सरिता आचार्य ऊ आई। मेरो हात तानेर च्याप्प समाई। मेरो अनुहार रातो भयो। कान तातेर पूरै ज्वालामुखी निस्केलाजस्तो भयो। शरीरमा पूरै भूकम्प आयो।शरीर लगलग काप्न थाल्यो। विस्तारै कसले मेरो हात समात्यो भनेर हेर्न खोजें। तर मेरो टाउको उठ्दै उठेन।यतिकैमा टिफिन टाइम सकेको घण्टी बज्यो। म कक्षा कोठातिर लागें। कक्षा सुरू भयो। मलाई शिक्षकले के पढाउँदै हुनुहुन्थ्यो भन्ने केही थाहा भएन।
यसरी नै चार वटा कक्षा सकिएछ। म केमा डुबेँ, मलाई केही थाहा भएन। म कक्षा कोठाबाट बाहिर निस्कें। घरतिरको बाटो तताउन लागें।त्यही क्रममा ऊ फेरि मेरो सामुन्ने उभिई। यसरी कहाँ एक्लै हिँड्न पाइन्छ। म पनि आजदेखि तिमीसँगै हिँड्ने हो’, भन्दै अगाडि बढी।न त मैले उसलाई यसअघि देखेको थिएँ न त जानेको नै। यो एक्कासि के भइरहेको छ भन्ने लाग्यो। एकचोटि आफ्नो हातमा आफैंलाई चिमोटेँ र सपना हो कि भनी हेरेँ। सपना त होइन रहेछ। यदि सपना होइन भने किन ऊ मेरो पछि लागिराखेकी छे। ऊ यसअघि कहाँथिई रु अनेक प्रश्नहरू उठे मन भित्रभित्रै।
‘मेरो घर तिम्रो घरबाट दश मिनेट पर हो। मैले तिम्रो दाइ, दिदी, बुवा, आमा सबैलाई चिनेको छु। घर पनि देखेको छु। मैले तिमीलाई धेरै अगाडिदेखि नियालिरहेको थिएँ।’ ऊ मकै भुट्दा मकै पड्के जस्तैगरी भटट्ट्ट गरेजस्तो गरी बाटोभरि बोलिरही।म केबल चुप लागेर हिँडिरहेँ। त्यही क्रममा मेरो घर आयो।
मैले बाई भनेर घरतिर लागेँ। भोलिपल्ट सदाझैं ८ बज्यो। म ८ १० मा स्कुल निस्किन्थेँ। आज पनि म त्यही समयमा स्कुल निस्कें। घरबाट केही तल आएको त त्यो हिजोको केटी त्यही रहिछे। म न त घरतिर जाउँ न त स्कुलको बाटो जस्तो भयो।
मैले यसअघि उसलाई राम्रोसँग हेरेको पनि थिइनँ। आज हेर्दा काली काली गोलो अनुहार, ठूल्ठूला आँखा, चुटुक्क परेको नाक, गुलाबी ओठ र लामो रेशमी कपाल। उचाई करिब पाँच फिट भएको नेवार समुदायको केटी देखेँ। हिजो हात समाउँदा काँपेर सिधा हेर्न सकेको थिइनँ। आज टाढा भएकोले होला नियालेर हेर्न सकेँ। अब ममा पनि अलिकति आँट आएको जस्तो भयो।
अनि म स्कुलको बाटोतिर लम्किएँ। ऊ पनि सँगै आउँदै थिई।
‘सुन न म तिमीलाई २० मिनेटदेखि पर्खिराखेको छु। तिमी किन बोल्दैनौ रु’ भनी र फेरि हात समाई। मलाई हिजोको जस्तो कम्पन त भएन। तर मनमा एक किसिमको डर चाहिँ लागिराख्यो।अब उसले बोल्न सुरूगरी (‘तिमीलाई मैले तीन वर्षअघिदेखि हेरिरहेको थिएँ। तिम्रो हरेक क्रियाकलापलाई नजिकबाट हेर्ने मौका मिलेको थियो। त्यसैले मलाई तिम्रो धेरै माया लाग्छ। तिमी साह्रै मनपर्छ र तिमीसँग क्लोज फ्रेण्डसीप गरौं जस्तो लाग्छ। तिमी किन कोहीसँग साथी बन्दैनौरु किन खुलेर बोल्दैनौरु’ यसरी अनेक प्रश्न सोधीरु म मुसुक्क हाँसें र ‘मेरो बानी नै यस्तै छ सानैदेखि’ भनें।
