Categories
ताजा समाचार

ललितपुर जिल्ला प्रशासनले भन्यो : सुरक्षित बस्नु, भोजभतेर, जात्रा, र महोत्सव नगर्नू

ललितपुर : जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुरले विश्वव्यापी समस्याको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन र सामूहिक जमघट नगर्न अनुरोध गरेको छ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै जिप्रकाले होलीमा पानी तथा फोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोजभतेर, जात्रा, महोत्सवको आयोजना नगर्न र ठूलो संख्यामा सभासम्मेलन नगर्न अनुरोध गरेको हो।

त्यस्तै रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखिएमा विचलित नभई सावधानी अपनाउन नागरिकलाई सुझाव दिइएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख भागीरथ पाण्डेयले कोभिड १९ को उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनलेसमेत बताइसकेकाले सचेत रहन सबैलाई आग्रह गरेका हुन्। बिज्ञप्ति जस्ताको तस्तै तल पढ्नुहोस :

पचिल्ल्लो समयमा बिश्वब्यापी समस्याको रुपमा देखापर्दै आएको कोरानाका भाइरसका कारण हाम्रो देश पनि उछा जोखिममा रहेको कुरा बिश्व स्वास्थ संगठनले प्रतिबेदन देखाइसकेको छ ।नेपाल सरकारले यसबाट बच्नका लागि आमा नागरिकमा सावधानी अपनाउन अपिल पनि गरिसकेको छ ।

यस सन्धर्भमा नजिकिएको होलि पर्वमा पानि तथा फोहरा नखेल्न/नखेलाउँन, बिभिन्न कार्यक्रमहरुको आयोजना गरि ठुलो संख्यामा मानिसको जमघट नगर्न नगराउन, भोज भतेर, जात्र महोत्सवको आयोजना नगर्न नगराउन हुन् तथा घाँटीमा समस्या हुने जस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य सस्थामा गइ स्वास्थ्य परिक्षण गराउन हुन् तथा यसबाट बिचलित र हतास नभई सम्यमता, सावधानी र रक्षात्मक् उपाएहरु अपनाउनु हुन् सबै जिल्लावासी नागरिकहरु, सम्बन्धित सरोकारवाला ब्याक्ति, संघसंस्था तथा कार्यालयहरुलाई अनुरोध गरिन्छ ।

 

Categories
ताजा समाचार

घर बाहिर ननिस्कन काठमाण्डौ बासीलाई जिल्ला प्रशासनको आग्रह (बिज्ञप्ति सहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डौ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ ।

काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।

‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डौमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाण्डुका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।

‘अब यहाँ (काठमाण्डौ) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभारसमारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने ?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’

त्यस्तै यसअन्तर्गत आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाण्डौका वासिन्दालाई विशेष अनुरोध गर्छौं कि अहिले कोरोना सं’क्रम’णले विश्वमै आ’तंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा छ,’ त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं,’उनले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसका कारण भिडभाड जम्मा भएर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै भीडभाड, भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो। जारी सूचनामा भनिएको छ ‘कोरोना संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान तथा भेला, सम्मेलन नगर्न अनुरोध छ।’ ‘विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली)लगायतका कार्यक्रम नगर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

त्यस्तै सिन्धुपाल्चोकलगायत अन्य जिल्लाहरुमा पिन भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ।

Categories
राजनीतिक

ग्याँस चामलको चि’न्ता नग’र्नोस्, जिम्मा मेरो हो ! : आपूर्तिमन्त्री भट्ट

कोरोनाको त्रा’स बढेसँगै बजारमा ग्याँस, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्लाका पछि नलाग्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनतामा आग्रह गरेका छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्थामा कुनै किसिमको समस्या नरहेको र नरहने बताएक छन् । अति आवश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा पर्याप्त मौज्दात भएकाले अभावको मनोवैज्ञानिक त्रास नपाल्न उनले आग्रह गरेका छन् ।

