Categories
बिचार

मेरो विचारमा अभिनय असुरक्षित पेसा हो– नेपालमा मात्र होइन, संसारभरि !

म अभिनेता हुँ। र, मेरो विचारमा अभिनय असुरक्षित पेसा हो– नेपालमा मात्र होइन, संसारभरि। यसमा लागेका सबै व्यक्तिले जीविकोपार्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी छैन।कुनै व्यक्तिलाई अभिनय आउँछ भन्नेबित्तिकै त्यो सफल हुन्छ भन्ने छैन। किनकि यो सबैभन्दा लोकतान्त्रिक पेसामध्येको हो। कुनै पात्र उति राम्रो अभिनय गर्न जान्दैन तर, पर्दामा दर्शकले रुचाइदिए भने ऊ अघि बढ्न सक्छ।

कोही ६ वर्ष तालिम गरेर आएको व्यक्ति अभिनयमा कुशल छ भने पनि दर्शकले नरुचाउन सक्छन्। ऊ हाँसेको मन नपराउन सक्छ। नाचेको मन नपर्न सक्छ।अरु पेसा जस्तो मसँग डिग्री छ, कम्तीमा ३० वर्ष जागिर खान सक्छु भन्ने पेसा होइन यो। म यो क्षेत्रमा रहेको ३२ वर्ष हुन लागिसक्यो। सुरुमा प्रत्येक ६ महिनापछि अर्को ६ महिना टिक्न सक्छु कि सक्दिनँ भन्ने लागिरहन्थ्यो।

पहिलो फिल्म सफल भयो भन्दैमा कलाकार सफल हुन्छ भन्ने हुँदैन। यो साल सफल भए अर्को साल सफल नहुन पनि सकिन्छ।हाम्रैमा कति कलाकार नाम कमाएर पछि विस्थापित भएका छन्। तर केही व्यक्ति सफल भएरै अहिलेको माहोल बनेको छ। पहिले यस्तो थिएन, अहिले जो जो सफलताको निश्चित विन्दुमा पुग्न सक्छन्, उनीहरूले निरन्तरता दिन सके यही क्षेत्रबाटै जीवन चलाउन सकिने वातावरण तयार भएको छ।

पहिले कलाकारको जीवनस्तर मात्र होइन, चलचित्र पनि स्तरीय थिएनन्। हामीले मनोरञ्जनका लागि मात्र चलचित्र बनाउँथ्यौं। फर्मुलाभन्दा बाहिरका, समाजको यथार्थ चित्रण गर्ने खालका फिल्म नगन्य हुन्थे। मलाई नै मेरा दुई तीनवटाभन्दा बढी फिल्म चित्तबुझ्दा लाग्दैनन्।

तर, त्यसो भन्नुको अर्थ मलाई मेरा फिल्म मन पर्दैनन् भन्ने होइन। उति बेला मेरा चलचित्र अत्यधिक रुचाइन्थे। म अत्यन्तै व्यस्त थिएँ र मेरा चलचित्रबाट दर्शकले प्रशस्त मनोरञ्जन लिए।समग्रमा हेर्दा, विश्वमा बनिरहेका बनिरहेका चलचित्रका मापदण्डअनुसार हाम्रा चलचित्र खरो उत्रन सकेका छैनन्। जबसम्म त्यो हिसाबमा चलचित्र बन्दैनन्, तबसम्म आफूले गरेको काममा शतप्रतिशत सन्तुष्ट हुने ठाउँ छैन।

हाम्रोमा एउटा चलचित्र हिट हुनेबित्तिकै संसारमा सबैभन्दा राम्रो चलचित्र मेरै हो भन्ने परिवेश छ। त्यस्तोमा मलाई आफ्नै चलचित्रको समालोचना गर्दा अनौठो लाग्न सक्छ ।अहिलेसम्म बनेका नेपाली चलचित्रको कुरा गर्दा पोख्त सिने दर्शक वा समीक्षकले एकाधमा बाहेक चित्त बुझाउने बाटो छैन। त्यो हाम्रो कमजोरी हो। तर, त्यसको मतलब हाम्रा चलचित्रले हाम्रो बजारको मागलाई परिपूर्ति गरेका छैनन् भन्ने होइन। दर्शकले नरुचाएको पनि होइन। विश्वबजारको तुलनामा कमजोर भएको मात्र हो।

नेपाली फिल्मको कमजोर पक्ष भनेको स्क्रिप्ट र निर्देशक हुन्। निर्देशक नै हो, जसले सिनेमालाई हाँक्छ। चलचित्रमा पर्याप्त लगानी पनि महत्त्वपूर्ण पाटो हो। निर्देशक सिर्जनशील छ, विधालाई राम्रोसँग बुझेको छ भने चलचित्र जुनसुकै बजेटले पनि बन्न सक्छ।

