Categories
अन्तरास्ट्रिय समाचार

अफगान युवतीहरुको त्रासः तालिवानहरुले उठाएर लानु भन्दा मर्नु राम्रो

काठमाडौं । यो समय आफगानिस्तानको राजधानी काबुलको विश्वविद्यालयमा विद्यार्थीहरु नयाँ सत्रको लागि तयार हुने समय हो । तर जब तालिवान लडाकुहरु त्यहाँका सडकहरुमा गस्ती गरिरहेका हुन्छन् । धेरै विद्यार्थीहरु आफ्नो जीवनको प्रमाण नष्ट गर्नको लागि कोशिश गर्न थालेका छन् ।

त्यहाँका महिला विद्यार्थीहरु हजारा अल्पसंख्यक समुदायका सदस्य हुन जो हालैका वर्षहरुमा तालिवानहरुद्वारा अपहरण र हत्याको शिकार भएका छन् । त्यहाँका एक छात्राले आफूले बुनेको सपना डरमा परिणत भएको बीबीसीलाई बताएकी छिन्। उनीहरुको अस्तित्वको भविष्य केही दिनमा तय हुने उनले बताइन् ।

उनले भनिन्, ‘यो केही हो जुन म शब्दहरुमा वर्णन गर्न सक्दिन। ती सबै कुराका लागि मैले सपना देखेको थिए । जसका लागि मैले काम गरेकी थिए। मेरो गरिमा, मेरो गौरव, यहाँसम्म की एक केटीको रूपमा मेरो अस्तित्व, मेरो जीवन सबै खतरामा छ।’

तालिवानीहरुले घर– घर गएर केटीहरुलाई खोज्ने र लगेर उनीहरुलाई बलात्कार गर्न पनि सक्ने उनले बताएकी छिन् । ‘जब उनीहरु मेरो घरमा आउछन् तब म आफैंलाई मार्न सक्छु’ । ‘म र मेरा साथीहरुसंग यही गर्ने योजनाबारे कुरा गरिरहेका छौँ । तालिवानहरुले उठाएर लैजानु भन्दा मर्नु राम्रो छ । हामी सबै डराएका छौं, धेरै डराएका छौं।’

अब विश्वविद्यालय जान पाइदैन, प्यारा किताबहरु च्यात्नु पर्ने भयो स् छात्राहरु

दुई महिना पहिले उनका ध्यान मात्र आफ्नो डिग्रीमा केन्द्रित रहेको बीबीसीलाई बताउँदै उनले अगाडि भनिन ‘आफ्नो पढाइको लागि के गर्ने, के नगर्ने, एक तालिका बनाउन, सबै कुरा ठीक गर्नको लागि कोशिश गर्दै गरेको बताइन् । ’

जब तालिबानले देशका धेरै प्रान्तहरु कब्जा गर्दै थिए, धेरै मानिसहरु डराएका थिए तर उनीहरु काबुल कब्जा गर्न कहिल्यै सक्षम नहुने उनले सोचेकी थिइन् ।

महिलाले भनिन्, ‘मेरो जीवन सामान्य थियो जबसम्म मजार।ए शरीफ, काबुलको उत्तरपश्चिममा एक ठूलो शहर र एक तालिवान विरोधी गढले नियन्त्रणमा लिनुभन्दा पहिला । र जब उनीहरुले काबुल कब्जा गरे, मलाई लाग्यो कि अब हामी समाप्त हुनेछौं। शहरमा केहि गोली हानिएको थियो र हामीले सुनेका थियौं कि उनीहरु तालिवानको हरेक सडकसम्म पुगिसके ।’

उनी अगाडि भन्छिन्, ‘मेरो पूरै परिवार घरमा बस्यो। पसलहरु बन्द थिए, मुद्रा विनिमय दरहरु छिटो परिवर्तन हुँदै थियो। मैले मेरो विश्वविद्यालयका सबै कागजात जलाएँ। सबै उपलब्धिहरु, सबै प्रमाणपत्रहरु जलाइयो। मैले यो मेरो बालकनीमा गरें। मसँग धेरै किताबहरु छन्, प्यारा किताबहरु, जुन म पढ्दै थिएँ। मैले ती सबै लुकाएँ।’