मन्त्री भट्टले भने, ‘जनतालाई मेरो आग्रह छ, आपूर्ति व्यवस्था ठीक छ कुनै पनि वस्तुको अभाव हुँदैन, यो मेरो प्रतिवद्धता हो ।’ कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालयले विशेष टास्कफोर्स बनाउने तयारी गरिरहेको बताउँदै मन्त्री भट्टले कुनै वस्तुको अभाव देखिएमा सरकारले बजारमा हस्तक्षेप गर्ने बताएका छन् ।

यो पनि हेर्नुहोस -कोरोना भाइरसको आशंका गरिएका एक नेपाली टेकु अस्पतालबाट फ’रार

कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फ’रार भएका छन् । उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फ’रार भएको बोगटीले जानकारी दिए । अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फ’रार भएका थिए ।

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Categories
राशिफल

भोलि फाल्गुन २३ गते शुक्रबार माता पाथिभराको दर्शन गर्दै राशिफल पढी हेर्नुहोस् तपाईको भाग्यफल, भेटि स्वरूप एक शेयर गरौँ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

असजिलो परिस्थिहरूलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फिल्मी क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला। व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिस्पर्धिहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरि भने जस्तो नाफा कमाउन सकिनेछ । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा दिदीबहिनिसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । साझपख नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाइने हुदा मन प्रशन्न रहनेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरिको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । साझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

Categories
समाचार

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षालाई आफ्नो भन्दा ओलीकै चिन्ता, चिकित्सकलाई सोधिन् ‘मामालाई कस्तो छ’ ?

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी समीक्षा संग्रौला यतिबेला अस्पतालमै स्वास्थ्यलाभ गरिरहेकी छन् । उनले नाताले मामा पर्ने प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने निर्णय गर्दै भनेकी थिइन्, मैले मामाको मुख हेरेर होइन राष्ट्रका लागि मिर्गौला दिने निर्णय गरेकी हुँ ।

आफ्नो मिर्गौला दिने त्यती ठूलो निर्णय गरेकी समीक्षाले शल्यकृया पछि होसमा आउना साथ पनि प्रधानमन्त्री ओलीलाई सम्झिइन् । उनले बिहीबार बिहान चिकित्सकलाई सोधिन्– मामालाई कस्तो छ ? स्वास्थ्यलाभ गर्दै चिकित्सकको सल्लाह अनुसार झोल कुरा खान सकने भएकी समीक्षालाई आफ्नो भन्दा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यको चिन्ता धेरै थियो । उनले आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकलाई सोधिनन्, प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जिज्ञासा राखिन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छोडेपछि केही समय देखि उनी मामासंगै थिइन् । ६९ वर्षीय प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपण सफल भएपछि मामाको बारेमा सोधेको शिक्षण अस्पतालका युरोलोजी डिपार्टमेन्ट प्रमुख डाउत्तमकुमार शर्माले नेकपा नेता तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीलाई यसअघिकै तालिका अनुसार कालो चिया दिइएको र समीक्षाले भने चियाका साथै दाल पिएको जानकारी अस्पतालले दिएको छ । प्रधानमन्त्रीलाई शल्यक्रिया गर्नुअघि बनाइएको तालिका अनुसार नै तरल पदार्थ खुवाइएको डा।शर्माले बताएका छन् ।

आफ्नो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष पनि काम नदिएकोमा दुःखी अञ्जान
काठमाडौँ, २२ फागुन। आज भन्दा झण्डै १२ बर्ष अघि आफ्नो एउटा मिर्गौला दिएर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बचाएकी अञ्जान घिमिरे ओलीलाई ओलीको दोस्रो प्रत्यारोपण सफल भएकोमा जति खुसि लागेको छ त्यतिनै दुखी पनि छिन् उनी । उनले दिएको मिर्गौलाले काम गर्न छाडेपछि नातामा भान्जी पर्ने समिक्षा संग्रोलाको मिर्गौला अहिले प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको हो ।

