Categories
आर्थिक समाचार

लगातार घटेको सुनको सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि- चुनावी गतिविधि बढाउँदै दलहरू-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो ।

भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा ९एमाले०सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन् ।

उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ ।

उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन् ।

कांग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिनुभयो । “कांग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रम अघि बढ्नेछन् ।”

निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो । पार्टीले पालिकास्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उहाँले बताउनुभयो ।

चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।

चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा ९माओवादी केन्द्र० नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

Categories
आर्थिक

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि ९पाँच वर्ष यता० नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पुर्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ । रासस

Categories
आर्थिक

प्रभु लाइफको आइपीओ किन्न तयार रहनुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) मंसिर २९ गतेदेखि बिक्री खुल्ला हुने भएको छ। यसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्नेछन्।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

कम्पनीले कर्मचारीलाई न्यूनतम ३०० कित्तादेखि माथि पद र कार्यानुभव तथा पदावधिको मापदण्ड बनाएर सेयर वितरण गर्ने तयारी गरेको प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले बताए। २६० जना कर्मचारी कार्यरत रहे पनि केही कर्मचारीहरु भने काम गरेको न्यूनतम अवधिको मापदण्डभित्र नपरेपछि सेयर पाउनबाट वञ्चित भएको पनि पौडेलले बताए।

सर्वसाधारणतर्फ भने बढीमा ५ लाख ४० हजार जनाले बढीमा १० कित्ता सेयर पाउने छन्। कम्पनीले समग्र वित्तीय अवस्था तुलनात्मकरूपमा कम जोखिमपूर्ण रहेको रेटिङ पाएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा इक्राएनपी(आइआर बीबी पलस रेटिङ पाएको छ। प्लसले चिन्हले कम्पनीमा तुलनातम्क रूपमा जोखिम कम भएको बुझिन्छ भने माइनस चिन्हले जोखिम बढी रहेको बुझिन्छ।

सेयर जारी गरेर संकलन हुने रकम वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकमा ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिने छ। ५ करोड रुपैयाँ डिबेन्चरमा र ५ करोड रुपैयाँ सेयर आदिमा लगानी हुने कम्पनीले जनाएको छ। छिटोमा पुस २ गते र कम्पनीको सेयरमा पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म सेयर बिक्री खुल्ला रहने छ।

यतिबेला सेयर बजारले नयाँ उचाई लिएको छ। कुनै समय आइपीओ नै बिक्री नहुने जलविद्युत आयोजनाको सेयरमा समेत मागभन्दा बढी आवेदन पर्न थालेकाले कम्पनीको सेयर आवेदन पुस २ गतेभित्रै बन्द हुने अधिक सम्भावना छ। ९० वटा शाखा र उपशाखा कार्यालय रहेको कम्पनीमा सबैभन्दा धेरै प्रभु बैंकको २० लाख संस्थापक कित्ता सेयर स्वामित्व छ।

साीग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७७ हजार ५०० कित्ता, नेपाल इन्भेष्टमेन्टको १४ लाख कित्ता, प्रभु ग्रुपको १० लाख कित्ता, प्रभु म्यानेजमेन्टको ७ लाख कित्ता, प्रभु क्यापिटलको ५ लाख कित्ता, विराटकुमार श्रेष्ठको ३ लाख ५० हजार कित्ता, देवीप्रकाश भट्टचनको ३ लाख ४९ हजार ५०० कित्ता, सुशील थापाको ३ लाख कित्ता, सनराइज होल्डिङको ३ लाख कित्ता, वीरेन्द्रनारायण श्रेष्ठको २ लाख कित्ता, शिवकुमार श्रेष्ठ, गोकुल भण्डारी, आइक्यापिटल र एबी होल्डिङको पनि समान २र२ लाख कित्ता संस्थापक सेयर छ।

त्यसैगरि महेन्द्रकुमार गोयल र स्वरुप गुरुङ कोनेको समान १ लाख ५० हजार कित्ता सेयर छ भने सञ्चालक समितिका अध्यक्ष आत्माराम घिमिरे र सञ्चालक सुभाष आमत्यको समान १र१ लाख कित्ता संस्थापक सेयर स्वामित्व छ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १३ लाख खुद नाफा गरेकोमा २०७४/७५ मा ५ करोड २४ लाख, २०७५र७६ मा ८ करोड १६ लाख र २०७६/७७ मा ५ करोड ३५ लाख रुपैयाँ (अपरिष्कृत) खुद नाफा गरेको छ। आगामी ३ आर्थिक वर्षमा २०७७/७८ मा १३ करोड ५१ लाख, २०७८/७९ मा २० करोड ८२ लाख र २०७९/८० मा २६ करोड २६ करोड २८ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ।