ऊ एक्कासि उफ्रिन थाली। म छक्क परेर एकटकले हेरिरहें।अनि उसले भनी (‘मेरो प्रयास सफल भयो। तिम्रो मुहारमा हाँसो देख्न चाहेकी थिएँ। आज देख्न पाएँ।’यस्तै यस्तै कुरा गरेर थाहा नै नपाई स्कुल आइपुगिएछ।स्कुलमा ठूलो कम्पाउण्ड ठूला(ठूला भवन करिब १५०० विद्यार्थी भएको ललितपुरको बोर्डिङ स्कुलमा कक्षा ९ मा हामी अध्ययन गर्थ्यौं। एउटै स्कुल, एउटै कक्षा भए पनि सेक्सन फरक फरक थियो। हाम्रो स्कुलमा कक्षा ९ मा ए देखी ई सेक्सनसम्म थियो। म सेक्सन ‘डि’मा थिएँ भने ऊ ‘ई’ मा थिई।
एउटै स्कुल एउटै कक्षा भए पनि मैले उसलाई कहिले पनि याद गरेको थिइनँ। यसरी हामी सँगै स्कुल जाने र आउने गर्न लागेको नि तीन महिना भएछ। यो तीन महिनामा म ऊसँग अलि अलि बोल्न थालेको थिएँ। यसरी हामी कक्षा ९ पास भएर दशमा पुग्यौं।दश कक्षामा उसले शिक्षकहरूलाई भनेर एउटै सेक्सनमा राखिदिन आग्रह गरिछ। त्यसपछि स्कुल आउने जाने समय बाहेक कक्षामा पनि सँगै भयौं।
यसै क्रममा ऊ धेरै बोल्थी। म एकदम कम बोल्ने, लजालु स्वभावको, कसैसँग नखुल्ने। एक दिन उसले ‘तिमी मलाई एकदमै मनपर्छ। धेरै वर्षदेखि तिमीलाई मैले नियालिरहेको छु।आज अकस्मात तिमीसामु आएर यो कुरा भन्ने हिम्मत बटुलेकी छु। प्लिज तिमी मलाई बुझ्ने प्रयास गर। आई रियल्ली लभ यू रोहित।’
एक्कासि उसको कुरा सुनेर मेरो मन र मस्तिष्कले काम गरेन। मलाई साह्रै गाह्रो भयो। न मैले उसलाई त्यो नजरले हेरेको थिएँ न केही सोचेको नै थिएँ। त्यसदिन म केही नबोली उसलाई छोडेर घर गएँ। मलाई रातभरि निन्द्रा लागेन।भोलिपल्ट कक्षामा पनि म केही बोलिनँ। ऊ मेरोसामु आएर हात समातेर आँसु निकालेर हेरिरही। त्यो कुराले मेरो मनमा कुनै असर गरेन। यसरी समय बित्दै थियो। म ऊसँग बोल्न र सँगै घर जान छोडिसकेको थिएँ।
एकदिन उसले एक्कासि स्कुल छुटेर निस्कने समयमा बाटोमा ‘रोहित तिमीले मलाई एस पनि भनेनौ र बोल्न नि छोड्यौ भने म झुन्डिएर मर्छु’ भनी। त्यति समयसम्म मैले नि उसलाई सँगै स्कुल, घर जाने कक्षामा सँगै एउटै बेन्चमा बस्ने बानी परेको महसुस गरिसकेको थिएँ। त्यसैले उसलाई अगाडि गएर त्यस्तो नभन भनेँ र निउँरिरहें। उसले एक्कासि आएर मलाई अंगालोमा बाँधी। त्यसपछि मैले नि उसलाई आई लभ यू टु भनें।
यसरी समय बित्दै गयो। हामी एस।एल।सी। पास भयौं। ऊ राम्रो पढ्ने भएकोले मेजर इङ्लिस लिएर प्लस टु पढी। मैले मेजर इङ्लिस नपढ्ने निर्णय गरें र समाजशास्त्र पढें। प्लस टु पनि हामी एउटै कलेज पढ्थ्यौं। कलेज बंक गरेर कहिलेकाहीँ गोदावरी, कहिले त्रिभुवनपार्क जान्थ्यौं। यसै क्रममा उसले मलाई उसको आदत बनाइसकेकी थिई।