घर बनाएजस्तै हो चलचित्र भनेको। कसैले सीमित बजेटमा पनि चिटिक्कको घर बनाउँछन्, कसैले ठूलो लगानीमा दरबार नै बनाउँछन्। कतिले करोडौं खर्चेर पनि चारवटा भित्ता र छानो भएको संरचना मात्र बनाउन सक्छन्।सिर्जना, प्रस्तुति, कथावस्तु राम्रो हुने हो भने निर्देशकले सीमित बजेटमा पनि राम्रो काम गर्न सक्छ। त्यो हाम्रोमा कमजोरी छ। हामीकहाँ विषयवस्तुलाई प्रभावकारी रुपमा पस्कन सक्ने क्षमता कम छ।

कागजमा हामी एकदमै राम्रो कथा लेख्छौं। तर सिनेमा भनेको कागजमा कलमले लेख्ने होइन। सिनेमा भनेको क्यामेराले लेख्ने हो। हो, त्यही क्यामेराले खिच्ने बेलामा हामी चुक्छौं।कलमले लेखुन्जेल हाम्रो कथावस्तु राम्रो हुन्छ, उत्पातै राम्रो फिल्म बन्ला जस्तो। तर त्यसलाई क्यामेरामा उतार्न हामीले ठूलो मेहनत गर्नुपर्छ। सिर्जनशीलता चाहिन्छ। अधिकांश अवसरमा हामी त्यहीं चुक्छौं।

जेजस्तो अवस्था भए पनि म जहिलेसम्म सक्छु त्यो बेलासम्म चलचित्र क्षेत्रमै हुन्छु। सामाजिक काममै हुन्छु। मलाई राजेश हमाल बनाएको नेपाली फिल्म क्षेत्रले नै हो। हाम्रो समाजले हो। म यहीं हुन्छु।म अत्यधिक फिल्म गरिरहेका बेलासम्म म कति हिट छु, दर्शकबाट बेहिसाब माया पाइरहेको छु भन्ने नै थाहा थिएन। हरेक दिन सुटिङमा व्यस्त हुन्थें। मैले काम गरेका फिल्म र मेराबारे बजारमा भइरहेका चर्चा र प्रतिक्रियाको जानकारी हुँदैनथ्यो।

फिल्ममा सक्रिय हुन छाडेपछि विभिन्न कार्यक्रम र सामाजिक कार्यका लागि देशका विभिन्न स्थानमा पुग्दा पो थाहा पाएँ– म निकै चर्चित भएको रहेछु। त्यसैले म सकुन्जेल अभिनय र सामाजिक कार्यमै सक्रिय रहन्छु। फेसनको प्रभाव :सरसर्ती हेर्ने हो भने नेपालमा फेसनको प्रभाव दक्षिण एसियाका अन्य देशमा भन्दा धेरै छ। नेपाल जति ‘फेसन कन्ससनेस’ न भारतमा छ, न बंगलादेश वा श्रीलंकामा नै। अरु देशको कुनै एउटा क्षेत्रमा वा वर्ग विशेषमा होला। तर, आम समुदायमा छैन।

हामी नेपालका गाउँमा, डाँडाकाँडामा पनि युवाहरु फेसनेबल भएर हिँडेका देख्छौं। भारतका ग्रामीण इलाकामा त्यस्तो छैन। बांग्लादेशमा पनि मौलिक पहिरन कै बोलवाला छ। त्यसैले नेपालीहरु फेसनमा निकै अघि छन् जस्तो लाग्छ। यहाँको जीवनस्तर उकास्ने हो भने झन् कस्तो होला?

९० को दशकसम्म त्यस्तो थिएन गाउँतिर। पछिल्लो १० वर्ष यता फेसनप्रतिको चेतनास्तर बढेको देखिन्छ। नेपालको सामाजिक परिवेश परिवर्तन भएको धेरै भएको छैन। ३० वर्षअघिसम्म ९५ प्रतिशत नेपालीको जीवनशैली र ३०० वर्षअघिकैै हाराहारीमा थियो। छोटो समयमा ठूलो फड्को मारेका छौं हामीले।

कुटो–कोदालो, पँधेरो–गोठको परम्परागत प्रचलन हराउने अवस्थामा छ। वा, रहे पनि त्यसको स्वरुपमा व्यापक परिवर्तन आएको छ। सुरुसुरुको फिल्ममा सामाजिक परिवेशअनुसारको पहिरन लगाइन्थ्यो। गाउँले पात्रको भूमिकामा उत्रिँदा त्यही खालको फेसन हुन्थ्यो। त्यो पात्र र फेसनमा दर्शकले आफ्नै प्रतिबिम्ब देख्थे। तर, अहिले त्यसमा ठूलो परिवर्तन आएको छ।