२१ वर्षको उमेरमा नाताले जेठाजु र एकै परिवार भएपनि नाताका लागि नभएर देशका लागि आफुले मिर्गौला दिएको अञ्जानले बताइन् । उनले भनिन्,‘उहाँले राजनीतिमा लागेर धेरै संघर्ष गरिसक्नुभएको थियो । देशका लागि काम गर्छु भन्ने उहाँमा जोलो जोस र जागर थियो । त्यसैले उहाँले मेरो मिर्गौला फेल भयो अब के गर्ने भनेपछि मैले एक्कासी म दिन्छु भने र दिएँ’ ।

अस्पताल भर्ना हुनु एकदिन अघि बालुटारमा गएर प्रधानमन्त्रीलाई भेटेको उनि बताउँछिन । प्रधानमन्त्री ओलीसंग उनले दुखेसो पोख्दै भनिन्‘ मैंले तपाईलाई १५ वर्ष पनि बचाउन सकिन’ आफुले दिएको मिर्गौलाबाट ओलीलाई १५ वर्ष पनि बचाउन नसेकेकोमा दुख लागेको छ अञ्जानलाई । अझै तिन वर्ष सहज रुपमा काम गरिदिएको भए देश र जनताका लागि ओलीले सहज रुपमा काम गर्न सक्ने उनको बुझाई हो ।

Categories
ताजा समाचार

नेपालमा कोरना भा’इ’र’स छिर्यो भन्दै भारतीय मिडियाले लेखे ग’ल’त समाचार र गरे ग’ल’त प्रचार !

दार्चुला । दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् नोबेल कोरोेना भाइरसको सं’क्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् । हालसम्म दार्चुलामा कोरोना भाइरसको सं’क्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । ‘हालसम्म दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन, कोरोनाको सं’क्रमणको सम्भावाना न्युन छ’ जनस्वास्थ्य अधिकृत भट्टले भन्नु भयो ।

‘न्युज पीथौरागढ टिभी’ नामक अनलाईन मिडियाले दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि नागरिक स्तरमा त्रास फैलिएको छ । उक्त समाचार पश्चात् दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्र झन् त्रसित बनेको छ । यस्तै दैनिक नेपाल लगायतका नेपाली मिडियाहरुले पनि भारतीय मिडियालाई श्रोत बनाएर समाचार सम्प्रेषण गरेका छन् । तर भारतीय मिडियाले लेखेको समाचार जस्तो सत्यता नभएको नेपाली चिकित्सकहरुले बताएका छन् ।

भारतीय मिडियाले लेखेको समाचार निरआधार र अफबाह भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । ‘भारतीय मिडियाले अफबाह फैलाइदियो, सत्यता केही छैन, झन् दार्चुलामा त्यस्तो सं’क्रमणको सम्भावना पनि न्युन छ तर सतर्कता अपनाउनु उपयुक्त हुन्छ’ उहाँले भन्नु भयो ।

जिल्ला अस्पताल दार्चुलामा उपचारत ती युवाको पिसाबमा सं’क्रमण देखिएको र कोरोना भाइरसको कुनै पनि सं’क्रमण नदेखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो । काठमाण्डौ एक होटेलमा काम गर्दै आएका ती युवक घर आएपछि एक महिनादेखि ज्वरो आएकै भरमा कोरोना सं’क्रमण भन्न नमिल्ने डाक्टर दुवालको भनाई छ । रुघाखोकी लाग्दैमा पनि कोरोना भन्न नमिल्ने भन्दै प्रयोगशालाबाट प्रमाणित हुनुपर्ने उहाँको तर्क छ । ती युवालाईृ एक महिनादेखि ज्वरो आएको भएपनि कोरोना भाइरसको सं’क्रमण भएको शंका गर्ने खालका कुनै लक्षण नदेखिएको डाक्टर दुवालको भनाई छ ।

