यसकारण राती सुत्नु अघि महिलाहरु सबैभन्दा बढी कामुक देखिन्छन्

रोचक

काठमाडौं – हामि सबैलाई थाहा नहुन सक्छ, कुन समयमा महिला बढी कामुक र सेक्सी देखिन्छन् । बेलायतमा गरिएको एक सर्वेक्षणमा शनिबार राती महिलाहरु बढी कामुक र सेक्सी देखिने बताइएको छ । अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न नसक्ने बताइएको छ ।

शनिवारको रात उनीहरुको लागी निकै बिशेष हुन्छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका खोज्ने गर्छन् । उनीहरु शनिबार नुहाउने,नयाँ ुसेक्सी देखिने कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गर्छन् ।

उनीहरुले सोही रात राम्रो हेयर स्टाइल र सेक्सी स्माइल दिने गर्छन् । अध्ययनमा २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको प्रयोग गरेको पनि पाइएको छ । उनीहरुले आफुलाई सेक्सी देखाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published.