्तो पनि देखियोकी जसमा परिवारका सवै सदस्य राहत लिने लाइनमा लागेका छन् । त्यस्तालाई पनि उनले सबैको सामुन्ने माफि माग्न लगाएर उठबस गराएका छन् ।

Categories
ताजा समाचार

कोरोनाबाट विश्वभर ४९ नेपालीको निधन, दुई हजार संक्रमित

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म निधन हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।

एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

नेपालमा भने ५१ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ ।

डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो ।

Categories
मनोरंजन

दिवेशलाई ‘अमेरिकन आइडल’ जिताउन तपाई पनि भोटीगंका लागि तयार रहनुहोस्, यस्तो छ भोटीगंका लागी गर्ने तयारी (हेर्नुहोस् भिडियो)

क्यालिफोर्निया । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’का विभिन्न राउण्डमा लागातार जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेललाई आगामी अमेरिकन आइडल बनाउनका लागी पहल थालिएको छ । स्टेज नाम अर्थर गन भएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको र हाल विचिटा, कान्सासमा परिवार सहित छन् ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन उनको परिवार र साथीभाईहरु लकडाउनका बाबजुत पनि लागि परिरहेका छन् ।

जसका लागि अप्रिल २६ देखि २९ तारिखसम्म भोटीगं गर्नुपर्ने हुन्छ । उनको परिवार र साथीभाईहरुले भोटीगका लागि विश्वभर छरिएर रहेका नेपालीहरुलाई आग्रह गरेका छन् । भोटीगं २६ गतेदेखि सुरु हुने बताइएको छ । जसमा एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोटीगं गर्न पाउने ब्यबस्था गरिएको छ ।

Hello, Namaste: Arthur Gunn/ Dibesh Pokharel fans, It is time to vote for our friend and brother Dibesh pokharel on April 26th 2020 after the live round of the American Idol. Each person can vote 30 times, Here are 3 ways to vote:

1. Contestant number will be given right after the live show and Text the contestant number to 21523(we can vote 10 times this way)

2. Go to Apple iOS App Store or android store and download American Idol app, sign up for an account and vote 10 times

3. Go to idolvote.abc.com and login with same account created previously and vote 10 more time.

Lets make Arthur Gunn The next American Idol.

https://www.facebook.com/TajaKhabarOfficial/videos/228626268409840/

 

Categories
अन्तरास्ट्रिय

बिदेशी मिडियामा किम जोङको निधन भएको समाचार सार्वजनिक, टेलिभिजनले पनि दिए ब्रेकिङ्ग न्युज (भिडियोसहित)

एजेन्सी । केहि दिन अघि देखि उत्तर कोरियाली शासक किम जोङको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर बाहिर आइरहेका छन् । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्य स्थिति खराब भएकोले चीनले सल्लाह दिन शनिवार उत्तर कोरियामा चिकित्सकहरुको विज्ञ टोली पठाएको समाचार एजेन्सी रोयटर्सले जनाएको थियो। सर्जरीपछि अवस्था गम्भीर रहेको भन्दै विभिन्न मिडियामा यसअघि समाचार सार्वजनिक भएका थिए।

केहि दिन अगाडी जापानी मिडियाले पनि किम जोंग उन मुटुको शल्यक्रिया पछि उनी बे’होस रहेको दाबी गरेको थियो । जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको समाचार यस भन्दा अघिनै सार्वजनिक भैसकेका छन् । उक्त साप्ताहिकले चिनियाँ स्रोतलाई उदृत गर्दै समाचार लेखेको थियो। समाचारमा किम जोंग उन गाउँको भ्रमण गरिरहेको अचानक छातीमा समस्या आएर भुइमा ल’डेको दाबी गरिएको समाचार विभिन्न अनलाइन माध्यमले सार्वजनिक गर्दै आइरहेका छन् ।

यसै क्रममा न्युज अफ नेपालले समाचार छापिए अनुसार उनलाई स्थानीय अस्पताल लगिएको थियो। बिरामी भएका नेता किमले तत्कालै चीनसँग सम्पर्क गरेर चिकित्सक र औषधी पठाउन सहयोग मागेका थिए। अवस्था जटिल बनेपछि उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरे। कम अनुभवि रहेका शल्यचिकित्सकले हात काम्दै अपरेसन थिए। अहिले नेता किम बेहोस अवस्थामाु रहेको दाबी गरिएको छ।

यसै क्रममा अहिले बिदेशी मिडियामा उनको निधनको समाचार निकै भाइरल भैरहेका छन् । बिभिन्न अग्रेजी अनलाइन तथा टेलिभिजनमा उनको निधन भएका समाचार आएपछि अहिले नेपाली समाचार माध्यममा पनि निधनको खबर ब्यापकरुपमा फैलिदै गएको छ । हिजो देखि बिदेशी संचारमाध्यममा उनको निधन सार्वजनिक भएको अपुष्ट समाचार आइरहंदा नेपाली संचारमाध्यममा यस समाचारले प्राथमिकता पाउँदै गैरहेको छ । यस समाचारलाई नेपालका मुलधारका मिडियाले चाही अहिलेसम्म लेखेका छैनन् ।

उत्तर कोरियाली नेता किमको निधन भएको अपुष्ट समाचार बाहिरिए संगै अहिले यस समाचारलाई चासोको रुपमा मान्छेले पढ्ने गरेका छन् । उनको निधनको समाचार विश्वका विभिन्न अग्रणी सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्। हङकङको एक लोकप्रिय टेलिभिजन च्यानल HKSTV ले विश्वस्त सूत्रहरूलाई उदृत गर्दै समाचार सार्वजनिक गरेपछि यसले विश्व आकार लिएको हो।यद्यपि, यसको औपचारिक रूपमा पुष्टी भने भैसकेको छैन।

विश्वले उत्तर कोरियाको नेता किम जोंग उन जीवित वा मृ/त्यु भनेर पर्खिरहेको छ। सबैको आँखा उनको ३१ वर्षीया बहिनी किम यो जोंगतिर फर्किरहेको छ। उनी शीर्ष प्रतिस्पर्धी जस्तो देखिन्छन् । किम जोङको निधन भएको खबर बिदेशका संचारमाध्यममा आएका केहि समाचारका स्क्रिन हामीले यहाँ तल राखेका छौ साथै यसको तल बिदेशी टेलिभिजनमा पनि आएका समाचार हामीले राखेका छौ ।

 

https://youtu.be/mCobSW8aYK8

 

Categories
राजनीतिक

प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा माग !

काठमाडौं, बैशाख १४-दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ। उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन्। स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन्।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन्। यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई बालुवाटार बोलाएका थिए। मन्त्रिपरिषदले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको स्थायी समिति बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन्।

तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुबै पदलबाट राजीनामा पनि मागे। ‘अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस्,’ स्रोतका अनुसार गौतमको भनाई थियो, ‘तपाईं मेरो लामो समयदेखिको साथी हो, त्यसैले भलाइकै लागि राम्रो सुझाब दिएको हुँ।’

आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए। गौतमको जबाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ। तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन।’

गौतमको भनाइमा जवाफ दिँदै ओलीले भनेका थिए, ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ। बरु तपाईंहरु अविश्वासको प्रस्ताव ल्याउनुस्, सामना गर्छु। को कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्नु। तर, अन्तिम घडीसम्म डटिरहन्छु।’