तर भारतीय उक्त मिडियाले काठमाण्डौ रिफर गरिएको समाचार सम्प्रेषण गरेको छ । जसले गर्दा दार्चुलाबासी त्रसित बनेका छन् । ‘समाचार लेख्दा सत्यतथ्य बुझेर मात्रै लेखिदिनुपर्छ, नभए नागरिकहरु त्रसित बन्छन्’ डाक्टर दुवालले भन्नु भयो । शंकास्पद लक्षण देखिएपनि ल्याबबाट पुष्टि नहुदाँसम्म सं’क्रमण भन्न नमिल्ने उहाँको भनाई छ । कोरोनाको सं’क्रमण फैलिएका शहरहरुमा भ्रमण गरेका व्यक्तिसंगको सम्पर्क बिना नै कोरोनाको सं’क्रमण नहुने चिकित्सकहरुको भनाई छ । भीडभाडमा नजान, सरसफाईमा ध्यान दिन र बाहिर हिड्दा मास्क प्रयोग गर्न उनीहरुले सुझाव दिएका छन् ।

 

Categories
ताजा समाचार

कमेडी च्याम्पियनका टप ३ फाइनलिष्ट हिमेष पन्तलाई कसले दियो ज्या’न मा’र्ने ध’म्की ? खबपु र दले दाईलाई खोले बेलिबिस्तार (भिडियो हेर्नुस)

काठमाडौं, २२ फागुन । नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । गत माघ १३ गते प्रशारित १६ औं एपिसोडमा हिमेशले ‘अन्धविश्वासी वैज्ञानिक’को रुपमा प्रस्तुति दिएका थिए । सो कमेडीले उनी बिवादमा पनि तानिए ।

उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अ’पमान गरेको भनेर आपत्ति जनाइएको हो । हिमेशले वैज्ञानिकहरुले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर उनले व्यंग्य गरेका थिए ।

‘म खत्रै वैज्ञानिक हुँ, पढेको पढ्यै गर्छु । अघि भर्खर ४ अध्याय स्वस्थानी पढेर आएको हुँ । स्वस्थानीमा लेखेको रहेछ भगवान गणेश मुसामाथि चढे । एक त मोटो गणेश त्यसमाथि हात्तीको टाउको छ । मुसामाथि किन अत्याचार गर्ने ? मेरो बाउ शिव भएको भए म भन्दिन्थेँ, बुवा म पनि अब साँढे चढ्छु । मुसामाथि चढ्ने होइन नि यार । बरु बिरालोमाथि चढ्दा हुन्छ । जैले बाटो काटेको काट्यै गर्छ ।’

हिमेष पन्तको यहिँ कमेडीले उनलाई टप ३ मा पुर्याउने सफल बनाएको थियो । तर यसपछि उनि विवादमा मात्रै तानिएनन् उनलाई ज्या’न नै लिने ध म् की सम्म आएको बताए । यस बिषयमा उनिसंग गरिएको कुअराकानी भिडियोमा हेर्नुस्-

Categories
खेलकुद

मच्छिन्द्र फाइनलमा

इलाम : लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी छैटौं माई भ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा बुधबार भएको खेलमा मच्छिन्द्रले भारतको मानेभन्ज्जाङ फुटबल क्लब दार्जिलिङलाई ३-० गोलले हरायो। उपाधिका लागि मच्छिन्द्रले

त्रिभुवन आर्मी र आयोजकबीचको विजेतासँग खेल्नेछ। मच्छिन्द्रको जितमा १९औं मिनेटमा रेजिन सुब्बाले गोल गरे। रेजिनले डीबक्स भित्रबाट गोल गरेका थिए। २१औं मिनेटमा एडेलाजा सोमिडेले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए। उनले रजिन धिमालको कर्नरमा गोल गरेका थिए।

