Categories
राशिफल

पाथिभरा माताको दर्शन गरी भोलीको राशिफल हेर्नुहोस् : वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख

वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– सप्तमी,१९ घडी ५४ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी,२८ घडी ११ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त भरुणी । योग– शुभ,५३ घडी १२ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त शुक्ल करणवणिज,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मेष ।काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २७ घडी ०३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।तपाईको दिन शुभ रहोस् ।

Categories
समाचार

साउदीवाट श्रीमान आएकै दिन भान्जसंग पोइल भागिन् श्रीमती, उनकै बहिनीले खुलाइन् सबै कुरा (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा थिए । उनी जुन दिन घर फर्किए सोही दिन उनकी ३७ वर्षकी श्रीमती घर छोडेर हिडिन् । श्रीमान भिम नेपाली साउदीवाट काठमाडौं आइपुग्दा सम्म पनि उनको श्रीमती माया नेपालीसंग कुराकानी भइरहेको थियो । भिमले काठमाडौं स्थित विमानस्थलमा ओर्लिएपछि श्रीमती मायालाई फोन गरेर कहाँ छौ ? भनेर सोधे त्यतीबेला उनले आफु घरमै रहेको बताउँदै आएका थिइन् ।

जव भिम घर पुगे श्रीमती माया आफ्नै भान्जासंग भागिन् । मायाको बहिनी तथा देउरानी अहिले मिडियामा आएकी छन् । ति भान्जाको ब्यवहार र स्वभाव नराम्रो भएका कारण उनले ति भान्जालाई यस अघि पनि सम्झाएको बताइन् । ति भान्जा दिनमा कम्तिमा तीन पटक सम्म घरमा आइरहन्थे । छोरीलाई पनि निकै माया गर्थे । केही वर्ष यता उनको ब्यवहार नराम्रो देखिएपछि उनले सम्झाएको बताइन् ।

बैदेशिक रोजगारीले अधिकांश नेपालीहरुको घरमा सन्पन्नता ल्याएको छ । आफ्नो खुसी विर्सेर परिवारका लागि भन्दै विदेश गएका युवाहरुका कारण धेरै नेपालीको भान्छामा चुलो बलेको छ । नेपालमा रेमिटयान्स भित्रिएको छ । तर सबै कुराको सकारात्मक र नकारात्मक पाटा भएजस्तै यसको पनि नकारात्मक पाटा तर्फका कुरा धेरै बाहिर आउन लागेका छन् ।

श्रीमती छोराछोरी र परिवारको खुसी खोज्न विदेश गएका युवाहरु घर फर्कदा घरमा न श्रीमती हुन्छिन् न त उनीहरुले विदेशमा कमाएको पैसा नै हुन्छ । मरुभूमीको तातो घाममा शरिर डढाएर फकिएका युवाहरुको घरवास उजाडिएका धेरै घटना सार्वजनिक भएका छन् । यो एक महिना भित्र त्यस्ता झण्डै आधा दर्जन घटना सार्वजनिक भएका छन् ।

विदेशवाट लामो समय पछि श्रीमान आउँदा घर रित्तै हुन्छ भने कमाएको सम्पत्ती समेत हुँदैन । फेरी यस्तै घटना अहिले सार्वजनिक भएको छ । पछिल्लो समय चितनवबाट त्यस्ता घटना धेरै सार्वजनिक भएका छन् । यहाँ पनि हामी फेरी चितवनको अर्को घटनाका बारेमा प्रस्तुत गरेका छन् । साउदीमा रहेका एक युवा १२ वर्ष पछि घर आउँदा त्यस्तै अवस्थाको सामना गर्नु परेको छ ।

साउदीमा रहेका ४२ वर्षीय भिम नेपाली घर फर्कदा उनको श्रीमती घरमा छैनन् । उनले कमाएको सम्पत्ती पनि छैन । उनले कमाएको २० लाख रुपैया लिएर श्रीमती आफ्नै भान्जासंग भागेको भिमले आरोप लगाएका छन् । दुई छोरा र एक छोरीकी आमा श्रीमानले कमाएको २० लाख रुपैया सहित हराएपछि भीम रुँदै मिडियामा आएक छन् । ३७ वर्षकी श्रीमती विवाह गरेको २० वर्ष पछि सम्पत्ती सहित हिडेपछि भिम रुँदै आएका हुन् ।