अहिले औसत ४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी आगामी ३ वर्षभित्र १३ रुपैयाँ भन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ। अहिले प्रति सेयर नेटवर्थ ११२ रुपैयाँ रहेकोमा आगामी ३ वर्षभित्र करिब १४० रुपैयाँ पुर्‍याउने र नेटवर्थ प्रतिशत ९.४३ प्रतिशत पुग्ने कम्पनीको प्रक्षेपण छ।

Categories
आर्थिक

लकडाउनमा पनि चलिरहेको उद्योग, टपरी उद्योग

कैलाली । झण्डै सात आठ महिनासम्म निरन्तर रुपमा चलिरहेको लकडाउनले गर्दा देशका प्राय सबै खालका उद्योग र व्यवसायहरु बन्द भएको स्थिति थियो । तर धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ ।

सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भनिन, “लकडाउनमा सबै कारोबार लक भए हामीले भने त्यो बेलासमेत धेरै टपरी बनायौँ । अहिले फेरि दशैँ, तिहारमा चाहिने दुना–टपरी बनाइरहेका छौँ । ” उनले पुराना कुरा सुनाउँदै भनिन, “तीन वर्ष टपरीका बारेमा प्रचार गरिसकेपछि अहिले टपरी उद्योगले कमाइको लय समातेको छ । फाइबरभन्दा अर्गानिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पु¥याउनै गाह्रो छ । ” उनका अनुसार आजभोलि मःम, चाउमिन, अरू खालका नास्ता, खानाका लागिसमेत टपरी प्रयोग हुने गरेको छ ।

सुरुमा आफूलाई थोरैले मात्र पत्याएको बताउँदै उनले काठमाडौँ, डडेल्धुरा, महेन्द्रनगर, धनगढी र फूलबारीका विभिन्न व्यवसायीले अहिले आफ्नो टपरी लैजान थालेको बताईन् । विदेशमा कार्यरत श्रीमानले समेत ‘टपरीसितै बिहे गर, मैले डिभोर्स गरेँ’ भनेर दुईपटक फोनमा भनेको स्मरण गर्दै भावनाले आफू महोत्सवहरूमा उद्योगीका रूपमा सम्मानित हुन थालेपछि भने श्रीमान् सकारात्मक भई नेपाल आएर घरमा म अरू नै व्यवसाय गर्छु भन्न थालेको उनको भनाई छ ।

“त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु । म अब यो व्यवसायमा भिजिसकेकी छु,” उनले बताएको रहेछिन् ।वातावरण र स्वास्थ्यमा कुनै खालको असर नपार्ने भएपछि आजकल जताततै टपरी रुचाउन थालिएको छ । त्यसैले बजारको समस्या पनि छैन । त्यसै हुँदा पहिलो वर्ष घाटा नभएको, दोस्रोमा दुई लाख जति बचत भएको र तीन÷चार लाखको टपरी त गोदाममै रहेको उनको भनाई रहेको यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Categories
आर्थिक

अब बैंकबाट बिना धितो १५ लाखसम्म ऋण झिक्न पाइने, यस्तो छ नयाँ व्यवस्था !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जाअन्तर्गत कर्जावालालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने छ ।

बैंक र एसोसियशन बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

काठमाडौँ – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

आन्तरिक उडान पनि खोलिने

बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए ।

जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए ।

असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

Categories
आर्थिक

राष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यबाट सुविधा लिने सबैको तलब रोकियो

राज्य कोषबाट सुविधा लिने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै व्यक्तिको तलब, भत्ता, पेन्सनलगायतका सुविधा रोकिएको छ। मन्त्री, संघीय तथा प्रदेशसभाका सांसदहरु, निजामति कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत सबैको साउन महिनाको तलब वितरण गर्न ढिलाइ भएको हो।

सामान्यतया महिनाको २६ गतेभित्र तलबभत्ता पाइसक्ने भए पनि साउन महिनाको तलब शुक्रबार(भदौ १२) भइसक्दा सीमित कर्मचारीले मात्र प्राप्त गरेका छन्।

समयमै तलब नआउँदा कर्मचारी तथा सांसदहरु दैनिक खर्च नभएको गुनासो गर्न थालेका छन्। राष्ट्रियसभाका सांसद रामचन्द्र राईले शुक्रबारसम्म तलब नपाएको बताए। उनले भने, ‘खै अहिलेसम्म तलब आएको छैन। बैंकमा फोन गर्दा सिस्टम मिलाउँदै छौं। केही दिन लाग्छ भनेका छन्।’

नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि शुक्रबारसम्म तलब नबाँडिएको बताए। ती अधिकारीले भने, ‘यसअघि महिना नसकिँदै तलब आउँथ्यो तर यसपटक आएको छैन। सिस्टममा मिलाउँदै छौं भन्ने जानकारी पाएका छौं।’

संघीय संसदअन्तर्गतका केही कर्मचारीले बिहीबार तलब पाए पनि अधिकांशले पाएका छैनन्। आधिकारिक ट्रेड युनियका अध्यक्ष मेघराज अर्यालले नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब आउन ढिलाइ भएको आफूले जानकारी पाएको बताए।

‘धेरै साथीहरुले तलब नआएको बताएपछि मैले महालेखा नियन्त्रकको कार्यालयमा बुझेको थिए। नयाँ लेखा प्रणालीको सुरुवात गर्न ढिलाइ भएको रहेछ। मैले पनि पाएको छैन, उनले भने।

किन भयो ढिलाइ?