अधिकांश अफगान युवतीहरुले सामाजिक सञ्जाल निष्क्रिय पारे

उनले आफ्नो सामाजिक सञ्जाल खाता निष्क्रिय गरेकी थिइन् । सोशल मिडियामा केही पोष्ट गर्नु, त्यो प्लेटफर्म मा उपस्थित हुनु अब धेरै खतरनाक हुने उनले जानकारी पाएकी थिइन् ।

तालिवानले सामाजिक सञ्जाल जाँच गरेर जो कोहिले पोस्ट गरेको पनि पत्ता लगाइदिन्थ्यो । फेसबुक उनको लागि एक ठूलो समस्या भएको थियो । उनको एउटा पुरानो पोस्ट तालिवानले केहि गर्न नसक्ने थियो । जसले गर्दा तालिवानले उनलाई केही गर्ला भन्ने डर निकै बढेको बताइएको छ ।

उनको अर्का पोस्टहरु उनीहरुको बिरूद्ध खडा हुनेछु, उनीहरु मेरो अध्ययनको अधिकारलाई लिन सक्दैनन् र उनीहरुले मलाई मेरो घरमा बन्द गर्न सक्दैनन् । उनीहरुहरु आतंकवादी पनि उनले भनेकी थिइन् । त्यसैल पक्कै पनि उनीहरुको लागि ती सबै आपत्तिजनक पोस्टहरु थिए।

यसकारण उनी आफैंलाई विनाशकारी, डराएको र दुःख पाएको बताइन्। तालिवानले महिलाहरुलाई हिजाब लगाएर रूढिवादी लुगा लगाउनु पर्ने घोषणा गरेको छ। मानिसहरु डराएर बुर्का र हिजाब लगाएका छन् ।

महिलालाई अधिकार दिने तालिवानी भनाइ झुठ स् छात्राहरु

तालिवानले केहि विश्वविद्यालयहरुमा, कक्षा भित्र केटा र केटीहरुबीच पर्दा लगाईएको उनले आफूले सुनेको बताएकी छन् । कतिपय परिवारले आफ्ना केटीहरुलाई बाहिर पढ्न जान नदिएको जनाइएको छ । तालिवानले आफ्नो साँचो अनुहार अझै लुकाइरहेको उनले बताएकी छन् ।
तालिवानले प्रेस सम्मेलनमा महिला अधिकारको वचन दिएका थिए । तर त्यो झुट बोलेको उनको भनाइ छ ।

अफगानिस्तानका सबै शहरहरु प्राणहिन बन्दै

उनी बुबाको साथमा मंगलबार औषधि लिन गएकी सुनाउदै आफैले पूरा हिजाब लगाउनु परेको, मानिसहरुले बुर्का लगाएको, १३, १४ बर्षका केटीहरुले लगाउनु परेको उनले बताएकी छन्। केहि पनि पहिले जस्तो नरहेको र त्यो शहरमा अब कुनै प्राण नरहेको उनको दुखेसो छ ।

अहिले चारैतिर तालिवान घुमिरहेका र उनीहरुले एक पूरा हिजाब लगाइरहेका छन् की छैनन् त्यसको अवलोकन गरिरहेका बताइएको छ। उनले पहिला जस्तो सामान्य व्यक्ति नभएको भन्दै तालिवानहरु मालिक र अरु जस्तै एक फोहोर जसलाई फ्याक्नुपर्ने तरिकाले हेर्नको गरेको जनाइन् ।

उनी भन्छिन्, ‘जब म पढ्दै थिएँ, मँ धेरै सपनाहरु प्रयोग गर्थें, जीवन योजनाहरु र लक्ष्यहरु बनाउन।अब, मलाई लाग्छ कि मैले देश छोड्नु पर्छ, किनकि म एक हजारा हुँ। उनीहरुले हजारा केटीहरुको विद्यालयमा आक्रमण गरे, त्यसपछि सयौं मारिए।’
उनले यो पनि भनिन्,‘ त्यसोभए उनीहरु पक्कै हामीलाई मार्नेछन्, हामीमाथि बलात्कार गर्नसक्छन, केटी हुनु र अल्पसंख्यक हुनु, मेरो देशमा मेरो लागि कुनै ठाउँ छैन।’