लोकदोहोरी नै हेरौं। गीतको मर्म र भाका उस्तै छ तर, पहिरन असाध्यै फेसनेवल छ। लोकदोहोरीमा एकसे एक फेसनेबल केटाकेटी देखिन्छन्। यसरी हेर्दा समयसँगै फिल्ममा फेसनको प्रभाव पनि फेरिएको छ। समयको गतिसँगै यो परिवर्तन जारी रहन्छ।

Categories
बिचार

महामारीको मर्कामा स्रोह्र श्राद्ध

भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने रु यजमानहरू अलमलमा परेका छन्।

यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल ९अनलाइन० श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’

वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अब रु कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ। तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्। उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ। ‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा। माधव भट्टराई ‘अन्तिम विकल्प’का रूपमा भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न सकिने बताउँछन्। ‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, दिन पर्खेर बसेका हुन्छन्। त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष डा। भट्टराई भन्छन्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’ त्यसकारण कोरोनाका कारण अरू विकल्प नभए वैज्ञानिक प्रविधिले दिएको सुविधा प्रयोग गरेरै भए पनि श्राद्ध गर्नुपर्नेमा उनको जोड छ।

धार्मिक परिषद् नेपालका सचिव केशवप्रसाद चौलागाईंका अनुसार कोरोनाका कारण घरघर पुगेर सोह्र श्राद्ध गर्नुभन्दा प्रविधिको प्रयोग गरी कार्यसिद्धि गर्नु उपयुक्त हुन्छ। ‘इन्टरनेट भएपछि घण्टौं बोले वा भिडियो कल गरे पनि सहजै छ’, उनी भन्छन्, ‘पुरोहितसँगको भिडियो कन्फरेन्स गरेर सिक्दै श्राद्ध गर्न सकिन्छ, संस्कार पनि बच्छ।’

पञ्चांग निर्णायक समिति नेपालका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम भने शास्त्रहरूमा धेरै विकल्प दिए पनि प्रविधिको प्रयोग गरेर पुरोहित टाढै बसेर श्राद्ध गर्ने अनुमति नदिएको बताउँछन्। ‘हुन त अमेरिकामा बस्नेहरूले सुत्केरी आदि हुँदा नेपालबाटै ब्राह्मणले काम चलाएका छन्’, उनी भन्छन्, ‘तर, यो चाहिँ लोकका आँखामा छारो हालेजस्तै हो। हरेक कर्मकाण्डमा पुरोहित सामुन्ने भएर गर्नु सबैभन्दा उत्तम कार्य हो।’

उनका अनुसार सोह्र श्राद्धको यो समयमा अर्थात् भदौभरि सिंह राशिमा सूर्य रहन्छन्। असोज पुरुषोत्तम मास छ, शास्त्रअनुसार श्राद्ध गर्नु हुँदैन। ‘त्यसैले शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ’, उनी भन्छन्, ‘त्यो बेला पनि समय असहज भए तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघि गर्न मिल्छ।’

वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा।डा। देवमणि भट्टराई प्रविधिको प्रयोग गर्न सकिए पनि ब्राह्मण हुँदा जति उत्तम नहुने धारणा राख्छन्। ‘प्रविधिले सजिलो बनाएकाले धार्मिक कार्यको निर्देशनचाहिँ हुन सक्छ’, उनी भन्छन्, ‘तर, कर्म भएको ठाउँमा यहाँको निर्देशन बुझी कर्म गराउन सक्ने अर्को ब्राह्मणको उपस्थिति भने अनिवार्य नै देखिन्छ।’

उनका अनुसार श्राद्धादि कर्म सम्पादन गर्ने कर्ताका अगाडि विश्वेदेव र पित्रादि ब्राह्मणको सन्निधि—१, मन्त्रोच्चारण र अभिषेकादि गर्न सक्ने ब्राह्मणको उपस्थिति—२ र कर्मसाक्षित्व वहन गर्ने अग्निरूप देवताको सान्निध्य—३ गरी यी तीनको कार्यसंयोगबाट मात्र परमापूर्व ९पुण्य० उत्पन्न हुन्छ। यजमानले दिएको पदार्थ पितृ आदि देवताहरूले प्राप्त गर्ने एवं गरेको कार्य पूर्ण हुने हुँदा भर्चुअल माध्यमबाट यी सबैको पूर्ति नहुने उनको भनाइ छ। अन्नपूर्ण पोस्टबाट

Categories
बिचार

सधै पढ्छु मोबाइल हेरेर भन्थ्यो छोराले जब कर्तुत थाहा पाए छोराको आमाबाबु धरधरी रोए !