महालेखा नियन्त्रकको कार्यालयका अनुसार राज्य कोषमा पैसा नभएका कारण नभइ नयाँ आर्थिक वर्षसँगै नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब भक्ता विरणमा ढिलाइ भएको हो।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीका अनुसार क्रियाकलापमा आधारित लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम)को सुरुवात गर्न खोज्दा तलब वितरणमा ढिलाइ भएको देश सञ्चारलाई जानकारी दिए।

मैनालीले भने, ‘क्रियाकलापमा आधारित लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम)को सुरुवात गर्न कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सी–गास) र विद्युतीय भुक्तानी प्रणाली (ईएफटी)लाई संयोजन गर्नुपर्दा केही ढिलाइ भएको हो।’

सिस्टम अपडेट अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै सबै कर्मचारीले तलब प्राप्त गर्ने उनले जानकारी दिए। ६० वर्षदेखि प्रयोग गरिँदै आएको सरकारी लेखा प्रणालीअनुसार खर्च शीर्षकमा आधारित हुने र त्यसले तलब, भत्ता, इन्धन, औषधि, मसलन्द, भैपरि आउने जस्ता शीर्षकमा मात्र विवरण राखिन्थ्यो।

अब क्रियाकलापमा आधारित लेखा प्रणालीमा गएपछि सबै कारोबारको मसिनो गरी विवरण राख्नु पर्ने र त्यसले पारदर्शीता बढ्ने मैनालीले दाबी गरे। उनका अनुसार राज्यकोषबाट तलब भत्ता पाउने प्रत्येक व्यक्तिको अंग्रजी र नेपाली दुवै भाषामा नाम, थर, वतन, पद, कार्यरत रहेको कार्यालय जस्ता सम्पूर्ण विवरण मिलाउनु पर्ने भएका कारण ढिलाइ भएको दाबी गरे।

‘यसमा एउटा सामान्य गल्ती भयो भने पनि सिस्टमले स्वीकार गर्दैन। धेरै साथीहरुले दैनिक १८ घण्टासम्म काम गरिरहनुभएको छ। अब अन्तिम चरणमा पुगेका छौँ’, उनले भने। कोरोनाका कारण कर्मचारी आइसोलेसनमा बस्नु पर्दा पनि काममा बाधा पुगेको उनको गुनासो छ।

९ अर्ब पठाइयो

मैनालीले ९ अर्ब रुपैयाँ बिहीबार निकास गरिएको जानकारी दिए। ‘हिजो ९ अर्ब रुपैयाँ गइसकेको छ। आज पनि ठूलो रकम गएको छ। आजको विवरण अहिलेसम्म प्राप्त गरेको छैन, अब तबल भत्ता, पेन्सन जाने क्रम सुरु भयो’, उनले भने।

वाणिज्य बैंकबाट जाने तलबमा केही प्राविधिक समस्या देखिए पनि अरु बै‌ंकमा शुक्रबार साँझसम्म गुनासो नआएको बताए।

महालेखा नियन्त्रक मैनालीले ३९ वटा विदेशस्थित कुटनीतिक नियोगहरुलाई भने पछि नयाँ सिस्टममा रुपान्तरण गर्ने गरी पुरानै प्रणालीअनुसार पैसा पठाइ सकिएको जानकारी दिए।

कतिले कति पाउँछन् तलब भत्ता?

मैनालीका अनुसार राज्य कोषबाट मासिक रुपमा तलब, भत्ता, पेन्सनलगायत सुविधा पाँच लाखभन्दा बढी व्यक्तिले लिने गर्छन्।

जस बापत राज्यको ढुकुटीबाट मासिक रुपमा लगभग १२५ अर्ब रुपैयाँ जाने गरेको छ। दुई लाख ५० पेन्सन लिने पूर्वकर्मचारी रहेको महालेखा नियन्त्रकको रेकर्डले देखाउँछ। मैनालीका अनुसार पेन्सनबापत मात्रै राज्यले मासिक ५४ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ। तीनै तहमा गरी निजामति कर्मचारी मात्रै हाल ९५ हजार कार्यरत छन्। प्रकाश ढकालले देशसंचारमा लेखेका छन् !kantipath