उनको छोरी साइन्स पढ्दै छिन् । उनको श्रीमतीको नाम माया हो । करिब ७ महिना यता मायाले भिमसंग कुरा पनि गर्न छोडेकी थिइन् । भिम घर आउँदा पनि ति भान्जा घरमा आउने जाने गर्थे । तर उनले भान्जासंग त्यस्तो सम्बन्ध होला भन्ने कल्पना समेत गर्न नसकेको बताए । विदेशमा रहँदा पनि उनले भान्जाको बारेमा पनि सोधिरहन्थे । भिमले प्रत्यक महिना श्रीमती मायालाई पैसा पठाउँथे । १८ वर्षको उमेरको छोरी छन् । छोरीको विवाह गर्ने उमेरमा आमा नै आफ्नो भान्जासंग हिडेपछि अहिले भिम निकै चिन्तित भएका छन् ।

Categories
ताजा समाचार

वुहानका नेपालीलाई उद्धार गर्न सरकारलाई देउवाको आग्रह (प्रेस बिज्ञप्ति सहित हेर्नुहोस् )

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, दु:खद र आपत्तिजनक छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।”

सभापति देउवाले कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परीवार र चीन सरकारप्रति नेपाली कांग्रेसकातर्फबाट समवेदनासमेत व्यक्त गरेका छन् ।

सभापति देउवाले भाइरस नियन्त्रणकालागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसासमेत गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन सुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरु गरेको सम्पुर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।”

उनले कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिकमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको जनाएका छन् । नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकिनेसमेत उनले जनाएका छन् ।

उनले भनेका छन्, “वुहानबाट नेपालीहरुलाई उद्धार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु । संक्रमण परीक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।”

Categories
सूचना प्रविधि

सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

सामाजिक सञ्जालमा विज्ञापनवापत अर्बौं रुपैयाँ बाहिरिएको भन्दै यस्तो विज्ञापन रोक्न सूचना जारी गर्नुपरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

यो पनि हेर्नुहोस्-पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !

काठमाडौं, १७ माघ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।

Categories
मनोरंजन

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !

काठमाडौं, १७ माघ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।

Categories
अन्तरास्ट्रिय

बेलायतमा पनि कोरोना भाइ’रस, एकै परिवारका २ जना संक्र’मित

एजेन्सी, १७ माघ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बेलायतमा पनि फैलिएको छ । बेलायतमा २ जना नयाँ भाइरसबाट संक्रमित भएको बिबिसीले जनाएको छ ।

एक परिवारका २ सदस्य कोरोना भाइरसबाट संक्रमित भएको बेलायती स्वास्थ्य अधिकारीले बताएका छन् । संक्रमित दुबै जनालाई न्युकासलस्थित एक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो विवरण अनुसार चीनमा भाइरसका कारण २१३ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै १० हजार संक्रमित बनेका छन् । हुबेइ प्रान्तमा मात्रै २०४ जनाले ज्यान गुमाएका छन् भने उक्त प्रान्तमा ९ हजार ६ सय ९२ जना संक्रमित बनेका छन् ।

नयाँ भाइरस चीनबाट अन्यत्र मुलुकमा पनि फैलिएको छ । हालसम्म २४ मुलुकमा भाइरसबाट संक्रमित मानिस फेला परेका छन् ।

संसारभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरेको छ ।

Categories
मनोरंजन

सलमान खान विवादित, उनलाई गोवा भ्रमणमा प्रतिबन्ध ! (भिडियो हेर्नुस्)

एजेन्सी । बलिउडका स्टार अभिनेता सलमान खान अहिले वि वा दमा आएका छन् । उनलाई अहिले गोवामा प्रतिबन्ध लगाउनुपर्ने माग आएको छ । उनले हालै गोवा भ्रमणका क्रममा सेल्फी खिच्न लागेका एक फ्यानको मोबाइल फोन खोसेका कारण वि वा दमा आएका हुन् ।

गोवा एयरपोर्टमा सलमानले फ्यानको फोन खोस्दा उनी आ क्रो शित देखिएको भिडियो भाइरल बनेको थियो। सलमानले आफ्नै फ्यानसँग गलत व्यवहार गरेकोभन्दै उनको आ लो चना भइरहेको हो । यतिबेला उनलाई गोवा भ्रमणमा प्रतिबन्ध गर्नुपर्ने माग समेत उठेको छ।

