Categories
ताजा समाचार

मासु राम्ररी नपकाइ खाँदा दिमागमा पुग्छ फित्ते जुका

सिएनएन– तपाईले मासुलाई कतिमिनेट पकाउनुहुन्छ? राम्ररी पकाउनुहुन्छ या हुँदैन? चिकित्सकहरुले मासु राम्ररी पकाएर मात्र खान सुझाएका छन्।

चीनमा ४६ वर्षीय निर्माण कामदारलाई छारेरोग देखियो। त्यो छारेरोग कारण देखियो फित्ते जुका। फित्ते जुका प्राय राम्ररी नपकाइएको मासु खाँदा देखिन्छ।

झिजाङ युनिभर्सिटीको अस्पतालको रिपोर्टमा लेखिएको छ करिब एक महिनाअगाडी झिजाङको पूर्वी प्रान्तबाट झु नामका एक बिरामी भर्ना भएक थिए। उनले एकदिन सुँगुरको मासु र खसीको मासु खाने निधो गरेछन्। उनले एकदमै मसालेदार बनाएर पकाइ खाएका थिए।

खाएको केही दिन पछि उनलाई रिंगटा लाग्ने भयो। त्यस पछिका दिनमा टाउको दुख्न थाल्यो। उनले छारेरोगको लक्षणहरु देख्न थाले।

छारेरोगबाट ग्रस्त पाएपछि झुका साथीहरुले उनलाई तुरुन्त नजिकको अस्पताल लगे। उनको सिटि स्क्यान गरियो र त्यसमा उनको दिमागको तन्तुमा केही खराबी देखियो। उनले थप पैसा खर्च हुन्छ भनेर अरु उपचार नगर्ने सोचे। उनी घर फर्किए।

तर ती लक्षणहरु गएनन् । उनलाई छारेरोगको लक्षणहरु देखिइरह्यो। उनीत्यसपछि झेजाङ युनिभर्सिटी हस्पिटलमा भर्ना भए जहाँ उनको एमआरआइ गरियो। त्यहाँ देखियो न्युरो सिस्टिसर्कोसिस अर्थात दिमागमा फित्ते जुका पर्नु।

त्यसपछि चिकित्सकहरुले सोध्दै जाँदा निक्र्यौल गरेर थाहा पाए की सँगुरको मासु र खसीको मासु राम्ररी नपाकेर उनमा यो सरेको हुनुपर्छ।

रिपोर्टमा भनिएको छ ‘मैले एकछिन जस्तो मात्र त्यो सुँगुरको मासु र खसीको झोल पकाएको थिएँ। मसालेदार झोल थियो, राम्ररी पाकेको छ या छैन याद नै गरिएन।’

झु अहिले ठिक भएका छन्। चिकित्सकहरुले उनको मस्तिष्कबाट फित्ते जुका निकालेका छन्। र उनको मस्तिष्कमा चाप पनि घटेको छ।

न्युरो सिस्टिसर्कोसिस भनेको परिजीविको संक्रमणबाट हुने हो जसमा कसैले फित्ते जुकाको अण्डा खाएको हुन्छ। मानिसमा यो संक्रमण कुनै खाद्यपदार्थका माध्यमले फित्ते जुकाको फुल शरीरभित्र पुगेपछि उत्पन्न हुने गर्छ। यो लार्भा, तन्तु जस्तै मांसपेशी र मस्तिष्कमा पुग्छ र त्यहाँ त्यसले सिस्ट बनाउँछ। त्यो सिस्ट मस्तिष्कमा पुगेकाे अवस्था न्युरो सिस्टिसर्कोसिस हाे।

यो रोगको संक्रमण विश्वमा जहाँ पनि देखिएको छ। अमेरिकाको रोग नियन्त्रण महाशाखाले यो परिजिबी धेरै जसो सुँगर डुल्ने ठाउँ जहाँ सरसफाइ नभएके ठाउँमा देखिएको बताएको छ।