Categories
आर्थिक

विनोद चौधरीले गैह्रकानुनी ढंगले विदेश लागेको एक लाख डलर नेपाल राष्ट्र बैंकले फर्कायो

नेपाल राष्ट्र बैंकले लेखेको पत्रको आधारमा डलर अर्बपति तथा माननीय सांसद विनोद चौधरीको नामबाट गै’ह्रकानुनी ढंगले विदेश लगिएको लाभांशमध्ये एक लाख डलर फिर्ता भएको छ । साउन पहिलो साता बैंकले नबिल बैंकमार्फत् एनबी इन्टरनेशनल र सिनोभेसन ईंकलाई लेखेको पत्रको आधारमा उनले पहिलो किस्तावापत एक लाख डलर बुधबारभित्र फर्काउने वचन यसअघि नै दिएको सूत्रको दाबी छ ।

यसअघि जनआस्था साप्ताहिक र जनआस्था डट कममा चौधरीको गैह्रकानुनी डलर कारोबारको समाचार निरन्तर प्रकाशित भएपछि वास्तविकता चुहिने डरले डलर अर्बपति एकाएक छटपटाएका थिए । स्वच्छ र पारदर्शी कारोबार गर्ने कुनै पनि व्यवसायीको लागि राष्ट्र बैंकको पत्रमा लेखिएको व्यहोरा सामान्य हो । तर, नियमनकारी निकायले मागेको विवरण र पत्र नै गोप्य राख्ने हर्कत देखाएपछि चौधरीको कारोबार शंकास्पद रहेको यसअघिको आरोपलाई पुनः बल मिलेको छ ।

उच्च स्रोतका अनुसार नेपालमा बसोबास गर्ने नेपाली व्यवसायी विनोद चौधरीको नाममा निरन्तर लाभांशवापतको ठूलो परिमाणको डलर बाहिरिएको देखिन आएपछि केन्द्रीय बैंकले पत्र लेखेको हो । तोकिएको समयमा जवाफ नपठाउने र डलर पनि फिर्ता गर्ने छनक नदेखाएपछि गभर्नर महाप्रसाद अधिकारीले नबिल बैंकको उच्च व्यवस्थापनलाई साउन दोस्रो साता दिउँसो ३ बजे आफ्नै कार्यालयमा करीब ४५ मिनेट भेटेर पत्रको व्यहोरा पठाएका थिए । नबिल बैंकमा रहेको एनबी इन्टरनेशलको ५० प्रतिशत सेयर हिस्सा वापतको लाभांश शुरुदेखि नै विदेश (ढाका,बंगलादेश) जाने गरेको हो । विगतमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०६३ आएपछि सोबमोजिम एनबीको नामबाट नबिल बैंकमा लगानी गर्न नसक्ने अवस्थाको सिर्जना भयो ।

बाफियाबमोजिम एनबीको सेयर विदेशी बैंक तथा वित्तीय संस्था वा नेपालमै बिक्री गर्न राष्ट्र बैंकले दिएको पटक पटकको निर्देशन नबिलले लत्याउँदै आयो । तर,पछि एनबी अनुकूलको व्यवस्थालाई समेटेर २०७३ सालमा संशोधनसहितको बाफिया नै आयो । अहिले उक्त व्यवस्थामा पुनः संशोधनको लागि बाफिया संसदमा विचाराधीन अवस्थामा रहेपनि दुई वर्षभन्दा बढीदेखि प्रक्रिया अवरुद्ध छ । यसैबीच, विनोद चौधरीको नाममा रहेको नबिल बैंकको ५० हजार कित्ता सेयरवापतको लाभांश पनि डलरमा विदेश लगेको देखिएपछि घटनाले नयाँ रूप लिएको हो ।

प्राप्त विवरणअनुसार २०६५ सालमा चौधरीले आफूले ढाकामा रहेको सिनोभेसन कम्पनीबाट सित्तैँमा ५० हजार कित्ता सेयर प्राप्त गरेको भन्दै आफ्नो नाममा होल्ड गर्ने प्रयोजनका लागि अन्य निकायमा झैँ राष्ट्र बैंकमा पनि गोप्य तरिकाले निवेदन हाल्दा उनको प्रभाव र रवाफले एकाध घण्टामै बैंकले सबै काम फत्ते गरिदिएको थियो । नेपालको प्रचलित कानुनले मुलकबाट कुनैपनि व्यापारिक तथा व्यावसायिक लगानीको निम्ति एक कौडी विदेशी मुद्रा बाहिर लैजान पाईंदैन । अझ त्यसमाथि ढाकामा रहेको एनबीको पार्टनर कम्पनी सिनोभेसनको सेयर किन्न त झन् पाईंदैनथ्यो । यो व्यवस्था हिजोदेखि आजसम्म कायमै छ ।

