Categories
ताजा समाचार

काठमाडौंमा २४ हजार २०० गणना गर्दा बालेनले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार २०० मतगणना भइसकेको छ ।

ताजा मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४६ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले बालेनको भन्दा आधा कम मत प्राप्त गरेका छन् । उनले पाँच हजार ३१४ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६४१ मत पाएकी छन् ।

विराटनगरमा कांग्रेसका कोइराला १७ सय १९ मतले अगाडि

मोरङ – विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर नागेश कोइरालाले अग्रतालाई निरन्तरता दिएका छन्।
मंगलबार बिहानसम्मको मतपरिणामअनुसार कोइराला निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर थापाभन्दा १७ सय १९ मतले अगाडि रहेका छन्।

२२ हजार ९ सय ९५ मत गणना हुँदा कोइरालाले ७ हजार १२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी थापाले ५ हजार ४०६ मत प्राप्त गरेका छन्।स्वतन्त्रतर्फबाट उमेश यादवले २ हजार ४६१ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार प्रह्लाद साहले १ हजार ३६३ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेको तर्फबाट शिल्पा कार्कीले ६ हजार १७७ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाका अमरेन्द्र यादवले ४ हजार ७७ मत प्राप्त गरेका छन्।

Categories
ताजा समाचार राजनीतिक

भरतपुरमा रेणुले बढाइन् अग्रता

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता बढाएकी छन्। यसअघि १२ मतको अग्रता लिएकी रेणुले अहिले १७ मतको अग्रता बनाएकी छन्।

१५ हजार ४३२ मत गणना हुँदा रेणुले ५ हजार १६५ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार १४८ प्राप्त गरेका छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार २०६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार १५७ मत प्राप्त गरेकी छन्।वडा नम्बर ४ को चार हजार १०४ मत गणना हुँदा वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ७३७ मत प्राप्त गरेका छन् भने एमालेका भानुभक्त सापकोटाले १ हजार १३३ मत प्राप्त गरेका छन्।

काठमाडौं । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किनुभयो ।यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गर्नुभयो ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गर्नुभएको थियो ।

साथै उहाँको बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित हुनुहुन्थ्यो । एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज बिहान यहाँ आइपुग्नुभएको थियो ।

Categories
ताजा समाचार

धनुषामा झडप, २५ राउण्ड हवाइ फायर

धनुषा । धनुषामा मतगणनाका क्रममा विवाद हुँदा झडप भएको छ । धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको हो ।

विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

यो पनि
निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र सोही पालिकाको आधाबगर माविको दुई केन्द्रमा मतदान भएको हो ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।

आयोगका अनुसार जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरको श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरको नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविस्थित तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरस्थित विजय माविको एक मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्र रहेको छ । जेठ ४ गतेका लागि तनहुँको व्यास नगरको गाविस भवन मतदानस्थलका दुई केन्द्रमा निर्वाचन तोकिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये जेठ १ गते सात मतदान केन्द्रमा निर्वाचन भएको थियो । उक्त दिन जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोटको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नपा– २ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका– ४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालझरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नपा– ७ सुनीवडास्थित सुनीपिपलचौर माविको दुई मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

Categories
ताजा समाचार राजनीतिक

काठमाण्डौमा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि, कसको कति ?

काठमाण्डौ–

काठमाण्डौमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहनु भएको छ ।

मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सृजना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गर्नु भएको छ ।

मतगणना जारी रहे पनि सभागृह बाहिर मतगणनाको परिणाम सुन्न आतुर नागरिक भने मतगणना ढिलाइ भएकोमा रुष्ट देखिन्छन् ।

स्थगित १३ मतदान केन्द्रमा आज मतदान
काठमाडाैँ । वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र सोही पालिकाको आधाबगर माविको दुई केन्द्रमा मतदान भएको हो ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।

आयोगका अनुसार जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरको श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरको नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविस्थित तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरस्थित विजय माविको एक मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्र रहेको छ । जेठ ४ गतेका लागि तनहुँको व्यास नगरको गाविस भवन मतदानस्थलका दुई केन्द्रमा निर्वाचन तोकिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये जेठ १ गते सात मतदान केन्द्रमा निर्वाचन भएको थियो । उक्त दिन जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोटको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नपा– २ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका– ४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालझरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नपा– ७ सुनीवडास्थित सुनीपिपलचौर माविको दुई मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

Categories
ताजा समाचार राजनीतिक

कांग्रेसको गढ भत्काउदै भरतपुर-३ मा एमाले विजयी

काठमाडौं । नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ।यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराए।

यो वडामा कांग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठूलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई वडाध्यक्षमा सिफारिस गरे पनि क्षेत्रीय समितिले उनलाई अस्वीकार गरेको थियो।क्षेत्रीय समितिका सभापति लामिछानेले आफैं वडाध्यक्षको उम्मेदवार बनेका थिए। त्यसपछि पण्डितले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचनको केही दिनअघिमात्रै पण्डितले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। सहमतिमा उनी पछाडि हटे पनि मतपत्रमा भने सहमतिको प्रभाव देखिएन। यो वडामा मेयर पदका कांग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याए। यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो। यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेनु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन्।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा। नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गरेका थिए । हेलिकप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे । यसपछि भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