Categories
ताजा समाचार

मोटरसाइकल ओभरटेक गरेको निहुँमा ह*त्या ग’र्ने चार ज’ना प*क्राउ

कञ्चनपुर। मोटरसाइकल ओ’भरटेक गरेको नि’हुँमा च’क्कु प्र’हार गरी ह’त्या घ’टनामा प’क्राउ परेका चार जनाले अ’पराध स्वि’कारेका छन्। बिहीबार क’ञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैयामा २२ वर्षीय दीपक प’न्तले मोट’रसाइकल ओ’भरटेक गरेको भन्दै चारजनाको स’मूहले च’क्कु र हे’लमेट प्र’हार गरेर ह’त्या गरेका थिए।

शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रवार पत्रकार सम्मेलन गर्दै प’क्राउ परेका चार जनाले अ’पराध स्वि’कारेको जनाएको छ।

घ’टनामा प’क्राउ पर्नेमा १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र २२ वर्षकै गणेश लुहार रहेका छन्। यी मध्ये मनिष नाथ ज्या’न मा’र्ने उ’द्योगको मु’द्दा ला’गेका हुन।

यसअघि उनले भीमदत्त नगरपालिकाको मझगाउँमा लागेको रामलिलामा ‘ज्या’नमा’रा’ ह’मला गरेका थिए। उनी ‘फ’रार सूचिमा रहेको प्रहरीले जनाएको छ। मो’टरसा’इलमा सवार प’न्तलाई चारजनाको समूहले आफूहरुको स्कु’टरलाई किन ओ’भरटेक गरेको भन्दै हे’लमेट, च’क्कुले कु’टपिट गरेका थिए।

च’क्कु प्र’हारमा मनिषको प्रमुख भूमिका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। कु’टपि’टबाट घा’इते प’न्तलाई म’हाकाली अस्प’तालमा उप’चार स’म्भव नभएपछि भारत रे’फर गरिएको थियो। भारत लै’जादै गर्दा उनको बाटोमा ज्या’न गएको हो। स्थानीयले दो’षीमा’थी का’रवा’हीको मा’ग गरेका छन्। मृ’तकको श’व महाकाली अ’ञ्चल अ’स्पतालमा राखिएको छ।

Categories
ताजा समाचार

यस्ता महिला चाहन्छन् पुरुषहरु

मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एक–अर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ ।

यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफूअनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ ।

श्रीमानका लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमानले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्‍याएका हुन्छन् । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् ।

संस्कार

पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ ।

ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अपमान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने डर पुरुषको मनमा सदैव रहन्छ ।

पारिवारिक

श्रीमान हरुको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वेष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।

मनको सुन्दरता

पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने वं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् । झूटो एवं बनावटी कुरा गर्नेहरूलाई कसैले मन पराउँदैनन् ।

समझदार

सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।

खाना बनाउन सिपालु

भनिन्छ, श्रीमानको मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमान्को मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।

आदर्श आमा

असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमानमा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।

विपत्तिमा साथ

जीवन सुख–दु:खको सङ्गम हो । त्यसैले कहिलेकाहीँ दु:ख पनि आउन सक्छ । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती महिला पुरुषको नजरमा विश्वकै सुन्दर महिला बन्न सफल हुन्छिन् । यसका साथै आपत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।

अन्तरंगमा सक्रिय साथ

अन्तरंग वा यौ*नसम्बन्धमा सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौ*नसम्बन्ध नरुचाउने महिलाहरू पुरुषको रोजाइमा पर्दैनन् । नारी म्यागजिन बाट

Categories
ताजा समाचार

भोट हाल्न जाँदै ९७ बर्षिया बृद्धा आमा

काठमाडौं / भोट गर्न बृद्धबृद्धा मतदान स्थलमा पुगेका छन्। नाति र छोराको बुइ चढेर बृद्धबृद्धा मतदान गर्न पुगेका हुन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ चरकमटिया निवासी ९७ वर्षकी सेती बोटेले मतदान गरेकी हुन्।

१९७९ चैत २७ गते जन्मिएकी बोटेले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। बिहान ७ बजेदेखि जारी मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्ने छ।

प्रदेशसभा सदस्यलाई निर्वा्चित गराउन ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन्।