जबदेखि तालिवानले सत्ता हात पारेको छ उनको पूरै परिवार डराएका छन्। उनीहरु त्यहाँबाट बाहिर निस्कने कोसिस गरिरहेका उनले बताइन् । एयरपोर्ट भीडभाड रहेको र त्यहाँ खाली गर्नको लाीग कुनै खाली ठाउँ नरहेको बताइएको छ । धेरै देशहरुले उनीहरुलाई अस्वीकार गरेको भन्दैसबैजना मात्र हेरिरहेको जस्तो कि केहि भइरहेको छैन भन्ने गुनासो पोखेकी छिन् ।

तालिवानी सरकारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायसंग अपील

उनले विदेशी सरकारहरुबाट उनीहरु तालिवानलाई अफगानिस्तानमा सरकारको रूपमा मान्यता नदिन अनुरोध गरेकी छिन् । यदि उनीहरुले गरे, उनीहरु पक्कै मर्ने उनले जनाइन् ।

सबैभन्दा दुःखको कुरा सारा संसार चुप रहेको उनले बताएकी छिन् । अफगानहरु मानव होइनन् जस्तो व्यवहार गरेको देखेर आफ्नो मुटु टुटेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘यो हृदय विदारक छ कि केहि दिन पहिले मात्र, जे जे मैले सपना देखेको थिएँ, सबै मैले सोचेको थिए कि, सबै कुरा समाप्त भयो।’
उनको नाम सुरक्षाको लागि नखुलाइएको जनाइएको छ ।

बीबीसीको सहयोगमा

Categories
अन्तरास्ट्रिय समाचार

गोजीको मोबाईलले गोली छेकेर युक्रेनी सैनिकले ज्यान जोगाए, हेर्नुहोस् भिडियो भयो भाईरल ..

केही वर्षअघिसम्म बजारमा नोकिया फोनको दबदबा थियो । नोकियाका मोबाइल फोन निकै बलियो हुन्थे र सानोतिनो ठक्करबाट टुटफुट हुँदैनथे । समयक्रमसँगै फिचर फोनको ठाउँ स्मार्टफोनले लिएको छ तर नोकिया फोनको जस्तो मजबुती भने लगभग समाप्त भैसकेको छ ।

फोन भौतिक रुपमा कमजोर हुने मात्र होइन कतिपय अवस्थामा त पड्किएर मानिसको ज्यान नै जाने गरेका घटना समेत भएका छन् ।तर यही बीचमा एउटा स्मार्टफोनले भने बन्दुकको गोली नै छेकिदिएर एकजना सैनिकको ज्यान बचाइदिएको छ ।

रुस युक्रेनबीच जारी युद्धका क्रममा यो घटना भएको हो । स्मार्टफोनले गोली छेक्दा एक युक्रेनी सैनिक मृत्युबाट जोगिएका छन् ।सोसल मिडियामा भाइरल बनिरहेको एक भिडियोमा एकजना युक्रेनी सैनिकले आफ्ना सहकर्मी सैनिकलाई आफ्नो गोली लागेको मोबाइल देखाइरहेका छन् । उक्त मोबाइलमा गोली अडि्कएको छ ।

रुसी सेनाले हानेको गोली उनले शरीरमा राखेको सोही मोबाइलमा लाग्यो । बन्दुकको गोली मोबाइललाई पूरै पार गरेर उनको शरीरसम्म आउन सकेन कारण उनी गोली दागिनबाट बचे ।

भिडियोमा गोलाबारीको आवाज सुनिन्छ । जसले उक्त भिडियो युद्ध मैदानकै हो भन्ने प्रष्ट हुन्छ । यद्यपि स्मार्टफोनले कुनै व्यक्तिको ज्यान बचाएको यो पहिलो घटना भने होइन । यसअघि नोकिया, ब्लाकबेरी, सामसुङ, एचटिसी तथा एप्पलको आइफोनलगायतका स्मार्टफोनले पनि मानिसलाई गोली लाग्नबाट बँचाएका घटना सार्वजनिक भएका थिए ।

हेर्नुहोस् भिडियो।

Categories
अन्तरास्ट्रिय रोचक

यी मोडलको एक गल्तीले बनायो उनको यस्तो हालत, उपचार गर्न ५ करोड खर्च

काठमाडौँ : कुकुरको आ क्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । यो घटना २०२० को नोभेम्बर ३ मा भएको थियो ।

उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आ क्र मण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आ क्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ क्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।

ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् ।

सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । ।’