Categories
ताजा समाचार राजनीतिक

काठमाडौंमा लौरो चिन्हका उम्मेदवार विजयी

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित वडा-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । ९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।
कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।ती सबै काम सकेर मोदी पवन इन्टरनेसनल होटल आराम गर्ने जनाइएको छ । सोही होटलमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तथा प्रधानमन्त्री देउवाले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने छन् । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नेछन् ।

दुवै प्रधानमन्त्रीको भेटवार्ता लगत्तै दुई देशीय द्विपक्षीय उच्चस्तरीय कूटनीतिक अधिकारीहरुको बैठक पनि सोही होटलमा सुरु हुने जनाइएको छ । सो क्रममा विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर समेत गरिने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

यसरी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार नै बेलुकी ५ बजे प्रधानमन्त्री मोदी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक बन्धनलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने आपेक्षा गरिएको छ ।

Categories
ताजा समाचार

एकीकृत समाजवादीको उपाध्यक्षका उम्मेदवारलाई जम्मा १ भोट !

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेकपा एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले मतदानको दुई दिनअघि मात्र आफूहरुले उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताए ।
यद्यपि एकीकृत समाजवादीले उपाध्यक्षलाई समर्थन गरेको भनी सार्वजनिक जानकारी गराएको थिएन ।

यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय ७ मतका साथ निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गरे ।

सत्तारुढ गठबन्धनको सहमति अनुसार उपाध्यक्षमा एकीकृत समाजवादीका शिर्पालीले उम्मेदवारी दिए पनि स्थानीय स्तरमा कार्यकर्ता असन्तुष्ट भएको भन्दै कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो ।

Categories
ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी भोलि नै नेपाल आउने, भारतीय सेना नै आएर गस्ती थाल्यो

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नै नेपाल आउनुहुने भएको छ । उहाँको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुग्नुभएको छ ।

२,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउँन मोदी लुम्बिनी आउने कार्यक्रम छ ।

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी सोमबार बिहान लुम्बिनी आउँदै हुनुहुन्छ ।

मोदीको सुरक्षाका लागि स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी) को टोली चार दिनअघि नै लुम्बिनी आइपुगेको छ । मोदी सोमबार बिहान ११ बजे हेलिकप्टरमा लुम्बिनी आउने तय भएको छ ।

मोदीसहित भारतीय अतिथिहरु चारवटा हेलिकप्टरमा आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो ।

लुम्बिनी आइसकेपछि मोदीले मायादेवी मन्दिरमा मार्कर स्टोनमा पुष्प अर्पण गरी पूजा गर्ने, पुष्करणि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दुईवटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको त्रिपाठीले बताउनुभयो ।

त्यसपछि मोदीले मायादेवी मन्दिरमा रहेको बोधीवृक्षमा जल अर्पण र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मोदीले भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने तय भएको छ ।

त्यसपछि लुम्बिनीमै रहेको होटल पवनमा केहीबेर बिश्राम गरेपछि त्यहीं प्रधानमन्त्री देउवासँग भेटवार्ता र पत्रकार सम्मेलनको आयोजना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनपछि मोदीले लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिएर सम्बोधन गर्नुहुनेछ । मोदी करिब ३ बजे भारत फर्किने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो ।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।

Categories
ताजा समाचार

काठमाडौं महानगरको मत मतगणना गर्न ३० दिन लाग्ने अनुमान

काठमाडौं १ जेठ । स्थानीय तह निर्वाचनको मत परिणाम आइरहँदा काठमाडौं महानगरपालिकाको मत परिणाममा भने केहि ढिलाई भइरहेको छ ।

१ लाख ९१ हजार मत खसेको काठमाडौमा पछिल्लो २४ घण्टामा ६ हजार मात्र मत पत्रगणना भएको छ । यो आकडा अनुसार मतगणना हुँदै जाने हो काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन भएको छ ।

यता निर्वाचन आयोगले जेठ ६ गतेसम्म परिणाम नआए संवैधानिक रूपमा रिक्तताको अवस्था आउने उल्लेख गरेको छ ।

तर, मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान नदिएको देखिएको छ । गएको निर्वाचनमा भने , काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो।

निर्वाचन आयोगले प्रधानमन्त्री समक्ष निर्वाचनको मिति तोक्ने समयमा राखिएको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ ,’नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६) र धारा (२) को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम संवत् २०७९ जेठ ५ मा समाप्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवम् कानुनी दायित्व’ osnepal

Categories
ताजा समाचार

नेपाली कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष र उपाध्यक्ष

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषि केशव बुढामगर निर्वाचित भएका छन्।

उनी कांग्रेस-एमाले-विप्लब गठबन्धनका उम्मेदवार दल जित रोकालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष बुढामगरले २ हजार १ सय २२ मत पाउँदा रोकाले जम्मा एक हजार ५ सय ५ मत पाए।

रोकाले नेकपा विप्लव समूह, कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिँदा लौरो चुनाव चिह्न पाएका थिए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मिला बुढा मगर निर्वाचित भएकी छन्। उनले दुई हजार मत पाइन् भने विप्लव समूहबाट रायबहादुर पुनले एक हजार ४ सय ५० मत पाए।

माओबादी केन्द्रलाई पराजित गर्न नेकपा विप्लव समूह, कांग्रेस र एमालेको गठबन्धन निर्माण भएको थियो तर नतिजा माओबादी केन्द्रकै पक्षमा गएको छ ।