काठमाडौं । सामाजिक सञ्जाल र प्रविधिमा अहिले युवा पुस्ता निकै ब्यस्त हुन्छन् । सामाजिक संजाल र प्रविधि विना युवाले अहिले जिवनको कल्पना पनि गर्न सक्दैनन् । अहिले लकडाउनको समयमा इन्टरनेट सबैभन्दा नजिकको साथी भएको छ । सबै इन्टरनेटको प्रयोग गरेर सामाजिक सञ्जाल र अनेक गेममा भुलीरहेका हुन्छन् ।

इन्टरनेटको माध्यमवाट खेलिने गेमको लतमा धेरै युवा युवती फसेका छन् । उनीहरुलाई त्यो लतवाट बाहिर निकाल्न नसकेर अभिभावक हैरान भएका छन् । जतिवेला पनि गेममै ब्यस्त हुने बालबालिका र युवायुवतीहरु असामाजिक बनिरहेका छन् । उनीहरुलाई घर वरपरको वातावरणमा के भइरहेको छ भन्ने पनि थाहा छैन ।

गेमको लत यस्तो सम्म हुन्छ की मानिसले कसरी बर्बाद हुँदैछु भन्ने पनि थाहा पाउँदैन । हालै पब्जीका कारण एक युवाले आफ्नो बुवा आमाको सम्पत्ती पनि स्वाहा बनाइदिएका छन् । भारतमा कतिपय राज्यमा पब्जीलाई बन्देज गरिएको छ । युवायुवती विग्रन थाले भन्ने गुनासो आएपछि भारतमा केही राज्यमा पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ ।

भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए । छोराले त्यती धेरै रकम पब्जीमा उडाउँदा पनि आमाबुवाले थाहा पाएनन् ।

समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदिएका हुन् । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे ।

मोवाइलमा मात्र भुलीरहने छोराका बारेमा जतिवेला उनीहरुले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो । उनले पढ्नको लागि भन्दै मोवाइल चलाएको आमाबुवालाई बताउने गरेका थिए । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड किनिदिने गरेका थिए ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास उड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँदा छोराले नै यस्तो बदमासी गरेको खुलेको थियो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज आउथ्यो त्यो आमाले थाहा नपाउनु भनेर डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन । सरकारी जागीर गरेर बल्लतल्ल उनीहरुले छोराकै भविष्य र औषधि उपचारका लागि त्यो पैसा जम्मा गरेको बताएका छन् ।

Categories
बिचार

खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: अनसन बसेका छन्, उनका ११ बुँदे माग(सबै हेर्नुहोस् )

१२ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: अनसन बसेका छन् ।

कोरोना महामारीबाट सर्वसाधारणको जीवन बचाउनका लागि आफू अनसनमा बसेको उनले बताएका छन् । शुक्रबार १ बजे दिउँसो पाटन दरबार क्षेत्रमा उनी अनसनमा बसेका हुन् ।

उनी कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, विदेशमा समस्यामा परेका नेपाली कामदारको उद्धार गर्नुपर्नेजस्ता माग राखेर सञ्चालन भएको इनफ इज इनफ अभियानमा सक्रिय थिए ।

कोरोना संक्रमणको लक्षण देखिएको र परीक्षणका लागि चिकित्सकीय सुझाव पाएका व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने, आरडीटी विधिबाट गरिने परीक्षण रोक्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना महामारी रोकथामका लागि भएका काम र सामग्री खरिदको खर्च पारदर्शी हुनुपर्ने माग उनले राखेका छन् ।

त्यस्तै, कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने पनि उनको माग छ ।

हेर्नुहोस् उनका मागहरू

१. पीसीआर परीक्षण वृद्धि – विदेशबाट फर्केका, कोभिड- १९ पुष्टि भएका व्यक्तिको निकट सम्पर्कमा रहेका, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोग अथवा ज्वरो, स्वाद र सुँघ्ने क्षमताको अभावजस्ता कोभिड- १९ का अरू लक्षण देखिएका र परीक्षणका लागि चिकित्सकीय सुझाव पाएका सबैको पीसीआर परीक्षण गर्ने व्यवस्था गरियोस् । परीक्षण यन्त्र, किट, भीटीएमलगायत अन्य आवश्यक सामग्री सक्दो चाँडो पारदर्शिता कायम गरेर खरिद गरियोस्।

२. आरडीटी रोकियोस् – आरडीटीले केवल संक्रमण लागेको दुई हप्ता पछाडि केही हदसम्म भरपर्दो नतिजा दिन्छ । प्रारम्भिक चरणका संक्रमित पत्ता लगाई कोभिड- १९ फैलनबाट रोक्न पीसीआर परीक्षण अनिवार्य छ ।

३. क्वारेन्टिन रणनीति फेरियोस्‌ – अहिलेको हुलमुले क्वारेन्टिन रणनीतिका कारण जनताले व्यर्थमा दुःख पाइरहेका छन् । क्वारेन्टिन संक्रमण फैलिने र समुदायमा फैलाउने थलो बनेको छ। त्यसैले क्वारेन्टिन रणनीति फेर्नु अनिवार्य भएको छ । बाहिरबाट आएका यात्रुलाई सक्दो चाँडो पीसीआर परीक्षण गरियोस् ।