म कसैसँग खुल्न नसक्ने सोझो केटो अहिले नि उस्तै थिएँ। बस् उसको सामु चाहिँ अलिकति खुल्थें। हामी डेटिङ जाने क्रममा एकदिन उसले मलाई अँगालोमा बाधी र किस गरी। मलाई त्यो दिन लाज लागेको थियो।त्यस दिनपछि जति समय जहाँ गयौं, हामी अँगालोमा बाँधिएर मजाले खुलेर गफ गरेर बस्थ्यौं। मेरो खासै नजिकको साथी अरु कोही थिएनन्। यसै क्रममा प्लस टु पनि पास भयौं।
त्यो समयमा सबै साथीहरू घरतिरका दाइ दिदीहरू प्लस टु पास गररे अष्ट्रेलिया जाने फेसनजस्तै भएको थियो। हामी पनि त्यही समुदायका थियौं। लहैलहैमा लाग्ने समय थियो हाम्रो।मलाई खासै विदेश जाने भन्ने कुरा मनमा नै आउँदैन थियो तर मेरी उनी ९स्मिता० उसलाई भने साह्रै मन थियो। उसले जहिले हामी प्लस टु सकेपछि अष्ट्रेलिया जाने है भनेर फकाउँथी।
म जहिले पनि उसलाई नेपालमै बस्ने बरु केही बिजनेस गर्ने र परिवारसँगै बस्ने भन्थे। तर नारी हठ र राजहठको अगाडि कसको के लाग्छ र रुउसले आइइएलटिएस गरी, मलाई डिपेन्डेन्टमा राखेर। नभन्दै एकै पटकमा भिसा लाग्यो। उसले सिड्नीको एउटा युनिभर्सिटीमा अप्लाई गरेकी थिई।भिसा लागेको २० दिनमै कक्षा सुरू हुन्छ भन्ने भयो।
मैले घरमा कसैलाई भनेको थिएन, हामीले अष्ट्रेलिया ट्राई गरेका छौं भनेर। म उसलाई छोड्न सक्दिनथिएँ अनि ऊ मलाई। त्यसैले मलाई विदेशिने चाहना नहुँदानहुँदै पनि उसको करले, उसको मायाले उसको लगावले जान्छु भन्ने बनाएकी थिई। त्यसदिन घरमा आएर दाइसँग कुरा गरें।पारि गाउँको फलानोको छोरी मलाई असाध्यै मनपर्छ। स्कुल पढ्दा देखिको हाम्रो प्रेम थियो। अहिले उसले अष्ट्रेलिया ट्राई गरी मलाई डिपेन्डेन्टमा राखेर। भिसा पनि लाग्यो। के गर्ने होला रु भनेर डराई डराई सोधें।
हामी सुत्ने बेलामा एउटै कोठामा हुन्थ्यौं। दाइ तीनछक परेर मलाई हेरिरहनु भयो। यति सोझो, खाना खाँदा कसैले हेर्यो भने पनि लाजले खाना छोडेर हिँड्ने। आजसम्म कसैसँग दोहोरो कुरा गर्न नसक्ने, न घर न बाहिरको। यस्तो केटाले आज के भनिरहेको छ भनेर दाइले एकटक मलाई हेरिरहनु भएको थियो। म डरले काँप्न लागें। म आफैंलाई आज यत्रो हिम्मत कहाँबाट आयो थाहा नै छैन।
दाइले धेरै बेरपछि कसको छोरी रे रु कहाँ को रे भनेर सोध्नु भयो। मैले सबै कुरा भनें। त्यसो भए म भोलि बुवासँग कुरा गर्छु भनेर हामी सुत्यौं। यसरी दाइ र मेरो बीचकोकुराले घरमा हङ्गामा भयो। म ब्राम्हण परिवारको छोरो ऊ नेवार समुदायकी छोरी फेरि वारि र पारि गाउँको भन्ने भयो। घरमा विवाद भयो।