Categories
अन्तरास्ट्रिय समाचार सूचना प्रविधि

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ४४ अर्बमा ट्विटर किने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध लगाएसँगै आफूलाई वाक् स्वतन्त्रताको ठूलो समर्थक भनेर वर्णन गर्ने मस्कले ट्विटरमा व्यापक सुधार गर्न चाहेको बताएका छन् ।

हिजो राति एक विज्ञप्तिमा, मस्कले ट्वीट गरे, ‘वाक् स्वतन्त्रता कार्यशील लोकतन्त्रको आधारशिला हो । ट्विटर डिजिटल संसारको एउटा सहर वर्ग हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरू बहस गरिन्छ । म पनि ट्विटरलाई नयाँ सुविधाहरूको साथ पहिले भन्दा राम्रो बनाउन चाहन्छु ।’

उनले अगाडि भनेका छन, ‘यसमा एल्गोरिदमहरू खुला स्रोत बनाउने, स्प्याम बटहरू हटाउने र प्लेटफर्ममा विश्वास निर्माण गर्न सबैको पहिचान प्रमाणीकरण गर्ने समावेश हुनेछ। ट्विटरमा ठूलो सम्भावना छ, म यसलाई अनलक गर्न कम्पनी र प्रयोगकर्ताहरूको समुदायसँग काम गर्न तत्पर छु ।’

यस सम्झौतासँगै, सार्वजनिक रूपमा ट्रेड गरिएको फर्म ट्विटर अब मस्कको स्वामित्वमा रहेको निजी कम्पनी हुनेछ । कम्पनीको प्रति सेयर मूल्य ५४.२० डलर रहेको ट्विटरले कूल ४४ अर्ब डलर हुने जनाएको छ ।

फर्मले अब सेयरधनीहरूलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ । कम्पनीका सीईओ पराग अग्रवालले ट्वीटरमा भनेका छन्, ‘ट्विटरको उद्देश्य र सान्दर्भिकता छ, जसले सम्पूर्ण विश्वलाई असर गर्छ ।

हामी हाम्रो टोलीमा गहिरो गर्व गर्छौं र हामी पहिले भन्दा धेरै महत्त्वपूर्ण कुरा गर्न प्रेरित छौं ।’ ट्विटरले आफ्नो प्लेटफर्ममा देखा पर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियामकहरूको बढ्दो दबाबको सामना गरिरहेको समयमा बेचिनु परेको हो ।

ट्वीटरलाई दायाँ र वामपन्थी दुवैले गलत सूचना विरुद्धको प्रयास गरेको कामका लागि आलोचना गरेको छ । हिंसा भड्काउने जोखिमलाई उद्धृत गर्दै गत वर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउने निर्णयलाई ट्विटरको सबैभन्दा ठूलो कदम मानिन्छ ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३.६ अर्ब डलर छ । उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण आउँछ । उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ ।

Categories
अन्तरास्ट्रिय

रुसले छोड्यो आणविक क्षेप्यास्त्र

काठमाडौ‌ । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो ।

यो क्षेप्यास्त्रले रुसका दुश्मनहरुलाई सोच्न बाध्य बनाउने प्रतिक्रिया राष्ट्रपति पुटिनले दिएका छन । यो क्षमताको क्षेप्यास्त्र अहिलेसम्म परीक्षण नभएको र अझै केही समय अरु कसैले बनाउन पनि नसक्ने दावी पनि पुटिनको छ । यसैबीच, रुसले बेल्जियम र हाेल्याण्डका ३६ जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

युक्रेन हमलाको विरोधमा पश्चिमा देशले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले दुई साता भित्र ती कूटनीतिज्ञलाई देश छाड्न भनेको हो । बेल्जियमका २१ र हल्यान्ड्सका १५ जना कूटनीतिज्ञलाई ‘पर्सना नन ग्रेटा’ जारी गरिएको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

युरोपेली मुलुकहरुले यस अघि नै रुसी कूटनीतिज्ञलाई देश निकाला गरिसकेकाले त्यसको बदला स्वरुप रुसले यो कदम चालेको हो ।

Categories
अन्तरास्ट्रिय समाचार

साङ्घाई लकडाउनमा सरकारी उर्दि – ‘अलग्गै सुत्नू, चुम्बन नगर्नू, अङ्गालो पनि नहाल्नू’

कोभिड–१९ का कारण लकडाउनमा परेको साङ्घाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।

साङ्घाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ ।सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।