पोजिटिभ देखिएकालाई उचित स्वास्थ्योपचार प्रवन्ध भएका व्यवस्थित एकलवास केन्द्रमा पठाइयोस्‌ । नेगेटिभ देखिएकालाई घरमा १४ दिने एकल बास बस्ने गरी पठाइयोस्‌ । त्यो सम्भव नभए सम्मानजनक वैकल्पिक व्यवस्था गरियोस् । स्वास्थ्योपचार आवश्यक देखिएमा कोभिड- १९ पोजिटिभ व्यक्तिलाई तत्कालै अस्पताल पुर्‍याइयोस् । हाल हुलमुले क्वारेन्टिनमा बसिरहेकालाई परीक्षण गरेपछि मात्र घर पठाइयोस् ।

४. पारदर्शिता र जवाफदेहिता – कोभिड- १९ सम्‍बन्धी सबै कार्यक्रम र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्दै भ्रष्टाचार निरुत्साहन गर्ने नीति लिइयोस्‌ । जीवन मरणसँग जोडिएको विषयमा भ्रष्टाचार नहोस् । सबै अर्थपूर्ण आरोपको छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् । चुस्त कोभिड- १९ व्यवस्थापनका लागि सार्वजनिक पद धारण गरेका असक्षम व्यक्तिहरूलाई फेर्नुको विकल्प छैन ।

५. अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा – पीपीईलगायत आवश्यक सुरक्षा उपकरणको अभाव नहोस् । स्वास्थ्य क्षेत्र आपतकालीन योजनामा रहेका प्रावधानको कार्यान्वयन सुनिश्चित गरियोस्‌ । कानुनी प्रावधान कार्यान्वयन गरी स्वास्थ्यकर्मीलाई सुरक्षा, सम्मान, र सहजता सुनिश्चित गरियोस् ।

६. कमजोर अवस्थामा रहेका मजदुर कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान – यसबारे सर्वोच्च अदालतका निर्णय कार्यान्वयन गरियोस् । सबैभन्दा कमजोर अवस्थामा रहेका दैनिक आयमा आश्रित वर्गलाई व्यवहारमूलक नगदी राहत प्रदान गर्ने सम्भावना तर्फ ध्यान जाओस् । कलंकीकरण र भेदभावलाई कडा कानुनी कारवाही एवं अन्य उपाय लगाई निरुत्साहन गरियोस् ।

७. भएका श्रोत साधनको प्रयोग – सरकारी, संस्थागत र निजी क्षेत्रमा दर्जनौं पीसीआर परीक्षण यन्त्र तथा कोभिड- १९ लाई नियन्त्रण गर्न प्रयोग हुन सक्ने अन्य अत्यावश्यक स्वास्थ्य उपकरण छन् । तिनलाई आवश्यक नीति बनाई तुरुन्तै प्रयोगमा ल्याइयोस् ।

८. स्वास्थ्य क्षमता वृद्धि – आईसीयूलगायत अस्पताल क्षमता गम्भीर प्रकृतिका बढ्दो बिरामीहरूको संख्यालाई ध्यानमा राखी वृद्धि व्यवस्थापन गरियोस् । त्यसका लागि आवश्यक सामग्री तुरुन्तै खरिद गरियोस् ।

९. लकडाउन खुकुलो बनाउने प्रावधान – जोखिमको जानकारीसहित तिनको स्पष्ट व्याख्या हुनुपर्दछ । भौतिक दुरी तथा अन्य संक्रमणबाट बच्ने उपायको स्पष्ट व्याख्या, विस्तृत जानकारी प्रसारण र कडा कार्यान्वयन गरियोस् ।

१०. सर्वोच्च अदालतका निर्णय कार्यान्वयन – पूर्ण इमान्दारिताका साथ कोभिड १९ सम्बन्धी अदालतका फैसला कार्यान्वयन गर्ने प्रयास गरियोस् ।

११. राष्ट्रिय तथा प्रादेशिक सांसद, स्थानीय जनप्रतिनिधि तथा अन्य प्रभावशाली सार्वजनिक पद धारण गरेका सबैलाई कृपया आफ्नो प्रभाव र पहुँचमा रहेका निर्वाचन क्षेत्र विकास कोषजस्ता स्रोतलाई उपरोल्लेखित जनस्वास्थ्यसम्बन्धी मागलाई स्थानीयस्तरमै पूरा गर्न प्रयोग गर्नुहोला । पीसीआर परीक्षणको वृद्धि र क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकतामा राखियोस् । यस जीवनमरणको सवालमा सङ्घीय सरकारको अकर्मण्यता स्थानीय निरिहताको बहाना नबनोस् ।

Categories
बिचार

पार्टीले के भन्छ मलाई मतलब छैन, नागरिकतामा महिला-पुरूष बराबर हुनुपर्छ: शेखर कोइराला