काँग्रेसको विद्यार्थी संगठनले गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलाई गोवामा प्रतिबन्ध माग गरेका छन्। सलमानले आफ्नो व्यवहारको लागि माफी माग्नु पर्ने माग सहित त्यसो नगरिए उनलाई प्रतिबन्ध लगाउन माग गरिएको हो । माफि नमागे उनलाई गोवामा आउनै नदिने उनीहरुले बताएका छन्। गोवास्थित भाजपाका सचिव तथा पूर्व सांसद नरेन्द्र सेवाइकरले पनि सलमानको कार्य अ भद्र भएको प्रतिक्रिया जनाएका छन्।

दुई लाख आँखाका बिरामीलाई सेवा

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले गत एक वर्षमा दुई लाख ४३ हजार ९०४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ । सन् २०१९ को जनवरीदेखि डिसेम्वरसम्म अस्पताल तथा उपचार केन्द्रले सो सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क आँखा शिविर, बाह्य कार्यक्रमअन्तर्गत सन् २०१९ मा ४९ हजार ९०० जना आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

अस्पतालले सन् २०१९ मा १३ हजार २८६ जनाको आँखामा लागेको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । दुई हजार ३९२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको थापाले जानकारी दिनुभयो । दातृ निकाय, स्थानीय निकाय नेपाल सरकारको सहयोगमा आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । अस्पतालले सन् २०१९ मा दुई हजार ५०५ जनाको सामान्य आँखाको शल्यक्रिया गरिएकोे छ । अस्पतालले २० वटा स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी नौ हजार ५६५ बिरामीको जाँच गरिएको छ ।

त्यस्तै अस्पतालले सन् २०१९ मा हेल्थपोष्ट तथा सब हेल्थपोष्टका इञ्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह औषधि बिक्रेता, धाँमीझाँक्री, नर्सिङ विद्यार्थी, जनप्रतिनिधि, शिक्षक र सञ्चारकर्मी गरी ४२५ जनालाई प्राथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ ।

“समाजका सबै सरोकारवालालाई आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिन प्रथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिने गरेका छौँ । यसले गर्दा आँखामा समस्या देखियो भने अस्पताल जानुपर्छ भन्ने सचेतना दिएको छ”, वरिष्ठ प्रशासकीय अधिकृत थापाले भन्नुभयो । अस्पतालले २५ वटा स्कुलमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी १५ हजार ९९ जना विद्यार्थीको आँखा जाँच गरिएको र चस्मा लगाउनुपर्ने ६३७ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।

Categories
ताजा समाचार

टिपरको ठ’क्करबाट मृ’त्यु भएका केशरसँग आ’त्मह’त्या गर्ने अरुणाको कुनै स’म्बन्ध छैन..

कालिकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार टिपरको ठ’क्करबाट नि’धन भएका कालिकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार दिउँसो नै सुर्खेतमा आ’त्मह’त्या गरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही बिचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ ।

टिपरको ठ’क्करबाट सिंहको नि’धन र करुणाको आ’त्मह’त्या एकै दिन भएकाले अधिकांश नागरिकले अकलकाटी सुरु गरिरहेका बेला मृ’तक अरुणाका परिवारले आधिकारिक रुपमा आ’त्मह’त्या गरेको कारण के हो भन्ने थाहा नभएको बताएका छन् ।

केशर बहादुर सिंहसंगको प्रेमले आ’त्मह’त्या गरेको भन्ने समाचार मिडियामा आइरहेका बेला अरुणाका मामा मातृका सिंहले प्रेम हो होइन भन्ने पुष्टि नै नभएको बताएका छन् । उनले भने, ‘मिडियाले चरि त्रह’त्या गर्ने काम गरिरहेका छन् । उनीहरु बिचमा प्रेम सम्बन्ध छ छैन भन्ने कुरा अब प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ ।’

उनका अनुसार घरपरिवार आफन्तसंग नबुझी मिडियाले हावादारी समाचार प्रकाशित गरेको आरोप छ । उनले भने, ‘कसैको सिन्दुर हालेर गएकी थिनन्, अब विवाहित हुन् पनि कसरी भन्ने, सत्य तथ्य घटना के हो भन्ने कुरा अबका केही दिनमा आउने सिंहले बताए । उनले उनीहरुसंगको प्रेम सम्बन्ध हामीले नदेखेकाले कोही कसैले पनि हल्लातिर नजान आग्रह समेत गरे ।