साङ्घाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् ।

चीनको सामाजिक सञ्जाल वेइबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।

ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ ।

यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले साङ्घाई सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन । अङ्गालो हाल्न अनुमति छैन । छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने- डेल्ली मेलले समाचार प्रकाशन गरेको छ।

Categories
अन्तरास्ट्रिय समाचार

विमानभित्रै चार पटक ह’स्तमै’थु’न गरेपछि……

काठमाडौं ।विमानभित्र महिलाको अगाडि चार पटक ह’स्तमै’थु’न ग’रेको आरोपमा एक जना पक्राउ परेका छन । अमेरिकामा एक व्यक्ति पक्राउ परेका हुन् उनीमाथि सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । घटना २ अप्रिलको हो ।

अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए ।

विमानमा बस्नेबित्तिकै आरोपीले ह’स्तमै’थुन ग’र्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् ।

त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् ।

सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् ।

किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

Categories
अन्तरास्ट्रिय जिबनसैली

गर्भवती श्रीमतीले थाहा पाउँछिन् श्रीमानले धोका दिइरहेको वास्तविकता, त्यसपछि…

एजेन्सी । एक अष्ट्रेलियाली महिलाले रिलेशनशिप पोर्टलमा आफ्नो पीडा पोख्दै श्रीमानको अफेयरको बारेमा कसरी थाहा पाएको बताएकी छिन् ।महिलाले आफ्ना श्रीमानलाई रंगेहात समातेर बिछोडपछि भेट्ने कथा उनले सुनाएकी छिन् ।महिलाले आफू विवाह गरेको १४ वर्ष भइसकेको र दुई सन्तान रहेको बताइन् । दोस्रो पटक गर्भवती भएकी महिलाका श्रीमानले उनलाई धोका दिए ।

महिलाले लेखेकी छन्, ‘जब म दोस्रो गर्भावस्थाको छैठौं महिनामा थिएँ, मेरो श्रीमान् जेम्ससँगको सम्बन्धमा केही परिवर्तन आउन थाल्यो । उसको व्यवहारमा परिवर्तन आयो ।जेम्स प्रायः कामको लागि बाहिर जान्थे, तर बिस्तारै ऊ मबाट टाढा हुन थाल्यो। यहाँबाट कुराहरू खराब हुन थाले। मैले उसलाई सोधें कि उसको जीवनमा अरू कोही छ कि छैन तर उसले स्पष्ट रूपमा अस्वीकार गर्यो।

एक समय यस्तो पनि थियो जब जेम्स कामबाट बाहिर गए र धेरै दिनसम्म घर आएनन् । मेरो तनाव बढ्दै गयो । मैले उसलाई बारम्बार शंका गरे तर मसँग कुनै प्रमाण थिएन। न त राम्ररी खान पाए न राम्ररी सुत्न सके ।अन्ततः मेरो एकजना साथीले मलाई मेरो भविष्यको लागि निर्णय लिन सक्नुपर्छ भनी सल्लाह दिए । त्यसपछि पत्ता लगाउँन उसले मेरो यो काम एक जासूसलाई सुम्प्यो।

जासूसले बताए कि जेम्सको फोनमा हरेक दिन एक महिलाको कल आउँथ्यो। मलाई यो नम्बर थाहा थिएन। अन्तमा, धेरै अनुसन्धान पछि, पत्ता लाग्यो कि यो उही महिला हो जसको प्रोफाइल जेम्स फेसबुकमा चेक गर्थे।मैले सोध्दा उनले त्यतिबेला भनेका थिए कि त्यो महिला एक पटक उनीसँग अफिसको समूहमा कामबाट बाहिर जाँदा भेट भएको थियो । तर उसले उसको प्रोफाइल हेरिरहेको थियो। त्यतिबेला मैले पनि उनको कुरामा खासै ध्यान दिएन ।

महिलाले लेखेकी छिन्, ‘यतिबेला मसँग बलियो प्रमाण थियो । जेम्सले केही गल्ती गरिरहेको मलाई थाहा थियो तर कतै कतै मेरो हृदय स्वीकार गर्न तयार थिएन।

मैले उसलाई भने कि मसँग उसको सम्बन्धको प्रमाण छ र उसले म वा त्यो महिला मध्ये एक रोज्नुपर्छ। जेम्स मलाई छोड्न तयार थिएनन्। त्यसपछि हामी धेरै दिन सँगै बस्यौं तर केही दिनपछि थाहा भयो कि उनी अझै पनि ती महिलासँग छन् । अन्ततः मैले उसलाई घरबाट निकालिदिएँ ।