संसदमा विचाराधीन नागरिकतासम्बन्धी प्रस्तावित कानुनमा भएको लैंगिक विभेदबारे नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो असहमति व्यक्त गरेका छन्।

कोइरालाले बुधबार सेतोपाटीसँग कुरा गर्दै ‘अहिलेको जमानामा पनि विभेदकारी संविधान ल्याउनु गम्भीर भूल भएको’ बताएका हुन्।

‘यसमा सबभन्दा नरमाइलो र संवेदनशील पक्ष के भने नेपाली महिलाले बिहे गरेको केटा (विदेशी) नेपालमै बस्छु भन्दा उसले नगरिकता पाउने भएन, यसले उसको अधिकार त हनन भयो नि,’ उनले भने, ‘यो गलत भयो।’

उनकै पार्टी नेपाली कांग्रेस भने नागरिकतामा महिलाको पनि पुरूषसरह समान हक हुनुपर्नेमा मौन छ। संविधान बनाउने बेला पनि कांग्रेसले अघि सारेका कृष्ण सिटौला, रमेश लेखक लगायत नेताहरूले विभेदकारी मस्यौदा तयार पारेका थिए।

नागरिकता विधेयकको छलफलमा सहभागी नेता दिलेन्द्र बढूले आमाको नाममा नागरिकता दिँदा महिलाहरूले विदेशीका सन्तान जन्माउने अभियान चलाउँछन् भन्ने अभिव्यक्ति दिएका थिए। अर्का नेता देवेन्द्रराज कँडेलले त महिलालाई समानता दिए परिवार भाँडिन्छ समेत भनेका थिए।

एक वर्षअघि समितिमा समानताको पक्षमा कुरा राखेका महिला नेता मीना पाण्डे र डिल संग्रौलालाई उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला, महामन्त्री बालकृष्ण खाँण, दिलेन्द्र बढू लगायतले बोलाएर थर्काएका थिए।

कोइरालाले भने पार्टी वा नेताले के भन्छन् भन्ने आफूलाई मतलब नभएको तर नागरिकता कानुनमा महिला-पुरूषबीच विभेद हुन नहुने मत राखेका छन्।

‘कांग्रेसले के भन्छ मलाई मतलब छैन। लिडरलाई भीडले डोर्‍याउने होइन, नेताले भीडलाई सम्झाउने हो। विश्व अहिले महिला-पुरूषबीच समान अधिकारको कुरा गरिरहेको छ। तर, नेकपा ठूल्ठूलो स्वरले बोल्दै छ, कांग्रेस पनि अधिकार नदिने भन्दैछ भने त्यो गलत हो,’ उनले भने।

उनले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएका विदेशी नागरिकले लिन चाहे वैवाहिक अंगीकृत नागरिकता दिँदा ‘कुलिङ पिरियड’ राख्नेमा आफ्नो सहमति रहेको बताए।

‘विवाह गरी आएकालाई कति वर्षपछि नागरिकता दिने भन्नेमा छलफल गरौं। त्यसमा दलहरूबीच सहमति गरौं। कुलिङ पिरियड राखे हुन्छ। तर, ‘भोटिङ राइट’ मात्र नपाउने गरी। लोकसेवा दिन पाउनुपर्‍यो, अरू सुविधा र अधिकारमा कत्ति पनि कटौती नगर्ने गरी पाँच वर्ष मात्र राखे हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘महिला र पुरूषबीच समान अधिकार हुनुपर्छ। कत्ति पनि विभेद गर्न पाइँदैन।’

आइतबार समितिले पास गरेको विधेयकमा नेपाली पुरूषसँग विवाह भएकी विदेशी महिलाले सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र नागरिकता पाउने उल्लेख छ। नेपाली महिलासँग विवाह भएका विदेशी पुरूषले भने नागरिकता पाउने व्यवस्था समितिले गरेन।

उक्त विधेयकअनुसार वैवाहिक सम्बन्ध भएका विदेशी महिलाले सात वर्षसम्म स्थायी आवासीय अनुमतिपत्र पाउने छन्, जसमार्फत् सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार उपलब्ध हुनेछ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी तथा समाजवादी पार्टीले भने समितिले पास गरेको अंगीकृत वैवाहिक नागरिकता दिन राखिएको सात वर्षे अवधिको विरोध जनाएका छन्।

उनीहरूले २०६३ सालकै कानुनलाई निरन्तरता दिनुपर्ने भन्दै आएका छन्। उक्त कानुनमा नेपाली पुरूषसँग विवाह गरेर आएकी विदेशी महिलाले चाहेमा तत्कालै नागरिकता पाउने उल्लेख छ।

 

Categories
बिचार

लकडाउनले आम्दानी गुमेपछि ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो

विगत तीन महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार असार सात गतेसम्म झण्डै सात हजार जग्गा रोक्का तथा फुकुवा भएको छ ।

