शनिवार राति भूकम्पको धक्का महसुस

ताजा समाचार

बैतडी : सुदूरपश्चिमको पहाडी क्षेत्रमा शनिवार राति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिवार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि गत चैत २६ गतेपनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो ।

चैत ४ गतेपनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार ३ पटक भूकम्प गएको थियो ।

सुदूरपश्चिममा पहाडमा केही महिना यता निरन्तर ४ म्याग्निच्यूड आसपासका भूकम्पको धक्का महसुस भइरहेको छ।

Leave a Reply

Your email address will not be published.