उनले दिल्ली र दुबईमा बस्ने भनिएका छोराहरू बरुण र राहुलले उतै बसेर आर्जन गरेको रकमले सिनोभेसनको नाममा रहेको नबिलको सेयरमध्ये ४९.५० प्रतिशत सेयर आफ्नो स्वामित्व भएको स्टाटस देखाएका थिए । यता, आफूले चाहिँ छोराहरूबाट फ्रिमा ५० हजार कित्ता सेयर पाएको विवरण पेश गरे । बाउले छोराहरूबाट फ्रिमा पाएको भनिएको उक्त सेयरलाई राष्ट्र बैंकले पनि १२ वर्षअघि ‘बाउको नाममा होल्ड हुने’ गरी तत्काल स्वीकृति दियो । त्यसपछि के ‘खोज्छस्….के भनेझैँ’ राष्ट्र बैंकको नेपालमा बसिरहेको एकजना नेपालीको नाममा समेत उक्त ५० हजार कित्ता सेयरको डलर लाभांशसमेत निरन्तर विदेश जान थाल्यो ।

यता नियमनकारीदेखि अन्य सबै निकायका अधिकारीहरू ‘तैं चुप मैँ चुप’ को अवस्थामा जागिर खाँदै दिन कटाउन थाले । उता,चौधरीले भने करोडौं डलर नियमित रूपमा मुलुक कटाइरहे ।

नबिलमा रहेको सेयर स्वामित्वलाई हेर्दा शुरुदेखि नै ५० प्रतिशत सेयर एनबी इन्टरनेशनलको नाममा छ । उक्त ५० प्रतिशतलाई सतप्रतिशत मान्दा हुन आउने ५० प्रतिशत एनबी इन्टरनेशनल आयरल्याण्डको नाममा देखिन्छ । बाँकी ५० प्रतिशतमध्ये पनि अब्दुल अलाम कलाम मिन्टुको नाममा आधा अर्थात ५० प्रतिशत छ । त्यसपछि बाँकी हुन आउने ५० प्रतिशत बाउ विनोद र विदेशमा बस्ने दुई छोराको लगानी रहेको सिनोभेसन ईंन्कको नाममा देखिन्छ । गत वर्षसम्म सिनोभेसनले प्राप्त गर्ने लाभांश वापतको सबै डलर छोराहरूको आडमा चौधरी र उनको व्यापारिक ग्रुपले नै विदेशमा परिचालन गर्दै आएको थियो ।

यता नियमनकारीदेखि अन्य सबै निकायका अधिकारीहरू ‘तैं चुप मैँ चुप’ को अवस्थामा जागिर खाँदै दिन कटाउन थाले । उता, चौधरीले भने करोडौं डलर नियमित रूपमा मुलुक कटाइरहे ।

०६५ देखि सिनोभेसनको भागमा रहेकोमध्ये ५० हजार कित्ता सेयर अर्थात् ०.५० प्रतिशत सेयरको नामसारी बाबु बिनोद चौधरीको नाममा र बाँकी ४९.५० प्रतिशत सेयर दुईजना छोराहरूको नाममा हुन गयो । तरपनि सबै सेयर कित्ताको डलर लाभांश विगतमा झैं निर्विवाद बरुण र राहुल अर्थात् चौधरी ग्रुपले नै आवश्यकताअनुसार उतै चलायो । यसको वास्तविकता थाहा पाएपछि राष्ट्र बैंकले विनोद चौधरीको नाममा रहेको ५० हजार कित्ता सेयर बराबरको डलर लाभांश विदेश लैजाने गरेकोले त्यसको कानुनी हैसियत देखाउन साउन पहिलो साता पत्र लेख्यो ।

राष्ट्र बैंक यतिखेर चौधरीका दुईजना छोरा बरुण र राहुलले एनआरएन (?) को हैसियतमा लगेको डलर लाभांशको बारेमा बाफियामा थप संशोधन नभएसम्मको लागि सोहीबमोजिम गर्ने अवस्थामा छ । तर, बाउ विनोदको नाममा रहेको ५० हजार कित्ता सेयरको नाममा वर्षौंदेखि लगिएको डलर लाभांश विदेशी मुद्रा विनिमय ऐनविपरित देखिन आएकाले थप अध्ययन गर्नुपर्ने भन्दै केन्द्रीय बैंकले लामै समय आलटाल गर्यो । चौधरी ग्रुपले भने अघिल्लो वर्षको लाभांश ढाका पुर्याउन ग्रुपले विगतको तुलनामा निकै हतार गरेपछि बैंकका एकजना उच्च अधिकारीलाई ‘दालमा केही कालो’ भएको आशंका लाग्यो ।