आर्थिक कारोबार ठप्प भयो भन्दै लकडाउनकै बखत रोक्का तथा फुकुवाका मागसमेत आएको तर कार्यालय असार १ गतेदेखि खुलेपछि रोक्का फुकुवाको क्रम ह्वात्तै बढेको पौडेलले बताए ।

उनी भन्छन्, ‘सेवा प्रवाह गर्नासाथ अगाडीको तुलनामा रोक्का तथा फुकुवा गर्नेहरु निक्कै बढेको छ । यसमा पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि बढी रोक्का राखेको देखिन्छ ।’

व्यापार व्यवसाय शिथिल छ तरपनि व्यवसाय सञ्चालन गर्न, बैङ्कको ब्याज तिर्न, कर्मचारीलाई तलब खुवाउन र कोही घरमा गर्जो टार्नका लागि जायजेथा बैङ्क तथा वित्तीय संस्थामा बन्दकी राख्ने र त्यहाँबाट ऋण निकाल्ने क्रम बढेको जिल्लाको तथ्याङ्कले देखाएको उनले भने ।

उनले भने, ‘हामीले जिल्लाको तथ्याङ्क हेर्दा पनि आर्थिक समस्या टार्न जग्गा रोक्का गरेको देखिएको छ । फुकुवाको पनि रिन्यु गर्नलाई मात्र गर्ने तर फेरि तुरुन्त रोक्का गरिहाल्नेहरु छन् ।’

लकडाउन अघि जग्गा रजिष्ट्रेसन, किनबेचका कारोबार बढी हुने गरेकोमा लकडाउन खुकुलो भइ कार्यालय सञ्चालनमा आउन थालेपछि रोक्का तथा फुकुवा बढ्नु भनेको आर्थिक समस्या परेरै हो भन्ने अनुमान लगाउन गाह्रो नहुने उनले भने ।

खर्च टार्न जग्गा धितोमा राख्ने उद्योगी व्यवसायी मात्र होइन घरायसी खर्च प्रयोजनका लागि पनि जग्गा धितोमा ऋण लिनेहरु देखिएका छन ।

तर यता लकडाउनकै बीच धितो लिलामी प्रक्रिया शुरु गरेर बैङ्कहरुले ऋणीलाई सास्ती दिन थालेका छन् । बैङ्कहरुको सास्ती पछि सर्वोच्च अदालतले बन्दाबन्दीमा धितो लिलामी गर्नुको कारण खोजेको छ । लकडाउनका कारण व्यवसाय प्रभावित भएको भन्दै विभिन्न क्षेत्रबाट सरकारसँग राहतको माग हुँदा यता बैङ्कहरुले ऋणीलाई भने ऋण तिर्न पटक पटक ताकेता गर्दै आहत दिएका छन् ।

बैङ्कहरुले लकडाउनकै बीच ऋण असुली गर्न ऋणीको फोटो सहितको सूचना राष्ट्रिय दैनिकमै प्रकाशित गरेर ऋणीलाई सास्ती दिन थालेका थिए । ऋण असुली गर्नुको जवाफ सर्वोच्चले सूचना प्रकाशित गर्ने बैङ्कहरुसँग मागेको छ । अवस्था सामान्य भएको ६ महिनापछिबाट मात्र नियमअनुसार किस्तामार्फत बाँकी साँवा ब्याज रकम असुल गर्न र बन्दाबन्दीको अवधिभित्रै ऋण भुक्तानी गर्नुपर्ने म्याद समाप्त भएको ऋणी व्यवसायीहरुलाई समेत कर्जा मिलान गर्ने एवम नवीकरण गर्ने प्रबन्ध मिलाउन माग गर्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्चको कारण देखाउ आदेश ऋणीको पक्षमा उभिएको छ ।

अहिले सरकारले लकडाउन खुकुलो पारेपछि व्यापार व्यवसाय त चल्न थालेका छन् तर कोरोनाको संक्रमण दिनानुदिन बढेपछि बजार घुमेर सामान खरिद गर्नेहरु अत्यन्तै न्युन छन् । अहिले व्यवसायीहरु व्यवसाय रुगेर बस्ने मात्र काम भएको छ । लकडाउनकै कारण आर्थिक गतिविधि बन्द हुँदा कैयौँको रोजगारी प्रभावित भएको छ भने कैयौले रोजगारी छोड्नुपर्ने अवस्था आएको छ । रोजगारी गुम्दा आम्दानीको स्रोत सुकेपछि आम मानिसलाई पनि खर्च टार्नै धौधौ परेको छ ।

बैङ्कहरुले चैतमा ४२ अर्ब ऋण प्रवाह गरे

यता नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कले चैतमा ४२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको देखाउँछ । कठोर लकडाउन भोगेको बैशाख र जेठमा भने ऋण प्रवाहमा कमी आएको देखिन्छ । यस्तै अषाढमा पनि ऋण प्रवाह घटेको छ । यद्यपि, पछिल्लो समय जग्गा रोक्का गरेकाहरुले बैङ्कबाट कति ऋण लिए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।