दाइले मलाइ सार्है माया गर्ने भएकोले उहाँले नै घर परिवारलाई सम्झाउनु भयो। त्यसपछि हामी २ जना अष्ट्रेलिया जाने भयौं। पहिले त विवाह गरेर जाने भन्ने थियो तर पछि अहिले जाऊँ अनि २र३ वर्षपछि आएर हिन्दु परम्परा अनुसार बिहे गरूँला भन्ने कुरा भयो।हामी दुई अष्ट्रेलिया जाने भयौं। यही क्रममा हामी सपिङ गर्ने, आफन्तलाई भेट्ने जस्ता कामना हिँडी राख्थ्यौं। यी सबै काम सकेर अष्ट्रेलिया जाने दिन आयो।
हामी एक जोडी सपनाको संसारमा उड्यौं। घरबाट धेरै टाढा। म साह्रै सोझो, उनी अलि बढी नै चञ्चले र ट्यालेन्ट थिई। उसले कहाँ जाने कहाँ बस्ने सब कुरा मिलाइसकेकी थिई। उसका साथीहरू हामीलाई सिड्नी एयरपोर्टमा लिन आएका थिए।हामीलाई उनीहरू बस्ने ठाउँमा लगे। म नेपालमा हुँदा गोदावरी र त्रिभुवन पार्कबाहेक कहीँ नगएको। त्यसैले अष्ट्रेलियाको बाटो, एयरपोर्ट, घर, सपिङ मल, रमझम देखेर बाटोमा हेरिरहेको थिएँ।
मलाई सपना हो कि विपना होजस्तो भइरहेको थियो।
उनीहरू साथी साथी भएकोले खुलेर गफ गर्दै थिए। म खासै कसैसँग पनि खुलेर बोल्न नसक्ने मलाई त्यहाँ गाह्रो भइरहेको थियो। तर अब के गर्नु यो त मलाई आदत पार्नु थियो। हामी उनीहरू बस्ने ठाउँमा पुग्यौं।त्यसपछि उनीहरूले हामीलाई फ्रेस हुन भने। उनीहरूको काममा जाने बेला भयो। उनीहरू एकछिन बसेर गएँ।मैले स्मितालाई भने (‘मलाई त गाह्रो भयो। तिमीहरू क्या खुलेर कुरा गर्छौ। म कसैसँग बोल्न सक्दिनँ। मलाई यहाँ बस्न गाह्रो हुन्छ जस्तो छ’ भने।
उसले मलाई अँगालोमा बाँधेर सम्झाई ‘त्यस्तो हुँदैन रोहित’ भनी। तिमी यति राम्रो छौ। यस्तो गोरो, गोलो मुहार, ठूला ठूला आँखा गुलावी कलरको ओठ, सुरिलो नाक मिलेको शरीर यस्तो राम्रो। हाइट पनि ५ फिट ८ इन्च भएका छौ। यस्तो राम्रो मान्छेले त्यस्तो भन्न हुन्छ ?
तिमी यसरी गम्भीर भएर बोल्दा तिम्रा नाक फुलेर ठूलो हुन्छ, आँखा चिम्सो देखिन्छ, प्रफुल्ल भएर बोल आँखा मृगनयनजस्तो देखिन्छ। हाँस्दा ओठ चन्द्रमा मुस्कुराएजस्तो देखिन्छ र गालामा कति मजाले डिम्पल पर्छ, लाग्छ हिमाल हाँसिरहेको छ। त्यसैले यस्तो कुरा नगर भनें।
‘सुन त मलाई अघि साथीले के भनी थाहा छ रु’ ‘के भनी रु’‘तँ यस्तो काली मोटी छेस् तर कस्तो ह्यान्डसम केटा पट्याएको। म त झण्डै लडेको भन्दै थिई,’ ऊ मुसुक्क हाँसी र म पनि सँगै हाँसें।यतिकैमा माहोल बदलियो। हामी थाकेको हुनाले खाना बनाएर खाएर सुत्यौं। त्यहाँ पुगेको पर्सिपल्ट स्मिताको कलेज थियो।
उसको साथीहरू कामबाट कति बजे फर्के मलाई थाहा नै भएन। बिहान उठ्दा सोफामा सुतिराखेका रहेछन्। हामी उठ्यौ चिया पिउँदै वरिपरि नियालिरहेका थियौं। सानो सानो घर, हरियाली नि छ , सफा पनि छ, सुविधा सम्पन्न देखिन्थ्यो।लाग्थ्यो कि हामी स्वर्गमै आइपुग्यौं। व्यवस्थित बस्ती साह्रै रमाइलो थियो। तर पनि घरबाट एक दिन पनि कहीँकतै नगएकोले घरको याद आइरहेको थियो।