सिंहले भने, ‘मिडियाले फैलाएको हल्लाले आफु तनावमा भएका का’रणले यसको खण्डन गर्न सकिरहेको छैन, फेसबुक चलाउन पाएको छैन ।’ हामीसंगको कुराकानीले मिडियाले चरि त्रह’त्या गर्ने काम गरेको उनको अरोप छ । मृ’तक अरुणाको मोबाइल बाहेक अरु केही पनि नभेटिएकाले केशर सिंह र अरुणाबीच प्रेम थियो भन्ने आधिकारी प्रमाण केही पनि नभएको मामा मातृका सिंहले बताए । मृ’तक अरुणाको पो’ष्टमा’र्टम गरी आज नै भेरी नदिमा अन्तिम दा’हासंस्कार गरिएको परिवारले जनाएको छ । अरुणा २१ वर्षीया यु’वती हुन् ।राजधानी डेली बाट

Categories
रोचक

थाहा पाउनुस यसरी भएको थियो भगवान शिवको जन्म

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

भगवान् शिवले ब्रह्माको पुत्रका रूपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव बाहेक अरू कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटोबाट कमलको डाठमा भगवान् ब्रह्मा प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

तर, ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । त्यस पश्चात् भगवान् ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै भगवान् शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रूपमा जन्म लिने आशीर्वाद माग्न थाले ।

जब भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्‍यो तब उनले भगवान् शिवले दिएको आशीर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रूपमा आफ्नो काखमा पाए ।

Categories
जिबनसैली

मृ’त्युदण्डबाट उम्केर स्वदेश आएका उमेश, साउदी जे’लमा कसरी बित्यो १४ वर्ष ?

जनकपुर । ‘दृढ इच्छा शक्तिसाथ गरे नहुने केही रहेनछ’ भनाइलाई चरितार्थ गरी देखाए धनुषाका एक युवा अभियन्ताले ।

नेपाली नागरिक उमेश यादवलाई साउदीको अदालतबाट ‘हराबा’ तहत मृत्युदण्डको सजाय सुनाइएको थियो ।तिनै उमेश त्यहाँबाट उम्केर भर्खरै स्वदेश फर्केका छन् । समाज वा भगवानविरुद्ध गरिने युद्धमा संलग्नलाई जघन्य अपराधीको संज्ञा दिँदै अदालतबाट सजाय तोक्ने कानुन हो, ‘हराबा’ ।

यस्तो कानुन साउदीमा मात्रै छ । उक्त कानुनको प्रयोग भइसकेपछि साउदीकै भए पनि नागरिकको स्तरबाट पुनरावेदन गर्ने अधिकार हुँदैन ।

यो प्रसंग हो, पाकिस्तानी नागरिकको हत्या अभियोगमा १४ वर्षसम्म साउदी जेलमा रहेका धनुषा, कमला नगरपालिका –४ पर्साका उमेश यादवसँग सम्बन्धित ।

उनलाई सकुशल स्वदेश फर्काइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय तथा पाकिस्तान र साउदीस्थित नेपाली दूतावासको सहयोगमा युवा अभियन्ता सरोज राय यादव दुई वर्षसम्मको अथक प्रयासपछि यो अभियानमा सफल भएका हुन् ।

घटना के हो ?

सन् २००६ मा साउदीको जुबेलस्थित एक पाइप कारखानामा कामदारको रुपमा पुगेका थिए, उमेश ।

त्यहाँ उमेश पुग्नु अगावैदेखि पाकिस्तानको फैसलावादका लतिफ वसिरलगायत कामदारहरु पनि थिए । उमेश त्यहाँ पुगेको एक महिना नपुग्दै एउटा घटना भयो ।

लतिफ भर्‍याङमा माथि थिए, उमेश तल । उमेशले दिन लागेको कुनै औजार लतिफले समात्न खोज्दा चिप्लेर तल लडेछन् ।

उमेशले नै खसाल्दिएको भन्ठानेर लतिफले उमेशलाई एक मुक्का हाने ।

उमेशले सफाइ दिँदै आफुले त्यस्तो केही नगरेको बरु आफै धोकावश लडेको सम्झाउन खोजे ।

लतिफले दोस्रोपटक मुक्का हानेपछि विवाद बल्झियो । उमेशले पनि नजिकै रहेको एउटा पाइपको टुक्राले हाने ।
त्यसैक्रममा लतिफ अचेत भए । ऊ मरेको जस्तो लागेपछि उमेश भागे ।