यो पनि हेर्नुहोस्:काम सुरु नगर्दै राजीनामा

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको प्रमुख कार्यकारीमा नियुक्त भएका डेविड पेम्सलले काम सुरु गर्नु पूर्व नै राजीनामा दिएका छन् । पेम्सल गएको अक्टोबरमा प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।

उनले आउँदो फेब्रुअरीमा प्रमुख कार्यकारीका रुपमा काम सुरु गर्नु पर्ने थियो । तर व्यक्तिगत जीवनका बारेमा विभिन्न आरोपसहित पत्रपत्रिकामा आएका खबरपछि उनले राजीनामा दिएका हुन्। रिचार्ड मास्टर्स अन्तरिम प्रमुख कार्यकारीका रुपमा कायम रहने प्रिमियर लिगले जनाएको छ।

Categories
ताजा समाचार

यस्तो खत*रनाक रुख, जसको नजिक जादाँ जान सक्छ ज्या*न

हामि सबैलाई थाहा छ, रुख विरुवाको छेउछाउमा जाँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ । रुख विरुवाको छेउमा बस्दा स्वच्छ हावापानी पाइने हुनाले धेरैजसो मानिसहरु रुख विरुवाकै ओत लागेर बस्ने पनि गर्छन् । तर कुनै यस्तो रुख बिरुवा पनि हुन्छ जुन निकै बिषालु हुन्छन् । जसले हाम्रो स्वास्थ्यलाई पनि हानी पुर्याउछन् ।

हेर्दा सामान्य लाग्ने कुनै बिरुवाले पनि हाम्रामे स्वास्थ्यलाई असर पार्न सक्छन् । त्यसैले हामिले त्यस्ता खतरनाक बिरुवा चिन्नु पनि जरुरी हुन्छ । यस्तो बिरुवा पनि पाइन्छ जसको छेउमा जादा हाम्रो ज्या:ननै जान पनि सक्छ । ‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख निकै विषालु हुन्छ ।

यसै रुखका कारण विश्वभर प्रत्येक हप्ता एक जनाको ज्या न समेत जाने गरेको छ । बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गछृ । साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्या न पनि जान्छ ।

सरबेरा ओडोलम नामको यो विरुवा हेर्दा खुब सुन्दर र आकर्षक देखिन्छ । तर यो कति खतरनाक छ भन्ने तपाईलाई थाह नहुन सक्छ । भारत सहित दक्षिण-पूर्व एशियाका केही देशमा पाइने यो वनस्पतिले कुनै पनि बेला ज्या न लिन सक्छ ।

भनिन्छ की यो रुखले हरेक हप्ता कम्तिमा एक जानको ज्या न लिने गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुन्छ ।

सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व पाइन्छ । जुन विषाक्त हुन्छ । यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने लगायतका समस्या देखा पर्ने गर्छन । सरबेरा ओडोलमका बारेमा भनिन्छकी यसका कारणले मानिसको ज्या न गएमा के कारणले गयो भन्ने थाहा पाउन समेत मुस्किल हुन्छ । केही मानिसहरु यसलाई गल्तीले खाने गर्छन् ।

चिसो बढ्न थाल्यो- हिटरको प्रयोग गर्नुहुन्छ ? सतर्कता अपनाउने कि ?

मंसिरको महिना सुरु भइसकेको छ । बिस्तारै जाडो बढ्न थालेको छ । मंसिरबाट सुरु हुन थालेको जाडो माघको महिनासम्म हुन्छ । हामि जाडोबाट बच्न विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ । जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ ।

अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम तापेर जाडोबाट बच्ने समय धेरैसँग हुँदैन । त्यसैले उनीहरु जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन् । आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन् ।

त्यसैले हिजोआज जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको धेरै प्रयोग धेरै भएको पाइन्छ । चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ । तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ रु आज हामी जाडो मौसममा हिटर बालेर सुत्ने बानीबाट हुने नोक्सानीको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

-जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ । कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ । त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ ।

-यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा तातो हुन्छ । जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।

