सावधान ! राती बत्ति बालेर सुत्दा स्वास्थ्यमा हुन सक्छ यस्ता खतरा

स्वास्थ्य

मानिसको मृत्युको कारण धेरै हुने गर्छ त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लागेका छन् । एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्ने छ ।

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ । यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले शरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने शरीरले चाहन्छ । यदि रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै शरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् ।यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.