१२ वर्षअघि ‘फ्रि पाएको शेयर होल्ड गर्न पाउँ’ भन्ने निवेदनमा विनोद चौधरीको नाम देखेपछि घटनाक्रमले ‘यु टर्न’ लियो र रास्ट्र बैंक आवश्यक निर्णय र प्रक्रियापछि एक महिनाअघि विदेशी मुद्रा फिर्ता गराउनैपर्ने व्यहोराको पत्र लेख्ने निर्णयमा पुग्यो । पत्रमा बैंकले ‘विनोदको नाममा रहेको ५० हजार कित्ता सेयरको डलर लाभांश अबदेखि ढाका लैजान नदिने र यसअघि १२ वर्षसम्म लगेको लाभांश पनि तत्काल मुलुकभित्र ल्याउन’ निर्देशन दियो । त्यसपछि चौधरी र राष्ट्र बैकबीच लामो समयदेखि चलेको माथापच्ची गत साउन पहिलो साता लेखिएको पत्रमा आइपुगेर टुङ्गियो ।

चौधरीले पहिलो किस्तावापतको एक लाख अमेरिकी डलर बराबरको गैह्रकानुनी लाभांश बुधबारसम्म नेपाल भित्र्याउने जानकारी राष्ट्र बैंकका उच्च अधिकारीलाई केही दिन अगाडि मात्र गराएका थिए ।

केन्द्रीय बैंकले काटेको पत्र नबिलका सीईओ अनिलकेशरी शाह हस्ते चौधरी हाउस रविअभवन पुगेपछि उनको छटपटाहट एक्कासी बढेको स्रोतको दाबी छ । चौधरीले पहिलो किस्तावापतको एक लाख अमेरिकी डलर बराबरको गैह्रकानुनी लाभांश बुधबारसम्म नेपाल भित्र्याउने जानकारी राष्ट्र बैंकका उच्च अधिकारीलाई केही दिन अगाडि मात्र गराएका थिए । यसबाट पनि उनले गलत ढङ्गले विदेशी मुद्रा विदेश पुर्याएर निजी व्यवसाय सञ्चालन गरेको पुष्टि हुन आएको छ ।

स्रोतका अनुसार नबिलबाट प्राप्त हुने एनबी इन्टरनेशनलको सबै लाभांश शुरुदेखि नै ढाकामा पुगेर बाँडफाँड हुने गरेको छ । त्यसपछि ५० प्रतिशत लाभांश सोझै एनबी इन्टरनेशनल आयरल्याण्डमा जान्छ । ढाकामा रहेको एनबी इन्टरनेशनलको नाममा हुने बाँकी ५० प्रतिशत लाभांशको आधा भाग मिन्टुको भागमा पर्छ ।

त्यसको आधामध्ये ४९.५० प्रतिशत बरुण र राहुलले दशकौंदेखि उतै उतै खेलाउँदै आएका छन् । त्यत्तिले पनि नपुगेर सांसद तथा डलर अर्बपतिले छोराहरूबाट सित्तैँ पाएको भनिएको ०.५० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयरको दामासाहीले आउने डलर लाभांशसमेत १२ वर्षदेखि ढाका हुँदै विदेशका विभिन्न व्यवसायमा प्रयोग गर्दै आएका थिए ।

चौधरी आफूलाई मुलुककै प्रतिष्ठित, विश्वासिलो र समाजसेवाले ओतप्रोत उद्योगपति भन्न रुचाउँछन् । उनी विधायकको हैसियतमा रातो पासपोर्ट बोकेर विदेशमा निजी व्यवसायसमेत सञ्चालन गर्छन् । यसबाट माननीय जस्तो जिम्मेवार व्यक्तिले मुलुकलाई ढाँटेर विदेशमा ५० हजार कित्ता सेयरको डलर लाभांश विगत १२ वर्षदेखि लगेको खुलस्त भयो कि भएन ?

यसबाट उनले वर्षौंदेखि मुलुक र जनतालाई गुमराहमा राखेर विदेशी मुद्राको अपचलन गरेको ठहरियो कि ठहरिएन ? यदि ठहरिएको हो भने सम्बन्धित निकायले कानुनबमोजिम कारबाही गर्नुपर्छ कि पर्दैन ? ‘बिरालोले बिष्टा छोपे’ झैँ वर्षौंदेखि लुकाउँदै आएको यहि गुह्य कुरो बाहिरिने डरले डलर अर्बपति तथा माननीय सांसद गत सातादेखि बरबराउन थालेका हुन् ।

यसबाट माननीय जस्तो जिम्मेवार व्यक्तिले मुलुकलाई ढाँटेर विदेशमा ५० हजार कित्ता सेयरको डलर लाभांश विगत १२ वर्षदेखि लगेको खुलस्त भयो कि भएन ? जनतालाई गुमराहमा राखेर विदेशी मुद्राको अपचलन गरेको ठहरियो कि ठहरिएन ?