म पुरै भाँचिएको थिएँ । उसलाई सम्झेर मेरो आँसु जतिबेला पनि बग्ने गर्दथ्यो । छोराछोरीलाई समातेर रातभर रोएँ ।

मसँग एक्लै बच्चाहरूको हेरचाह गर्नुको विकल्प थिएन। उसले मेरो मन दुख्यो तर पनि म उसलाई धेरै मिस गर्थे। जेम्स र मेरो बीचमा कुनै सम्पर्क थिएन। तरपनि फेरी हाम्रो मिलन भयो । विगत हामीले भुल्ने कोसिस गर्यौँ । सफलपनि भयौँ । अहिले हामी एकसाथ बसिरहेका छौ । एक अर्कालाई झनै बुझेका छौ ।

Categories
अन्तरास्ट्रिय समाचार

गाँजालाई लागुऔषधबाट हटाइयो

बैंकक । गाँजालाई लागुऔषधबाट हटाइएको छ । अहिलेसम्म गाँजालाई एशियामा लागुऔषध मान्दै आइएको थियो ।गाँजालाई लागुऔषधबाट हटाई वैधानिक रूपमा मान्यता दिने एशियामा थाइल्याण्ड पहिलो देश बन्यो ।यसरी थाइल्याण्ड गाँजालाई लागुऔषधबाट हटाउने एशियाको पहिलो देश बनेको हो ।

लागुऔषध नियन्त्रण बोर्डले गाँजालाई मन्त्रालयको प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाउन स्वीकृति दिएको स्वास्थ्यमन्त्री अनुतिन चरणवीराकुलले घोषणा गरेका छन्।स्वास्थ्य मन्त्रालयको खाद्य तथा औषधि प्रशासनले लागुपदार्थको सूचीबाट हटाउन अब स्वास्थ्यमन्त्रीको औपचारिक हस्ताक्षर आवश्यक हुनेछ र आधिकारिक राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुनेछ।

एसोसिएटेड प्रेसद्वारा सम्पर्क गरिएका पुलिस र वकिलहरूले भने कि गाँजा राख्ने व्यक्ति अब गिरफ्तार हुन्छ कि हुँदैन भन्ने स्पष्ट पारेनन्।थाइल्याण्ड सन् २०२० मा औषधीय प्रयोजनका लागि गाँजाको उत्पादन र प्रयोगलाई अपराधमुक्त गर्ने पहिलो एशियाली राष्ट्र बनेको थियो।

सन् २०२० मा गरिएका परिवर्तनअन्तर्गत गाँजाको बिरुवाका अधिकांश भागलाई नियन्त्रित औषधिहरूको ‘श्रेणी ५’सूचीबाट हटाइएको थियो। बीउ र कोपिला भने खुला गरिएको थिएन।क्यानडा, इजरायल र बेलायत लगायतका देशमा गाँजालाई लागुपदार्थको सूचीबाट हटाइएको छ।

भारतमा पनि राजीव गान्धीको सरकारले सन् १९८५ मा गाँजामाथि प्रतिबन्ध लगाएको थियो। गाँजाका फूल र फलमा प्रतिबन्ध लगाइए पनि पात भने प्रयोग गर्न छुट छ।नेपालमा पनि गाँजा विक्री वितरण अमेरिकी सरकारको दबाबमा विसं २०३० को साउन १ गतेबाट प्रतिबन्ध लगाइएको हो। यति भए पनि नेपालमा गाँजाको कारोबार नरोकिएपछि अमेरिकाले निकै दबाब दिई २०३३ सालमा पूर्ण प्रतिबन्धित गराएको थियो।

औषधिको रूपमा समेत प्रयोग हुने गाँजा नेपाललाई प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाका कैयौँ राज्यमा हाल गाँजा खुला भइसकेको छ। एजेन्सीको सहयोगमा

Categories
अन्तरास्ट्रिय समाचार

सबै मन्त्रीद्वारा राजीनामा

काठमाडौं । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ ।

सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गर्नु भएको छ ।उहाँका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उहाँले जानकारी दिनुभयो ।

विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ ।अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ ।आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो ।कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ ।