Categories
ताजा समाचार

अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ ।

अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १९ मा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असुलीका सम्बन्धमा गरेको निर्णयउपर चित्त नबुझेमा त्यस्तो सूचना पाएको मितिले ३० दिनभित्र प्रशासकीय पुनरावलोकनका लागि महानिर्देशकसमक्ष निवेदन दिनसक्ने उल्लेख छ ।

सर्वोच्चको फैसलापछि आन्तरिक राजश्व कार्यालयले साउन १२ गते ब्रुअरीलाई अन्तःशुल्क भूक्तानीका लागि पत्र पठाएको थियो । यो मितिले ३० दिन नाघेको भए पनि म्याद गुज्रेको अवस्थामा महानिर्देशकले मनासिव देखिएमा ३० दिन थप गर्नसक्ने उल्लेख छ । ब्रुअरीले समय थप मागेर प्रशासकीय पुनरावलोकन गर्ने जनाएको छ ।सर्वोच्चको आदेश स्वीकार गरेको भए ब्रुअरीले पत्र पाएको सात दिनभित्र रकम दाखिला गर्नुपर्ने हुन्थ्यो । रिजालले २५ प्रतिशत रकम भूक्तानी गरिसकेकाले अबको बाटो पुनरावलोकन भएको जानकारी दिनुभयो । अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको थियो । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४÷०७५ को रु ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तःशुल्क, जरिवाना र विलम्ब शुल्क दाखिला गर्न पत्राचार गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले साउन ८ गते यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्ट्याएपछि कर सङ्कलन गर्ने बाटो खुलेको थियो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि फ्लोमिटर बिग्रिएको भन्दै ब्रुअरीले ३.५ प्रतिशत जर्ती कटाएपछि राजश्व कार्यालयले सोको कर निर्धारण गरेको थियो । निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सोपश्चात ब्रुअरीविरुद्ध आन्तरिक राजश्व कार्यालय भरतपुरले साउन ७ गते सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । सोही रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्नु÷नगराउनु भनी आदेश जारी गर्नुभएको थियो । यससँगै आन्तरिक राजश्व कार्यालयले ब्रुअरीको अन्तिम कर निर्धारण गर्न बाटो खुला भएको थियो । ब्रुअरीले यसअघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷७१ को रु सात करोड, २०७१÷७२ को रु १५ करोड र २०७२÷७३ को रु २९ करोड अन्तःशुल्क बुझाउन बाँकी छ । अघिल्ला दुई वर्षको राजश्व न्यायाधीकरण र पछिल्लो एक वर्षको सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले टुङ्गो लाग्न नसकेको रिजालले जानकारी दिनुभयो । यसमा पनि प्रशासकीय पुनरावलोकन चित्त नबुझेमा ब्रुअरीलाई राजश्व न्यायाधीकरणमा जाने बाटो खुला रहनेछ ।

उद्योगको फ्लोमिटर राखेर चलेको अवस्थामा ३.५ प्रतिशतसम्म जर्ती कटाउन सक्ने प्रावधान रहेको छ । फ्लोमिटर नरहेको र बिग्रिएको अवस्थामा दुई प्रतिशत मात्रै जर्ती काट्न सक्नेछ । तर ब्रुअरीले फ्लोमिटर राखेर पनि चलाएको छैन । तर ३.५ प्रतिशत जर्ती दाबी गर्दै आएपछि हरेक आर्थिक वर्षमा कर निर्धारणको विषयमा विवाद हुँदै आएको हो । विसं २०४५ देखि नवलपरासीको मुकुन्दपुरमा सञ्चालन हुँदै आएको ब्रुअरीले गत आर्थिक वर्षमा रु ११ अर्ब अन्तःशुल्क तिरेको छ । त्यसअघिका दुई वर्षमा रु आठ अर्ब र रु पाँच अर्ब अन्तःशुल्क तिरेको थियो । यस कार्यालयमा सङ्कलन हुने अन्तःशुल्कको ४० प्रतिशत गोर्खा ब्रुअरीले तिर्ने गर्दछ । सो उद्योगले गोर्खा, काल्सवर्ग र टुबोर्ग बियरसँगै एप्पल साइडर उत्पादन गर्दै आएको छ ।

Categories
ताजा समाचार

एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् (भिडियो हेर्नुहोस)

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए ।

रविको समर्थकमा नारासमेत लगाएका थिए । त्यसैबिच एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् । भिडियो हेर्नुस:

यो पनि हेर्नुहोस्: फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ? सुनको मूल्य फेरि बढेको छ । सुन तोलामा विहीवार पुनः ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सूनको भाउ मंगलबार घटेको थियो । मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटबढ भएको थिएन । केही दिनयता सुनको मूल्यमा निकै ठूलो वृद्धि भएको छ । यो साताको पहिलो दुई दिनमा सुन तोलामा २ हजार भन्दा बढी बढेको छ ।

Categories
ताजा समाचार

ज्ञानेन्द्र शाहीको माग पूर्वयुवराज पारसलाई कारवाही गर्न र सुरक्षाकर्मीले पूर्वराजाका परिवार जाँदा अपमान गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए (भिडियो हेर्नुहोस )

काठमाडौं, १२ भदौ । आफुलाई भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउने ज्ञानेन्द्र शाहीले वाइड वडी खरीद काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीकै संलग्नता भएका कारण सो काण्ड सेलाएको दावी गरेका छन् । संवाद चौचारीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।

स्टेजमा बसेका अन्य नेकपाका कार्यकर्ता छविन्द्रराज खनाललाई इकित गर्दै उनले भने वाइडवडी काण्डमा तपाईका नेता खड्ग ओलीको नाम छ तपाईलाई थाहा छैन भने म डाटा देखाउँछु । गएर भन्नुस् तपाईको नेतालाई यदि हिम्मत छ भने । उनले नेकपाका नेताहरुमा नैतिकता नभएको आरोप लगाएका छन् । उनले नेताहरुमा नैतिकता नभएको भनेर टिप्पणी गरिरहँदा मञ्चमा बसेका नेकपाका कार्यकर्ताहरुले विरोध जनाएका थिए । उनले कम्युनिष्टको सरकार बनेपछि ब्यापार घाटा बढेको, निर्यात बढेको, भ्रष्टाचार बढेको आरोप लगाए ।

उनले मेलम्चीमा खानेपानी मन्त्री विना मगरले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले मन्त्रालयमा गएर सोध्न कार्यकर्तालाई चेतावनी दिए । नेपाल ट्रष्टको सम्पत्ती शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्र प्रयोग गर्न पाइने भएपनि यति एयरलाइन्सलाई कसरी प्रयोग गर्न दिइयो भनेर उनले प्रश्न गरे । ज्ञानेन्दै शाहीले विमानस्थलमा सुरक्षाकर्मीलाई अपमान गर्ने पूर्वयुवराज पारस शाहलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

उनले पूर्वयुवराज शाहले कानुन हातमा लिन नहुने बताए । यदि सुरक्षाकर्मीले आफुलाई अपमान गरेको भए कारवाही गर्ने अन्य निकाय हुँदाहुँदै कानुन हातमा लिन नहुने बताए । उनले यदि भिआइपीलाई अपमान गरेको हो भने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले भने प्रचण्डका परिवार जाँदा सम्मान गर्ने सुरक्षाकर्मीले पूर्वराजाका परिवार जाँदा अपमान गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए ।

https://youtu.be/cEBPd8OSEsY

Categories
ताजा समाचार

रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा -ऋषि धमला

भदौ ११ काठमाडौं कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई हिरासतमा भेट्न पुगेका तमाम व्यक्तिहरुमध्यका एक हुन् पत्रकार ऋषि धमला। उनै धमलाले राजनीति गर्न भनेको जस्तो सजिलो नभएको बताएका छन्। चितवनमा भएको प्रेस मिटमा लामिछानेले आफु राजनीतिमा आउन झन् सहज बातावरण सृजना भएको छ भनेर भनेको कुरामा आधारित रहेर सुत्र टिभीका पत्रकारले बरिष्ट पत्रकार धमलालाई सोधेको प्रश्नमा धमलाले राजनीति भनेको भाषण गरे जस्तो र पत्रकारिता गरेको जस्तो सजिलो नभएको भन्दै स्व नेता गिरिजा प्रसाद कोइरालाको बिचारलाई स्मरण गरेका थिए।

पत्रकारले त्यो ५ लाख लिएर रविलाई छोड्नु र बाहिर यो केसमा नबोल्ने आदेश दिनुलाई कसरी लिने भन्ने प्रश्नमा धमलाले आफुले कानुनी राज्यमा विश्वास गर्ने र अदालतले गरेको फैसलालाई सम्मान गर्ने र अन्तिम सुनवाई हुन अझ बाकी भएकाले त्यति बेला नै स्पस्ट हुने पनि बताए। सुत्र टिभीका पत्रकारले उनकै रिपोर्टस क्लबमै धमलालाई रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा पुगेको हो भनेर सोद्धा धमलाले सबै नभए पनि बाहुल्यता भने राजतन्त्रवादी हरु कै थियो भनेका थीए। रबि आफ्नो राम्रो मित्र भाएका ले उहालाई मेरो साथ र समर्थन सदैव रहने समेत बाताएका छन् यति मात्र नभई देश परिवर्तन गर्न एउटाले मात्र नसक्ने समेत दाबी गरेका छन्।

यो पनि हेर्नुहोस-एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् (भिडियो सहित)

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए ।

रविको समर्थकमा नारासमेत लगाएका थिए । त्यसैबिच एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् । भिडियो हेर्नुस:

यो पनि हेर्नुहोस्: फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ? सुनको मूल्य फेरि बढेको छ । सुन तोलामा विहीवार पुनः ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सूनको भाउ मंगलबार घटेको थियो । मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटबढ भएको थिएन । केही दिनयता सुनको मूल्यमा निकै ठूलो वृद्धि भएको छ । यो साताको पहिलो दुई दिनमा सुन तोलामा २ हजार भन्दा बढी बढेको छ ।

Categories
ताजा समाचार

रवि लामिछानेको पूर्व पत्नी ईशाले भने सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा यस्तो लेखेकी छिन्

पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन । उनको चर्चा धेरै पहिले देखिनै बिभिन्न काम र कारणले चर्चा भैरहने गरेको थियो । गरेका राम्रा कामको चर्चा पहिले यति धेरै नभए पनि पछिल्लो समय ‘सिधा कुरा जनतासंग’ को कार्यक्रमले उनलाई निकै उचाइमा पुर्यायो । उनलाई यो उचाइमा पुर्याएसंगै उनको अर्को चर्चा हुरीबतास जस्तै आइदियो त्यो थियो आफ्नै श्रीमतीका सम्बन्धका कारण ।

केहि समय अघि उनीहरुको सम्बन्धका बारेमा सामाजिक संजालमा छताछुल्ल भएको थियो जसका कारण रविलाई विवादमा ल्याउन खोजेको थियो तर पनि यो अवस्थालाइ रविले सजिलै सम्हाल्न सके । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यंग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्– ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई जेलबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए ।

सालिकराम प्रकरणमा हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

विमानस्थलमा उत्रिए पछि आफ्ना समर्थकलाई संक्षिप्त प्रतिकृया दिँदै लामिछानेले हिरासतको जीवनले आफुले राम्रो पाठ सिकाएको बताए । उनले मरिसकेको मानिसलाई प्रयोग गरेर आफु विरुद्ध षडयन्त्र भएको भन्दै यति सम्म हुन्छहोला भन्ने आफुले नसोचेको बताए ।

विमानस्थलमा पुगेका सञ्चाकर्मीहरुले शालिकराम पुडाशैनीको परिवारका सदस्यका बारेमा तपाईको के धारणा छ भनेर सोधेको प्रश्नमा उनले पुडाशैनीको परिवार प्रति समवेदना ब्यक्त गरे । उनले भने, उहाँहरुको परिवारमा भएको क्षति प्रति समवेदना प्रकट गर्न चाहन्छु । परिवारमा जुन बिपत्ती आएको छ त्यसमा हामी पनि दुखी छौं । मैले यस अघि पनि भनेको थिए । अहिले पनि त्यही भन्न चाहन्छु ।

उनले आफ्नो समर्थनमा प्रदर्शन गरेका समर्थकहरुको मायाले थप जिम्मेवार बनाएको बताए । उनले विशेष तयारी गरिरहेको बताए । उनले हिरासतको वसाईमा थप उर्जा मिलेको बताएका छन् । उनले समाचारमा आएका हेडलाइनलाई पनि प्रतिकृया दिएका छन् । उनले राजनीतिमा लाग्ने आफ्नो तत्काल कुनै योजना नभएको बताएका छन् । तर पनि भोलीको बारेमा अहिले केही भन्न नसकिने बताए ।

Categories
ताजा समाचार

छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन् । भाई अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन । विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको समाचारहरूमा जनाइएको छ ।

यो पनि हेर्नुहोस -यि युवा जसको २ मिनेटको भिडियोले बनायो रानु मण्डललाई स्टेशन गायिकाबाट स्टार
काठमाडौं। पछिल्लो केही दिनदेखी सोशल मिडियामा भिडियो भाइरल भएको छ । यो भिडियो हो, रानु मण्डलको जो अब हिमेर रेशमियासँग एउटा फिल्मको टाइटल गित गाइरहेकी छिन । रानु मरिया मण्डल ती नै हुन जसले केही दिन पहिला एउटा भिडियोमा प्लेटफर्ममा लता मंगेश्करको गित गाएको सुनिएको थियो ।

उनको आवाज र सुर यती सुमधुर थियो कि जो कोहीले उनको उच्च प्रशंसा गरे र उनी रातारात एउटा स्टार बनेकी छिन् । उनलाई रातारात हिट बनाउने एउटा युवा हुन जसको केबल २ मिनेटको भिडियोले रानुको जिन्दगी नै पुरै बदलियो ।

पश्चिम बंगालको रानाघाट स्टेशनमा गित गाइरहेकी रानु मण्डलको गितलाई रेकर्ड गर्ने ति ब्यक्तिको नाम हो अतीन्द्र चक्रवर्ती, जो पेशाले एक समाज सेवक हुन् । अतिन्द्र नै हुन जसले स्टेशनमा रानुले गित गाउदै गरेको सुने र उनको भिडियो बनाइदिए ।

अतिन्द्र यहाँ आफनो साथीसँग आएका थिए र उनलाई रानुको गित असाध्यै मन पर्यो । अतिन्द्र नै थिए जसले पहिलो पटक रानुको गितको भिडियो बनाएर फेसबुकमा पोस्ट गरे । अतिन्द्रले सायद यो पनि सोचेका थिएनन कि उनको यो सानो कोशिश रानुको जिन्दगीको यात्रालाई यसरी सुखद बनाइदिनेछ। आजकाल रानु जहाँ पनि जान्छिन अतिन्द्र त्यही देखिन्छन् ।

हिमेश रेशमियाले गराए बलिउडमा प्रवेश

गएको शुक्रवार मानिसहरु तब अचम्मित भए जब रानु मारिया मण्डल बलिउडमा प्रवेश गरेको खबर फैलियो । यो कुराको जानकारी हिमेश रेशमियाको इन्स्टाग्राम बाट दिइयो । हिमेश रेशमियाले शुक्रवार आफनो इन्स्टाग्राम एकाउन्टमा भिडियो शेयर गरे, जसमा रानु हिमेशसँग स्टुडियोमा एउटा गित रेकर्ड गरिरहेको देखिन ।

Categories
ताजा समाचार

सल्यक्रिया गर्दा सिकारु डाक्टरको लापरबाही, भुडी फुटेर बुद्ध तामाङ्गको शरिरमै दिशापिसाब’ भएपछि हेर्नुहोस यस्तो बिजोग देखियो, (हेर्नुहोस भिडियो सहित )

काठमाडौंको जोरपाटी स्थित नयाँ बस्तीमा रहेको एउटा सानो कोठा । जतासुकै कपडा छरिएका छन् । एउटा सानो बालक जसको शरिरमा हड्डी र छाला मात्र बेरिएको अवस्थाका छन् । उनको पेटमा दुईवटा पाइप लगाइएको छ । उनको छेउमा बसेकी छन् एक महिला । उनी ति बालकको आफन्त हुन् । बालक विरामी भएर अस्पतालमा उपचारका लागि ल्याएको यि महिलाले अस्पतालका कारण झन दुख पाइन् । आफ्नो आँखा अगाडी आफन्तको विग्रदो अवस्था देखेर झन उनको मन जतिबेला पनि भक्कानिन्छ ।

१४ वर्षका बुद्ध तामागं उनले जन्मने बित्तिकै आमाको काख पनि पाएनन् । तीन महिना नपुग्दै आमाले छोडेर अर्केसंग विवाह गरिन् । बुवा पनि बिरामी छन् । बुवालाई टिवी भएको छ । उनी फुपुको सहारामा काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचारार्थ छन् । भाई विद्यालय गएको बेलामा साइकलवाट लडेर घाइते भएपछि उपचारका लागि विराटनगरको अस्पताल लिएर गए ।

अस्पताल लगेको तीन दिन पछि चिकित्सकले फियोमा चोट लागेका कारण शल्यकृया गर्नुपर्ने बताए । शल्यकृयाका लागि ४५ हजार लाग्ने बताए । फियोको शल्यकृया गर्ने भनेर सुरु गरेको बताएका चिकित्सकले पेट चिरिसकेपछि भुडी नै फुटेको रहेछ भनेर बताए । आफन्तको शंका छ चिकित्सकले शल्यकृया गर्दा लापरवाही गरेका कारण भुडी फुटेको हुनसक्छ ।

तर पनि शल्यकृया पछि उनको घाउ सिलाएर ८ दिन सम्म आइसियुमा राखेर बाहिर राखेको दुई दिन पछि घाउवाट दिसा निस्कन थाल्यो । फेरी शल्यकृया गरेर हेर्दा आन्द्रा नै फुटेको देखियो । फियो, कलेजो र ठुलो र सानो आन्द्रा सबैमा चोट लागेको भनेर फेरी विराटनगरको अस्पतालले भनेपछि विवाद भयो ।

पेटमा रहेको एक आन्द्रा जसलाई स्थानिय भाषामा तिते आन्द्रा लगेर ठुलो आन्द्रामा जोडिदिएका कारण यस्तो भएको आफन्तको भनाई छ । सिकारु चिकित्सकले शल्यकृया गरेका कारण यस्तो भएको उनको भनाई छ । विराटनगरमा त्यती धेरै दिन राख्दा सम्म केही नभनेका चिकित्सकले अन्तीम अवस्थामा आएर यहाँ बचाउन सकिदैन काठमाडौं लैजानु भनेपछि अहिले शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ राखिएका छन् । विराटनगर स्थित नोवेल अस्पतालका चिकित्सकको लापरवाहीका कारण १४ वर्षका बालकको अवस्था निकै दयनिय भएको छ । आमा नभएको र बाबु पनि अस्वस्थ्य रहेका यि बालकको उपचारका लागि पैसाको पनि अभाव छ ।

 

Categories
ताजा समाचार

सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रूत मार्ग निर्माण सम्बन्धी जानकारी गराए।

काठमाडौं। नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ। सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रूत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो।

विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्व ५५ अर्ब रुपैयाँ रहेको छ। मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ। अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डीपीआरमा आयोजनामा निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ।

आयोजना निर्माणको क्रममा हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन। निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ।

दू्रत मार्ग खोकनाबाट सुरु भई निजगढ सम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ। यो यसअघिको डीपीआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमी हो। पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ।

यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने भएको छ। महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने छ।

यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा , ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको हो।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ। खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरि दुई ठाउमा रेखांकन परिर्वतन भएको हो।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ। साथै महादेवटार देखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ।

द्रूत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत काम सम्पन्न भईसकेको सेनाले जनाएको छ। रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रूत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो। द्रूत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना छ।

Categories
ताजा समाचार

स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृ*त्यु र उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बे*होस्

बुटवल -स्कुलमा किशोरीहरुमाथी अनौठो लक्षण देखिएको छ । पाल्पाको रम्भा माध्यामिक विद्यालयमा यस्तो अनौठो लक्षण देखिएको हो । किशोरी पढ्दा–पढ्दै बेहोस हुने र नफर्किने समस्या आएको छ । त्यहाँ कोचिङ पढ्न पुगेकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो ।

स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको एसपी जीसीले जानकारी दिए । गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए । मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको एसपी जीसीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली अनुसन्धानका लागि विद्यालयमा पठाइएको छ ।

यो पनि हेर्नुहोस-हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगे (भिडियो सहित)
काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् ।

उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए । पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो ।

सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

१० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि क्षेन अगाडी त्रिभुवन बिमान स्थलमा पत्रकार संगको भेट संगै रविको समर्थकको पनि भरपुर साथ् देखिएको थियो।रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

रबि लामिछाने केहि दिन अगाडी टेलिभिजनबाटै पक्राउ परेका थिए।पुडासैनी प्रकरणकै कारण उनले १० दिन हिरासतमा रहेर आफ्नो जीवन अगाडी लानु पर्यो।रबि आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन हजारौको समर्थनमा रबि आफ्नो निवास पुगेका छन।हेरौ यो भिडियो :

Categories
ताजा समाचार

नाडा अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने, हेर्नुहोस कुन बैंकको कति ब्याज ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने स्किम ल्याएका छन् । बैंकहरुले नाडा अटो शोको अवधिमा गाडी खरिद गर्नेलाई लक्षित गरी अन्य समयमा भन्दा सस्तो ब्याजदरमा लोन उपलब्ध गराउने बताएका छन् । बैंकहरुले विदयुतीय गाडीमा झनै सस्तो ब्याजदरमा ऋण दिने स्किम ल्याएका छन्। जसको फाइदा ग्राहकले उठाउन सक्नेछन् ।

भदौ १० गतेदेखि शुरु मेलामा विभिन्न कम्पनीहरुले लेटेस्ट मोडेलका गाडी मेलामा राखेका छन् । आकर्षक सुविधा सहित ल्याइएका मोटरका लागि बैंकहरु पनि सस्तो ऋण उपलब्ध गराउँदै ग्राहकलाई अझ बढी सेवा दिइरहेका छन् । राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने जनाएका छन्।

कुन बैंकको कति ब्याज ?

१) सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ । बैंकले बेस रेटमा प्रिमियम नलिई अटो लोज उपलब्ध गराउने बताएको हो । बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ ।

२) माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यसका लागि बैंकले ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ । १० वर्षसम्मका लागि बैंकले यो सुविधा दिएको हो ।

३) स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.३९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ ।

४) सानिमा बैंकले १०.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने बताएको छ । बैंकले ९.३४ प्रतिशत बेस रेटमा प्रिमियम थप गरेर लोन उपलब्ध गराउने भएको हो । बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने बताएको छ ।

५) सांग्रिला डेभ्लोप्मेन्ट बैंकले ११.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यसका लागि बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जानकारी दिएको छ ।
६) लक्ष्मी बैंकले १०.५० प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । जसका लागि ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ । बैंकका अनुसार यो ब्याजदर ३ वर्षका लागि हुनेछ । वर्षपछि बेस रेटमा २ प्रतिशत ब्याजदर थप हुनेछ । बैंकले पेट्रोल कारका लागि ११.५० प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ ।

७) नविल बैंकले इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । बैंकको बेस रेट ८.५ प्रतिशत छ । भने पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । बैंकले ७ वर्षका लागि लोन उपलब्ध गराउँदा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लिनेछ ।

८) एनआईसी एसिया बैंकले १५ वर्षका लागि सवारी कर्जा लिँदा इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदर र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदर लिनेछ । बैंकले प्रोसेसिङ चार्जका लागि ०.७५ प्रतिशत शुल्क लिनेछ ।

९) ग्लोवल बैंकले ७ वर्षका लागि लोन लिँदा ९.९९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । भने प्रोसेसिङ चार्जका रुपमा १.५ प्रतिशत शुल्क लिनेछ ।

१०) बैंक अफ काठमाडौं बैंकले ८ वर्षका लागि सवारी कर्जा लिँदा ११.४८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यसका लागि बैंकले १ प्रतिशतसम्म प्रोसेसिङ शुल्क लिने जानकारी दिएको छ । बैंकको बेस रेट ९.९८ प्रतिशत छ, त्यसमा १.५ प्रतिशत प्रिमियम लगाएर अटो लोन दिने बैंकले जनाएको छ ।

११) एभरेष्ट बैंकले ७ वर्षका लागि कर्जा लिँदा ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेका लागि ०.७५ प्रोसेसिङ शुल्क लिनेछ भने ५० लाख रुपैयाँभन्दा बढीको कर्जा लिनेका लागि ०.५० प्रतिशत शुल्क प्रोसेसिङका लागि लिनेछ । बैंकले ९.६६ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउने बताएको छ ।

१२) हिमालयन बैंकले अटो लोनका लागि नाडा अटो शोमा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । बैंकले ८ वर्षका लागि कर्जा लिँदा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लिने बताएको छ । क्लिक मांडू