-जुन व्यक्तिलाई श्वास-प्रश्वास सम्बन्धी समस्या हुन्छ । उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास-प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि पुर्‍याउनसक्छ ।

-हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ । तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ । कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

-लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना पनि हुन्छ । लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ ।

Categories
ताजा समाचार

मतदानको क्रममा कांग्रेस उम्मेदवारले पेस्तोल निकालेपछि बबाल

राँची। भारतमा पनि अहिले विधानसभा चुनाव भइरहेको छ । यहाँको झारखण्ड राज्यमा प्रथम चरणको चुनावको लागि मतदान सुरु भएको छ । यहाँ दिउँसो तीन बजेसम्म मतदान हुनेछ । चुनाव आयोगले प्रथम चरणको चुनाव नक्सली प्रभावित क्षेत्रमा भइरहेकोले मतदानको समय ३ बजेसम्म राखेको छ ।

यहाँ नक्सल प्रभावित ६ जिल्लामा १३ विधानसभा सिटका लागि मतदान भइरहेको छ । यहाँ मतदानका क्रममा छिटफुट हिंसाका घटनाहरु भइरहेका छन् । डाल्टनगंज सिटमा उठेका भारतीय कांग्रेसका उम्मेदवार केएन त्रिपाठीले मतदानस्थलमै पेस्तोल निकालेपछि यहाँ बबाल भएको छ । उनले पेस्तोल देखाएपछि मानिसहरु उग्र भएका छन् । मानिसहरुले त्रिपाठीमाथि ढुंगा हानेका छन् । त्रिपाठीले भने आफूले आत्मरक्षामा पेस्तोल निकालेको दावी गरेका छन् ।

यो पनि पढ्नुहोस् -तराई/मधेसमा एक्कासी बढ्यो चिसो

जनकपुरधाम : तराई/मधेसमा चिसो एक्कासी बढेको छ। जनकपुरधाममा बिहानैदेखि अत्यधिक कुहिरो लागेको छ। कुहिरोले २०÷२५ मिटरभन्दा पर देख्न सकिएको छैन। सवारी साधानहरु लाइट बालेर चलाइएको छ।

चिसो बढेपछि बजारमा चहलपहल घटेको छ। साताव्यापी विवाह पञ्चमीमा सहभागी हुन नेपाल र भारतसहित विभिन्न ठाउँबाट आएका हजारौं श्रद्धालु चिसोको समस्यामा परेका छन्। होटल तथा लजमा कोठा नपाउँदा अधिकांश श्रद्धालु खुला ठाउँ र मन्दिरमा बस्ने गर्छन्। जनकपुरका युवा अभियन्ता सिबेन्द्र रोहिताले बाहिर बसेका श्रद्धालुहरु चिसो बढेपछि समस्यामा परेको बताए।

श्रद्धालुहरु दुई दिन अझै बस्ने भएका कारण बिहानको समस्या ठाउँ ठाउँमा आगो बाल्न दाउराको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। रोहिताले भने, ‘विवाह पञ्चमीमा वृद्धवृद्धाहरु बढी आउने गर्छन्। उनीहरुका लागि आगोको व्यवस्था गर्न जरुरी छ। यसतर्फ प्रशासनको ध्यान पुगोस्।’

पुर्वपश्चिम राजमार्गमा कुहिरोका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ। लाइट बालेर गाडी चलाए पनि कुहिरोले नदेखिएपछि सवारी साधान चलाउन पनि समस्या भइरहेको चालकहरु बताउँछन्।

Categories
ताजा समाचार

उच्च सुरक्षाका बाबजुद पोखराका तीन ओटा ब*म बि*स्फोट

उच्च सुरक्षाका बाबजुद पोखराका तीन मतदान केन्द्रमा ब म बि स्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बि स्फोट भएको छ । वि ष्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै पोखराकै वडा नं ९ को नवप्रभात मावी र वडा नं ३३ चिरगादी स्थित सरस्वती टीका मावी मा पनि बि स्फोट भएको छ । उक्त वि ष्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । वि ष्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