उनी भागेर रियाद पुगे । घटनाको पाँच दिनपछि लतिफको मृत्यु भयो । स्थानीय प्रहरीले उमेशलाई खोज्दै जाँदा १७ दिनपछि रियादबाट पक्राउ गर्‍यो ।

करिब दुई वर्षसम्म जुबेल प्रहरीले घटनाको अनुसन्धानमा बितायो ।

दुई वर्षपछि त्यहाँस्थित नेपाली दूतावासले चासो लियो । तर, उमेशलाई ११ वर्ष कैद, ११ सय कोरा हान्ने र त्यसपछि देश निकाला गर्ने अदालतको आदेश आयो ।

अदालतको उक्त फैसला अनुसार सन् २०१७ मा उमेश कैदलगायत सजाय भुक्तानगरी स्वदेश फर्किन्थे । तर, त्यसो भएन ।

अदालतले ११ वर्ष कैद लगायत सजाय सुनाउँदा पनि पीडित पक्षलाई अधिकार प्रयोग गर्न बारम्बार अवसर दिएको थियो ।

उक्त अवसरअनुसार पीडित पक्षसँग तीन विकल्प थियो । पहिलो, अदालतसँग न्याय माग्ने ।

यसको अर्थ आँखा फोडेको बदलामा पीडकको आँखा फोड्ने, हात काटेको बदलामा हात काट्ने र ज्यानको बदलामा ज्यान लिने जस्तो अपील गर्न सकिन्छ ।
अर्को विकल्प, अल्लाह (भगवान) को नाउँमा माफ गरिदिने । कसैलाई माफी दिए उनको परिवारलाई भगवानले आशिर्वाद दिने मान्यता साउदीको कानुनले नै स्थापित गरेको छ ।

र तेस्रो विकल्प, दिथाथ अर्थात् आर्थिक जरिबाना । तर, ती अधिकार प्रयोग गर्न पाउने अवसर पाए पनि पीडित परिवारसम्म यो सूचना नै पुगेन ।

पीडित पक्षले अदालतबाट प्राप्त गरेको अवसर उपयोग गर्न नपाए पनि जब तोकिएको सजाय काटेर उमेश छुट्ने बेला आयो अनि त्यहाँको सरकारी वकिल कार्यालयले अर्को अपिल गरिदियो ।

उमेशले जघन्य अपराध गरेको भन्दै उनलाई हराबाअनुसारको कानुन लगाएर मृत्युदण्ड दिनुपर्ने माग गर्दै सरकारी वकिलले अदालतलाई अपील गरेको रहेछ ।

उमेशको तर्फबाट निजी वकिल थिएनन् । सरकारी वकिलले चाहेअनुसारकै हुनेभयो ।

र, २०१७ बाट उक्त अपीलमाथि बहस सुरु भयो ।

सोही अनुसार २०१८ अप्रिल १५ को दिन उमेशलाई मृत्युदण्डको आदेश आयो ।

अदालतले गरेको अन्तिम फैसलाको एक महिनाभित्र अभियुक्तलाई पुनरावेदन गर्न अवसर भने प्रदान गरियो ।

अब, २०१८ को मई १५ सम्म पुनरावेदन भएमात्र उमेशको ज्यान जोगिने भयो ।

हराबाको कानुन प्रयोग भएपछि पुनरावेदन गर्न पाइँदैन । तर, उमेशले बारम्बार आफ्नो कुरा अदालतसमक्ष राख्न खोजेका थिए ।

तर, भाषा समस्याको कारण उनको स्पष्ट भनाइ व्यक्त हुन सकिरहेको थिएन ।

संयोगवश त्यहाँको प्रहरीले उमेशको भावनालाई स्थान दिएर मुद्दा तयार गरेका रहेछन् र सोही आधारमा उनलाई एक महिनाको समय पुनरावेदन गर्न अदालतबाट उपलब्ध गराइयो ।

यता, उमेशको समस्या समाधानका लागि नेपालबाट पहल सुरु भयो ।

धनुषाका युवा अभियन्ता सरोज राय २२ अप्रिलमा पाकिस्तान पुगेर पीडित परिवारलाई भेटे ।

मृतक लतिफका आमाबाबुको निधन भइसकेको थियो ।

लतिफकी श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन् । लतिफका पाँचजना दाजुभाइलाई सरोजले भेटेर मुद्दा र पीडित पक्षले अधिकार प्रयोग गर्न पाउने विषयबारे जानकारी दिए ।