८७औं मिनेटमा रेनिज सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको जित थप सहज बनाए। दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको पाहुना टोलीले गोल फर्काउन सकेन। मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलपछि मच्छिन्द्रका प्रशिक्षण प्रवेश कटुवालले लक्ष्यअनुसार टोलीको तालमेल मिल्दा जित सम्भव भएको बताए। दार्जिलिङका प्रशिक्षक रेवजी भुटियाले सोचेअनुसारको प्रदर्शन गर्न नसक्दा हार खेप्नु परेको बताए। प्रतियोगितामा १० टोलीले भाग लिएका थिए।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। बिहीबार आर्मी र माई भ्याली क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Categories
ताजा समाचार

यी हुन् बहिनी ब’ला’त्कार गरी ग’र्भ’वती बनाई फ’रा’र भएका शिक्षक

दुर्गाथली गाउँपालिकामा बहिनी ब’लात्कार गर्ने शिक्षक फ’रार भएका छन् । मा’नसिक स’न्तुलन ठिक नभएकी बहिनीलाई पटक पटक क’रणी गरेका शिक्षक ग’र्भ रहेपछि फ’रार भएका हुन् । गाउँ पालिकाको वडा नम्बर ४ स्थित भैरव निमाविका शिक्षक शिवराज जोशी र थलीचौर माविमा कार्यरत वसन्त ओलीले मा’नसिक स’न्तुलन गु’माएकी किशोरीलाई विभिन्न पटक क’रणी गरेका हुन् । किशोरी जोशीको हा’डनाताभित्रै बहिनी हुन् । ओली पनि गाउँकै हुन् ।

शिक्षकद्वय जोशी र ओलीले किशोरीलाई गएको जेठदेखि विभिन्न पटक क’रणी गरेको र’हस्य खुलेको छ ।किशोरी ग’र्भवती भएपछि उनीलाई जोशी र ओलीले क’रणी गरेको खुलेको हो ।

किशोरीको पेटमा अहिले ७ महिनाको ग’र्भ छ ।किशोरी गर्भवती भएपछि उनका आफन्त र छिमेकीले शिक्षकद्वयलाई का’रबाही गर्न मा’ग गर्दै प्रहरीमा नि’वेदन दिएका छन् । ‘शिक्षकहरुबाट यस्तो कु’कृत कार्य भएको रहेछ’ उपेन्द्र रेग्मीले भने, ‘का’रबाहीको लागि प्रहरीका उ’जुरी दिएका छौं । त्यस्ता शिक्षकलाई ह’दैसम्मको का’रबाही हुनुपर्छ ।’

किशोरीमा आफन्त न्या’य खोज्न सदरमुकाम चैनपुमा आएका छन् । ग’र्भवती किशोरीलाई सदरमुकामस्थित महिला सु’रक्षित आ’वास गृ’हमा राखिएको छ। आ’वास गृ’हमा हिं’सा तथा अ’न्यायमा परेका महिलालाई राख्ने गरिन्छ । महिला सु’रक्षित आ’वास गृहले पी’डित महिलालाई खाने, बस्ने व्यवस्थाको साथै का’नूनी सहयोग समेत गर्दै आएको छ।

Categories
अन्तरास्ट्रिय

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हा,म फा,ले क्याप्टेन, यस्तो छ कारण

काठमाडौं – चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हा,म फा,ले भने के होला म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फा,ले,को घ,ट,ना अहिले सर्वत्र चर्चामा छ ।

म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हा,म फा,ले ।६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हा,म फा,ल्नु,को कारण भने निकै रोचक एवम् मार्मिक छ ।

खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् ।महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्या,न जा,न सक्थ्यो ।त्यसैले डुब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हा,म फा,ले ।

क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।उनी भन्छन्, ‘अब म म,,रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा न,म,रु,न् । त्यही सोचेर म जहाजबाट हा,म फा,ले,को थिएँ ।’उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।