यो घटनामा नेपाल राष्ट्र बैंकका ठूलाबडादेखि फाँटवालासम्ममा विभाजन देखिएको छ । एकथरीले नियमानुसार चौधरीको नामको लाभांश विदेश लैजान दिन नहुने अडान लिएका थिए । तर केहीले चौधरीकै योजनामा सहयोग पुर्याएको समेत पाइएको छ । १२ वर्षअघि बैंकले चौधरीको नाममा गलत ढङ्गले गरेको सेयर नामसारीको स्वीकृति र त्यसपछिको एक दशकसम्म नबिलमा गरिएको स्थलगत निरीक्षणमा खटिएका निर्देशक तहसम्मका कर्मचारीसमेत शंकाको घेरामा परेका छन् ।

एक दशकअघि गभर्नर रहेका अर्थमन्त्री युवराज खतिवडाले ‘तँ कुट, म रोए जस्तो गर्छु’ झैँ गरेर एनबीको लाभांश विदेश लैजानमा रोक लगाएका थिए । तर, आफू गभर्नर बन्नुअघि नैं विनोद चौधरीले फ्रिमा पाएको सेयर नामसारी गरेर विदेश लगेको डलर लाभांशलाई विदेशी मुद्रा अपचलनमा आवश्यक कारबाहीको आवश्यकता नै देखेनन् । त्यसैगरी अहिले उनैले विगतमा गभर्नर हुँदा रोक लगाएको विषय समावेश गरेर बाफिया संशोधन गर्नुपर्नेमा समेत दुई वर्षदेखि अनिच्छा देखाएका छन् ।janaaastha

Categories
आर्थिक

भुरा बेचेर दश लाख आम्दानी

काठमाडाैं : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका पल्टु चौधरीले वार्षिक रु २० लाख मूल्य बढीका माछाका भुरा बिक्री गर्दै आउनु भएको छ । माछाका भुरा उत्पादन र मजदुरको खर्च कटाएर रु १० लाख चौधरीले आम्दानी गर्दै आउनु भएको छ । चौधरीले सञ्चालन गरेको ह्याचरीमा यस वर्ष पाँच करोड विभिन्न प्रजातीका माछाका भुरा उत्पादन भएका छन् । तीमध्ये तीन करोड माछाका भुरा बिक्री भएका छन् । ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन् । माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन् ।

चौधरीको ह्याचरीमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगेट, रहु, नैनी, भाकुरलगायत जातका माछाका भुरा उत्पादन हुने गरेका छन् । “ग्राहकले थोरै मिहिनेतमा पोखरीमा राख्दा धेरै तौल हुने, छिटो बढ्ने जातका माछाका भुराको माग गर्दै आएका छन्”, चौधरीले भन्नुभयो, “ग्राहको मागअनुसार विभिन्न जातका माछाका भुरा उत्पादन हुँदै आएको छ ।” उहाँका अनुसार ग्राहको मागकै आधारमा यस बर्ष पंगासिस, मांगुर र रुपचन्द्र जातका नश्ल सुधारका लागि २०४ माउ माछा पालिएको छ ।

यसैगरी नश्ल सुधार गरिएका कमन, ग्रास, सिल्भर र विगेटलगायत चार जातका २०० माउ माछा पालिएको छ । गत वर्ष ४०० नश्ल सुधार गरिएका माछाबाट भुरा उत्पादन गरिएका छन् । “माउ माछाबाट ह्याचरीमा उन्नत जातका माछाका भुरा उत्पादन गरी माछापालक किसानलाई उपलब्ध गराउने लक्ष्य लिएका छौँ”, चौधरीले भन्नुभयो, “ग्राहकले छिटो बढ्ने र बजारमा राम्रो दाम पाइने माछाका भुरा रोज्ने गरेका छन् । सोही आधारमा भुरा उत्पादनमा लागेका छौँ ।” चालु आवको हालसम्म चौधरीले सञ्चालन गरेको ह्याचरीबाट एक हजार २०० जना माछापालकले माछाका भुरा खरिद गरी लगेका छन् ।

“माछापाल किसान बढ्दै गएकाले ह्याचरीमा माछाका भुराको उत्पादनसमेत आउँदा वर्ष बढाउने तयारीमा लागेका छौँ”, चौधरीले भन्नुभयो, “माछापालनप्रति स्थानीय किसानको आर्कषण बढ्दै गएकाले यही अवस्था रहे अबको दुई वर्षमा कञ्चनपुर माछामा आत्मनिर्भर हुन्छ ।” दुई बिघा १० कठ्ठा जग्गा आफ्नै स्वामित्वको र दुई बिघा अरुको लिजमा लिएर चौधरीले ह्याचरी सञ्चालन गरेका छन् ।