तर यता बैकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैङ्कमा ऋणको प्रवाह नै कम भएको बताएका छन् । यदि उनीहरुले ऋण लिन जग्गा रोक्का राखेका हुन भने सो धितोको ऋणको विषय पछि आउँला तर अहिले बैङ्कबाट कम ऋण प्रवाह भएको उनको भनाइ छ ।

 

Categories
बिचार

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ।

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ ! चित्त बुझे एक शेयर गर्नुहोलापुरुष र महिलामा को उत्कृष्ट समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

हिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ? म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ । संसारमा लि· भेद किन भएको होला ? संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ?

पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ? पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

Categories
बिचार

सेलाएर दोस्रोपटक तताएको चिया र टुटिसकेपछि जोडिएको रिलेसनमा पहिलाको जस्तो मिठास आउदैन

१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुखःदुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।५. चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।

६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छनः धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।७. आफ्नो त त्यो हो जसले रुन दिदैन ।८. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

१०. माया र मजाक हरकोहि सँग गरिदैन ।११. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।१२. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन ।

न ह,ति,या,र,ले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।जीवनमा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।सेलाएर दोस्रोपटक तताएको चिया र टुटिसकेपछि जोडिएको रिलेसनमा

पहिलाको जस्तो मिठास आउदैन । राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउमै भएर पनि चिन्न सक्दैन ।चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।

मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।सफलताको लागि तीन चिजको आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस् जसको बिश्वास तपाइमाथि तब पनि होस् जब तपार्इको समय बद्लिन्छ ।

Categories
बिचार

म पनि एक महिला हुँ, तर श्रीमानलाइ बि गार्ने महिला नै हुन, सहमत भए एक शेयर गर्नुहोला।

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई # भ्रष्टाचारि # ज ड्या हा ! पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाइ अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर), अनावश्यक केयर (बारम्बार निगरानी केरकार), माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै # देवदुत सावित हुनेछ्न ग्यारेन्टी ”

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु, गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

पशुपति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो।

तर, एक्कासी आँखा पशुपतिको अगाडि लास बोकेर ल्याइरहेको दृश्यतिर गयो। ताली पिट्दै गरेक हात एक्कासी रोकिए, हाँसिरहेका अनुहार मलिन भए। जति आनन्द महशुस भएको थियो, त्योभन्दा सयौं गुणा बढ्ता पीडा महशुस गर्‍यो यो मस्तिष्कले। सयौंको बीचमा कोही रुँदै लासको पछिपछि, अनि अरु ताली पिट्दै गरेको दृश्य देख्दा मन खिन्न लाग्यो।

मन्दिर अगाडि बसिरहेका मानिसहरु लास ल्याउन साथ ज¥याकजुरुक उठेर छेउ लाग्न थाले। आरती चलिरहेकै छ, त्यहाँ मृ*तकका आफन्त चि*च्चाउँदै रो*इरहेका छन्, वा*चकले वाचन गरिरहेकै छन्, भक्तजनहरु कोही ताली पिटिरहेका छन्, कोही नाँचिरहेका छन्। बिचरा, त्यो मृ*तकको परिवारमा कस्तो पीडा महशुस गरिरहेको होला ? कस्तो मानस्पटल बनाएको होला।

रोदनमा बजेको ताली र नाँच मलाई पाच्य भएन र मेरो आरती हेर्ने चाहना त्यतिमै सकियो। जीवन कहिले सकिने हो, कसैलै अन्दाज पनि छैन। हामी मानव हौं, आफन्त होस् वा पराई, हामीमा मानिसप्रति सम्वेदना जाग्छ। तर, पशुपतिको दृश्यले म निरुत्तर भएर फर्किएँ।

Categories
बिचार

फेरि एकपटक मलाई प्रधानमन्त्री बनाउनुहोश, म नेपाललाई युरोप भन्दा धेरै विकसित बनाउने छु! बाबुराम भट्टराई

प्रचण्ड–बाबुराम एक समयको चर्चित जोडी हो । तर पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई विपरित दिशामा रहेका छन् । भट्टराईले आफ्नो पार्टी काठमाडौंको मःम पसल जस्तो नभएको बताउँनु भएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूराना पार्टीहरु भन्दा पार्टी फरक रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो ।तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन। नयाँ टेस्टसहित हो ।

एक फरक प्रशंगमा अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको ब्याख्या गर्नुभएको छ । दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको भन्दै जनताको पक्षमा कुनै काम गर्न नसकेकाले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गर्नुभयो ।

सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत कुनै काम हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अब यो सरकारबाट के आशा गर्ने, यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत साबित ग‍र्यो ।’ संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो गलत भएको स्पष्ट पार्नुभयो.