सुरुमा उनीहरु आक्रोसित भए । तर, फेरि अल्लाह (भगवान) को नाउँमा माफी दिने कुरामा सहमत भए ।

तर, उनले भगवानको नाउँमा माफी दिएको भन्नु मात्रै पर्याप्त थिएन ।

मुद्दा धेरै अगाडि बढिसकेको थियो । सरोजले आर्थिक जरिवाना जसलाई त्यहाँको भाषामा ब्लडमनि भनिन्छ, सरोजले पहल गरे ।

ती परिवार सहमत भयो । सोहीअनुरुप पाकिस्तानी रुपैयाँ तीस लाख लिएर उमेशलाई माफ दिने सहमति भयो ।

सरोजका अनुसार परराष्ट्र मन्त्रालयले पहिलोपटक माग गरेअनुसार पाकिस्तान जान अनुमति दिएको भए मृत्युदण्डको फैसला आउनुअगावै मिलाउन सकिन्थ्यो ।

तर, ढिलै भए पनि पूर्वपरराष्ट्रमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा वर्तमान मन्त्री प्रदीप ज्ञवालीले सहयोग गरे र सरोज पहलको लागि पाकिस्तान ओहोरदोहोर गर्न सक्ने भए ।

सोही क्रममा पीडित पक्षलाई सहमतिमा ल्याइसकेपछि पाकिस्तानस्थित नेपाली दूतावासको सहयोगमा आवश्यक कागजात तयार गरियो ।

पीडित परिवारले आर्थिक सहयोग लिन सहमत भएलगत्तै सरोजले सामाजिक सञ्जाल र नेपाली सञ्चारमाध्यमको प्रयोगगरी उमेशको ज्यान जोगाउन सहयोग संकलन अभियान सुरु गरे ।

नभन्दै १५ दिनमै आवश्यक रकम जम्मा पनि भयो । यो बीचमा प्रशासनिक काम र तयारी जारी थियो ।

१५ मे मा सरोज साउदी पुगे । त्यो भनेको उमेशको तर्फबाट पुनरावेदन गर्न पाउने अन्तिम दिन थियो । सरोजलाई यसका लागि त्यहाँस्थित नेपाली दूतावासले सहयोग ग¥यो ।

सरोजले सीधै ती न्यायाधिसलाई भेट्ने अवसर पाए जसले उमेशलाई मृत्युदण्डको सजाय सुनाउने फैसला गरेका थिए ।

नेपाली दूतावासका त्यहाँस्थित एकजना कर्मचारीले न्यायाधीशसमक्ष सरोजलाई अल्लाहको लागि काम गर्ने व्यक्ति भनेर परिचित गराएका थिए ।

सरोजले उमेशको ज्यान जोगिए दुई देशका दुई परिवारको भलाइ हुने कुरा राखे ।
“नेपालमा वृद्ध आमाबाबुले बुढेसकालको सहाराको रुपमा छोरा पाउनेछन् । जन्मिदै अनाथ भएका दुई छोराले बाबु पाउनेछन् भने १२ वर्षदेखि आशमा बसेकी श्रीमतीले श्रीमान् पाउनेछन् । त्यस्तै, पाकिस्तानमा रहेको एक विपन्न परिवारले आर्थिक सहायता पाउनेछ,” सरोजले साउदीको जुबेल अदालतका न्यायाधीससँग राखेको भनाइ सुनाए ।

न्यायाधीश तत्काल भावनामा आए र सबै कागजातलाई स्थानीय भाषामा अनुवादगरी पेश गर्न थप एक दिनको समय दिए ।

अन्ततः सोही प्रक्रियाको आधारमा उमेशले पुनर्जन्म पाएको सरोजको भनाइ छ ।

खुसी थाम्न नसक्दा अस्पतालमा

१४ वर्षपछि गाउँ फर्केका उमेशलाई परिवारसँगै गाउँलेले भव्य स्वागत गरे ।

मृत्युको मुखमा परिसकेका उमेशले वृद्ध आमाबाबु, श्रीमती र छोराहरुलाई भेट्न सक्ने आश मारिसकेको अवस्थामा सबैलाई एकैसाथ पाउँदा खुसीको सीमा टुट्यो ।

उनी गाउँ फर्केकै दिन खुसी सम्हाल्न नसकेर बिरामी परे ।

र, एकदिन जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारपछि चिकित्सकको सल्लाह बमोजिम आरामको लागि एकान्तमा राखिएको परिवारजनले बतायो ।