त्यस्तै उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घमेरमही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वि स्फोट गराइएको हो ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बि स्फोट भएको हो । बिहान ठूलो बि स्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बि स्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले जानकारी दिनुभयो । कसले के बि स्फोट गराएको हो भन्ने नखुलेको उहाँले जानकारी दिनुभयो । आज घोराही १६ मा वडाध्यक्षका लागि मतदान भैरहेको छ ।

शङ्कास्पद वस्तु फेला

दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ ।

Categories
ताजा समाचार

भाइरल जोडिकी भाउजू पहिलोपटक मिडियामा, खोलिन अचम्मको कुरा (हेर्नुहोस भिडियो)

पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै २१ बर्षकि महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए ।

दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर पहिलो डेटिङ नै गए । सुपर अनलाइन टिभीको टिम उनिहरुको घरमा पुग्दा वृद्धकि भाउजू आएकी रहिछन । भाउजुले वृद्ध देवर र बुहारिका बारेमा यस्तोसम्म भनिन कि तपाई हासेर भुतुक्कै हुनुहुनेछ । के के सम्म भनिन त भाइरल जोडीकि भाउजुले तलको भिडियोमा हेर्नुहोला

यो पनि पढ्यीनुहोस : राशि हुने युवती हुन्छन् भाग्यशाली, पाउछन् धनि र बुद्धिमानी श्रीमान्

धेरै मानिसहरुले ज्योतिष शास्त्रमा बिश्वास गर्ने गर्छन् । ज्योतिष शास्त्रमा पनि कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ । ज्योतिष शास्त्रमा कुण्डलीमा ग्रहको प्रभाव कस्तो छ सो हेरेर नै मानिसहरुको भविष्य हेर्ने गरिएको छ । त्यस्तै ज्योतिष शास्त्र कस्ता युवतीले धनि पति पाउछन् भन्ने बारे पनि बताइएको छ । ज्योतिष शास्त्रमा बताए अनुसार धेरैजसो युवतीले धनि पति पाउने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार मेष राशि हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । यो राशि हुने युवतीलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ । यो राशि हुने युवतीका पतिले युवतीका कुराहरु मान्ने गर्छन् । त्यस्तै कन्या राशि हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन् । यो राशिका युवतीले खोजेको जस्तो पति पाउछन् ।

कन्या राशि हुने युवतीका पति धनी र सुख दिने खालका हुन्छन् । त्यस्तै मकर राशि हुने युवतीपनि भाग्यशाली हुनछन् । यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन् । त्यसैले यी युवतीलाइ पनि माया गर्ने पति मिल्छ । त्यस्तै धनु राशी हुने युवतीले पनि धनी र बुद्धिमानी पति पाउने गर्छन् । धनु राशी हुने युवतीको बैबाहिक जीवन सुखद् हुन्छ ।

Categories
ताजा समाचार

पुर्व अधिकारजकुमार धिरेन्द्रकि छोरीको यस्तो हर्कत, सामाजिक संजालमा भाइरल (हेर्नुहोस तस्बिर र भिडियो सहित)

पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।

सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना समाजिक संजालमा भाइरल भइरहेकि छिन् । युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन् ।

तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् । उनले समाजिक संजालमा सार्वजनिक गरेको तस्बिरहरु अहिले भाइरल भइरहेको छ । कतिपयले यो भिडियोमा पुर्व अधिकारजकुमार धिरेन्द्रकि छोरी होइनन् भन्दै कमेन्ट गरेका छन् । हेरौँ उनका तस्बिर र भिडियोः

उनी पटक पटक कामाडौं महानगर पालिका ३ का वडा अध्यक्ष दिपक केसीलाई भेट्न वडा कार्यालय गहिरहन्छिन तर उनको जवाफ तिमी धिरेन्द्रको छोरी हैन सिफारीस दिन मिल्दैन भन्दै हकारेर पठाउँछन् ।