ह्याचरीमा माछाका भुरा उत्पादन गर्न, माछापोखरीको हेरचाह गर्नका लागि सात जनाले रोजगारीसमेत पाएका छन् । फागुनदेखि भदौ अन्तिमसम्म माछाका भुरा उत्पादनको कार्य हुने गरेको छ । विसं २०५७ देखि चौधरीले निरन्तर रुपमा ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्दै आएका छन् । चौधरी कञ्चनपुरका ह्याचरी सञ्चालन गर्ने एक्ला किसान हुन् । चौधरीले माछाको नश्ल सुधार, माछापालनसम्बन्धि तालिमसमेत लिएका छन् ।

शुरुमा एउटै पोखरीमा माछापालन थालेका चौधरीले भारतीय व्यापारीले माछाका भुरा बेचेर मनग्य आम्दानी गरेको देखेपछि त्यहाँको माछाका भुरा उत्पादन गर्ने ह्याचरी अवलोकनपश्चात जग्गा बैंकमा धितो राखेर ह्याचरी सञ्चालन गरेका हुन् । ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्ने चौधरी यस क्षेत्रकै सफल किसानका रुपमा रहेका छन् । चौधरीको फिस ह्याचरीमा स्पोनिङ ट्याङ्क एक वटा, इन्कुभेसन टयाङ्क चार वटा र होल्डीङ ट्याङ्क १५ वटा रहेका छन् । माछाका माउ पाल्नका लागि चौधरीले सात वटा पोखरी समेत बनाएका छन् । ह्याचरीमा मजदुरसँगै चौधरी दम्पतीसँगै छोराले पनि साथ दिने गरेका छन् ।

ह्याचारीमा माछाका भुरा उत्पादन गर्दै आएका चौधरीले भन्नुभयो, “ह्याचरीमा माछाका भुरा उत्पादन भएपश्चात ग्राहकलाई ढुवानीका साधन पाउन समस्या छ । ढुवानीका साधन पाए पछि ह्याचरी सञ्चालन गरेको ठाउँसम्म सडकको बिग्रदो अवस्थाका कारण पु¥याउँनै समस्या छ ।” सडकको अवस्थामा सुधार भए अझै बढी ग्राहक माछाका भुरा खरिद गर्न आउने उहाँको भनाइ छ ।

Categories
आर्थिक

गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीको भुवा जापान निर्यात

काठमाडौँ । गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका एक व्यवसायीको कमाइ प्रतिरोपनी ५० हजार रुपियाँ रहेको बताइएको छ ।

१२ वर्षदेखि सुुकेको तीतेपातीको पातबाट एक प्रकारको भुवा ‘मोक्जा’ बनाएर जापान निर्यात गर्दै आउनुभएका यामासो प्रालिका निर्देशक ईश्वरराज बलामीको उद्यम फस्टाएको छ । उहाँले आफैँले मात्र नभई स्थानीयलाई समेत तीतेपाती आम्दानीको स्रोत बनाइदिनुभएको छ ।

नागार्जुन नगरपालिका–४, सरनपुरमा स्थापना गरिएको यामासो प्रालिले निर्यातका लागि प्रशोधन गर्न कच्चा पदार्थका रूपमा तीतेपातीको सुकेको पात प्रतिकेजी ५० रुपियाँमा किनिदिन्छ ।

अकुपञ्चरिस्टसमेत रहनुभएका बलामीले सन् १९९४ मा अकुपञ्चरसम्बन्धी तालिमका लागि उहाँ जापान जाँदा तीतेपातीको महत्व थाहा पाउनुभएको हो । उहाँले भन्नुभयो,अकुपञ्चरको तालिम लिँदा उपचार पद्धति मोक्जुवेसन, त्यसमा प्रयोग हुने जडीबुटीसम्बन्धी पनि जानकारी दिने गरिन्थ्यो ।

त्यस उपचार पद्धतिमा बिरामीको उपचार गर्दा मोक्जाको प्रयोग गर्ने विधि र मोक्जाको उत्पादनसम्बन्धी पनि बलामीले जानकारी लिनुभयो । तीन महिनाको तालिमपछि स्वदेश फर्केर सो उपचार पद्धतिसँग बलामी जोडिनुभयो ।

हाल दिव्य सञ्जीवनी हस्पिटलमा सेवारत उहाँले जापानमा सिकेको सीपमध्ये मोक्जाका लागि प्रयोग हुने कच्चा पदार्थ तीतेपाती नेपालको प्रायः सबै भूभागमा पाइन्छ भने यसको उत्पादन किन नगर्ने रु भनेर काम थालेको बताउनुभयो ।

त्यसका लागि जापानी साथीभाइलगायत विज्ञहरूको सहकार्यमा वैदेशिक ऋणको स्वीकृति गराएर नेपालमा मोक्जाको उत्पादन थालेको उहाँले जानकारी दिनुभयो।

यामासोमा हाल प्रत्यक्ष १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा पात टिपेर सुकाएर बेच्ने धेरैले आम्दानी गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Categories
आर्थिक

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन

सिन्धुपाल्चोक – नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो ।

सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।