चिया खाइसकेपछि स्मिता खाना बनाउन थाली। त्यही क्रममा उसका साथीहरू नि उठे। ‘हाई रोहित, स्मिता’ भनेर कुरा सुरू गरे।
उनीहरू सहयोगी त छँदै थिए फ्रेन्डली पनि थिए। मलाई पनि हिजोको भन्दा अलि सजिलो महसुस भइरहेको थियो। उनीहरूले स्मितालाई तिमी भोलिदेखि कलेज जान्छौ नि भनेर सोधे रु स्मिताले खोइ के गर्ने हो भनी रु उनीहरूले आज कलेज देखाइदिन्छौ। अनि रोहितको लागि काम पनि खोजिदिएका छौं। त्यो ठाउँमा नि लगिदिन्छौं भने। हामी सबै जना खाना खाएर फ्रेस भयौं।
अष्ट्रेलियाको रकडेल भन्ने ठाँउमा हामी बस्थ्यौं। त्यो ठाउँमा धेरै नेपालीहरू बसोबास गर्दा रहेछन्। नेपालकै जस्तो सम्पूर्ण सामान पाइने। त्यहाँ असन बजार, सुन पसल, नेपालीहरूको रेष्टुरेन्ट थियो।
यहाँको ठमेल बजारलाई व्यवस्थित गरेर बनाउने हो भने अष्ट्रेलियाको रकडेलजस्तै देखिने थियो। अस्ति त कहाँ कसरी आइयो भन्ने थाहा नै भएन।
आज घरबाट बाहिर निस्केर करिब दश मिनेट जति हिँडेपछि रकडेल चोक आयो। त्यहाँ देख्दा नेपाल व्यवस्थित भएको जस्तो लाग्थ्यो। जता हेरे पनि नेपाली नेपाली, नेपालकै जस्तो सामान पाइने पसलहरू, रेष्टुरेन्ट, नेपाली नै पसलमा बसेका धेरै व्यवस्थित गरी त्यहाँ नेपाली पहिचानको सामानको व्यापार हुने गरेको देखियो। रकडेल चोकबाट करिब ५ मिनेट माथि लागेपछि रेल स्टेसन आउँदो रहेछ।
रेल स्टेसनबाट हामी टाउनहल जानको लागि रेल चढ्यौं। करिब १५र२० मिनेटमा टाउनहल पुग्यौं। हामी सबै त्यहाँ ओर्लियौं। अनि फेरि टाउनहलबाट अर्को रेल चढेर विन्यार्ड, मिल्सन्स पोयन्ट हुँदै सर्कुलर कि पुग्यौं। सायद चार वटा स्टेसन पार गरेर हामी त्यहाँ पुग्यौं।
नर्थ सिड्नीको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा मेरी काली अर्थात स्मिताले पढ्नको लागि अप्लाई गरेकी थिई। त्यो दिन उसको साथीले उसलाई उक्त कलेज देखाइदिई। हामी तीनै जना कलेज वरिपरि घुमेर बाहिर निस्कियौं।
अनि मेरो लागि उसले एउटा क्याफेमा वेटरको रूपमा काम खोजेको रहेछ। हामी नर्थ सिड्नीकै बस स्टपमा जागोज भन्ने क्याफेमा पस्यौं र भोलिदेखि काममा आउने कुरा मिलाएर निस्कियौं। त्यहाँ धेरै अष्ट्रेलियन रहेछन् नेपालीहरू खासै देखिँदैन थिए।
ममात्रै एउटा नेपाली त्यहाँ काममा हुने हो कि जस्तो लाग्दै थियो। नभन्दै म एक जान मात्रै नेपाली त्यस क्याफेमा काम गर्ने रहेछु। यसरी कलेज र कामको लागि त ठाउँ नि देखियो। सरिता आचार्य सेतोपाटीबाट