यो बिषयमा हामीले वडा अध्यक्ष दिपक केसीसँग बुझ्दा कानुनी रुपमा उनका बुवा धिरेन्द्र र आमा जया श्रीमान श्रीमती हुन भन्ने नदेखिएपछि सिफारीस दिन नसकिएको बताउँने गरेका छन् ।

तर धिरेन्द्रले २०४४ सालमा नै जया पाण्डेसँग मन्दिरमा बिहे गरेरका थिए । त्यसको एक बर्षपछि २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा श्रेयाको जन्मभएको थियो । अस्पतालले दिएको बर्थ सर्र्टीफिकेटमा आमाको नाम जया पाण्डे र बाबुको नाम धिरेन्द्र विर विक्रम शाह उल्लेख गरीएको छ ।

यती मात्रै होइन उनले पढेको रातो बंगला स्कुलको रेर्कडमा समेत बाबु धिरेन्द्र विर विक्रम शाह र आमा जया शाह उल्लेख गरीएको छ । उनका बाबु धिरेन्द्र शाह दरबार हत्याकाण्डमा ज्यान गुमाएका थिए । छोरी ठुली भै अब सँगै बसौँ भनेर अमेरीका बाट श्रेया र जया फर्किने तयारी गर्दा गर्दै यता दरबार हत्याकाण्ड भएको थियो ।

खाटा बस्न लागेको कहाली लाग्दो इतिहासको घाउ, बाबु जिवित नभएकै कारण नागरीकता नपाउँदा अहिले दिन रात चस्की रहेको छ श्रेयालाई ।

नागरिता पाउनु भन्दा बढी पीडा श्रेयालाई त्यतीबेला भयो जव उन्लाई तिमी धिरेन्द्रकी छोरी नै होईन भनियो । अहिले आँफु धिरेन्द्रकी छोरी प्रमाणित गर्न डिएनए टेष्ट गराउन पनि तयार रहेको बताउँछिन् ।

राजपरिवारकी सदस्य श्रेया शाहले मानसिक तनावमा !

तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता लिन समस्या भएको छ भन्दा अनौठो लाग्न सक्छ तर तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ बितीसक्यो ।

८ बर्षको उमेरमा नै नाबालक परीचय पत्रको आधारमा राहधानी बनाएर आमा जया पाण्डे शाहसँग अमेरीका पुगेकी श्रेयालाई अहिले एमआरपी पासपोर्ट चाहिएको छ । जसका लागि नेपाली नागरीकता अनिवार्य छ ।

उनी नेपालको तत्कालीन राज परीवारको सदस्य भएर पनि काठमाडौ महानगरपालिका ३ न वडा कार्यालयले सिफारीस नदिएको कारण उनको नागरीकता बनेको छैन । नेपालीको पहिचानमै जिउन आँफुले अमेरीकी नागरीकता समेत नलिएकी उनी अहिले बिदा मनाउन नेपाल आएपछि फर्किन पाएकी छैनन् । उता उनको कलेज सुरु भएको छ भने यता नागरीकता नपाउँदा मानसिक तनाव छ ।

Categories
ताजा समाचार

आज उपनिर्वाचन : मतदान शुरु हुँदै गर्दा कास्कीमा घट्यो रोचक घट्ना हेर्नुहोस !

कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।

रोचक कुरा त के छ भने मतदानका लागि मतदाता उत्साहित भइरहेका बेला कास्की २ का काँग्रेस उम्मेदवार खेमराज पौडेलले मतदान गर्न पाउनु हुने छैन । उहाको घर तथा मतदाता नामावली कास्की क्षेत्र नम्बर ३ मा पर्ने भएका कारण उहाँ आफैले भने मतदान गर्न नपाउने हुनुभएको हो । तर उहाका प्रतिस्पर्धी नेकपा उम्मेद्वार विद्या भट्टराईले भने मतदान गर्न पाउनुहुने छ ।

आज उपनिर्वाचन ः मतदान शुरु
नारायण न्यौपाने – प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।

मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गर्नुभएको छ । उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिनुभयो । उपनिर्वाचन अवलोकनका लागि कूटनीतिक नियोगका प्रमुखहरु मतदान केन्द्र आइसक्नु भएको छ